• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संक्रमणकाल र ‘संक्रमित नेता’को घानमा प्रहरी

64x64
हेमन्त मल्ल ठकुरी आइतबार, जेठ १६, २०७८  ०७:०१
1140x725

अहिले मुलुक कोरोना भाइरस संक्रमणबाट आक्रान्त छ। यो संक्रमण यति भयावह छ कि संसारका धनी र विकसित देशसमेत यसमा काबु पाउन असफल भएका छन्। त्यहीकारण यसले विश्व्यापी महामारीको उपमा पाएको छ। पछिल्लो समय नेपाल पनि यसबाट सबैभन्दा आक्रान्त देशमध्येको पंक्तिमा परेको छ।

विज्ञानको क्षमता, औषधि र भ्याक्सिनको विकाससँगै यो महामारीमाथि एक न एक दिन काबु पाउन सकिनेछ। विश्वव्यापीकरणसँग जोडिएकाले नेपालले पनि त्यसबाट लाभ पक्कै पाउनेछ।

तर, हामीकहाँ जनस्वास्थ्य नै कहालीलाग्दो बनाएको यो संक्रमणजस्तै अर्को संक्रमण पनि विद्यमान छ। लामो समयदेखि हामी त्यो संक्रमण व्यहोरिरहेका छौं जसको असर र प्रभावले योविघ्न महामारीसँग लड्नसमेत हामीलाई कमजोर बनाइदिएको हो। यहाँ दोस्रो खाले त्यो संक्रमणबारे चर्चा गर्न खोजिएको छ।

राजनीतिले बढाएको डरलाग्दो संक्रमण
२०६३ सालअघि देश हिंसा र प्रतिहिंसाको भुंग्रोमा परेको थियो। त्यहीबीचमा लोकतन्त्र बहालीको आन्दोलन पनि चर्कियो। हिंसा र निरंकुशतन्त्र दुवैविरुद्धको आन्दोलनले देशमा परिवर्तन गरायो। २०६२/६३ को आन्दोलन सफल भयो। २०६३ को यो परिवर्तनपछि मुलुकमा राजनीतिक संक्रमणकाल सुरु भयो।

२०६३ सालपछिको राजनीतिक संक्रमणकालको अवस्थाबाट पार लगाउन र विकासको आम आकांक्षाअनुसार देशलाई अघि बढाउन भन्दै विभिन्‍न संयन्त्र, निकाय, आयोग आदि गठन गरिए। त्यसबीचमा अचाक्ली मौलाएको दण्डहीनतालाई न्यूनीकरण गर्नका लागि संक्रमणकालीन न्यायको प्रक्रियालाई व्यवस्थापन गर्ने कुरा गरियो। त्यो मुख्यतः १० वर्षे माओवादी द्वन्द्वमा भएका जघन्य अपराधका घटनालाई कानुनीरुपमा सम्बोधन गर्ने र दोषीलाई कठघरामा ल्याएर जवाफदेही बनाउने विषय थियो।

संक्रमणकालीन न्याय प्रक्रिया समयमै सम्पन्‍न हुन्छ भनेर बाजा बजाउने काम खुबै भयो। तर, भनिए जस्तो केही भएन।

संक्रमणकालीन न्याय सम्पादन नहुँदा जसले जे गरे पनि हुन्छ भन्‍ने मान्यता स्थापित हुनपुग्यो। समाजमा ‘जसको शक्ति उसको भक्ति’ भन्‍ने उक्ति चरितार्थ हुन पुग्यो। यसैलाई चरितार्थ गर्दै राजनीतिक तहमा, व्यापारिक तहमा, सञ्‍चारको तहमा जताततै अराजकता र असीमित शक्ति अभ्यास मौलाउँदै गयो। यो सबलाई हेरिरहेको कर्मचारीतन्त्रले ती शक्तिकेन्द्रहरुलाई रिझाउने यत्‍न बढायो। तिनलाई रिझाएर तिनीहरुको स्वार्थ पूरा नगरिदिएसम्म आफ्नो वृत्तिविकास र भलो नहुने देखेपछि उनीहरुमा 'त्वंशरणम्'को मन्त्र जप्ने मनोवृत्ति मौलायो। परिणाम, आफ्नो जिम्मेवारीको पोको एउटा कुनामा थन्क्याएर गणेश भक्तिको नियम पालना गर्न उचित सम्झने पंक्ति बढ्दै गयो, कर्मचारीतन्त्रभित्र।

अनि नेपाल प्रहरी
नोकरीतन्त्रकै एउटा हिस्सा हो नेपाल प्रहरी। यही कारण प्रहरी पनि यस्तो मनोवृत्तिबाट अछुतो रहन सकेन। नागरिकको जीउज्यान र धनको सुरक्षाको जिम्मा मुलतः प्रहरीमै हुन्छ। तर, यति महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सुरक्षा निकाय र त्यसमा पनि नेपाल प्रहरीका कर्मचारीले काम गरेर माम नपाइने, भक्ति रस नै श्रेयष्कर हो भन्‍ने ठान्‍नु डरलाग्दो हो। यसका दोषी स्वार्थी शक्तिकेन्द्र होलान्, तर उनीहरुलाई मात्र दोष दिएर उम्कन मिल्दैन। यसको जिम्मेवारी आफ्नो फाइदा र स्वार्थमा मात्र तल्लीन रहने जोकोही लोभी पापी कर्मचारीको पनि हो जसको स्वार्थको जालोमा खेलेर शक्तिकेन्द्रहरुले संगठन, समाज र राष्ट्रलाई नै हानि पुर्‍याइराखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

