• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सभामुखज्यू, राष्ट्रपति र प्रधानमन्त्री व्यवस्था सिध्याउन लागिरहँदा किन टुलुटुलु हेरेर बस्नुभो?

भीमार्जुन आचार्य बिहीबार, जेठ १३, २०७८  १७:१९
1140x725

दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिएको छ। विघटनअघि नै संसद्लाई विजनेश दिइएन। संविधान अनुसार अधिवेशन बोलाउने समय घर्काइयो। अहिले विघटन भइसकेपछि सभामुखले कसरी अगाडि बढ्ने भनेर सल्लाह मागिरहनु भएको छ। सभामुखले यही सल्लाह संसद् विघटन अघि मागेको भए अरु उपयोगी हुने थियो। संसद् विघटन कुनै आइडियाले रोकिन सक्ने पनि थियो।

कानुन र संविधान अनुसार सभामुखले अब गर्नसक्ने केही छैन। सर्वोच्चको फैसलाले पुनःस्थापना भयो भने त्यतिबेला भूमिका अवश्य नै सभामुखको हुनेछ। म कानुनको विद्यार्थी भएको नाताले कानुनी प्रक्रिया भन्दा फरक तरिकाले सभामुख जानुहुन्छ भन्ने मलाई लाग्दैन। सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले सभामुखले संविधान अनुसार कुनै कदम उठाउन सक्ने वा सदन सुचारु गर्न सक्ने अवस्था संविधानमा मैले देख्दिनँ।

सभामुखले नोटिसमा लिनुपर्ने थुप्रै कुराहरु छन्। आजको दिन आउनुमा प्रधानमन्त्री र राष्ट्रपति मात्रै जिम्मेवार छैनन्, संसद् पनि जिम्मेवार छ। यसमा नैतिक जिम्मेवारी सभामुखको पनि हुन्छ। दुई कुरा उठाउन चाहन्छु। पहिलो, प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध हो। मान्छे मारेको वा अरु अन्य अपराध भन्दा पनि ठूलो अपराध हो। राष्ट्रको कुनै पदाधिकारीले गर्ने राष्ट्रघात यसलाई मानिन्छ। यति ठूलो जघन्य कसुर ती दुई निकायले गर्दा संसद मूकदर्शक भयो। प्रतिपक्ष मुकदर्शक भयो। त्यसप्रति बढी चिन्ता हो।

सबै खेलहरु हेर्दा एउटा ठूलो तिकडम, जालझेल र षडयन्त्र देखिन्छ। राष्ट्रपति, प्रधानमन्त्री र उहाँका कति मतियार थिए, उनीहरुबाट भएको छ। योजनावद्ध ढंगले संविधानलाई कुल्चने, संविधानलाई नमान्ने कामहरु गर्नुभयो। राष्ट्रपति र प्रधानमन्त्रीका ती प्रत्येक जालझेल र षडयन्त्रलाई समयमै संसद्ले, प्रतिपक्षले रोक्नसक्ने वा सभामुखले पनि केही रोक्नसक्ने पर्याप्त ठाउँ र सुविधाहरु थिए। ती संस्थाहरु बदलिन सक्ने थिए।

उदाहरणका रुपमा, जुनदिन विश्वासको मतका लागि सदनमा मतदान भइरहेको थियो। त्यो दिन गम्भीर संवैधानिक प्रश्न आएको थियो। दुनियाँमा त्यस्तो कुनै देश छैन, जहाँ संविधानको एउटै धाराका सबै अधिकार प्रयोग गरी प्रधानमन्त्री एउटै व्यक्ति भइरहने। ओलीले यहाँ प्रयोग गरे। ७६ (५) को पनि उनले दाबी गरे। माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि ओली ७६ (३) को प्रधानमन्त्री बनिसकेका थिए। विश्वासको मतदान लिएकै दिनमा नै उनी ७६ (३) को सरकारको रुपमा रुपान्तरित भइसकेका थिए। विश्वासको मत लिने दिन एकल दल मात्रै ओलीसँग थियो, त्यो दल एमाले थियो। त्यसलाई दलहरुले ‘मिस’ गरे। उनीहरुको एउटा योजना थियो, संविधानलाई घात गर्ने। संविधानलाई घात गर्ने योजना मूताबिक स्वीकारेर उनीहरु अघि बढे।

