complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
मोडल

‘बडी सेमिङ’ हुनथालेपछि इख लिएर अभिनय सिक्न भारत गइन्, त्यहीँबाट तहसनहस भयो जिन्दगी

64x64
पुष्पा थपलिया शुक्रबार, असार ४, २०७८  ०७:०३
1140x725

काठमाडौं- तीन वर्षअघि मोडल तथा कलाकार निशा घिमिरेको फोटो, भिडियोमा उनको मोटोपनलाई लिएर भद्दा टिप्पणी आउँथे। उनलाई राम्रो अभिनय गर्न नजान्ने कलाकार भनेर आलोचना गरिएका हुन्थे। र, उनलाई फिल्ममा मौका दिइएको विषयमा नेपाली फिल्म उद्योगलाई समेत गाली गरेका थिए कतिपयले।

अचेल अवस्था फेरिएको छ। अहिले माथिका प्रतिक्रिया भएकै फोटो र भिडियोको मुनि निशा पहिलेकै अवस्थामा फर्किउन् भनेर प्रार्थना गरिरहेको देख्न सकिन्छ। 

उनको शरीरलाई भद्दा मजाक बनाउनेहरु पहिलेकै अवस्थाको कामना गर्न कसरी पुगे त? उत्तर निकै दुःखदायी छ। किनभने निशा घिमिरे अहिले बोल्न सक्दिनन्। न हिँड्न सक्छिन्, न आफैं खान। पहिले ६० किलोको शरीर अहिले २० किलोमा झरेको छ। उनी अहिले हाड र छालामात्रै टाँसिएको जीवित कंकाल बनेकी छन्।

को हुन् निशा घिमिरे?
ललितपुरमा जन्मिएकी निशा परिवारकी कान्छी सन्तान हुन्। मध्यमवर्गीय परिवारमा जन्मिएपनि उनका परिवारले केही अभाव हुन दिएनन्। सानैदेखि कला क्षेत्रमा रुची राखेकी उनलाई परिवारले सुरुमा यसमा साथ दिएन। तर, परिवारको कुरा नटेरेरै उनी कलाकारितामा लागिरहिन्।

उनले आफ्नो करिअर म्युजिक भिडियोबाट सुरु गरिन्। तिजको गीतमा खेलेपछि कलाकारिताको यात्रा थालेकी निशालाई विस्तारै फोटोसुट, मोडलिङ्का अफरहरु आउन थाल्यो। उनले अन्तर्वार्ताका क्रममा भन्थिन्, ‘मलाई छोटा र ग्ल्यामर देखिने कपडा लगाउन मनपर्छ।’ 

अभिनय रगतमा भएको, ठूलो कलाकार त हैन, आफूसँगै यस क्षेत्रमा प्रवेश गरेकाहरुलाई सजिलै अभिनयमा जित्न सक्ने आत्मविश्वास देखाउँथिन् उनी। कुराकानीका क्रममा भन्थिन्, ‘म ठूला कलाकार रेखा थापाहरुलाई त जित्न सक्दिनँ तर, आफूसँगैका साथीहरुको भन्दा अब्बल अभिनय गर्छु।’ 

उनले भोजपुरी भाषामा बनेको ‘मधेशी पुत्र-२’ चलचित्रमा मुख्य भूमिका निर्वाह गरिन्। ‘डियर जिन्दगी’ टेलिश्रृङ्खलामा पनि अभिनय गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी अभिनयमा उनले शुभचिन्तकलाई आफूतिर तान्न सकिनन्।

पहिले दुब्लो, पातलो शरीर लिएर कलाकारितामा छिरेकी उनी बढ्दो तौलले तनावमा पनि हुन्थिन्। त्यसैमाथि ‘बडी सेमिङ’ हुनेखालका भद्दा प्रतिक्रियाले उनलाई भित्रैदेखि टुक्र्याउँथ्यो। 

