• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
मोडल

‘बडी सेमिङ’ हुनथालेपछि इख लिएर अभिनय सिक्न भारत गइन्, त्यहीँबाट तहसनहस भयो जिन्दगी

64x64
पुष्पा थपलिया शुक्रबार, असार ४, २०७८  ०७:०३
1140x725

काठमाडौं- तीन वर्षअघि मोडल तथा कलाकार निशा घिमिरेको फोटो, भिडियोमा उनको मोटोपनलाई लिएर भद्दा टिप्पणी आउँथे। उनलाई राम्रो अभिनय गर्न नजान्ने कलाकार भनेर आलोचना गरिएका हुन्थे। र, उनलाई फिल्ममा मौका दिइएको विषयमा नेपाली फिल्म उद्योगलाई समेत गाली गरेका थिए कतिपयले।

अचेल अवस्था फेरिएको छ। अहिले माथिका प्रतिक्रिया भएकै फोटो र भिडियोको मुनि निशा पहिलेकै अवस्थामा फर्किउन् भनेर प्रार्थना गरिरहेको देख्न सकिन्छ। 

उनको शरीरलाई भद्दा मजाक बनाउनेहरु पहिलेकै अवस्थाको कामना गर्न कसरी पुगे त? उत्तर निकै दुःखदायी छ। किनभने निशा घिमिरे अहिले बोल्न सक्दिनन्। न हिँड्न सक्छिन्, न आफैं खान। पहिले ६० किलोको शरीर अहिले २० किलोमा झरेको छ। उनी अहिले हाड र छालामात्रै टाँसिएको जीवित कंकाल बनेकी छन्।

को हुन् निशा घिमिरे?
ललितपुरमा जन्मिएकी निशा परिवारकी कान्छी सन्तान हुन्। मध्यमवर्गीय परिवारमा जन्मिएपनि उनका परिवारले केही अभाव हुन दिएनन्। सानैदेखि कला क्षेत्रमा रुची राखेकी उनलाई परिवारले सुरुमा यसमा साथ दिएन। तर, परिवारको कुरा नटेरेरै उनी कलाकारितामा लागिरहिन्।

उनले आफ्नो करिअर म्युजिक भिडियोबाट सुरु गरिन्। तिजको गीतमा खेलेपछि कलाकारिताको यात्रा थालेकी निशालाई विस्तारै फोटोसुट, मोडलिङ्का अफरहरु आउन थाल्यो। उनले अन्तर्वार्ताका क्रममा भन्थिन्, ‘मलाई छोटा र ग्ल्यामर देखिने कपडा लगाउन मनपर्छ।’ 

अभिनय रगतमा भएको, ठूलो कलाकार त हैन, आफूसँगै यस क्षेत्रमा प्रवेश गरेकाहरुलाई सजिलै अभिनयमा जित्न सक्ने आत्मविश्वास देखाउँथिन् उनी। कुराकानीका क्रममा भन्थिन्, ‘म ठूला कलाकार रेखा थापाहरुलाई त जित्न सक्दिनँ तर, आफूसँगैका साथीहरुको भन्दा अब्बल अभिनय गर्छु।’ 

उनले भोजपुरी भाषामा बनेको ‘मधेशी पुत्र-२’ चलचित्रमा मुख्य भूमिका निर्वाह गरिन्। ‘डियर जिन्दगी’ टेलिश्रृङ्खलामा पनि अभिनय गरिन्।

Ncell 2
Ncell 2

यी अभिनयमा उनले शुभचिन्तकलाई आफूतिर तान्न सकिनन्।

पहिले दुब्लो, पातलो शरीर लिएर कलाकारितामा छिरेकी उनी बढ्दो तौलले तनावमा पनि हुन्थिन्। त्यसैमाथि ‘बडी सेमिङ’ हुनेखालका भद्दा प्रतिक्रियाले उनलाई भित्रैदेखि टुक्र्याउँथ्यो। 

तर, हिम्मत जुटाउँथिन्। ‘सागरभित्र छिरिसकेपछि मोती नटिपी फर्कन्नँ’ भन्ने दृढताले उनी २०७५ सालमा भारतको देहरादुनमा अभिनय विषयमा डिप्लोमा पढ्न गइन्।

