• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?

कमला गुरुङ शनिबार, असार २६, २०७८  १३:२४
1140x725

काठमाडौं- ‘कोरोना भाइरस भनेको एउटा रुघाखोकी जस्तो हो। लागिहाल्यो भने हाँच्छियु-साँच्छियु गर्नुपर्छ। तातो पानी, बेसार पानी खानुपर्छ, उडाइदिनुपर्छ,’ प्रधानमन्त्री केपी शर्माले ओलीले कोरोना महामारीको बेला संसदमा दिएको अभिव्यक्ति हो यो।

कोरोना भाइरस सुरु भएयता प्रधानमन्त्री ओलीले विभिन्न अभिव्यक्ति दिए। बेसार पानी मात्र होइन कोरोनालाई भगाउन पानीमा अम्बाको पात उमालेर गार्गल गर्दा ठिक हुनेसम्मको टिप्स प्रधानमन्त्रीले दिए, जसको चिकित्सकदेखि आम नागरिकले खुलेरै आलोचना गरे। प्रधानमन्त्रीले महामारीका विषयमा दिने यस किसिमको हल्का टिप्पणीका कारण उनी आलोचनाका पात्र बने।

केही दिन अघिमात्र प्रधानमन्त्री ओलीले फेरि अर्को स्वास्थ्य टिप्स दिए। उक्त टिप्सबारे पनि टिप्पणी भएका छन्। एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीसरा (ठेउला) निको पार्ने घरेलु उपाय सुझाए। प्रधानमन्त्री ओलीका अनुसार पानीसराको समस्या भएका व्यक्तिले कालो तिल चपाएर लगाए निको हुन्छ। 

प्रधानमन्त्री ओलीले दिएको उक्त टिप्सका विषयमा हामीले आयुर्वेद र आधुनिक चिकित्सकसँग यसको वास्तविकता बुझ्ने प्रयास गरेका छौं। 

प्रधानमन्त्री ओलीले पानीसरा निको पार्न दिएको टिप्स यस्तो थियो- ‘मैले हिजो बेलुका मात्रै एक जना साथीलाई भने, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो। पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा। अनि मैले उहाँलाई एउटा औषधि चाँहि बताइदिएँ। म आफैँलाई पानीसरा भएको थियो। पानीसरा अत्यन्तै पोल्छ। दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिबरमा लान्छ त्यसले। साधारण औषधि कालो तिल आफैंले चपाएर थपक-थपक लगाइदियो भने ठिक हुन्छ। बिरामीले चपाउन पनि आनन्द मान्छ। पोलिरहेको त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टाभित्र सुक्छ। त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो।’

प्रधानमन्त्रीको यो भनाइमा सत्यता छ त? 

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा प्रदीप केसी कालो तिल मात्र पानीसराको पूर्ण उपचार नभएको बताउँछन्। छालाका लागि कालो तिल फाइदाजनक मानिएपनि चपाएर पानीसरामा लगाउन भने नमिल्ने उनले बताए। 

उनी भन्छन्, ‘कालो तिलले दुखाई कम गराउँछ। यो पूर्ण रुपमा उपचार होइन। पूर्ण रुपमा उपचार नै यही हो भन्न मिल्दैन। सहयोगी भूमिका मात्र हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

छालाका विभिन्न रोगहरुमा कालो तिलसहित अन्य जडिबुटीको लेप निकै प्रभावकारी हुने उनले बताए। पानीसराको उपचारका लागि पनि अन्य तिल र जडिबुटी मिसाएर बनाइएको विशेष लेप बनाएर लगाउन मिल्ने तर कालो तिलले मात्र उपचार भने नहुने उनले स्पष्ट पारे। उनका अनुसार कालो तिलमा हुने आमेगा थ्रि र फ्याट्टी एसिडले छालालाई राम्रो भने गर्छ। 

‘पानीसराको उपचारमा कालो तिलसहित अन्य जडिबुटी र पातहरु मिसाएर बनाइएको लेप लगाउन मिल्छ। चपाएर लगाउन चाँही राम्रो हुँदैन’ उनले भने, ‘तर विभिन्न जडिबुटीसँग मिलाएर लेप बनाएर लगाउन मिल्छ। यो प्रभावकारी उपचार पनि हो।’

आयुर्वेदमा पानीसराको उपचार विभिन्न थेरापीबाट गरिन्छ। जसमध्ये लिच थेरापी एक हो। सामान्य भाषामा भन्नुपर्दा यो एक जुकाले शरीरमा टोकाउने थेरापी हो। यो थेरापी पानीसराको उपचारका लागि पनि निकै प्रभावकारी मानिएको डा केसी बताउँछन्। यो थेरापी नरदेवी अस्पतालमा पनि सुरु गर्ने तयारी भएको उनले बताए। 

उनका अनुसार कपिङ थेरापीबाट पनि यसको उपचार गर्न सकिन्छ। कपिङ थेरापीमा दुखेको ठाउँमा सानो कप राखेर गरिने थेरापी हो। नेपालका विभिन्न भौगोलिक क्षेत्रमा व्यक्तिहरुले आफ्नो परम्परा अनुसार पनि यसको फरक तरिकाले उपचार गर्ने उनको उनी बताउँछन्। 

आधुनिक चिकित्साका क्षेत्रमा कार्यरत चिकित्सकहरुले पनि प्रधानमन्त्रीको भनाइमा कुनै तथ्य नरहेको बताए।

छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराई कालो तिल चपाएर लगाउँदा पानीसरा ठिक हुने कुरामा कुनै तथ्य नभएको बताउँछिन्। 

