• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सांसद नरहेका व्यक्तिलाई पुनः मन्त्री बनाउन मिल्दैन 

64x64
चन्द्रकान्त ज्ञवाली शुक्रबार, वैशाख ३१, २०७८  १४:५०
1140x725

एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री हुँदै छन्। शुरुमा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ओलीले माओवादी र एमाले एकता गर्दै आफ्नो सरकारलाई ७६ (१) अनुसार रुपान्तरण गरेका थिए। 

ओलीको सरकार ७६ (१) अनुसार भएको प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले समेत स्वीकार गरेको छ। गठन उपधारा २ अनुसार भएपनि उनी पछि १ मा रुपान्तरण भएको सर्वोच्चको फैसलामा स्वीकार गरिएको छ। बहसका क्रममा सरकार १ कि २ अनुसार भन्ने विवाद उठेपछि इजलासले १ नै भएको व्याख्या गरेको थियो।

त्यस्तै, फागुन २३ गते सर्वोच्चको संयुक्त इजलासले नेकपा विभाजन गर्‍यो। नेकपा एकता बदर गर्ने उक्त फैसलाले एकीकृत भएका एमाले र माओवादीलाई २०७५ जेठ ३ पूर्व फर्कायो। यसरी फेरि यो सरकार ७६ को उपधारा २ अनुसार परिणत भयो। उक्त अवधिपछि सरकारले संविधान अनुसार विश्वासको मत लिनुपर्ने थियो। चैत २३ गतेभित्र लिनुपर्नेमा नलिएपनि ढिला गर्दै स्वीकार गर्‍यो अनि लियो पनि।

विश्वासको मतको निर्वाचनमा बहुमत प्राप्त गर्न नसकेको र राष्ट्रपतिले आव्हान गरेको अवधिमा धारा ७६ को २ अनुसार सरकार गठन हुन नसकेकाले ३ अनुसारको प्रक्रियाबाट प्रधानमन्त्रीको रुपमा फेरि पनि केपी शर्मा ओली नियुक्त भएका छन्। प्रतिनिधि सभामा धेरै सदस्य भएको संसदीय दलको नेताका रुपमा उनी प्रधानमन्त्री नियुक्त भए। यो अल्पमतको सरकार हो। यसले धारा ७६ को उपधारा ४ अनुसार एक महिनाभित्र फेरि विश्वासको मत लिनुपर्ने छ।

विश्वासको मत प्राप्त गरेमा चल्ने छ भने नपाएमा ढल्ने छ। यो नयाँ रुपमा गठन भएको सरकार हो। अहिले यसअघि नियुक्त भएका केही मन्त्रीहरुको हकमा पुनः नियुक्ति गर्न मिल्ने कि नमिल्ने प्रश्न उठ्ने देखिएको छ। तत्कालीन समयमा माओवादीतिर रहेका र हाल एमालेमा प्रवेश भएका तथा  सांसद नै नभएपनि मन्त्री भएका दुई वर्गका मन्त्रीहरुको नियुक्तिका विषयमा संवैधानिक व्यवस्था केलाउनुपर्ने देखिएको छ।  

अहिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको हकमा संवैधानिक व्याख्या गर्नुपर्नेे देखिन्छ। त्यस्तै, खानेपानी मन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङको पुनः नियुक्तिका विषयमा पनि संवैधानिक प्रश्न उठेको देखिन्छ। थापा र तामाङ पुस १० गते नियुक्त भएकाले जेठ ६ गते ६ महिना पुग्दै थियो भने अन्य मन्त्रीहरुले केही महिनाअघिमात्र पुनः शपथ लिएका थिए।  उनीहरु एकपटक गैरसांसदको रुपमा ६ महिनाका लागि शपथ लिइसकेकाले थापा र तामाङको हकमा अवधि धेरै नभएकाले यसको संवैधानिक व्याख्या जरुरी देखिएको हो। 

यसरी हेर्दा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने संविधानमा स्पष्ट उल्लेख छ। तर, संविधानको धारा ७८ (१) मा सांसद नभएका व्यक्ति पनि ६ महीनाका लागि मन्त्री बन्न पाउने व्यवस्था गरिएको  छ। यो मनलाग्दी अभ्यास भन्दा पनि केही बाधा फुकाउनका लागि गरिएको हो। यसको मनसाय ६ महिनाभित्र सदस्यता प्राप्त गर्नुपर्ने बाध्यता हो। यदि मन्त्री निरन्तर हुने चाहना हो भने शपथ खाएको मितिले ६ महिनाभित्रै संघीय संसदको सदस्यता प्राप्त गर्नैपर्ने बाध्यतात्मक व्यवस्था यसले गरेको हो। नगर्ने हो भने प्रतिनिधि सभाको यो कार्यकालभरी नै मन्त्री पदमा पुनः नियुक्तिका लागि योग्य छैन भनी स्पष्ट लेखिएको छ। 

