• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

केपी ओली विभेद र निषेधको राजनीतिमा लाग्नुभएकाले पार्टी यस्तो स्थितिमा पुग्यो : जगन्‍नाथ खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  ११:३०
1140x725

नेकपा एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालको नेतृत्वमा दुई चिरामा विभाजित भएको छ। पार्टीलाई एकताबद्ध बनाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन्। तर एमाले एक हुने सूत्र अझै फेला परेको छैन। एमालेमा देखिएको विवाद, विवाद समाधान गर्न भइरहेका पहलका विषयमा नेपालपक्षका नेता तथा एमाले केन्द्रीय सदस्य जगन्‍नाथ खतिवडासँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी:

प्रधानमन्त्री ओलीले एमालेलाई जेठ ३ गते पूर्व फर्काउने भनेका थिए। अदालतले पनि एउटा आदेशमा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेका निर्णय अवैध भनेको छ। यो पृष्ठभूमिका आधारमा भन्दा अब एमाले एक हुन्छ?
केपी ओलीले भनेको कुरा र सर्वोच्च अदालतले भनेको कुरा मिलेन। उहाँले एमाले र माओवादी एकीकरण भएपछिको केन्द्रीय कमिटीको कुरा गर्नुभएको छ। सर्वोच्च अदालतले त्यसो नभनेर जेठ २ गतेको अवस्थामा पुर्‍याइदियो। पूर्वएमालेहरु जुन अवस्थामा थिए, उनीहरुले मात्रै निर्णय गर्न पाउनुहुन्छ भनिदियो। त्यसकारण सर्वोच्च र केपी ओलीले भनेका कुरा मिल्दैनन्। अब एमालेको केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र त्यसले गरेका निर्णयमात्रै मान्य हुन्छन् भन्‍ने छ। आयोजक कमिटीको रुपमा केपी ओलीले जे गर्नुभयो, त्यो विधानअनुसार मिल्दैन। त्यसलाई मान्यता दिन सकिँदैन। त्यसको अर्थ हो, केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई इमान्दारिताका साथ पालना गर्दै तत्कालीन एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्छ।

पार्टी एकता गराउन केपी ओली लचिलो भइरहेको देखिन्छ। अब उहाँले के त्याग गर्नुभयो भने एमाले एक रहन्छ?
एमालेमा केपी ओलीले केही त्याग गर्नुपर्दैन थियो। यदि उहाँले फागुन २३ को फैसलापश्चात् केन्द्रीय कमिटीको बैठक बोलाएको भए केही हुने थिएन। हामीले बारम्बार केन्द्रीय कमिटीको बैठक बोलाउन आवाज उठायौँ। उहाँले त्यसो गर्नुभएन। बैठक नबोलाइएपछि परिस्थिति झनै बिग्रिँदै जान थालेको हो। अबचाहिँ उहाँले थुप्रै कुरा त्याग गर्नुपर्ने छ। एक हिसाबले उहाँसँग  राजनीतिक संघर्ष चलिरहेकै थियो। त्यो दुईलाइन संघर्षको रुपमा प्रकट भएको थियो। त्यसमा केही वैचारिक, सैद्धान्तिक, संगठनात्मक र कार्यकर्ता व्यवस्थापन जस्ता कुराहरु थिए। स्वभाव, आचारण, शैली, व्यवहारसँग जोडिएका कुराहरुमा संघर्ष चलिरहेकै थिए। सरकार र पार्टीबीचको सम्बन्धका विषयमा अन्तरविरोध भइरहेकै थियो। तर, अन्तरविरोध हुँदाहुदै पनि सर्वोच्चले एउटै पार्टी बनाऊ भनेपछि त्यसको विरुद्धमा जानु उहाँको ठूलो गल्ती थियो।