उनले भनिन्, ‘हामी विज्ञान र तथ्यमा विश्वास गर्छौं। त्यसैले विज्ञान र वैज्ञानिकहरुले प्रमाणित नगरेको कुरामा हामीले कसरी विश्वास गर्ने? यसमा कुनै तथ्य छैन।’

के हो पानीसरा?
पानीसरालाई चिकेन पक्स, ठेउलाको नामबाट चिनिन्छ। यो रोग खासगरी गर्मीमा बढी देखिन्छ। 

पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो। 

यो रोगले विशेषगरी बच्चाहरुलाई बढी सताउँछ। तर युवा तथा वृद्धवृद्धालाई पानीसरा भए यसले जटिलता निम्त्याउने जोखिम बढी हुन्छ। यसले कलेजो, छाती, नशा, मस्तिष्कलाई असर गर्न सक्ने छाला रोग विशेषज्ञ डा भट्टराईले बताइन्।

‘पानीसरा आएपछि घर बाहिर निस्कनु हुँदैन, गुम्साएर भित्रै राख्नुपर्छ भन्ने आम बुझा छ’ तर यो बिलकुलै गलत भएको डा भट्टराई बताउँछिन्।

‘धेरैले यो रोग लागेपछि गुम्साउनुपर्छ। धेरै लुगा लगाएर राख्नुपर्छ भन्छन्। तर त्यो भ्रम हो’ उनले भनिन्, ‘यो साधारण रुघाखोकी जस्तै भाइरसका कारण हुन्छ। गुम्साउने गर्‍यो भने पानीका फोका पाक्ने संभावना हुन्छ।’

यो रोग ७ देखि १० दिनभित्र निको हुन्छ। तर गुम्साएर राखे पानीको फोका आएको ठाउँमा पाक्ने र खत बस्न सक्ने उनले बताइन्। परिवारको एउटा सदस्यमा पानीसरा देखिए अर्कोमा सर्ने सम्भावना अत्यधिक रहन्छ। 

पानीको फोका आउने तीन दिन अगाडी र पानीको फोका आएको चार दिनपछि यो रोग सर्ने सम्भावना अधिक हुन्छ। जति ढिलो उमेरमा यो रोग लागे समस्या त्यति जटिल हुने उनले बताइन्। 

कसरी पहिचान गर्ने?
यो रोग लाग्दा पहिलो दिन मात्र ज्वरो आउँछ। केहीलाई ज्वरो नआउन पनि सक्छ। यसलाई पहिचान गर्न सकिने विभिन्न लक्षणहरु छन्। 

टाउको तथा शरीर दुख्ने, खानामा अरुची हुने, ज्वरो आउने, घाँटी सुख्खा हुने, कमजोर महसुस हुने, खोकी लाग्ने यसका लक्षणहरु हुन्। 

बच्चाहरुमा धेरै लक्षण नभए एन्टी भाइरल औषधि दिएपछि निको हुने डा भट्टराईले बताइन्। गर्भवती महिलालाई पानीसरा आए पेटमा रहेको शिशुमा पनि रगतबाट जाने असर गर्छ। त्यसैले गर्भवतीलाई पानीसरा आए विशेष ध्यान दिन उनको सुझाव छ। पानीसरालाई समयमै पहिचान गरेर उपचार गरे निको हुन्छ। 

पानीसरापछि जनैखटिरोको जोखिम
डा भट्टराईका अनुसार पानीसरा भएपछि जनैखटिरो हुने खतरा पनि रहन्छ। किनभने यो भाइरस शरीरभित्र छिरेपछि निस्क्रिय भएर नशाको पछाडी लुकेर बसेको हुन्छ। पानीसरा आएर निको भएको वर्षोपछि यो भाइरस पुनः सक्रिय भए यसले जनैखटिरो गराउँछ। व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता भएको बेला यो भाइरसले पुनः आक्रमण गरे जनैखटिरो हुन सक्ने डा भट्टराइले बताइन्। 

उनले भनिन्, ‘मानिसहरु धेरै तनावमा भए। चिन्ता भयो। रोग प्रतिरोधात्मक क्षमता कम भयो भने त्यो लुकेर बसेको भाइरस सक्रिय भएर सतहमा आउन थाल्छ। यसले जनैखटिरो गराउँछ।’

जनैखटिरो पनि युवा उमेरमा आए आफैं निको हुने र धेरै नफैलने हुन सक्छ। जनैखटिरोको पहिचान गरी ७२ घण्टाभित्र उपचार गरे प्रभावकारी हुन्छ। तर उपचार नगरी घरमै बसे यो भाइरसले नशालाई बिगार्ने तथा नष्ट गर्न सक्ने उनले बताइन्। पानीसराले बच्चाहरुलाई बढी सताउँछ भने जनैखटिरोले उमेर पुगेका व्यक्तिहरुलाई दु:ख दिन्छ। 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
प्रतिनिधि सभा बैठक सर्‍यो
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी
सम्बन्धित सामग्री
रास्वपाको आम्दानी १२ करोड २४ लाख ‘आयतर्फ आर्थिक वर्ष २०७८/७९ मा मात्र ४ लाख १० हजार आयबाट सुरु भएको पार्टीको कुल आम्दानी आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा उत्साहजनक... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै प्रशासन विशेष ब्युरो स्रोतका अनुसार गृहमन्त्री गुरुङले चितवनस्थित एक होटलमा नास्ताका रूपमा अम्लेट खाइरहेका बेला त्यसमा माछाको काँडा... मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक सर्‍यो बुधबार, असार १०, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
अझै सुरु भएन रास्वपाको मतदान, केही समयमा हुने महामन्त्रीको दाबी बुधबार, असार १०, २०८३
होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार सुरु बुधबार, असार १०, २०८३
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्