परिवारले उनलाई भारत पठाउन चाहेको थिएन। कलाकारिता क्षेत्रमा प्रवेश गरेको नै मन परेको थिएन। तर, जसोतसो उनले परिवारलाई मनाइन्। नेपालमा भनेजस्तो अभिनय पढाउने ठाउँ नभएको र आफू यही क्षेत्रमा केही गरेर देखाउने भन्दै उनले परिवारलाई मनाएकी थिइन्। छोरीको इच्छा र खुशीलाई नकार्न नसकेर उनका परिवारले निशालाई भारत जान स्वीकृति दियो।

यसरी आइलाग्यो बज्रपात
भारत गएको दुई महिनापछि उनीसँगै अन्य ४ जना विद्यार्थी कार लिएर घुम्न निस्केका थिए। त्यही समयमा एउटा ट्रकले नराम्रोसँग ठक्कर दियो। ठक्कर दिएको ट्रक र त्यसका चालकलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। किनभने कुन ट्रकले ठक्कर दियो भन्ने नै अहिलेसम्म खुलेको छैन। 

निशासहितको टोलीलाई प्रहरीले अस्पताल पुर्‍यायो। उनका बाबुले भोलिपल्ट फोन गर्दा प्रहरीले उठायो र घटनाबारे जानकारी दियो। आर्थिक अवस्था राम्रो नभएपनि जग्गा धितो राखेर उनको परिवारले निशाको उपचार सुरु गर्‍यो। भारतमा खर्च धान्न मुस्किल परेपछि परिवारले उनलाई नेपाल ल्याए। ट्रमा सेन्टरमा उपचार सुरु भयो तर, केही सुधार आएन। 

तीन महिनासम्म पनि उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई ट्रमा सेन्टरले थेरापी गराउन अनुरोध गर्दै घर पठायो। आर्थिक अभावका कारण उनीहरुले थेरापी सेन्टर लैजान सकेनन्। त्यसलै २०७६ सालमा परिवारले सहयोगका लागि अपिल समेत गरेको थियो। 
त्यो समयमा केही सहयोग रकम जम्मा भएपनि त्यो पर्याप्त भएन। निशाको स्वास्थ्य अवस्थामा सुधार पनि आएन। 

हाड र छाला मात्रै भएकी निशाको नवजीवन परोपकार संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् सहयोगको अपिल गरे।

उनको त्यो पोष्ट सामाजिक सञ्जालमा भाइरल भयो। निशाको हाड र छाला मात्रै भएको तस्वीर र उक्त पोष्ट देखेर नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको निःशुल्क उपचारको जिम्मा लिइन्। उनको अहिले नर्भिकमा उपचार भइरहेको छ।

के भएको छ निशालाई?
चिकित्सकका अनुसार निशाको महत्वपूर्ण अंगहरू मुटु, कलेजो, मिर्गौला, फोक्सो लगायतमा खासै समस्या देखिएको छैन। उनको समस्या भनेको नशामा छ। त्यसैले उनको सुधारको आशा चिकित्सकले लिएका छन्।

निशाको दर्दनाक अवस्थाबारेका खबर बाहिरिएसँगै उनको सहयोगमा रकम जुट्ने क्रम बढेको छ। केही कलाकारले उनका परिवारलाई भेटेरै नगद सहयोग गरिरहेका छन्। उनका शुभचिन्तकहरुले पनि स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
टिकटकमा चर्चित भएकी डा. अनुश्का अब म्युजिक भिडियोमा पेशागत व्यस्ततामै रहँदा पनि उनी सामाजिक सञ्जालमार्फत चर्चामा आएकी हुन् । उनका परिवारका रमाइला क्षणहरु टिकटकमा भाइरल बनेपछि अनुश्काला... आइतबार, भदौ १, २०८२
मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै विधि उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोड... मंगलबार, फागुन १३, २०८१
वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि  सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उपाधि जितेकी हुन् । बुधबार, माघ २३, २०८१
ताजा समाचारसबै
विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य मंगलबार, मंसिर २३, २०८२
पहिलो क्वालिफायरमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्दै मंगलबार, मंसिर २३, २०८२
अब सक्रिय राजतन्त्र सम्भव छैन : धवल शमशेर राणा मंगलबार, मंसिर २३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश सोमबार, मंसिर २२, २०८२
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे नेतृत्व परिवर्तन गर्ने निष्कर्षसहितको अवधारणापत्र सोमबार, मंसिर २२, २०८२
१२ साना दलले बनाए ५ गठबन्धन, संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्