यसबीचमा धेरै काम भइसकेका छन्। धेरै जनवर्गीय कमिटीहरु बनिसकेका छन्। प्रदेश कमिटीहरु बनिसकेका छन्। यसले समानान्तर कमिटीको स्वरुप धारण गरेका छन्। अहिले कतै ओलीपक्षको कमिटीको बोलवाला छ, कतै नेपालपक्षको। लगभग सबै जिल्लामा उस्ताउस्तै समानान्तर कमिटी रहेका छन्। यी सबै कुराहरु कहाँबाट सुरु भएका हुन्? केपी ओलीले फागुन २३ गतेको फैसलालाई ठीक ढंगले पालना नगर्दा यस्तो भयो। अब बागमतीमा धेरै पानी बगिसक्यो। हामीलाई आफ्ना कार्यकर्ता जोगाउनुपर्छ भन्‍ने चिन्ता छ। अब ती विद्रोहका बेर्ना भए। मलजल गर्नुपर्छ।

त्यसो भए पार्टी एकताको गाडी छुटिसक्यो?
अब धेरै पर पुगिसक्यो। त्यो गाडीलाई ‘ब्याक’गर्न धेरै मेहनत गर्नुपर्छ। त्यो मेहनतको केन्द्रविन्दुमा केपी ओली हुनुहुन्छ। सबैभन्दा पहिले केपी ओलीले पार्टी एक बनाउँछु भन्‍ने सोच्नुपर्‍यो। सहमतिको बाटो निकाल्नुपर्‍यो। आफ्ना गल्तीहरुको समीक्षा गर्नुपर्‍यो। उहाँले गल्ती गर्ने तर समीक्षा नगर्ने, उहाँका टिमका मान्छेहरुले पनि समीक्षा नगर्ने तर हामीले मात्रै समीक्षा गरेर केही हुँदैन।

तपाईंहरुले पनि एमालेलाई एक बनाउन भन्दा पनि नयाँ घर बनाउन धेरै प्रयत्‍न गर्नुभयो भन्‍ने आरोप छ नि?
होइन। मैले विभिन्‍न चरणमा साथीहरुलाई भन्‍ने गरेको छु। सबैभन्दा पहिले केपी ओलीलाई आफ्ना कुरा सुनायौँ। त्यो बैठकहरुका माध्यमबाट सुनायौँ। त्यसपछि हामीले असहमतिहरु ‘नोट अफ डिसेन्ट’का माध्यमबाट व्यक्त गर्न थाल्यौँ। माधव कमरेडले नवौं महाधिवेशनमै ‘नोट अफ डिसेन्ट’ लेखेर पठाउनुभएको हो। हामीले कतिपय बैठक राख्ने, कार्यविभाजन र नीतिगत विषयमा प्रश्नहरु उठाउँदै आएका हौँ। त्यसपछि हामीले लिखितरुपमा असहमतिहरु राख्न थाल्यौँ। त्यसले पनि काम नगर्ने, त्यसलाई नसुन्‍ने, टारेर हिँड्ने गर्न थालेपछि बैठकमै विरोध गर्न थाल्यौँ। लेख्न-बोल्न थाल्यौँ। त्यसलाई पनि नटेरेपछि पार्टीमा हामीलाई विद्रोह गर्ने ठाउँमा ल्यायो।

सुरुआतमा पार्टी अध्यक्ष तपाईं हुनुहुन्छ, पार्टीलाई सम्हालेर जानुस् भनेका थियौँ। जब उहाँ विभेद र निषेधको राजनीतिमा लागिरहनुभयो, त्यसपछि पार्टीको स्थिति यहाँसम्म आइपुगेको हो। उहाँले धेरै कुरा सच्याउन बाँकी छ। सच्याउनुपर्छ। उहाँले एकताको कुरा गरिरहनुभएको छ नि, सबैभन्दा पहिले त्यसका लागि अनुकूल वातावरण बनाउनुपर्छ। त्यसमा तीनवटा  महत्त्वपूर्ण कुराहरु छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो, यो टिमको महत्त्वपूर्ण नेताको रुपमा रहनुभएका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका ११ जनालाई निष्कासन गर्नुभएको छ। एकताको सौहार्द्रपूर्ण वातावरण बनाउनका लागि उहाँहरुलाई पार्टीमा फिर्ता गर्नुपर्छ।

