• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

तीन हप्तामा चारपटक कुटिए भेरी अस्पतालका डाक्टर र नर्स

दोषीलाई भएन कारबाही, स्वास्थ्यकर्मी भन्छन्ः ड्युटीमा जानै डर लाग्छ
64x64
कल्पना पौडेल शुक्रबार, जेठ १४, २०७८  ११:०९
1140x725

काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा खटिएका चिकित्सक तथा नर्सहरुमाथि बिहीबार राति आईसीयू कक्षमै भौतिक आक्रमण भयो। 

कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए। 

ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो।कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए। 

यो घटनाको चौतर्फी निन्दा भएको छ। तर, घटनामा संलग्नहरु कानूनी दायरामा आएका छैनन्।भेरी अस्पतालमा पछिल्लो तीन हप्ताको अवधिमा चिकित्सक र नर्समाथि आक्रमण भएको यो चौंथो पटक हो। 

यसअघि पनि आकस्मिक कक्ष र कोभिड कक्षमै पसेर विरामीका आफन्तलगायतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए। ती सबै घटना कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर भएका थिए। 

नेपालगञ्जको भेरी अस्पताल कोरोना संक्रमितको उपचारका लागि पछिल्लो समय उदाहरणीय अस्पताल बनेको छ। पश्चिम नेपालमा बढेको कोरोना संक्रमणसँगै धेरैको आशाको केन्द्र यही अस्पताल बनेको छ। कारण, अस्पतालले कोरोना उपचारका लागि सबैका लागि उदाहरणीय प्रबन्ध गरेको छ। 

तर, त्यसक्रममा उपचाररत बिरामीको मृत्यु हुँदा आफन्तले डाक्टर र नर्सहरुलाई नै आईसीयूमा पसेर आक्रमण गर्न थालेपछि आफूहरु त्रासमा काम गर्न बाध्य भएको डाक्टर तथा नर्सहरुले बताएका छन्। 

भेरी अस्पतालका मेडिकल सुपरिडेन्डेण्ड डा प्रकाश थापाले आक्रमण गर्ने समूह ज्यान मार्ने उद्देश्यले आईसीयूमा प्रवेश गरेको बताउँदै भने, ‘तीन हप्ताको बीचमा चार पटक अस्पतालमा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ। अन्य थ्रेट र मानसिक टर्चर हरेक दिन हुन्छ। अघिल्ला घटनाका दोषीलाई कारवाही नगर्दा यस्तो अवस्था आएको हो।‘

Ncell 2
Ncell 2
nimb
nimb

उनले महामारीको समयमा दिनरात नभनी खटिएका स्वास्थ्यकर्मीमाथि हरेक दिनजसो ज्यान मार्ने उद्देश्यसहित आक्रमण हुँदा मनोबल कमजोर बनेको बताए। ‘जबरजस्ती आईसीयूमा छिरेर तोडफोड गर्दै पीपीई लगाएर उपचारमा खटिएका नर्सलाई घाँटी थिच्ने, अन्य समयमा पनि मेरो बिरामीलाई केही भए तलाई पनि मार्छु भन्ने, जथाभावी बोल्ने जस्ता घृणित काम भइरहेको छ,’ उनले भने, ‘यस्ता घटनाका दोषीलाई कडा कारबाही नभए यी कुरा समाधान हुँदैनन्।’

भेरी अस्पतालका कोभिड फोकल पर्सन डाक्टर संकेत रिसालले पहिलो घटनाका दोषीलाई कारबाही नगर्दा अन्यमा पनि अराजकता बढेको बताए। ‘अहिले पनि दोषी खुलेआम घुमिरहेका छन्। हामी दोषीलाई कारवाही हुनुपर्छ भनेर राती १ बजेसम्म प्रशासनमा थियौं। ३ हप्तामा ४ घटना भए। एक जनालाई कारबाही भएको छैन। सबै दोषी खुलेआम घुमिरहेका छन्,’ उनले भने, ‘यसले हामीलाई निकै दुःखी र हतोत्साहित बनाएको छ।’ बिहीबारको घटनाले चिकित्सक तथा नर्सहरु ड्युटीमा जानै डराएको उनले बताए।

‘मान्छेमा अराजकता चुलियो। पहिलो घटना भएपछि अस्पताल प्रशासनले कारबाहीका लागि निवेदन समेत दियो। अस्पताल प्रशासनले बिरामी हेर्ने, उनीहरुको सेवा गर्ने हो। तर, सम्बन्धित निकायले ती गुण्डालाई कारवाही नगरेपछि उनीहरुको मनोबल बढ्यो,’ उनले भने, ‘१० दिनमा ३ पटक आक्रमण भयो।’

