• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

७६ को (५) कसको अधिकार हो? संवैधानिक राष्ट्रपतिले कसरी दाबी गर्न मिल्छ?

64x64
चन्द्रकान्त ज्ञवाली शनिबार, जेठ २२, २०७८  २२:११
1140x725

दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। अघिल्लोपटक भएको विघटन सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको थियो। संविधानको प्रक्रिया पूरा नभएको र संविधानले सरकार दिने अन्तिम अवस्थासम्म विघटन हुन नसक्ने यसको व्याख्या छ। सर्वोच्चले यो फैसलाबाट खासगरी संविधानको धारा ७६ को धेरै व्याख्या गरेको छ। संविधानको धारा ७६ सरकार गठनको धारा हो। 

प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ को (२) अनुसार सरकारको नेतृत्वमा आएका थिए। पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको फैसलामा सर्वोच्चले  सरकार ७६ को उपधारा (२) को भएको स्वीकार गरेको थियो। तर, अहिले उनी पदमुक्त अर्थात् निर्वाचनको प्रयोजनका लागि रहेका कामचलाउ सरकार हुन्। उनी धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधि सभाको धेरै सांसद भएको संसदीय दलको नेताको रूपमा पछिल्लोपटक प्रधानमन्त्री भएका थिए। तर, यो बीचमा सरकारले फेरि संविधान मिच्यो। प्रधानमन्त्री पदमुक्त हुने संविधानको व्यवस्था मिचेर धारा ७६ को (५) को सरकार गठनको प्रक्रिया सुरू भयो। 

धारा ७६ को (४) अनुसार विश्वासको मत लिनुपर्ने सरकारले त्यो पनि गरेन। अर्को विकल्प संविधानको धारा ७७ अनुसार राजीनामा पनि आएन। तर, दलहरूले संविधानको धारा ७६ को (५) को प्रक्रिया सुरू गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकोे आह्वानमा भाग लिए। यो प्रक्रियामा दुई वटा दाबी पर्‍यो। राष्ट्रपतिले दुवैको प्रस्तावलाई स्वीकार नगरी विघटन गरेपछि संविधानको धारा ७६ को उपधारा (५) फेरि एक पटक कसको अधिकार हो भनेर चर्चा सुरू भएको छ। उक्त धारा राष्ट्रपतिको हो कि सरकारको भन्‍ने व्याख्या गर्नुपर्ने देखिएको छ।

कसरी राखियो त उपधारा (५)? 
उपधारा लहडमा वा राखौँ न त भनेर राखिएको हैन। यो धारा राख्दा संविधान निर्माणको समयमा धेरै छलफल भएको थियो। हामीले पनि धेरै सुझाव तत्कालीन समयमा दिएका थियौं। विश्वका धेरै देशहरूका तीन थरीका सरकार बनाउने चलन छ। विश्वका ६५ मुलुकमा तीन थरीका सरकार बनाउने गरिन्छ। हामीले अमेरिकीदेखि बेलायती सबै व्यवस्था अध्ययन गरेर राखेका हौं। हाम्रो संविधान संसदीय सर्वोच्चता हो तर बेलायतको जस्तो पनि हैन।

बेलायतमा विघटन रोक्नका लागि ‘फिक्स टर्म पार्लियामेन्ट एक्ट २०११’ ल्याएर रोक लगाइएको छ। यही कुरालाई हेरेर हाम्रो संविधानमा विघटन गर्न नपाउने व्यवस्था राखिएको हो। हामीले विघटन नै गर्न हुँदैन भन्‍ने सोचका साथ संविधानमा व्यवस्था राखेका हौं।

