• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

शारीरिक व्यायाम र खेलकुदले यसरी नियन्त्रण गर्छ बुढ्यौली हुने क्रम

डा. नारायणबहादुर महोत्रा बिहीबार, साउन ७, २०७८  ०६:३१
1140x725

अहिले शारीरिक व्यायाम र खेलकुद मानिसहरुको रुचि एवं प्राथमिकतामा परेको देखिन्छ। शारीरिक व्यायाम नगर्ने मानिसमा उच्च रक्तचाप, मधुमेह लगायत मुटु र हर्मोन सम्बन्धी रोग लाग्न सक्छ। शारीरिक व्यायाम र खेलकुदले स्वस्थ र तन्दुुरुस्त राख्नुका साथै विभिन्न किसिमका तनावबाट मुक्त राख्न मद्दत पुर्‍याउँछ।

शारीरिक व्यायाम र खेलकुदमा मानव शरीरका मांसपेशीहरु तन्किने र खुम्चिने प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो प्रक्रियाको लागि शक्ति र अक्सिजन निरन्तर चाहिन्छ। खानेकुराहरुबाट शक्ति प्राप्त हुन्छ भने हावाबाट अक्सिजन फोक्सो हुँदै रगतको माध्यमबाट मांसपेशीमा पुग्छ।

शारीरिक व्यायाम मुख्य गरी दुई प्रकारका हुन्छन् :
१. आइसोटोनिक व्यायाम (Isotonic exercise) : मांसपेशीहरु एउटै ‘टोन’मा रहने, तर लम्बाइ परिवर्तन हुने। जस्तै, हिँड्ने उफ्रिने, साइकल चलाउने, फूटबल खेल्ने आदि।

२. आइसोमेट्रिक व्यायाम (Isometric exercise) : मांसपेशीहरुको टोन परिवर्तन हुने, तर लम्बाइ एउटै रहने। जस्तै, निकै गह्रौँ वस्तु उठाउन प्रयास गर्ने, घरको भित्तालाई जोडले धकेल्ने आदि।

शारीरिक व्यायामको गहिराइ
शारीरिक व्यायामलाई मुटुको चाल, शरीरमा अक्सिजन खपत र काम गरेको आधारमा निम्न, मध्यम र अति गरी तीन भागमा बाडिन्छ। जस्तै, व्यायाम गर्दा मुटुको चाल २५ प्रतिशत जति बढेको छ, अक्सिजन खपत ०.५ देखि १ लिटर प्रतिमिनेट छ भने त्यस्तोलाई निम्न शारीरिक व्यायाम भनिन्छ। मुटुको चाल ५० प्रतिशतसम्म बढेको छ र अक्सिजन खपत १ देखि २ लिटर प्रतिमिनेट छ भने त्यस्तोलाई मध्यम व्यायम भनिन्छ।

त्यसैगरी मुटुको चाल ८० प्रतिशतसम्म वा त्योभन्दा बढी बढेको छ र अक्सिजन २.५ लिटर प्रतिमिनेटभन्दा बढी छ भने त्यस्तोलाई अति व्यायाम भनिन्छ। शारीरिक व्यायाम र खेलकुदमा मांसपेशीहरुको काम गराइ सबैभन्दा महत्वपूर्ण हुन्छ। मांसपेशीहरुको काम गर्ने क्षमतालाई निम्न कुराले असर गर्दछ :

१. मांसपेशीहरुको तन्किने र खुम्चिने प्रक्रिया
२. मांसपेशीहरुको साइज वा आकार
३. मांसपेशीहरुमा रहेका तन्तुहरुको प्रकार
४. मांसपेशीको ताकत
५ मांसपेशीमा आउने थकावट
६ वातावरणीय अवस्था आदि