पुनः नियुक्तिका लागि सदस्य हुनै पर्‍यो। नत्र नपाउने देखिन्छ। अवधि बाँकी जतिसुकै भएपनि यो एकचोटी हुनका लागि हो। मेरो अवधि सकिएको छैन, अवधि बाँकी नै हुँदा दुई पटक नियुक्ति हुन पाउने कि नपाउने भन्ने प्रश्न अब सिर्जना हुने देखिन्छ। ६ महिनाभित्र होस् वा एक महिनामा संघीय संसदको सदस्यता लेओस् मतलब भएन, पुनः नियुक्ति लिन मिल्दैन।  

Ncell 2
Ncell 2
nimb
nimb

संविधानको व्याख्या यही हुने देखिन्छ। संविधानको चार व्याख्या सम्बन्धी सिद्धान्त छन्। यान्त्रिक तथा गतिशील, जैविक तथा शाब्दिक व्याख्या सम्बन्धी चार सिद्धान्त हेर्दा, संविधानको मनसाय र भावना समेतलाई हेर्दा कुनै पनि मन्त्री पुनः नियुक्त हुन पर्‍यो भने नियुक्ति हुने बखतमा संघीय संसदको सदस्य हुनै पर्दछ। यो संवैधानिक बाध्यता हो। यदि एकपटक नियुक्ति भएको मन्त्री संघीय संसदको सदस्य नबनी मन्त्रीपरिषद् विघटन भयो भने ऊ पुनः नियुक्त हुन संघीय संसदको सदस्य हुनुपर्ने संवैधानिक बाध्यता छ। पुनः नियुक्ति हुँदाको बखत सदस्य रहेनछ भने त्यस्तो व्यक्ति व्यक्ति मन्त्रीको पदमा पुन नियुक्तीका लागि योग्य हुने छैन। 

यो पनि पढ्नुहोस्

सांसद नभएका नेता पुन: मन्त्री बन्न पाउँछन्?, संविधानविद भन्छन्- यो नयाँ सरकार हो पुन: नियुक्ति हुन सक्दैन  शुक्रबार, वैशाख ३१, २०७८

नियुक्ति भयो भने प्रथम दृष्टिमै नियुक्त हुने व्यक्तिको योग्यतामाथि संवैधानिक नैतिकताको प्रश्न गम्भीर रुपमा उठ्दछ। यस्तो विषय अदालतको न्यायिक पुनरवलोकनको घेरामा पर्दछ। निजहरु संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको कार्यकाल अवधिभरी पुनः मन्त्री पदमा नियुक्तिका लागि योग्य नमान्ने संविधान सभाबाट जारी संविधानको भावना र मनासाय हो।  यदि यसो भएन भने संसदीय शासन पद्धतिको मूल्य मान्यता, मर्म र जनतामा निहीत सार्वभौमसत्ता र राजकीय सत्ताको मानमर्दन हुने छ। हाम्रो विगतको अभ्यास पनि भइसकेको छ।  

पूर्वअर्थमन्त्री युवराज खतिवडाको हकमा समेत अभ्यास भइसकेकाले अब फेरि सरकारले यो कार्य दोहोर्‍याउन नहुने देखिन्छ। तत्कालीन अर्थमन्त्री खतिवडा शुरुमा राष्ट्रिय सभाको सदस्य मनोनित भएका थिए। उनले २ वर्षको अवधि पुरा गरे। उक्त अवधिपछि उनी संविधानको धारा ७८ (१) अनुसार मन्त्री नियुक्त भए।  यसअघि अर्थमन्त्री रहेका युवराज खतिवडाले पनि ६ महिनासम्म गैरसांसदको रुपमा यही व्यवस्था अनुसार मन्त्री पद सम्हालेका थिए। उक्त अवधि समाप्त भएपछि उनले राजीनामा दिएर बाहिरिएका थिए।

संघीय संसदको सदस्य नभएको व्यक्ति एकपटक मात्र मन्त्री नियुक्त हुन पाउँछ भन्ने नजीरको अभ्यास उनको कार्यकालमा भइसकेकाले अब फेरि त्यसको उल्लंघन हुनसक्ने परिकल्पना गर्न सकिँदैन। (लेखक ज्ञवाली वरिष्ठ अधिवक्ता हुन्।)

Xtrem

Xtrem

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
चन्द्रकान्त ज्ञवाली
लेखकबाट थप
७६ को (५) कसको अधिकार हो? संवैधानिक राष्ट्रपतिले कसरी दाबी गर्न मिल्छ?
सांसद नरहेका व्यक्तिलाई पुनः मन्त्री बनाउन मिल्दैन 
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्