त्यस क्रममा २६ देशका संघीयतालाई हेरिएको थियो। हाम्रो संविधान लेखनको क्रममा सात वटा सरकार परिकल्पना गरिएको थियो। सात वटा सरकार कुन-कुन भन्दा बहुमतको सरकारको प्रधानमन्त्री, संयुक्त सरकारको प्रधानमन्त्री, अल्पमतको सरकारको प्रधानमन्त्री, कामचलाउ सरकार, अविश्वासको प्रस्तावको प्रधानमन्त्री, मृत्यु हुँदाको बखतको प्रधानमन्त्री र सांसदहरूले स्वतन्त्ररूपमा भोट हालेर बनाउने प्रधानमन्त्री परिकल्पना गरिएको छ। सबै प्रधानमन्त्रीलाई अधिकार बाँडिएको छ। यी मध्ये दुईवटा प्रधानमन्त्रीलाई विघटनको अधिकार दिइएन। बहुमत र संयुक्त सरकारको प्रधानमन्त्रीलाई विघटनको शब्द पनि उच्चारण गर्ने अधिकार संविधानले दिएको छैन। तेस्रो प्रधानमन्त्रीलाई शर्तसहित दिइएको छ। चौथोलाई पनि विश्वासको मत प्राप्त गर्न नसकेमात्र विघटन गर्ने अधिकार दिइयो।

उपधारा (५) को सरकारका लागि प्रतिनिधि सभाका २७५ जना प्रधानमन्त्री बन्‍न पाउने यसको कल्पना हो। प्रत्येक प्रधानमन्त्री संसद्‍प्रति उत्तरदायी होस् भनेर विश्वासको मत लिने व्यवस्था गरिएको छ। ७६ को (१) अनुसारको प्रधानमन्त्रीबाहेक अरू सबै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा उल्लेख छ। कुनै पनि प्रधानमन्त्रीले यसलाई छल्न पाउँदैनन्।

अहिलेको अवस्था के हो? 
अहिले ७६ को उपधारा (३) अनुसारको सरकार हो। यो सरकारले विश्वासको मत लिने भनेको बहुमत पुर्‍याउने कोसिस गर्ने हो। लोकतन्त्रमा बहुमत पुर्‍याउन नसके सरकार चलाउनसक्ने अधिकार तिमीलाई छैन भन्दै यस्तो व्यवस्था राखेको हो। यो संवैधानिक बाध्यताको व्यवस्था हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभा जनताबाट निर्वाचित भएर आउने निकाय भएकाले त्यसले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जेठ ७ गते मध्यरातमा राष्ट्रपतिबाट यो अधिकार खोसिएको छ। यो संविधानको उल्लंघन हो।

सरकारले विश्वासको मत मसँग छैन, पुगेन भन्‍न पाउँछ कि पाउँदैन भन्‍ने प्रश्न पनि उठेको छ। तर, संविधानको यो व्यवस्था बाध्यकारी भएकाले यसमा अरू भनेर भाग्न पाइँदैन। संसद्‍मै गएर अधिवेशन बोलाएर विश्वासको मत लिनुपर्ने थियो, यो व्यवस्था मिचिएको छ। अहिलेको अवस्थामा संसद्‍को अधिवेशन पनि बोलाइएन र विश्वासको मत पनि लिइएन। संविधानले नै नचिन्‍ने शब्द प्रयोग गर्दै ‘मार्गप्रशस्त’ गरेको दाबीकै आधारमा नयाँ प्रक्रिया सुरू भयो। यसलाई संविधानले चिन्दैन। 

संविधानले उपधारा (५) को व्यवस्था राख्नुको कारण प्रतिनिधि सभाका २७५ सांसदले २७५ जनालाई नै प्रधानमन्त्री बनाउने सोचका साथ र ती सांसदहरूलाई कन्भिन्स गरेपछि बनाउन सरकार हो। यसमध्ये जसलाई पनि उनीहरूले भोट दिन स्वतन्त्र हुन्छन्। यसमा दलको ह्विप लाग्दैन। संसदीय दलको निर्णय भन्‍ने कुरा यसमा हुँदैन। सांसदहरूलाई ‘कन्भिन्स’ गरेर आधार देखाएमात्र यसले प्रधानमन्त्री पाउँछ। अहिले शेरबहादुर देउवाले बहुमत सांसदलाई मनाएर लगेको देखियो। अब विश्वासको मत लिँदा पुग्छ कि पुग्दैन त्यो फरक कुरा हो।