दोसो, बोलिचाली र व्यवहारमा कतिपयले व्यंग्य र गलत आरोप लगाइरहेका छन्। कतिपय ठाउँमा कार्यकर्ताबीच नै मुडभेडको स्थिति छ। त्यसलाई रोक्न सार्वजनिक रुपमा आह्वान गर्नुपर्छ।

तेस्रो, जेठ २ एकताको हात मिलाउने आधार विन्दु हो। हामीलाई  अदालतले २०७५  जेठ २ गतेको अवस्थामा पुर्‍याएको हो। त्यसपछि केन्द्रीय कमिटी, स्थायी कमिटीको बैठक बस्ला र त्यहाँ छलफल गरौँला। उहाँले ती पूर्वसर्तहरु पालना गरेर अघि बढ्नुभयो भने एकताको सम्भावना बढी छ।

केपी ओलीले यसअघि विज्ञप्ति निकालेर जेठ ३ गते पूर्वको अवस्थामा फर्किने भनेको कुरा वास्तविक एकताका लागि थिएन?
त्यो थिएन। यदि वास्तविक एकताको लागि वक्तव्य निकालेको भए सुरुमै पूर्वमाओवादीका नेताहरुलाई केन्द्रीय कमिटीमा समावेश गरेको छु, त्यो तपाईंहरुले मान्‍नुस् भन्‍नु नै हुन्थेन। जबकि, हाम्रो अजेण्डा एमाले एकता गर्नुपर्छ भन्‍ने थियो। उहाँले नेकपा ब्युँझाउने लाइन ल्याउनुभयो। एकातिर नेकपा फुटाउन मेरो महत्त्वपूर्ण योगदान थियो भन्दै दीपावली मनाउन व्यस्त हुनुहुन्थ्यो। अर्कोतिर उहाँहरुलाई समेत केन्द्रीय कमिटीमा राख्न खोज्नुभयो। त्यसकारण उहाँको उद्देश्य पुरानो एमाले ब्युँझाउने थिएन भन्‍ने देखिन्थ्यो। हाम्रो उद्देश्य एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर, विधि प्रक्रिया मिलाएर बादलहरुलाई समावेश गरौँ र गर्न सकिन्छ भन्‍ने हो। बादलहरु खराब हुन्, एमालेमा ल्याउनुहुन्‍न भन्‍ने हाम्रो भनाइ होइन। पहिला हामी एमाले एक हुनुपर्‍यो भन्‍ने हो। सबैभन्दा पहिला एमालेको अस्तित्व हुनुपर्छ।

Xtrem

Xtrem

पार्टी मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लाग्नुभएको छ, त्यो प्रयास सकारात्मक हुँदै गएको छ?
जो नेताहरुले अनौपचारिक छलफलको थालनी गर्नुभएको छ। संवादको ढोका बन्द नगर्नको निम्ति यो पर्याप्त छ। एउटै पार्टीका नेता कार्यकर्ता विभाजित छौँ। सहयात्रीहरु विभाजित छौँ। त्यसकारण विचार विमर्श भइरहन्छ। साँच्चिकै कुनै कुरा टुंगो लगाउनको निम्ति देखिँदैन। माधव नेपाललगायत नेताहरुलाई कारबाही गरेर निकालिएको छ। टिम लिडरलाई पार्टीबाट निकालिएको छ। त्यो अवस्थामा अरु नेताहरुले वार्ता गरेर केही अर्थ हुन्छ? त्यो कुनै वार्ता होइन। त्यसलाई व्यक्तिगत संवाद भन्‍न सकिन्छ। पार्टीले अजेण्डा लिएर वार्तामा पार्टीले पठाएकै छैन।

