• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १, २०८२ Fri, Feb 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

शारीरिक व्यायाम र खेलकुदले यसरी नियन्त्रण गर्छ बुढ्यौली हुने क्रम

डा. नारायणबहादुर महोत्रा बिहीबार, साउन ७, २०७८  ०६:३१
1140x725

अहिले शारीरिक व्यायाम र खेलकुद मानिसहरुको रुचि एवं प्राथमिकतामा परेको देखिन्छ। शारीरिक व्यायाम नगर्ने मानिसमा उच्च रक्तचाप, मधुमेह लगायत मुटु र हर्मोन सम्बन्धी रोग लाग्न सक्छ। शारीरिक व्यायाम र खेलकुदले स्वस्थ र तन्दुुरुस्त राख्नुका साथै विभिन्न किसिमका तनावबाट मुक्त राख्न मद्दत पुर्‍याउँछ।

शारीरिक व्यायाम र खेलकुदमा मानव शरीरका मांसपेशीहरु तन्किने र खुम्चिने प्रक्रिया निरन्तर चलिरहन्छ। यस्तो प्रक्रियाको लागि शक्ति र अक्सिजन निरन्तर चाहिन्छ। खानेकुराहरुबाट शक्ति प्राप्त हुन्छ भने हावाबाट अक्सिजन फोक्सो हुँदै रगतको माध्यमबाट मांसपेशीमा पुग्छ।

शारीरिक व्यायाम मुख्य गरी दुई प्रकारका हुन्छन् :
१. आइसोटोनिक व्यायाम (Isotonic exercise) : मांसपेशीहरु एउटै ‘टोन’मा रहने, तर लम्बाइ परिवर्तन हुने। जस्तै, हिँड्ने उफ्रिने, साइकल चलाउने, फूटबल खेल्ने आदि।

२. आइसोमेट्रिक व्यायाम (Isometric exercise) : मांसपेशीहरुको टोन परिवर्तन हुने, तर लम्बाइ एउटै रहने। जस्तै, निकै गह्रौँ वस्तु उठाउन प्रयास गर्ने, घरको भित्तालाई जोडले धकेल्ने आदि।

शारीरिक व्यायामको गहिराइ
शारीरिक व्यायामलाई मुटुको चाल, शरीरमा अक्सिजन खपत र काम गरेको आधारमा निम्न, मध्यम र अति गरी तीन भागमा बाडिन्छ। जस्तै, व्यायाम गर्दा मुटुको चाल २५ प्रतिशत जति बढेको छ, अक्सिजन खपत ०.५ देखि १ लिटर प्रतिमिनेट छ भने त्यस्तोलाई निम्न शारीरिक व्यायाम भनिन्छ। मुटुको चाल ५० प्रतिशतसम्म बढेको छ र अक्सिजन खपत १ देखि २ लिटर प्रतिमिनेट छ भने त्यस्तोलाई मध्यम व्यायम भनिन्छ।

त्यसैगरी मुटुको चाल ८० प्रतिशतसम्म वा त्योभन्दा बढी बढेको छ र अक्सिजन २.५ लिटर प्रतिमिनेटभन्दा बढी छ भने त्यस्तोलाई अति व्यायाम भनिन्छ। शारीरिक व्यायाम र खेलकुदमा मांसपेशीहरुको काम गराइ सबैभन्दा महत्वपूर्ण हुन्छ। मांसपेशीहरुको काम गर्ने क्षमतालाई निम्न कुराले असर गर्दछ :

१. मांसपेशीहरुको तन्किने र खुम्चिने प्रक्रिया
२. मांसपेशीहरुको साइज वा आकार
३. मांसपेशीहरुमा रहेका तन्तुहरुको प्रकार
४. मांसपेशीको ताकत
५ मांसपेशीमा आउने थकावट
६ वातावरणीय अवस्था आदि