आइसोमेट्रिक व्यायाममा मांसपेशीहरु खुम्चदैनन्, तर आइसोटोनिक व्यायाममा खुम्चन्छन्। आइसोटोनिक पनि दुई प्रकारका हुन्छन्। ‘कन्सन्ट्रिक कन्ट्रयाक्सन’ र ‘एसेन्ट्रिक कन्ट्रयाक्सन’। पहिलोमा बल लगाउँदा मांशपेशीहरु तन्किन्छन्। जस्तै, भर्‍याङ चढ्दा र फुटबललाई हिर्काउँदा। दोस्रोमा मांसपेशीहरु बाहिरी भारमा भर पर्छन र खुम्चिन्छन्। जस्तै, भर्‍याङमा ओर्लदा, भारोत्तोलन खेलमा उठाएको भार तल झार्दा आदि।

Ncell 2
Ncell 2
nimb
nimb

मांसपेशीको साइजले पनि यसको काम गर्ने क्षमतालाई प्रभाव पार्दछ। त्यसैगरी नियमित व्यायाम गर्नाले वा खेलकुदले मांसपेशीको आकारलाई बढाउँछ। जसले गर्दा मांसपेशीको आकार र यसको काम गर्ने  क्षमता एक अर्काका परिपुरक हुन्छन्।

मांसपेशीभित्र रहेका कोषिकाहरुको प्रकारले पनि व्यायाम गर्न र खेलकुदमा राम्रो नतिजा ल्याउन प्रभाव पार्छन्। साधारणतया मांसपेशीभित्र दुई प्रकारका कोषिका हुन्छन् :

१. बिस्तारै तन्किने र खुम्चिने ‘अक्सिडेटिभ’
२. छिटो–छिटो तन्किने र खुम्चिने ‘ग्लाइकोलाइटिक’

लामो शारीरिक व्यायाम वा खेलकुदमा पहिलो प्रकारका कोषिकाहरुको महत्वपूर्ण भूमिका हुन्छ भने  छिटोछिटो गर्नुपर्ने  खेलकुद वा शारीरिक व्यायामको लागि  दोस्रो प्रकारका  कोषिकाहरुको महत्वपूर्ण योगदान हुन्छ। उदाहरणको लागि म्याराथन दौडको लागि प्रकार पहिलो प्रकारका कोषिकाहरुको महत्वपूर्ण भूमिका हुन्छ। तर, १०० मिटर दौड वा फूटबल वा बास्केटबल जस्ता खेलको लागि दोस्रो प्रकारका कोषिकाहरुको महत्वपूर्ण योगदान हुन्छ।

मांसपेशीमा काम गर्दा थकावट आउँछ। यस्तो थकावट मांसपेशीमा रहेका कोषिकाहरुको प्रकारमा भर पर्छ। दोस्रो प्रकारका कोषिकाहरुको बाहुल्यता छ भने मांसपेशीहरु छिटो थाक्छन्। पहिलो प्रकारका कोषिकाको बाहुल्यता छ भने मांसपेशीहरु ढिलो थाक्छन्। मांसपेशीहरु थाक्ने प्रमुख कारणहरु यस प्रकार छन् :

१. मांसपेशीलाई चाहिने खाना सकियो भने
२. मांसपेशीभित्र अम्लियपन बढ्यो भने
३. मांसपेशीभित्र क्याल्सियमको मात्रा घट्यो भने।

मांशपेशीको थकावट कम गर्नका लागि नियमित एरोबिक व्यायाम गर्नुपर्छ। एरोबिक व्यायाम नियमित गर्दा मांसपेशी बलियो हुन्छ। काम गर्न सक्ने क्षमता बढ्छ र थकावटमा कमी आउँछ।

शारीरिक व्यायाम र खेलकुदलाई प्रभाव पर्ने अर्को महत्वपूर्ण कुरा बाहिरको वातावरणीय अवस्था पनि हो। वातावरणको तापक्रम र आद्रताले खेलकुद र व्यायामलाई निकै प्रभाव पार्न सक्छ। वातावरणको तापक्रम बढी छ र आद्रता पनि धेरै छ भने खेलाडीहरुको खेल्न सक्ने क्षमतामा ह्रास आउन सक्छ। यस्तो अवस्थामा रक्तनलीहरु फैलन पुग्छन र धेरै पसिना बग्छ।

