• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सभामुखज्यू, राष्ट्रपति र प्रधानमन्त्री व्यवस्था सिध्याउन लागिरहँदा किन टुलुटुलु हेरेर बस्नुभो?

भीमार्जुन आचार्य बिहीबार, जेठ १३, २०७८  १७:१९
1140x725

दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिएको छ। विघटनअघि नै संसद्लाई विजनेश दिइएन। संविधान अनुसार अधिवेशन बोलाउने समय घर्काइयो। अहिले विघटन भइसकेपछि सभामुखले कसरी अगाडि बढ्ने भनेर सल्लाह मागिरहनु भएको छ। सभामुखले यही सल्लाह संसद् विघटन अघि मागेको भए अरु उपयोगी हुने थियो। संसद् विघटन कुनै आइडियाले रोकिन सक्ने पनि थियो।

कानुन र संविधान अनुसार सभामुखले अब गर्नसक्ने केही छैन। सर्वोच्चको फैसलाले पुनःस्थापना भयो भने त्यतिबेला भूमिका अवश्य नै सभामुखको हुनेछ। म कानुनको विद्यार्थी भएको नाताले कानुनी प्रक्रिया भन्दा फरक तरिकाले सभामुख जानुहुन्छ भन्ने मलाई लाग्दैन। सर्वोच्चमा विचाराधीन मुद्दा भएकाले सभामुखले संविधान अनुसार कुनै कदम उठाउन सक्ने वा सदन सुचारु गर्न सक्ने अवस्था संविधानमा मैले देख्दिनँ।

सभामुखले नोटिसमा लिनुपर्ने थुप्रै कुराहरु छन्। आजको दिन आउनुमा प्रधानमन्त्री र राष्ट्रपति मात्रै जिम्मेवार छैनन्, संसद् पनि जिम्मेवार छ। यसमा नैतिक जिम्मेवारी सभामुखको पनि हुन्छ। दुई कुरा उठाउन चाहन्छु। पहिलो, प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध हो। मान्छे मारेको वा अरु अन्य अपराध भन्दा पनि ठूलो अपराध हो। राष्ट्रको कुनै पदाधिकारीले गर्ने राष्ट्रघात यसलाई मानिन्छ। यति ठूलो जघन्य कसुर ती दुई निकायले गर्दा संसद मूकदर्शक भयो। प्रतिपक्ष मुकदर्शक भयो। त्यसप्रति बढी चिन्ता हो।

सबै खेलहरु हेर्दा एउटा ठूलो तिकडम, जालझेल र षडयन्त्र देखिन्छ। राष्ट्रपति, प्रधानमन्त्री र उहाँका कति मतियार थिए, उनीहरुबाट भएको छ। योजनावद्ध ढंगले संविधानलाई कुल्चने, संविधानलाई नमान्ने कामहरु गर्नुभयो। राष्ट्रपति र प्रधानमन्त्रीका ती प्रत्येक जालझेल र षडयन्त्रलाई समयमै संसद्ले, प्रतिपक्षले रोक्नसक्ने वा सभामुखले पनि केही रोक्नसक्ने पर्याप्त ठाउँ र सुविधाहरु थिए। ती संस्थाहरु बदलिन सक्ने थिए।

उदाहरणका रुपमा, जुनदिन विश्वासको मतका लागि सदनमा मतदान भइरहेको थियो। त्यो दिन गम्भीर संवैधानिक प्रश्न आएको थियो। दुनियाँमा त्यस्तो कुनै देश छैन, जहाँ संविधानको एउटै धाराका सबै अधिकार प्रयोग गरी प्रधानमन्त्री एउटै व्यक्ति भइरहने। ओलीले यहाँ प्रयोग गरे। ७६ (५) को पनि उनले दाबी गरे। माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि ओली ७६ (३) को प्रधानमन्त्री बनिसकेका थिए। विश्वासको मतदान लिएकै दिनमा नै उनी ७६ (३) को सरकारको रुपमा रुपान्तरित भइसकेका थिए। विश्वासको मत लिने दिन एकल दल मात्रै ओलीसँग थियो, त्यो दल एमाले थियो। त्यसलाई दलहरुले ‘मिस’ गरे। उनीहरुको एउटा योजना थियो, संविधानलाई घात गर्ने। संविधानलाई घात गर्ने योजना मूताबिक स्वीकारेर उनीहरु अघि बढे।

