• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ओलीले प्रतिनिधि सभा पुनःस्थापना भए वा नभएमा के गर्ने भन्ने तयारी गरेर बस्नुभएको छ : टोपबहादुर रायमाझी [अन्तर्वार्ता] ​​​​​​​

64x64
नेपाल लाइभ बुधबार, जेठ २६, २०७८  १५:२२
1140x725

नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता मध्येका एक थिए, टोपबहादुर रायमाझी। माओवादी जनयुद्धमा १० वर्ष सहभागी भएका रायमाझी एमालेसँगको एकतापछिको नेकपामा पनि स्थायी कमिटी सदस्य भए। नेकपाको अन्तरसंघर्षमा मध्यमार्गीझैँ देखिएका उनी अन्ततः केपी शर्मा ओली पक्षमा खुले। सर्वोच्च अदालतको गत फागुन २३ गते एमाले माओवादी ब्युँताउने फैसलापछि उनी एमाले नै प्रवेश गरे। अहिले एमाले स्थायी कमिटी सदस्य बनाइएका रायमाझीसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीः

तपाईंहरु माओवादी फर्किने चर्चा चलिरहेको छ, सत्य हो?
मैले आफ्नो तर्फबाट ‘प्रेस नोट’ जारी गरिसकेको छु। हामीले साथ छाडेपछि प्रचण्डनजिकका मान्छेहरु आत्तिएका छन्। माओवादी विघटनको स्थितिमा गइसकेपछि झनै आत्तिएका हुन्। कहिले बाबुराम आउँछन्, कहिले बिप्लव आउँछन्, कहिले मोहन वैद्य आउँछन्, कहिले बादल र टोपबहादुर आउँछन् भनेर कार्यकर्तालाई अल्झाउन खोजेका छन्। कार्यकर्ताहरुले माओवादी छोड्न थालेपछि झुटको खेती गरेर चलाएको हल्ला मात्रै हो।

टोपबहादुर रायमाझीलगायतका नेताहरु एमालेमै रहन्छौँ। हामी एमालेमा रहनु बाध्यात्मक अवस्था हो। सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँतायो। त्यसपछि एकातिर लाग्नुपर्ने स्थिति आयो। पहिले एमाले र माओवादी केन्द्र एकता गरेर नेकपा बनाइयो। हामी नेकपाकै पक्षमा थियौँ। पार्टी एकताकै पक्षमा थियौँ।

प्रचण्डले एमालेभित्र खेल्न खोज्नुभयो। माधव गुटसँग सहकार्य गरेर केपी ओलीलाई अपदस्थ गर्ने रणनीति अपनाउन थाल्नुभयो। जुन राणनीति माओवादीभित्र उहाँले गर्दै आउनुभएको थियो। माओवादीमा हुँदा आफ्नै नजिकका नेता अर्थात् गुरु मोहन वैद्यलाई फाल्नुभयो। सिपी गजुरेल, रवीन्द्र श्रेष्ठ, बिप्लव, हेमन्तप्रकाश ओली, गोपाल किराँती, लोकेन्द्र विष्टलाई विस्थापित गर्नुभयो। नेता मात्रै यति हुन्, उहाँले हजारौँ कार्यकर्तालाई विस्थापित गराउनुभयो। अहिले बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी लगायतका नेताहरु विस्थापित भए। प्रचण्डलाई छोड्ने नेता कार्यकर्ता गनेर साध्यै छैन। प्रचण्डलाई नेता कार्यकर्ताले किन छोड्छन्? त्यसको कहिलै खोजी भएन। हुँदैन पनि। प्रचण्डको नेतृत्वमा पार्टी चल्न सक्दैन भनेर नेकपालाई बलियो बनाउँदै दोस्रो पुस्ताका नेतालाई हस्तान्तरण गर्नुपर्ने विषयहरु उठायौँ।

प्रचण्डले जसरी माओवादी विघटन गर्नुभयो, त्यसैगरी नेकपा विघटन गराउनतिर लाग्नुभयो। त्यो हामीलाई थाहा थियो। केपी ओली र माधवकुमार नेपालको अन्तरविरोध थियो। माधव नेपाललाई समाएर केपी ओलीलाई सिध्याइदिने दिशातिर लाग्नुभयो। हामी पार्टी फुटतिर होइन, एकतातिर उभियौँ। तत्कालीन एमाले र माओवादी केन्द्रको ठूलो संख्या एकताको पक्षमा उभियो। प्रचण्डले नेकपालाई उहिल्यै फुटाउन खोज्नुभएको थियो। पार्टीमा नचाहिनेबखेडा झिकेर फुटाउन लागिसक्नुभएको थियो। पार्टी एकता गर्दा पहिलो अध्यक्ष एवम् संसदीय दलको नेता र प्रधानमन्त्री भनेर प्रचण्डले ओलीलाई प्रस्ताव गर्नुभएको हो। माधव नेपालले समर्थन गर्नुभयो। हामीले पनि गर्याैं।