आइसोमेट्रिक व्यायाममा मांसपेशीहरु खुम्चदैनन्, तर आइसोटोनिक व्यायाममा खुम्चन्छन्। आइसोटोनिक पनि दुई प्रकारका हुन्छन्। ‘कन्सन्ट्रिक कन्ट्रयाक्सन’ र ‘एसेन्ट्रिक कन्ट्रयाक्सन’। पहिलोमा बल लगाउँदा मांशपेशीहरु तन्किन्छन्। जस्तै, भर्‍याङ चढ्दा र फुटबललाई हिर्काउँदा। दोस्रोमा मांसपेशीहरु बाहिरी भारमा भर पर्छन र खुम्चिन्छन्। जस्तै, भर्‍याङमा ओर्लदा, भारोत्तोलन खेलमा उठाएको भार तल झार्दा आदि।

Ncell 2
Ncell 2

मांसपेशीको साइजले पनि यसको काम गर्ने क्षमतालाई प्रभाव पार्दछ। त्यसैगरी नियमित व्यायाम गर्नाले वा खेलकुदले मांसपेशीको आकारलाई बढाउँछ। जसले गर्दा मांसपेशीको आकार र यसको काम गर्ने  क्षमता एक अर्काका परिपुरक हुन्छन्।

मांसपेशीभित्र रहेका कोषिकाहरुको प्रकारले पनि व्यायाम गर्न र खेलकुदमा राम्रो नतिजा ल्याउन प्रभाव पार्छन्। साधारणतया मांसपेशीभित्र दुई प्रकारका कोषिका हुन्छन् :

१. बिस्तारै तन्किने र खुम्चिने ‘अक्सिडेटिभ’
२. छिटो–छिटो तन्किने र खुम्चिने ‘ग्लाइकोलाइटिक’

लामो शारीरिक व्यायाम वा खेलकुदमा पहिलो प्रकारका कोषिकाहरुको महत्वपूर्ण भूमिका हुन्छ भने  छिटोछिटो गर्नुपर्ने  खेलकुद वा शारीरिक व्यायामको लागि  दोस्रो प्रकारका  कोषिकाहरुको महत्वपूर्ण योगदान हुन्छ। उदाहरणको लागि म्याराथन दौडको लागि प्रकार पहिलो प्रकारका कोषिकाहरुको महत्वपूर्ण भूमिका हुन्छ। तर, १०० मिटर दौड वा फूटबल वा बास्केटबल जस्ता खेलको लागि दोस्रो प्रकारका कोषिकाहरुको महत्वपूर्ण योगदान हुन्छ।

मांसपेशीमा काम गर्दा थकावट आउँछ। यस्तो थकावट मांसपेशीमा रहेका कोषिकाहरुको प्रकारमा भर पर्छ। दोस्रो प्रकारका कोषिकाहरुको बाहुल्यता छ भने मांसपेशीहरु छिटो थाक्छन्। पहिलो प्रकारका कोषिकाको बाहुल्यता छ भने मांसपेशीहरु ढिलो थाक्छन्। मांसपेशीहरु थाक्ने प्रमुख कारणहरु यस प्रकार छन् :

१. मांसपेशीलाई चाहिने खाना सकियो भने
२. मांसपेशीभित्र अम्लियपन बढ्यो भने
३. मांसपेशीभित्र क्याल्सियमको मात्रा घट्यो भने।

मांशपेशीको थकावट कम गर्नका लागि नियमित एरोबिक व्यायाम गर्नुपर्छ। एरोबिक व्यायाम नियमित गर्दा मांसपेशी बलियो हुन्छ। काम गर्न सक्ने क्षमता बढ्छ र थकावटमा कमी आउँछ।

शारीरिक व्यायाम र खेलकुदलाई प्रभाव पर्ने अर्को महत्वपूर्ण कुरा बाहिरको वातावरणीय अवस्था पनि हो। वातावरणको तापक्रम र आद्रताले खेलकुद र व्यायामलाई निकै प्रभाव पार्न सक्छ। वातावरणको तापक्रम बढी छ र आद्रता पनि धेरै छ भने खेलाडीहरुको खेल्न सक्ने क्षमतामा ह्रास आउन सक्छ। यस्तो अवस्थामा रक्तनलीहरु फैलन पुग्छन र धेरै पसिना बग्छ।

जसले गर्दा शरीरमा पानीको मात्रामा कमी ल्याउन सक्छ। त्यसैगरी आद्रता बढ्यो भने शरीरभित्रको तापक्रम घट्न पाउँदैन। शरीरको तापक्रम अत्याधिक बढ्न सक्छ। जुन घातक पनि हुनसक्छ।