देश चलाउनेहरु कटु यथार्थ बुझे पनि सुन्‍न चाहँदैनन्, किनकि उनीहरुलाई त्वंशरणम् गर्ने समूहले घेरेर राखेको छ।

हामीले संविधान बनेर नयाँ निर्वाचन भएपछि संक्रमणकाल अन्त्य भएको र मुलुक सामान्यकालमा प्रवेश भएको ठान्यौं। त्यस्ता धेरै चर्चा गरिए। तर, साँच्चिकै सामान्यकालको अनुभूति हुन सकेन। बरु नयाँ खालको संक्रमणकाल जेलिएर आयो। संक्रमणकालीन अवस्था जति जति जति लम्बिँदै जान्छ, यसको असर समाजका हरेक तह र तप्कामा फैलिँदै जान्छ। यसबाट राष्ट्रले पाउने भनेकै दण्डहीनता, अपराधीकरण, असहनशीलता, अकर्मण्यता हो। अन्तमा सरकारले प्रतिरोध पनि गर्न नसक्ने सरकारविरुद्धको संघर्ष हो।

आन्तरिक सुरक्षा, अपराध नियन्त्रण, अपराध अनुसन्धान भनेको एउटा प्राविधिक विषय हो जुन कुरा सञ्‍चालन गर्ने र नियन्त्रण गर्न सक्ने भनेको नेपाल प्रहरीले मात्रै हो। यो कुरा न राजनीतिक वृत्तले बुझेको छ न त निजामती प्रशासन वा कर्मचारीतन्त्रले नै। २०४६ सालपछि राजनीतिकरणले एक हदसम्म हाम्रा स्थायी संरचना र संयन्त्रहरुमा क्षति पुर्‍याएको थियो। २०६३ सालपछिको अवस्थाले त्यसलाई दूरावस्थातिर नै धकेलिरहेको छ।

अहिलेका सरकार सञ्‍चालक प्रहरीले बाटोमा, कार्यालयमा र घरमा आफूलाई दिने सलामलाई नै पुलिसिङ सम्झिइरहेका छन्। यो नै सबभन्दा ठूलो भूल हो। बाटोमा उभिएको प्रहरीलाई आफ्नो सही मूल्यांकन भएको छैन भन्‍ने पीर परेको छ। पानी परेको होस् या टन्टलापुर काम होस्, शौचसमेत गर्न नपाई १२ देखि १८ घण्टा ड्युटी गर्नुपर्छ भन्‍ने पीर छ उनीहरुलाई। के गर्दा सही हुन्छ भन्‍ने कुरामा उनीहरु केन्द्रित हुन पाएकै छैनन्। आफ्ना कुरा कसले सुनिदेला भन्‍ने पनि छैन। ठीक यहीबेला राजनीतिले आफ्नो स्वार्थपूर्ति गर्नका लागि थाहै नपाउने गरी समाज विथोलिसकेको छ। यसैगरी अगाडि बढ्दै गए भविष्यमा समाजको स्वरुप कस्तो हुने हो भन्‍ने थाहा छैन। र, सुरक्षा निकायले मात्रै त्यसलाई नियन्त्रण गर्न सक्ला भन्‍ने अवस्था छैन। 

देश चलाउनेहरु कटु यथार्थ बुझे पनि सुन्‍न चाहँदैनन्, किनकि उनीहरुलाई त्वंशरणम् गर्ने समूहले घेरेर राखेको छ। नेपालको आन्तरिक सुरक्षा, द्वन्द्वलगायत सुरक्षाको बारेमा तारे होटल, जुम मिटिङ आदिमा लगातार सामेल हुने मौका पाइराखेको छु मैले पनि। तर, त्यहाँ नेपालभन्दा पनि आफूले पढेर, काम गरेर आएका देशका मात्रै छलफल हुन्छन्। ती छलफल नेपालको धरातलीय यथार्थभन्दा फरक हुन्छ्न्। सहभागीहरु नेपालको समाज र सुरक्षाको बारेमा अनभिज्ञ नै फेला पर्छन्। तर, बिडम्बना सरकारमा पहुँच भने तिनीहरुकै मात्र हुन्छ।

जबसम्म हामी हाम्रो समाजका पत्र-पत्र बुझ्दैनौं, जबसम्म त्यसले पैदा गर्ने सुरक्षा चुनौती बुझ्दैनौं, जबसम्म त्यसलाई ट्याकल गर्ने हाम्रा सुरक्षा निकाय र त्यसमा पनि नेपाल प्रहरीको महत्त्व बुझ्दैनौं, कानुनी व्यवस्था सुध्रिँदैन। त्यो नसुध्रिएसम्म हाम्रा बाँकी परिवर्तन र प्रगतिका आकांक्षा पनि सफल हुँदैनन्। भन्‍नुको अर्थ हाम्रो समाज कुनै न कुनै खालको संक्रमणमा रहिरहन्छ।

(ठकुरी नेपाल प्रहरीका पूर्वडीआइजी हुन्।)

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०७:०१
  • #नेपाल_प्रहरी
  • #हेमन्त_मल्ल_ठकुरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: एक हजार २९३ शव फेला शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री शुक्रबार, भदौ १९, २०८३
पहिरो खसेपछि दार्चुलाको चौलानी नदी थुनिने जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्