• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?

कमला गुरुङ शनिबार, असार २६, २०७८  १३:२४
1140x725

काठमाडौं- ‘कोरोना भाइरस भनेको एउटा रुघाखोकी जस्तो हो। लागिहाल्यो भने हाँच्छियु-साँच्छियु गर्नुपर्छ। तातो पानी, बेसार पानी खानुपर्छ, उडाइदिनुपर्छ,’ प्रधानमन्त्री केपी शर्माले ओलीले कोरोना महामारीको बेला संसदमा दिएको अभिव्यक्ति हो यो।

कोरोना भाइरस सुरु भएयता प्रधानमन्त्री ओलीले विभिन्न अभिव्यक्ति दिए। बेसार पानी मात्र होइन कोरोनालाई भगाउन पानीमा अम्बाको पात उमालेर गार्गल गर्दा ठिक हुनेसम्मको टिप्स प्रधानमन्त्रीले दिए, जसको चिकित्सकदेखि आम नागरिकले खुलेरै आलोचना गरे। प्रधानमन्त्रीले महामारीका विषयमा दिने यस किसिमको हल्का टिप्पणीका कारण उनी आलोचनाका पात्र बने।

केही दिन अघिमात्र प्रधानमन्त्री ओलीले फेरि अर्को स्वास्थ्य टिप्स दिए। उक्त टिप्सबारे पनि टिप्पणी भएका छन्। एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीसरा (ठेउला) निको पार्ने घरेलु उपाय सुझाए। प्रधानमन्त्री ओलीका अनुसार पानीसराको समस्या भएका व्यक्तिले कालो तिल चपाएर लगाए निको हुन्छ। 

प्रधानमन्त्री ओलीले दिएको उक्त टिप्सका विषयमा हामीले आयुर्वेद र आधुनिक चिकित्सकसँग यसको वास्तविकता बुझ्ने प्रयास गरेका छौं। 

प्रधानमन्त्री ओलीले पानीसरा निको पार्न दिएको टिप्स यस्तो थियो- ‘मैले हिजो बेलुका मात्रै एक जना साथीलाई भने, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो। पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा। अनि मैले उहाँलाई एउटा औषधि चाँहि बताइदिएँ। म आफैँलाई पानीसरा भएको थियो। पानीसरा अत्यन्तै पोल्छ। दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिबरमा लान्छ त्यसले। साधारण औषधि कालो तिल आफैंले चपाएर थपक-थपक लगाइदियो भने ठिक हुन्छ। बिरामीले चपाउन पनि आनन्द मान्छ। पोलिरहेको त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टाभित्र सुक्छ। त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो।’

प्रधानमन्त्रीको यो भनाइमा सत्यता छ त? 

आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा प्रदीप केसी कालो तिल मात्र पानीसराको पूर्ण उपचार नभएको बताउँछन्। छालाका लागि कालो तिल फाइदाजनक मानिएपनि चपाएर पानीसरामा लगाउन भने नमिल्ने उनले बताए। 

उनी भन्छन्, ‘कालो तिलले दुखाई कम गराउँछ। यो पूर्ण रुपमा उपचार होइन। पूर्ण रुपमा उपचार नै यही हो भन्न मिल्दैन। सहयोगी भूमिका मात्र हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

छालाका विभिन्न रोगहरुमा कालो तिलसहित अन्य जडिबुटीको लेप निकै प्रभावकारी हुने उनले बताए। पानीसराको उपचारका लागि पनि अन्य तिल र जडिबुटी मिसाएर बनाइएको विशेष लेप बनाएर लगाउन मिल्ने तर कालो तिलले मात्र उपचार भने नहुने उनले स्पष्ट पारे। उनका अनुसार कालो तिलमा हुने आमेगा थ्रि र फ्याट्टी एसिडले छालालाई राम्रो भने गर्छ। 

‘पानीसराको उपचारमा कालो तिलसहित अन्य जडिबुटी र पातहरु मिसाएर बनाइएको लेप लगाउन मिल्छ। चपाएर लगाउन चाँही राम्रो हुँदैन’ उनले भने, ‘तर विभिन्न जडिबुटीसँग मिलाएर लेप बनाएर लगाउन मिल्छ। यो प्रभावकारी उपचार पनि हो।’

आयुर्वेदमा पानीसराको उपचार विभिन्न थेरापीबाट गरिन्छ। जसमध्ये लिच थेरापी एक हो। सामान्य भाषामा भन्नुपर्दा यो एक जुकाले शरीरमा टोकाउने थेरापी हो। यो थेरापी पानीसराको उपचारका लागि पनि निकै प्रभावकारी मानिएको डा केसी बताउँछन्। यो थेरापी नरदेवी अस्पतालमा पनि सुरु गर्ने तयारी भएको उनले बताए। 

उनका अनुसार कपिङ थेरापीबाट पनि यसको उपचार गर्न सकिन्छ। कपिङ थेरापीमा दुखेको ठाउँमा सानो कप राखेर गरिने थेरापी हो। नेपालका विभिन्न भौगोलिक क्षेत्रमा व्यक्तिहरुले आफ्नो परम्परा अनुसार पनि यसको फरक तरिकाले उपचार गर्ने उनको उनी बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आधुनिक चिकित्साका क्षेत्रमा कार्यरत चिकित्सकहरुले पनि प्रधानमन्त्रीको भनाइमा कुनै तथ्य नरहेको बताए।

छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराई कालो तिल चपाएर लगाउँदा पानीसरा ठिक हुने कुरामा कुनै तथ्य नभएको बताउँछिन्। 

उनले भनिन्, ‘हामी विज्ञान र तथ्यमा विश्वास गर्छौं। त्यसैले विज्ञान र वैज्ञानिकहरुले प्रमाणित नगरेको कुरामा हामीले कसरी विश्वास गर्ने? यसमा कुनै तथ्य छैन।’

के हो पानीसरा?
पानीसरालाई चिकेन पक्स, ठेउलाको नामबाट चिनिन्छ। यो रोग खासगरी गर्मीमा बढी देखिन्छ। 

पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो। 

यो रोगले विशेषगरी बच्चाहरुलाई बढी सताउँछ। तर युवा तथा वृद्धवृद्धालाई पानीसरा भए यसले जटिलता निम्त्याउने जोखिम बढी हुन्छ। यसले कलेजो, छाती, नशा, मस्तिष्कलाई असर गर्न सक्ने छाला रोग विशेषज्ञ डा भट्टराईले बताइन्।

‘पानीसरा आएपछि घर बाहिर निस्कनु हुँदैन, गुम्साएर भित्रै राख्नुपर्छ भन्ने आम बुझा छ’ तर यो बिलकुलै गलत भएको डा भट्टराई बताउँछिन्।

‘धेरैले यो रोग लागेपछि गुम्साउनुपर्छ। धेरै लुगा लगाएर राख्नुपर्छ भन्छन्। तर त्यो भ्रम हो’ उनले भनिन्, ‘यो साधारण रुघाखोकी जस्तै भाइरसका कारण हुन्छ। गुम्साउने गर्‍यो भने पानीका फोका पाक्ने संभावना हुन्छ।’

यो रोग ७ देखि १० दिनभित्र निको हुन्छ। तर गुम्साएर राखे पानीको फोका आएको ठाउँमा पाक्ने र खत बस्न सक्ने उनले बताइन्। परिवारको एउटा सदस्यमा पानीसरा देखिए अर्कोमा सर्ने सम्भावना अत्यधिक रहन्छ। 

पानीको फोका आउने तीन दिन अगाडी र पानीको फोका आएको चार दिनपछि यो रोग सर्ने सम्भावना अधिक हुन्छ। जति ढिलो उमेरमा यो रोग लागे समस्या त्यति जटिल हुने उनले बताइन्। 

कसरी पहिचान गर्ने?
यो रोग लाग्दा पहिलो दिन मात्र ज्वरो आउँछ। केहीलाई ज्वरो नआउन पनि सक्छ। यसलाई पहिचान गर्न सकिने विभिन्न लक्षणहरु छन्। 

टाउको तथा शरीर दुख्ने, खानामा अरुची हुने, ज्वरो आउने, घाँटी सुख्खा हुने, कमजोर महसुस हुने, खोकी लाग्ने यसका लक्षणहरु हुन्। 

बच्चाहरुमा धेरै लक्षण नभए एन्टी भाइरल औषधि दिएपछि निको हुने डा भट्टराईले बताइन्। गर्भवती महिलालाई पानीसरा आए पेटमा रहेको शिशुमा पनि रगतबाट जाने असर गर्छ। त्यसैले गर्भवतीलाई पानीसरा आए विशेष ध्यान दिन उनको सुझाव छ। पानीसरालाई समयमै पहिचान गरेर उपचार गरे निको हुन्छ। 

पानीसरापछि जनैखटिरोको जोखिम
डा भट्टराईका अनुसार पानीसरा भएपछि जनैखटिरो हुने खतरा पनि रहन्छ। किनभने यो भाइरस शरीरभित्र छिरेपछि निस्क्रिय भएर नशाको पछाडी लुकेर बसेको हुन्छ। पानीसरा आएर निको भएको वर्षोपछि यो भाइरस पुनः सक्रिय भए यसले जनैखटिरो गराउँछ। व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता भएको बेला यो भाइरसले पुनः आक्रमण गरे जनैखटिरो हुन सक्ने डा भट्टराइले बताइन्। 

उनले भनिन्, ‘मानिसहरु धेरै तनावमा भए। चिन्ता भयो। रोग प्रतिरोधात्मक क्षमता कम भयो भने त्यो लुकेर बसेको भाइरस सक्रिय भएर सतहमा आउन थाल्छ। यसले जनैखटिरो गराउँछ।’

जनैखटिरो पनि युवा उमेरमा आए आफैं निको हुने र धेरै नफैलने हुन सक्छ। जनैखटिरोको पहिचान गरी ७२ घण्टाभित्र उपचार गरे प्रभावकारी हुन्छ। तर उपचार नगरी घरमै बसे यो भाइरसले नशालाई बिगार्ने तथा नष्ट गर्न सक्ने उनले बताइन्। पानीसराले बच्चाहरुलाई बढी सताउँछ भने जनैखटिरोले उमेर पुगेका व्यक्तिहरुलाई दु:ख दिन्छ। 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ
सम्बन्धित सामग्री
धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले... सोमबार, कात्तिक २, २०८३
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो । सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकि... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्