मांसपेशीका लागि खानाको स्रोत
मांसपेशीहरुले आराम गरेको बेलामा साधारणतया आफू भित्रै रहेको एटीपी र फोस्फोक्रिएटिनबाट शक्ति प्राप्त  गर्छन्। तर, शारीरिक व्यायाम गर्दा वा खेलकुदमा भाग लिँदा मांसपेशीको शक्तिको लागि अन्य स्रोतहरुको आवश्यकता पर्छ। किनभने मांसपेशीलाई आफूभित्र रहेको खाना थोरै सेकेण्डको लागि मात्र प्रयाप्त हुन्छ। बाँकी काम गर्न अन्य स्रोत जस्तै फ्याट्टी एसिड, ग्लाइकोजेन, ल्याक्टिक एसिड र किटोन बडिज आदीबाट शक्ति प्राप्त गर्नुपर्ने हुन्छ।

नियमित शारीरिक व्यायाम वा खेलकुदका बेला विभिन्न सकारात्मक शारीरिक परिवर्तन देखिन्छन्। फोक्सोमा भन्टिलेसन बढ्छ र अक्सिजन सजिलैसँग रगतसम्म पुग्छ। नियमित शारीरिक व्यायाम गर्नेहरुको मुटुको चाल व्यायाम नगर्नेहरुको तुलनामा कम हुन्छ र रगत फ्याँक्न सक्ने क्षमता बढी हुन्छ।

त्यसैले नियमित व्यायाम गर्ने वा खेलकुदमा सहभागी हुनेहरुको मुटु बलियो हुन्छ। त्यतिमात्र होइन प्रोस्टासाइक्लिन र नाइट्रिक अक्साइड जस्ता केमिकल निस्कन्छन्, जसले कोरोनरी भेसल्सबाट मुटुमा रक्तसञ्चार राम्रो हुन गइ हृदयघातको सम्भावना कम हुन्छ।

मांसपेशीहरुमा रक्तसञ्चार बढ्छ, जसले गर्दा मांसपेशीहरुले राम्रोसँग काम गर्न सक्छन्। रक्तचापलाई नियन्त्रणमा राख्छ। शरीरका कोषहरुले अक्सिजनलाई राम्रोसँग खपत गर्न सक्छन् र मेटाबोलिजम राम्रो हुन्छ। त्यसैगरी विभिन्न हर्मोनहरु जस्तै, क्याटेकोलामाइन्स, कर्टसोल, इन्डोर्फन्सी आदिको उत्पादन बढ्छ। यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

इन्सुलीन हर्मोनले ग्लुकोजलाई मांसपेशीका कोषहरुमा पठाउँछ, जसले गर्दा रगतमा अनावश्यक रुपमा ग्लुकोज बढ्न पाउदैन। त्यसैले डाइबिटिज जस्ता रोग लाग्नबाट बचाउँछ।

धूमपान नगर्ने, शरीरको तौल कम गर्ने र नियमित व्यायाम गर्ने वा खेलकुदमा सहभागी हुने– यी तीन कुरा मानिस स्वस्थ रहने मन्त्र हुन्। यसबाट शारीरिक र मानसिक रुपमा प्रत्येक व्यक्तिलाई स्वस्थ राख्नुका साथै बुढ्यौली हुने क्रमलाई पनि नियन्त्रण गर्दछ। त्यसैले नियमित शारीरिक व्यायाम  वा खेलकुद स्वस्थ र खुसी  जीवनको लागि आवश्यक छ।

(डा. महोत्रा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगन्ज क्याम्पसका सहप्राध्यापक हुन्।)

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने
‘मुलुकलाई लयमा फर्काउने एक मात्र माध्यम निर्वाचन’ : रामप्रसाद भण्डारी
रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने शुक्रबार, फागुन १, २०८२
‘मुलुकलाई लयमा फर्काउने एक मात्र माध्यम निर्वाचन’ : रामप्रसाद भण्डारी शुक्रबार, फागुन १, २०८२
रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
इटालीविरुद्ध नेपालको खराब सुरुवात, ब्याक टु ब्याक विकेट पतन बिहीबार, माघ २९, २०८२
इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल, शेर मल्लको स्थानमा ललितलाई भित्र्याइयो बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्