तर, हिम्मत जुटाउँथिन्। ‘सागरभित्र छिरिसकेपछि मोती नटिपी फर्कन्नँ’ भन्ने दृढताले उनी २०७५ सालमा भारतको देहरादुनमा अभिनय विषयमा डिप्लोमा पढ्न गइन्।

परिवारले उनलाई भारत पठाउन चाहेको थिएन। कलाकारिता क्षेत्रमा प्रवेश गरेको नै मन परेको थिएन। तर, जसोतसो उनले परिवारलाई मनाइन्। नेपालमा भनेजस्तो अभिनय पढाउने ठाउँ नभएको र आफू यही क्षेत्रमा केही गरेर देखाउने भन्दै उनले परिवारलाई मनाएकी थिइन्। छोरीको इच्छा र खुशीलाई नकार्न नसकेर उनका परिवारले निशालाई भारत जान स्वीकृति दियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी आइलाग्यो बज्रपात
भारत गएको दुई महिनापछि उनीसँगै अन्य ४ जना विद्यार्थी कार लिएर घुम्न निस्केका थिए। त्यही समयमा एउटा ट्रकले नराम्रोसँग ठक्कर दियो। ठक्कर दिएको ट्रक र त्यसका चालकलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। किनभने कुन ट्रकले ठक्कर दियो भन्ने नै अहिलेसम्म खुलेको छैन। 

निशासहितको टोलीलाई प्रहरीले अस्पताल पुर्‍यायो। उनका बाबुले भोलिपल्ट फोन गर्दा प्रहरीले उठायो र घटनाबारे जानकारी दियो। आर्थिक अवस्था राम्रो नभएपनि जग्गा धितो राखेर उनको परिवारले निशाको उपचार सुरु गर्‍यो। भारतमा खर्च धान्न मुस्किल परेपछि परिवारले उनलाई नेपाल ल्याए। ट्रमा सेन्टरमा उपचार सुरु भयो तर, केही सुधार आएन। 

तीन महिनासम्म पनि उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ट्रमा सेन्टरले थेरापी गराउन अनुरोध गर्दै घर पठायो। आर्थिक अभावका कारण उनीहरुले थेरापी सेन्टर लैजान सकेनन्। त्यसलै २०७६ सालमा परिवारले सहयोगका लागि अपिल समेत गरेको थियो। 
त्यो समयमा केही सहयोग रकम जम्मा भएपनि त्यो पर्याप्त भएन। निशाको स्वास्थ्य अवस्थामा सुधार पनि आएन। 

हाड र छाला मात्रै भएकी निशाको नवजीवन परोपकार संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् सहयोगको अपिल गरे।

उनको त्यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भयो। निशाको हाड र छाला मात्रै भएको तस्वीर र उक्त पोष्ट देखेर नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको निःशुल्क उपचारको जिम्मा लिइन्। उनको अहिले नर्भिकमा उपचार भइरहेको छ।

के भएको छ निशालाई?
चिकित्सकका अनुसार निशाको महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो लगायतमा खासै समस्या देखिएको छैन। उनको समस्या भनेको नशामा छ। त्यसैले उनको सुधारको आशा चिकित्सकले लिएका छन्।

निशाको दर्दनाक अवस्थाबारेका खबर बाहिरिएसँगै उनको सहयोगमा रकम जुट्ने क्रम बढेको छ। केही कलाकारले उनका परिवारलाई भेटेरै नगद सहयोग गरिरहेका छन्। उनका शुभचिन्तकहरुले पनि स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
टिकटकमा चर्चित भएकी डा. अनुश्का अब म्युजिक भिडियोमा पेशागत व्यस्ततामै रहँदा पनि उनी सामाजिक सञ्जालमार्फत चर्चामा आएकी हुन् । उनका परिवारका रमाइला क्षणहरु टिकटकमा भाइरल बनेपछि अनुश्काला... आइतबार, भदौ १, २०८२
मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै विधि उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोड... मंगलबार, फागुन १३, २०८१
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि  सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उपाधि जितेकी हुन् । बुधबार, माघ २३, २०८१
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्