जसले गर्दा शरीरमा पानीको मात्रामा कमी ल्याउन सक्छ। त्यसैगरी आद्रता बढ्यो भने शरीरभित्रको तापक्रम घट्न पाउँदैन। शरीरको तापक्रम अत्याधिक बढ्न सक्छ। जुन घातक पनि हुनसक्छ।

मांसपेशीका लागि खानाको स्रोत
मांसपेशीहरुले आराम गरेको बेलामा साधारणतया आफू भित्रै रहेको एटीपी र फोस्फोक्रिएटिनबाट शक्ति प्राप्त  गर्छन्। तर, शारीरिक व्यायाम गर्दा वा खेलकुदमा भाग लिँदा मांसपेशीको शक्तिको लागि अन्य स्रोतहरुको आवश्यकता पर्छ। किनभने मांसपेशीलाई आफूभित्र रहेको खाना थोरै सेकेण्डको लागि मात्र प्रयाप्त हुन्छ। बाँकी काम गर्न अन्य स्रोत जस्तै फ्याट्टी एसिड, ग्लाइकोजेन, ल्याक्टिक एसिड र किटोन बडिज आदीबाट शक्ति प्राप्त गर्नुपर्ने हुन्छ।

नियमित शारीरिक व्यायाम वा खेलकुदका बेला विभिन्न सकारात्मक शारीरिक परिवर्तन देखिन्छन्। फोक्सोमा भन्टिलेसन बढ्छ र अक्सिजन सजिलैसँग रगतसम्म पुग्छ। नियमित शारीरिक व्यायाम गर्नेहरुको मुटुको चाल व्यायाम नगर्नेहरुको तुलनामा कम हुन्छ र रगत फ्याँक्न सक्ने क्षमता बढी हुन्छ।

त्यसैले नियमित व्यायाम गर्ने वा खेलकुदमा सहभागी हुनेहरुको मुटु बलियो हुन्छ। त्यतिमात्र होइन प्रोस्टासाइक्लिन र नाइट्रिक अक्साइड जस्ता केमिकल निस्कन्छन्, जसले कोरोनरी भेसल्सबाट मुटुमा रक्तसञ्चार राम्रो हुन गइ हृदयघातको सम्भावना कम हुन्छ।

मांसपेशीहरुमा रक्तसञ्चार बढ्छ, जसले गर्दा मांसपेशीहरुले राम्रोसँग काम गर्न सक्छन्। रक्तचापलाई नियन्त्रणमा राख्छ। शरीरका कोषहरुले अक्सिजनलाई राम्रोसँग खपत गर्न सक्छन् र मेटाबोलिजम राम्रो हुन्छ। त्यसैगरी विभिन्न हर्मोनहरु जस्तै, क्याटेकोलामाइन्स, कर्टसोल, इन्डोर्फन्सी आदिको उत्पादन बढ्छ। यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

इन्सुलीन हर्मोनले ग्लुकोजलाई मांसपेशीका कोषहरुमा पठाउँछ, जसले गर्दा रगतमा अनावश्यक रुपमा ग्लुकोज बढ्न पाउदैन। त्यसैले डाइबिटिज जस्ता रोग लाग्नबाट बचाउँछ।

धूमपान नगर्ने, शरीरको तौल कम गर्ने र नियमित व्यायाम गर्ने वा खेलकुदमा सहभागी हुने– यी तीन कुरा मानिस स्वस्थ रहने मन्त्र हुन्। यसबाट शारीरिक र मानसिक रुपमा प्रत्येक व्यक्तिलाई स्वस्थ राख्नुका साथै बुढ्यौली हुने क्रमलाई पनि नियन्त्रण गर्दछ। त्यसैले नियमित शारीरिक व्यायाम  वा खेलकुद स्वस्थ र खुसी  जीवनको लागि आवश्यक छ।

(डा. महोत्रा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज क्याम्पसका सहप्राध्यापक हुन्।)

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी
एसियाड बक्सिङमा नेपालको पहिलो जित
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्