उहाँहरु कहिले बालुवाटारतिर नजिक देखिने, कहिले कोटेश्वरतिर देखिने गर्दा समस्या भइरहेको छ भन्‍ने गरिन्छ नि?
मध्यस्तता गर्नेले सबैका कुरा बुझ्नुपर्छ, सुन्‍नुपर्छ। उहाँ कमरेडहरु मध्यस्तकर्ता होइन। उहाँहरु माधव कमरेडलाई लामो समयदेखि साथ दिएका र सहकार्य गरेकाहरु हुनुहुन्छ। यो विचार समूहमा आबद्ध भएका नेताहरु लामो समयदेखि पार्टीभित्रको अन्तरसंघर्ष देखेकाहरु हुनुहुन्छ। त्यसकारण उहाँहरुले मध्यस्थता गर्नुहुन्‍न। माधव नेपालको विचारलाई बोकेर त्यहाँ पुर्‍याउनुहुन्छ। उहाँको विचार निर्माण गर्न उहाँहरुले सहयोग गर्नुहुन्छ। उहाँहरुले बैठकका निर्णयहरु पुर्‍याउनुहुन्छ। यदि, मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोज्नुभएको छैन, यदि गर्न लाग्नुभएको छ भने गलत छ।

त्यसो भए ती चार नेता नेताहरुको संवादको अर्थ छैन?
त्यसको अर्थ र महत्त्व पनि छ। उहाँहरु पार्टीको उच्च तहमा रहेका नेताहरु हुनुहुन्छ। दुवै पक्षबीच संवादको ढोका बन्द नगर्नका निम्ति सजिलो वातावरण तयार पारिरहनुभएको छ। उहाँहरुले निर्णायक वार्ता गर्न सक्नुहुन्‍न। यदि, निर्णायक वार्ता गर्ने हो भने तीन पूर्वसर्तहरु पूरा गर्नुपर्छ। त्यसपछि मात्रै औपचारिक संवाद हुन्छ। औपचारिक संवाद केपी ओली, माधव नेपाल र झलनाथ खनालबीच हुनसक्छ।

त्यसो भए तपाईंहरुको नयाँ घर कहिले बन्छ?
पुरानो घरमा बस्न सकिँदैन भन्‍ने टुंगोमा पुगेपछि मात्रै नयाँ घर बन्‍ने हो। अहिलेसम्म पुरानै घरमा बस्न सक्छौँ भन्‍ने विश्वास छ। केपी ओलीले एउटा प्रवृत्तिको नेतृत्व गर्नुभएको छ। इमान्दार, निष्ठावान र क्रान्तिकारी छवि भएका कमरेडहरु पनि त्यहाँ लागिरहनुभएको छ। त्यहाँ भएका १०/२० जनाको रुपमा रहेको गिरोहको कुरा नगरौँ। त्यो गिरोहले केपी ओलीलाई चलाएको छ कि केपी ओलीले चलाएका हुन्, त्यो एउटा विषय भयो। त्यसमा केही ‘पावर ब्रोकर’हरु लागिपरेका छन्। तर, आमरुपमा केपी ओलीको पक्षमा उभिएका धेरै कमरेडहरु पार्टी एकताकै पक्षमा उभिनुभएको छ।

एमालेको एकता गर्न अधिकतम प्रयत्‍न गर्छौँ। तर, हाम्रा आधारभूत आवश्यकतामा विचलित नभएर एकता हुनुपर्छ भन्‍ने मान्यता रहेका छन्। सम्झौता गर्नुपर्ने पक्ष र ठाउँहरु देखापरे भने पनि नैतिक मूल्यमान्यतालाई बिगार्ने गरी सम्झौता गरिने छैन।