हरेक पटक घटना भएपछि अस्पतालले सुरक्षाको माग गर्दै कारबाहीका लागि निवेदन दिने तर दोषी एक हप्ता नबित्दै खुलेआम हिँड्ने अवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल खस्केको, राज्यले पनि आफूहरुलाई बेवास्ता गरेको अनुभूति भएको चिकित्सकहरुले बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रिसालले अहिले स्वास्थ्यकमीहरु ड्युटीमा जान नमानेको समेत बताए। अस्पताल प्रशासनको बैठक बसिरहेको जानकारी दिँदै अहिले भेरी अस्पतालमा भीडभाड र स्वास्थ्यकर्मीको तनावपूर्ण अवस्था रहेको उनले सुनाए। 
 
बाँके प्रहरील घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रकाउ गरेको बताएको छ।

कोभिड आईसीयूमा खटिएकी नर्स यमकुमारी थापाले ती बिरामी अस्पतालमा भर्ना भएदेखि नै उनीहका आफ्न्तले मानसिक तनाव दिने गरेको बताइन्। ‘उहाँहरुको माथिसम्म पावर छ, केही भएपछि छोड्दैनाैं भन्ने कुरा त आइरहेको थियो,’ उनले भनिन्, ‘बिरामीको मृत्यु भएको कुरालाई लिएर हरेक पटक ड्युटीमा खटिएका नर्सको घाँटी थिच्न आउने हो भने हामीले कसरी काम गर्ने? अहिले आईसीयूमा छिर्नै डर लाग्छ। यसरी काम गर्न सकिँदैन।’

माथिल्लो तलाबाट आफ्ना साथीहरु हाम्फालेर नभागेको भए उनीहरुको ज्यान नै जान सक्ने अवस्था सिर्जना भएको बताउँदै उनले भनिन्, ‘मेरा साथीहरुको अवस्था अहिले निकै प्यानिक छ। हामी सबै आत्तिएका छौँ। अहिले अस्पतालमा सबै जम्मा भएका छौँ। जो व्यक्ति घाँटी थिच्न गएको थियो, उसलाई हाम्रो अगाडि ल्याउनुपर्छ भन्ने माग राखेका छौँ। के गल्ती भयो हाम्रो, सोध्छौँ हामी।’ 

उनले यसअघिका घटनाका दोषीलाई पनि पावरकै भरमा कारबाही नगर्दा पटकपटक स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण हुने क्रम बढेको बताइन्। दोषीलाई कडा कारबाही नभएसम्म काम गर्ने मनोबल नबढ्ने समेत उनले बताइन्।

मृतकका भाइ, छोरा लगायत अस्पतालमा भौतिक आक्रमणमा उत्रिएको बताइएको छ। दाङका एमाले नेता मानबहादुर रावत मृतकका भाइ भएको र उनले प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पावर देखाउँदै पटकपटक ड्युटीमा भएका चिकित्सक र नर्सलाई टर्चर गर्ने गरेको गुनासो चिकित्सकहरुले गरेका छन्। 

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले गम्भीर संक्रमितको संख्या बढेको छ। अस्पतालको आईसीयू र भेन्टिलेटरमा भर्ना भएका निकै कम संक्रमित मात्र निको भएको चिकित्सकहरुले पटकपटक बताउँदै आएका छन्।

भेरी अस्पतालका मेसु थापाले भने, ‘पछिल्लो पटक आईसीयू र भेन्टिलेटरमा भर्ना भएका बिरामीको रिकभरी रेट निकै कम छ। ती बिरामीको अवस्था पनि निकै क्रिटिकल थियो। अस्पतालमा भर्ना भएका बिरामीलाई निको बनाएर पठाउने हाम्रो एकमात्र उद्देश्य हुन्छ। पछिल्लो समय जटिल छ। यस्तो हरेक मृत्युसँगै हातपात हुन्छ भने काम गर्ने अवस्था कसरी रहन्छ?’

पटकपटक यस्ता घटना भइरहेको भन्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनमा जेल विथ आउट बेलको व्यवस्था लागू गर्न मागसमेत हुँदै आएको छ। यो ऐन आवश्यक भएको भन्दै मन्त्रिपरिषद्मा प्रस्ताव पुगेपनि अहिलेसम्म कुनै निर्णय भएको छैन।

यो व्यवस्था लागू भएको अवस्थामा स्वास्थ्यसंस्था एवं स्वास्थ्यकर्मीमाथि उपचारसम्बन्धी विषयमा आक्रमण भएमा पहिला हिरासतमा राखेर बल्ल कानूनी कारवाही सुरु हुने व्यवस्था हुन्छ। तर, पछिल्लो समय यस्ता भौतिक आक्रमणमा उत्रने व्यक्तिहरुमाथि कुनै कारवाही हुने गरेको छैन। जसका कारण यस्ता घटना बढिरहेका छन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ११:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्