हामी केपी ओलीलाई पहिलो अध्यक्ष र प्रधानमन्त्री मानेर बसेका छौँ। प्राविधिक हिसाबले जे जस्तो भए पनि हामी वैचारिक राजनीतिक हिसाबले अगाडि बढिसकेका छौँ। 

हामी पार्टी एकताको पक्षमा थियौँ। तर उहाँहरुमध्ये कसैलाई प्रधानमन्त्री चाहियो, कसैलाई पार्टी अध्यक्ष चाहियो। कसलाई के भागबण्डा पुगेन। त्यसका पछाडि लागेर जान सकिएन। त्यसपछि उहाँहरु (प्रचण्ड-माधव) बाहिर निस्किएर सडकछाप हुनुभयो। प्रचण्ड आफैंले राजनीतिक क्रान्ति सकियो, अब आर्थिक समृद्धिको क्रान्ति गर्ने भन्नुहुन्थ्यो। तर सडकतिर लाग्नुभयो। आफैंले बनाएको सर्वसम्मत प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्थ गरेर सडक सघर्ष भन्न थाल्नुभयो। हुँदाहुँदा मांशाहारी आन्दोलन गर्छु भन्न थाल्नुभयो। आफ्नै लाइनको विपरीत दिशातिर लाग्नुभयो। त्यो समय मांशाहारी आन्दोलन गर्ने रसडकमा ढुंगामुढा गर्ने थियो कि आर्थिक क्रान्ति गर्ने? त्यो प्रचण्डमा देखिएको ठूलो विचलन हो। उहाँ विचलनमा गइसकेपछि हामी पार्टी एकताको पक्षमा उभियौँ। उहाँहरु बाहिर जानुभयो। हामी त्यही पार्टीमै बस्यौँ।

हामी केपी ओलीलाई पहिलो अध्यक्ष र प्रधानमन्त्री मानेर बसेका छौँ। प्राविधिक हिसाबले जे जस्तो भए पनि हामी वैचारिक राजनीतिक हिसाबले अगाडि बढिसकेका छौँ। प्रचण्ड-माधवले छोडेपछि हामीले साथ दिनुपर्ने स्थिति आयो। किनकि, हामी एकताको पक्षधर थियौँ। पहिलोपटक संसद् र सरकार चल्नसक्ने स्थिति नभएपछि केपीले प्रतिनिधि सभालाई विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो। त्यसलाई सर्वोच्चले उल्टाइदियो। अदालतले पुनःस्थापना गरेपछि फेरि पनि सरकार संसद्लाई त्यही स्थितिमापुर्‍याइयो। दोस्रोपटक प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ।

Ncell 2
Ncell 2
nimb
nimb

फेरि प्रतिनिधि सभा पुनःस्थापना भए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुहुन्छ?
प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको लाइन भयो। विपक्षहरुले संसद् पुनःस्थापनाको माग गरेका छन्। संसद् पुनःस्थापना भए पनि, नभए पनि केपी ओली प्रधानमन्त्री हुने हो। विपक्षबाट शेरबहादुर देउवा प्रधानमन्त्री हुने स्थिति छैन। संसद् पुनःस्थापना भए पनि, नभए पनि प्रधानमन्त्री हुने केपी ओली नै हो। त्यो तपाईंहरुले हिसाब गर्नुस्। केपी ओली संसद् पुनःस्थापना भए वा नभए दुवै अवस्थामा के गर्ने गर्ने भन्ने तयारी गरेर बस्नुभएको छ। उहाँहरु (विपक्षीहरु) भने एउटा मात्रै विकल्प लिएर बस्नुहुन्छ। केपी कमरेड १० वटा विकल्प लिएर बस्नुहुन्छ।

अहिले कांग्रेस, माओवादी केन्द्र, जसपाको बाबुराम र उपेन्द्रपक्ष, एमालेको माधव नेपालपक्ष र राष्ट्रिय जनमोर्चा एकातिर हुँदा र केपी ओली अर्कोतिर हुँदा पनि उहाँ एक्लै नै भारी हुनुहुन्छ। त्यो हेर्दा थाहा हुन्छ, हामीले समर्थन गरेको ठीक छ कि बेठीक! यो देशका सम्पूर्ण शक्ति एकातिर जाँदा पनि ओली एक्लै भारी हुनुहुन्छ। ओलीसँग नसक्ने भएपछि गाली गलौज र उल्टापाल्टा आरोपमा उत्रिएका छन्।