अब यसमा फेरि प्रश्न सुरू भयो राष्ट्रपतिलाई संविधानले कतै स्वविवेकीय अधिकार दियो कि दिएन? संविधानको यो व्यवस्था हेर्दा राष्ट्रपतिलाई कतै पनि स्वविवेकीय अधिकार दिएको देखिएन। स्वविवेकीय अधिकार न त प्रधानमन्त्रीलाई संविधानले दिएको छ न त राष्ट्रपतिलाई दिएको छ।  २०४७ सालको संविधानमा स्वविवेकीय अधिकार थियो। राजालाई यस्तो अधिकार संविधानले दिएको थियो। तत्कालीन समयमा यो अधिकार धेरै दुरूपयोग भयो भनेर अहिलेको संविधानमा नराखिएको हो।

Xtrem

Xtrem

सुरूमा संविधानको मस्यौदा गर्दा परामर्श भनिएको थियो। तत्कालीन समयमा प्राप्त सुझावपछि यसलाई सिफारिस राखिएको हो। राष्ट्रपतिले यसको अधिकार प्रयोग गर्दै सच्याउन वा फिर्ता पठाउन सक्छ। राष्ट्रपतिले अहिले यसरी दाबी गरेपछि संवैधानिक राष्ट्रपतिले त्यसको परीक्षण गर्न प्रतिनिधि सभामा पठाउनुपर्नेमा उक्त कार्य नगरी संसद्‍को अधिकार मिचेको देखियो। धारा ७६ को (५) प्रतिनिधि सभाका प्रत्येक सांसदको अधिकार हो, राष्ट्रपतिको अधिकार हैन। प्रतिनिधि सभाका सांसदहरूले अन्तिम समयमा कुनै एक व्यक्तिलाई प्रधानमन्त्री बनाएर संसद्‍को बाँकी कार्यकाल समाप्त गर्न पाउने अधिकार राष्ट्रपति भण्डारीले खोसेको देखियो। प्रतिनिधि सभा जनताबाट निर्वाचित भएर आउने निकाय भएकाले त्यसले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जेठ ७ गते मध्यरातमा राष्ट्रपतिबाट यो अधिकार खोसिएको छ। यो संविधानको उल्लंघन हो। आफैं स्वविवेकको अधिकार प्रयोग गरेर संवैधानिक राष्ट्रपतिले यसलाई उल्लंघन गर्नुभएको देखिन्छ।

निर्दलीय सरकार हुँदैन
धारा ७६ को (५) को सरकार बनाउँदा निर्दलीय हुन्छ भनि एकांकी रूपमा व्याख्या भएको पनि देखिएको छ। संविधानले कहीँ पनि निर्दलीय भनेको छैन। अरू दलको समर्थन त्यसमा देखिन्छ नै त्यसमा सांसदहरू मत दिनका लागि स्वतन्त्र हुने हो। अहिलेको प्रसंगमा यसलाई जोडेर हेर्दा शेरबहादुर देउवा नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा अघि बढेका हुन् भने एमालेका केही सांसद र जनता समाजवादी पार्टीका केही सांसदहरूले स्वतन्त्र रूपमा प्रधानमन्त्रीमा सहमत छु मात्र भनेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो पार्टी एमालेसँगै जसपाका केही सांसदहरूले स्वतन्त्र रूपमा मत दिने दाबीसहित गएका हुन्। 

पार्टीका लागि धारा ७६ को (१), (२) र (३) मा पर्याप्त अभ्यासको अधिकार दिएको छ। प्रधानमन्त्रीको उम्मेदवार आफैं उठेर दल र सांसदहरूलाई व्यक्तिगत रूपमा मनाएर समर्थन लिने भएकाले यसलाई निर्दलीय भनेर व्याख्या गर्न मिल्दैन। निर्दलीय भनेको कुनै पनि दल नै नभएको अवस्था हो। यहाँका त सांसदहरूको समर्थनमा सरकार बनाउने कुरामात्र छ।

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
चन्द्रकान्त ज्ञवाली
लेखकबाट थप
७६ को (५) कसको अधिकार हो? संवैधानिक राष्ट्रपतिले कसरी दाबी गर्न मिल्छ?
सांसद नरहेका व्यक्तिलाई पुनः मन्त्री बनाउन मिल्दैन 
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्