Ncell 2
Ncell 2

ओली ७६ (२) को प्रधानमन्त्री थिए भने ७६ (३) को प्रधानमन्त्रीको आव्हान हुनुपर्ने थियो। ७६ (२) को सरकार बन्नसक्ने ठाउँ नै थिएन। प्रधानमन्त्री र राष्ट्रपतिको योजनामा ७६ (२) को उनीहरुले आव्हान गरे। संविधानलाई हल्का रुपमा लिइयो। सुझबुझ भएन। एउटा पक्ष–प्रधानमन्त्री र राष्ट्रपति योजनावद्ध रुपमा यो संविधान र व्यवस्थालाई अन्त्य गर्न लागिरहेका छन्। त्यसको काउन्टरमा उभिनुपर्ने संसद् र प्रतिपक्ष दलमा कुनै गम्भीरता छैन। केही कुराको पनि हेक्का छैन। ७६ (३) को सरकारमा ओली नियुक्त भए। आउने पुस्ताले प्रधानमन्त्रीले लिएको शपथको कठोर समीक्षा पनि गर्ला।

विश्वासको मत पुग्छ कि पुग्दैन भनि परीक्षण गर्ने राष्ट्रपतिले होइन, संसदले हो। ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ७६ (५) मा प्रवेश गर्ने संविधानको व्यवस्था छ। तर, त्यो दिन प्रधानमन्त्री ओलीले राजीनामा पनि दिएका छैनन् र नियुक्त पनि भएका छैनन्। त्यो पद नै रिक्त नभएर त्यही पदको लागि आव्हान गरियो। यस्तो पनि कहीँ हुनसक्ने कुरा हो? जुन पदका लागि राष्ट्रपतिबाट आव्हान भयो, त्यो पद खाली थिएन। यो तहको गम्भीर कार्य गरिसकेपछि यसलाई संसद्ले नोटिसमा लिनुपर्दैन? प्रतिपक्षले लिनपर्दैन? संसद् र प्रमुख प्रतिपक्षले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका सबै कार्य संवैधानिक भन्दै खुरुखुरु सहभागी हुने हो? दल, संसद् र प्रतिपक्ष काम नलाग्ने भइसकेपछि योजनाबद्ध ढंगले संविधान मास्न लागेको शक्ति अघि बढ्दैन त सभामुखज्यू?

सर्वोच्चले संसद् पुनःस्थापना गरिसकेपछि उनीहरुको नियतमाथि खोट त देखिइसकेको थियो। विश्वासको मत लिन संसद् प्रधानमन्त्रीले कुन धाराको आधारमा संसद् बोलाए? विश्वासको मतको लागि मात्रै संसद आव्हान हुन सक्दैन। प्रधानमन्त्रीको विश्वासको मतको परिणामको लागि संसद् बोलाइएको राष्ट्रपतिको विज्ञप्तिमा छ। त्यो बेला सदन निरीह भयो। असंवैधानिक ढंगले आव्हान गरेका थियौ भनी सदनले भन्न सकेन। एउटा जिउँदो सांसदले सदनमा त्यसलाई उच्चाहरण गर्न सकेनन्। प्रतिपक्ष र सदन यस्तो भइसकेपछि संविधान कुल्चन हिँडेको शक्ति अघि बढ्छ नै।

संसद् पुनःस्थापनाका लागि संविधानमा प्रर्याप्त ठाउँ छन्। पुरानो फैसलामा सर्वोच्च अडिग हुुनुपर्दछ। आफ्नो फैसला भन्दा बाहिर सर्वोच्च जान हुँदैन। ७६ (५) को प्रक्रिया नै नपुगि सदन विघटन भएको छ। पुनःस्थापनाका लागि संवैधानिक आधारहरु छन्। सदन पुनःस्थापना भयो भने त्यसपछि सभामुखले गम्भीरतापूर्वक लिनुपर्दछ। उनीहरुका (राष्ट्रपति र प्रधानमन्त्रीका) प्रत्येक असंवैधानिक कदम सदनमा रेकर्ड हुनुपर्दछ। सदनमा बोलिनुपर्दछ।

दलहरुलाई विशेष अधिवेशन बोलाउने विकल्प पनि थियो। यसलाई कमनसेन्स भएको व्यक्तिले पनि बुझ्नसक्छ। महाअभियोग दर्ता गर्न सकिने थियो। २१ घन्टा मात्रै अवधि दिएपछि यहाँ केही खेल छ भनी बुझ्नुपर्ने होइन? सबै विकल्प हुदाँसम्म पहल नगरी अहिले हारगुहार गर्नुको अर्थ छैन। संसद् पुनःस्थापना भयो भने प्रतिनिधि सभाको ठूलो भूमिका हुनेछ। पुनःस्थापना नभएसम्म कानुनी रुपमा सभामुखले गर्न सक्ने केही छैन। सभामुखले संसद् अधिवेशन बोलाउन सक्ने आधार मैले देख्दिनँ।

(संविधान, न्याय र कानुनका विज्ञसँग सभामुख अग्निप्रसाद सापकोटाले गरेको परामर्शमा कानुनविद् आचार्यले व्यक्त गरेको विचारमा आधारित)

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्