लामो समय माओवादी नेताको रुपमा रहनुभयो। अहिले एमाले नेता भन्दा कस्तो अनुभव भइरहेको छ?
माओवादी पार्टीमा हामीले चर्को संघर्ष गर्दै आएको स्थिति हो। त्यो पार्टी किन विघटनतिर गयो? हामीले प्रचण्डलाई गलत प्रवृत्तिबाट रोक्दैरोक्दै ल्याएको स्थिति हो। अब त्यो स्थिति रहेन। धेरै साथीहरुले प्रचण्डलाई छोड्नुभयो। प्रचण्ड सुध्रिने वा रुपान्तरण हुने सम्भावना देखिएन। उहाँप्रति व्यक्तिगत आग्रह र पूर्वाग्रह केही छैन। हामीले मात्रै छोडेको होइन। उहाँका नजिकका भनिएकाहरुले पनि छाडे। अब प्रचण्ड काम लाग्ने भएनन् भनेरै छोडेका हुन्। त्यो तथ्य र आधारहरुले पुष्टि गरिसकेको छ। जुन प्रकारको प्रचारबाजी भइरहेको छ, त्यसले पुष्टि गर्दै लगेको छ।

यस्तै चर्को संघर्ष एमालेमा पनि हुने देखिन्छ। त्यहाँ कसरी सामना गर्नुहुन्छ?
राजनीति कहीँ पनि सजिलो छैन। जीवन भनेको संघर्ष नै हो। प्रचण्डले विचारको विकास गर्ने विधि र पद्धतिमा कहिल्यै जानुभएन। उहाँ ३३ वर्षसम्म पार्टी प्रमुख हुनुभयो। उहाँले पार्टीमा कहिल्यै विधि, पद्धति र रुपान्तरण चाहनुभएन। आन्तरिक जनवादको प्रयोग कहिल्यै गर्नुभएन। आफ्नो स्वार्थ पूरा गराउन ताली पिट्न लगाउने र हिँड्ने गर्नुभयो। कार्यंशैलीमा पनि ‘हुन्छ’ भन्ने तर कहिलै नगर्ने खालको प्रवृत्ति भयो। उहाँको स्वभाव सबैलाई ‘हुन्छ’ भन्ने तर केही नगर्ने खालको भयो। काम गर्न नसक्ने भएमा सक्दिनँ, हुँदैन भन्दिए भइहाल्यो नि! त्यस्तो गरेर मान्छे कति दिन टिक्छ?

Xtrem

Xtrem

तर, समस्या एमालेमा पनि छ। एमालेमा छलफल गरेर विधिमा जाने स्थिति छ। समस्या नभएको पार्टी नै हुँदैन। हल गर्दै जाने हो। एउटै घटनाक्रमले एमाले छोड्ने भन्ने हुँदैन। मैले त माओवादीमा ३० वर्ष बिताएँ। त्यहाँ पनि मैले सबै कुरा चित्त बुझाएर बसेको थिएँ र? कैयौँ विषयमा असहमति हुँदाहुँदै पनि पार्टीमै बसेको हो, सहकार्य गरेको हो। त्यहाँ आन्तरिक रुपमा संघर्ष गरियो। ती कुराहरु अब बाहिर आउन सक्छन्। त्यहाँ हुँदा अनुशासनको पालना गरियो। अनुशासनहीन काम गरिनँ। टोपबहादुर रायमाझीले प्रचण्डसँगै ३० वर्ष माओवादीमा हुँदा एउटा पनि दाग लाग्ने काम गरेन। माओवादीबाट छुट्टिए पनि छुद्र भाषा प्रयोग गरेको छैन। राजनीतिक भाषा प्रयोग गरेर आलोचना गरेको छु।

हाम्रो आउने पुस्तालाई विघटित पार्टी होइन, सिंगो पार्टी बुझाउन सक्नुपर्छ। नेताहरुको जुँगाको लडाइँले प्रचण्ड एकातिर, माधव-झलनाथ अर्कातिर, केपी ओली अर्कोतिर होइन।

