• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संक्रमणकाल र ‘संक्रमित नेता’को घानमा प्रहरी

64x64
हेमन्त मल्ल ठकुरी आइतबार, जेठ १६, २०७८  ०७:०१
1140x725

अहिले मुलुक कोरोना भाइरस संक्रमणबाट आक्रान्त छ। यो संक्रमण यति भयावह छ कि संसारका धनी र विकसित देशसमेत यसमा काबु पाउन असफल भएका छन्। त्यहीकारण यसले विश्व्यापी महामारीको उपमा पाएको छ। पछिल्लो समय नेपाल पनि यसबाट सबैभन्दा आक्रान्त देशमध्येको पंक्तिमा परेको छ।

विज्ञानको क्षमता, औषधि र भ्याक्सिनको विकाससँगै यो महामारीमाथि एक न एक दिन काबु पाउन सकिनेछ। विश्वव्यापीकरणसँग जोडिएकाले नेपालले पनि त्यसबाट लाभ पक्कै पाउनेछ।

तर, हामीकहाँ जनस्वास्थ्य नै कहालीलाग्दो बनाएको यो संक्रमणजस्तै अर्को संक्रमण पनि विद्यमान छ। लामो समयदेखि हामी त्यो संक्रमण व्यहोरिरहेका छौं जसको असर र प्रभावले योविघ्न महामारीसँग लड्नसमेत हामीलाई कमजोर बनाइदिएको हो। यहाँ दोस्रो खाले त्यो संक्रमणबारे चर्चा गर्न खोजिएको छ।

राजनीतिले बढाएको डरलाग्दो संक्रमण
२०६३ सालअघि देश हिंसा र प्रतिहिंसाको भुंग्रोमा परेको थियो। त्यहीबीचमा लोकतन्त्र बहालीको आन्दोलन पनि चर्कियो। हिंसा र निरंकुशतन्त्र दुवैविरुद्धको आन्दोलनले देशमा परिवर्तन गरायो। २०६२/६३ को आन्दोलन सफल भयो। २०६३ को यो परिवर्तनपछि मुलुकमा राजनीतिक संक्रमणकाल सुरु भयो।

२०६३ सालपछिको राजनीतिक संक्रमणकालको अवस्थाबाट पार लगाउन र विकासको आम आकांक्षाअनुसार देशलाई अघि बढाउन भन्दै विभिन्‍न संयन्त्र, निकाय, आयोग आदि गठन गरिए। त्यसबीचमा अचाक्ली मौलाएको दण्डहीनतालाई न्यूनीकरण गर्नका लागि संक्रमणकालीन न्यायको प्रक्रियालाई व्यवस्थापन गर्ने कुरा गरियो। त्यो मुख्यतः १० वर्षे माओवादी द्वन्द्वमा भएका जघन्य अपराधका घटनालाई कानुनीरुपमा सम्बोधन गर्ने र दोषीलाई कठघरामा ल्याएर जवाफदेही बनाउने विषय थियो।

संक्रमणकालीन न्याय प्रक्रिया समयमै सम्पन्‍न हुन्छ भनेर बाजा बजाउने काम खुबै भयो। तर, भनिए जस्तो केही भएन।

संक्रमणकालीन न्याय सम्पादन नहुँदा जसले जे गरे पनि हुन्छ भन्‍ने मान्यता स्थापित हुनपुग्यो। समाजमा ‘जसको शक्ति उसको भक्ति’ भन्‍ने उक्ति चरितार्थ हुन पुग्यो। यसैलाई चरितार्थ गर्दै राजनीतिक तहमा, व्यापारिक तहमा, सञ्‍चारको तहमा जताततै अराजकता र असीमित शक्ति अभ्यास मौलाउँदै गयो। यो सबलाई हेरिरहेको कर्मचारीतन्त्रले ती शक्तिकेन्द्रहरुलाई रिझाउने यत्‍न बढायो। तिनलाई रिझाएर तिनीहरुको स्वार्थ पूरा नगरिदिएसम्म आफ्नो वृत्तिविकास र भलो नहुने देखेपछि उनीहरुमा 'त्वंशरणम्'को मन्त्र जप्ने मनोवृत्ति मौलायो। परिणाम, आफ्नो जिम्मेवारीको पोको एउटा कुनामा थन्क्याएर गणेश भक्तिको नियम पालना गर्न उचित सम्झने पंक्ति बढ्दै गयो, कर्मचारीतन्त्रभित्र।

अनि नेपाल प्रहरी
नोकरीतन्त्रकै एउटा हिस्सा हो नेपाल प्रहरी। यही कारण प्रहरी पनि यस्तो मनोवृत्तिबाट अछुतो रहन सकेन। नागरिकको जीउज्यान र धनको सुरक्षाको जिम्मा मुलतः प्रहरीमै हुन्छ। तर, यति महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सुरक्षा निकाय र त्यसमा पनि नेपाल प्रहरीका कर्मचारीले काम गरेर माम नपाइने, भक्ति रस नै श्रेयष्कर हो भन्‍ने ठान्‍नु डरलाग्दो हो। यसका दोषी स्वार्थी शक्तिकेन्द्र होलान्, तर उनीहरुलाई मात्र दोष दिएर उम्कन मिल्दैन। यसको जिम्मेवारी आफ्नो फाइदा र स्वार्थमा मात्र तल्लीन रहने जोकोही लोभी पापी कर्मचारीको पनि हो जसको स्वार्थको जालोमा खेलेर शक्तिकेन्द्रहरुले संगठन, समाज र राष्ट्रलाई नै हानि पुर्‍याइराखेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