हामीसँग उहाँहरुपक्षका केही नेताहरुले कुरा सेयर गर्नुहुन्छ, केपी कमरेडले गल्ती गर्नुभएकै हो, के गर्नु एउटा गुटमा लागिहालियोसमेत भन्‍नुहुन्छ। उहाँलाई थेग्नै सकिँदैन पनि भन्‍नुहुन्छ। त्यसकारण केपी ओलीले संरक्षण गरेको गिरोह र गैरकम्युनिस्टहरुसँगको अन्तरविरोध हो। अहिले उहाँसँग विचार र संगठनात्मक रुपमा पनि मतभिन्‍नता हुँदै गएको छ। उहाँहरुका प्रत्येक व्यवहारले हामीलाई अपमानित गरेको जस्तो, घोचेको जस्तो, किनारामा पारेको जस्तो भइरहेको छ। हामी यो पार्टीमा छौँ, पार्टीचाहिँ केपी ओलीले कब्जा गर्नुभएको छ। हामी उहाँको घरमा डेरा खोज्न गएकोजस्तो भइरहेको छ। त्यसले धेरैलाई चिढ्याएको छ। अहिले ओली प्रवृत्तिका कार्यकर्तासँग मिल्नसक्ने अवस्थामा छैन, विकल्प खोज्छु भन्‍ने खालको अवस्था छ।

तपाईंहरुले नयाँ घर बनाउन नसक्दा ओली सरकारले नै निरन्तरता पाउने भयो है?
यसमा दुईवटा पक्ष छन्। सर्वोच्च अदालतको फैसलापछि थोरै वातावरण परिवर्तन भएको छ। हामी एकताको पक्षमा उभिनेहरुका लागि ‘स्पेस’ पाएका छौँ। एमालेको बारेमा महाधिवेशन आयोजक कमिटीलाई दलसम्बन्धी ऐनले चिन्दैन। त्यसकारण अस्वीकार्य छ भनिसक्यो। त्यसले राष्ट्रको लागि र एमालेभित्र आन्तरिक जीवनका लागि महत्त्वपूर्ण प्रभाव पार्नेवाला छ। त्यसकारण ओली र उनीनिकट नेताहरुले आफ्नो नीतिलाई परिवर्तन गर्नुपर्नेछ। हुनसक्छ, उहाँलाई प्रधानमन्त्री बन्‍नुपर्छ। यदि, उहाँ फेरि प्रधानमन्त्री रहनुभयो भने साँच्चिकै अनैतिक देख्छु।

सर्वोच्च अदालतमा १४६ जना सांसद उपस्थित भएर सनाखत गरेका छन्। कहिलेकाहीँ यस्तो हुन्छ, संसद्मा‍ गएर संविधानका उपधारा सबै पूरा गर भन्‍नसक्छ। यस्तो अवस्थामा केपी ओलीले प्रधानमन्त्रीको रुपमा प्रस्तुत हुनुभयो भने साह्रै लज्जाको विषय हुनेछ। अनैतिक हुनेछ। आफैं दुई/दुई पटक संसद्ला‍ई समाप्त गर्ने र तेस्रोपटक पनि आफैं प्रधानमन्त्री हुन्छ भनेर दाबी गर्नुहुन्छ जस्तो मलाई लाग्दैन।

तपाईंहरु एमाले विभाजन गरेर माओवादी केन्द्र तथा जसपाको बाबुराम-उपेन्द्रपक्षसँग मोर्चाबन्दी वा एकताको तयारीमा हुनुहुन्छ भनिन्छ, त्यस्तो योजना बनिरहेको हो र?
एमालेको एकता गर्न अधिकतम प्रयत्‍न गर्छौँ। तर, हाम्रा आधारभूत आवश्यकतामा विचलित नभएर एकता हुनुपर्छ भन्‍ने मान्यता रहेका छन्। सम्झौता गर्नुपर्ने पक्ष र ठाउँहरु देखापरे भने पनि नैतिक मूल्यमान्यतालाई बिगार्ने गरी सम्झौता गरिने छैन। केपी ओली सम्झौतामा आउन चाहनुभएन। उहाँको तरिका पनि सम्झौताको नाममा अलमल्याउने, थकाउने, गलाउने र कार्यकर्तालाई भ्रमित गर्ने र कूप्रचार गर्नुभएको छ। त्यसैले उहाँसँग वार्ता गर्दै गर्छौँ र सँगसँगै संगठनको क्रियाशीलतालाई अगाडि बढाउँछौँ।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्