प्रचण्डभन्दा केपी ओली झनै विधि पद्धति नमान्ने र तानाशाही प्रवृत्तिका छन् भनेर उहाँसँगै काम गरेकाहरुले भनिरहेका छन्। तपाईंलाई त्यस्तो लागेको छैन?
केपी ओलीको एउटा कुरा गज्जबको छ। उहाँले हुन्छ भन्ने कुरालाई ‘हुन्छ’ भन्नुहुन्छ, नहुने कुरालाई ‘हुँदैन’ भन्नुहुन्छ। सबै कुरा सक्छु र हुन्छ कहिल्यै भन्नुहुन्न। उहाँ सबैका कुरा सुन्नुहुन्छ, निर्णय आफैं गर्नुहुन्छ। उहाँको निर्णय गर्नसक्ने क्षमता पनि मान्नैपर्छ। निर्णय गर्दा लुगझुक हुँदैन। सबैको कुरा लिने, त्यसको अध्ययन-विश्लेषण गर्ने र आफैं ड्याङ्‍ग निर्णय गर्नुहुन्छ। लिडरले गर्नुपर्ने त्यही त हो नि! बाबुराम भट्टराईले पनि संसद्‍मा भन्नुभयो नि, अहिलेका समकालीन नेतामा निर्णय गर्नसक्ने क्षमता भएको र चतूर राजनीतिज्ञ ओली नै देखिए भनेर। राष्ट्र, राष्ट्रियता अखण्डता र विकास समृद्धिको पक्षमा उहाँ उभिँदै आउनुभएको छ।

जहाँसम्म मधेसवादीलाई सरकारमा लिएर राष्ट्रियतामा धमिलो भयो कि भन्ने छ। सिके राउतजस्ता विखण्डनकारी शक्तिलाई राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउनुभयो। बिप्लवजस्ता मान्छेहरु, जसले एकीकृत क्रान्ति गर्ने भनेर हिँडेका थिए, उनलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुभयो। त्यो मामुली कुरा हो? जो संविधान नमानेर बाहिर गएका साथीहरुलाई यही संविधान मान्न बाध्य पारेर सरकारमा ल्याउनुभएको छ। त्यो केपीको सफलता हो।

उपेन्द्र लगायतको टिमहरुलाई शेरबहादुर-प्रचण्ड- माधवहरुसँग हुँदा क्रान्तिकारी हुने र केपीले जसपाका महन्थ र राजेन्द्रपक्षलाई सरकारमा ल्याउँदा गैरक्रान्तिकारी र अराष्ट्रवादी हुने भन्ने हुँदैन। त्यो केपीसँग नसकेर गैरराजनीतिक तर्क गरिएको हो।

तपाईंहरुलाई ओलीले मन्त्री पदबाट सीधै हटाउँदा रिसाउँछन् भनेर सर्वोच्चको सहारा लिए भन्ने छ नि?
त्यो भन्ने कुरा मात्रै हो। प्रचण्डका वरिपरि बस्ने साथीहरु छन् नि! त्यो उनीहरुले चलाएको प्रचारबाजी हो। जस्तै टोपबहादुर रायमाझीले प्रचण्डलाई गोप्य सूचना पठाएर माओवादीमा फर्किँदैछु, आश्रय दिनुस् भन्यो भनेको जस्तै हो। त्यसमा कुनै तर्क र दम छैन। अफवाह मात्रै हो। सर्वोच्च अदालतले हामीलाई सांसद नभएको व्यक्तिले मन्त्रीको रुपमा काम नगर्नु र नगराउन भनेर अन्तरिम आदेश दिएको हो। कानुनीरुपमा हामीलाई मन्त्रीबाट निकालेको होइन।

यदि सबै माओवादी एक ठाउँमा आएर पुनर्गठन गर्ने स्थिति आयो भने एमाले छोड्नुहुन्छ कि हुन्न?
त्यो सम्भावना नै छैन। हाम्रो कुरा छोड्नुस्। उनीहरु (वैद्य, बिप्लव, बाबुराम) पनि आउँदैनन्। किन आउँछन्? त्यो ‘मनको लड्डु घिउसित खा’ भन्छन् नि, त्यस्तै हो। एकले अर्कोलाई आरोप गर्ने, आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राख्नेभन्दा पनि नि:स्वार्थ भावनाले देशमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न लाग्नुपर्छ। विगतमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत आन्दोलन गरेर अढाइ सय वर्ष लामो निरकुंश राजतन्त्रलाई फाल्यौँ। अब विकास र समृद्धिको अर्को महान राजनीतिक अजेण्डामा अघि बढेका छौँ।

हाम्रो आउने पुस्तालाई विघटित पार्टी होइन, सिंगो पार्टी बुझाउन सक्नुपर्छ। नेताहरुको जुँगाको लडाइँले प्रचण्ड एकातिर, माधव-झलनाथ अर्कातिर, केपी ओली अर्कोतिर होइन। सबै एक ठाउँमा बसेर बहस गरौँ। पुराना पुस्ताका नेताहरुलाई सम्मान गरौँ। उहाँहरुले विगतमा गरेका संघर्ष र योगदानको सम्मान गरौँ। उहाँहरुले केही कमजोरी गर्नुभयो होला। अब हामीहरु नेताहरुको स्वार्थको पछाडि नदौडौँ। एउटा महान बहस छेडेर कम्युनिस्ट पार्टीलाई एकीकृत र एकताबद्ध बनाउन लाग्नुपर्छ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्