देश चलाउनेहरु कटु यथार्थ बुझे पनि सुन्‍न चाहँदैनन्, किनकि उनीहरुलाई त्वंशरणम् गर्ने समूहले घेरेर राखेको छ।

हामीले संविधान बनेर नयाँ निर्वाचन भएपछि संक्रमणकाल अन्त्य भएको र मुलुक सामान्यकालमा प्रवेश भएको ठान्यौं। त्यस्ता धेरै चर्चा गरिए। तर, साँच्चिकै सामान्यकालको अनुभूति हुन सकेन। बरु नयाँ खालको संक्रमणकाल जेलिएर आयो। संक्रमणकालीन अवस्था जति जति जति लम्बिँदै जान्छ, यसको असर समाजका हरेक तह र तप्कामा फैलिँदै जान्छ। यसबाट राष्ट्रले पाउने भनेकै दण्डहीनता, अपराधीकरण, असहनशीलता, अकर्मण्यता हो। अन्तमा सरकारले प्रतिरोध पनि गर्न नसक्ने सरकारविरुद्धको संघर्ष हो।

आन्तरिक सुरक्षा, अपराध नियन्त्रण, अपराध अनुसन्धान भनेको एउटा प्राविधिक विषय हो जुन कुरा सञ्‍चालन गर्ने र नियन्त्रण गर्न सक्ने भनेको नेपाल प्रहरीले मात्रै हो। यो कुरा न राजनीतिक वृत्तले बुझेको छ न त निजामती प्रशासन वा कर्मचारीतन्त्रले नै। २०४६ सालपछि राजनीतिकरणले एक हदसम्म हाम्रा स्थायी संरचना र संयन्त्रहरुमा क्षति पुर्‍याएको थियो। २०६३ सालपछिको अवस्थाले त्यसलाई दूरावस्थातिर नै धकेलिरहेको छ।

अहिलेका सरकार सञ्‍चालक प्रहरीले बाटोमा, कार्यालयमा र घरमा आफूलाई दिने सलामलाई नै पुलिसिङ सम्झिइरहेका छन्। यो नै सबभन्दा ठूलो भूल हो। बाटोमा उभिएको प्रहरीलाई आफ्नो सही मूल्यांकन भएको छैन भन्‍ने पीर परेको छ। पानी परेको होस् या टन्टलापुर काम होस्, शौचसमेत गर्न नपाई १२ देखि १८ घण्टा ड्युटी गर्नुपर्छ भन्‍ने पीर छ उनीहरुलाई। के गर्दा सही हुन्छ भन्‍ने कुरामा उनीहरु केन्द्रित हुन पाएकै छैनन्। आफ्ना कुरा कसले सुनिदेला भन्‍ने पनि छैन। ठीक यहीबेला राजनीतिले आफ्नो स्वार्थपूर्ति गर्नका लागि थाहै नपाउने गरी समाज विथोलिसकेको छ। यसैगरी अगाडि बढ्दै गए भविष्यमा समाजको स्वरुप कस्तो हुने हो भन्‍ने थाहा छैन। र, सुरक्षा निकायले मात्रै त्यसलाई नियन्त्रण गर्न सक्ला भन्‍ने अवस्था छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देश चलाउनेहरु कटु यथार्थ बुझे पनि सुन्‍न चाहँदैनन्, किनकि उनीहरुलाई त्वंशरणम् गर्ने समूहले घेरेर राखेको छ। नेपालको आन्तरिक सुरक्षा, द्वन्द्वलगायत सुरक्षाको बारेमा तारे होटल, जुम मिटिङ आदिमा लगातार सामेल हुने मौका पाइराखेको छु मैले पनि। तर, त्यहाँ नेपालभन्दा पनि आफूले पढेर, काम गरेर आएका देशका मात्रै छलफल हुन्छन्। ती छलफल नेपालको धरातलीय यथार्थभन्दा फरक हुन्छ्न्। सहभागीहरु नेपालको समाज र सुरक्षाको बारेमा अनभिज्ञ नै फेला पर्छन्। तर, बिडम्बना सरकारमा पहुँच भने तिनीहरुकै मात्र हुन्छ।

जबसम्म हामी हाम्रो समाजका पत्र-पत्र बुझ्दैनौं, जबसम्म त्यसले पैदा गर्ने सुरक्षा चुनौती बुझ्दैनौं, जबसम्म त्यसलाई ट्याकल गर्ने हाम्रा सुरक्षा निकाय र त्यसमा पनि नेपाल प्रहरीको महत्त्व बुझ्दैनौं, कानुनी व्यवस्था सुध्रिँदैन। त्यो नसुध्रिएसम्म हाम्रा बाँकी परिवर्तन र प्रगतिका आकांक्षा पनि सफल हुँदैनन्। भन्‍नुको अर्थ हाम्रो समाज कुनै न कुनै खालको संक्रमणमा रहिरहन्छ।

(ठकुरी नेपाल प्रहरीका पूर्वडीआइजी हुन्।)

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  ०७:०१
  • #नेपाल_प्रहरी
  • #हेमन्त_मल्ल_ठकुरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्