Ncell 2
Ncell 2
nimb
nimb

ओली ७६ (२) को प्रधानमन्त्री थिए भने ७६ (३) को प्रधानमन्त्रीको आव्हान हुनुपर्ने थियो। ७६ (२) को सरकार बन्नसक्ने ठाउँ नै थिएन। प्रधानमन्त्री र राष्ट्रपतिको योजनामा ७६ (२) को उनीहरुले आव्हान गरे। संविधानलाई हल्का रुपमा लिइयो। सुझबुझ भएन। एउटा पक्ष–प्रधानमन्त्री र राष्ट्रपति योजनावद्ध रुपमा यो संविधान र व्यवस्थालाई अन्त्य गर्न लागिरहेका छन्। त्यसको काउन्टरमा उभिनुपर्ने संसद् र प्रतिपक्ष दलमा कुनै गम्भीरता छैन। केही कुराको पनि हेक्का छैन। ७६ (३) को सरकारमा ओली नियुक्त भए। आउने पुस्ताले प्रधानमन्त्रीले लिएको शपथको कठोर समीक्षा पनि गर्ला।

विश्वासको मत पुग्छ कि पुग्दैन भनि परीक्षण गर्ने राष्ट्रपतिले होइन, संसदले हो। ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ७६ (५) मा प्रवेश गर्ने संविधानको व्यवस्था छ। तर, त्यो दिन प्रधानमन्त्री ओलीले राजीनामा पनि दिएका छैनन् र नियुक्त पनि भएका छैनन्। त्यो पद नै रिक्त नभएर त्यही पदको लागि आव्हान गरियो। यस्तो पनि कहीँ हुनसक्ने कुरा हो? जुन पदका लागि राष्ट्रपतिबाट आव्हान भयो, त्यो पद खाली थिएन। यो तहको गम्भीर कार्य गरिसकेपछि यसलाई संसद्ले नोटिसमा लिनुपर्दैन? प्रतिपक्षले लिनपर्दैन? संसद् र प्रमुख प्रतिपक्षले प्रधानमन्त्री र राष्ट्रपतिले गरेका सबै कार्य संवैधानिक भन्दै खुरुखुरु सहभागी हुने हो? दल, संसद् र प्रतिपक्ष काम नलाग्ने भइसकेपछि योजनाबद्ध ढंगले संविधान मास्न लागेको शक्ति अघि बढ्दैन त सभामुखज्यू?

सर्वोच्चले संसद् पुनःस्थापना गरिसकेपछि उनीहरुको नियतमाथि खोट त देखिइसकेको थियो। विश्वासको मत लिन संसद् प्रधानमन्त्रीले कुन धाराको आधारमा संसद् बोलाए? विश्वासको मतको लागि मात्रै संसद आव्हान हुन सक्दैन। प्रधानमन्त्रीको विश्वासको मतको परिणामको लागि संसद् बोलाइएको राष्ट्रपतिको विज्ञप्तिमा छ। त्यो बेला सदन निरीह भयो। असंवैधानिक ढंगले आव्हान गरेका थियौ भनी सदनले भन्न सकेन। एउटा जिउँदो सांसदले सदनमा त्यसलाई उच्चाहरण गर्न सकेनन्। प्रतिपक्ष र सदन यस्तो भइसकेपछि संविधान कुल्चन हिँडेको शक्ति अघि बढ्छ नै।

Xtrem
Xtrem

संसद् पुनःस्थापनाका लागि संविधानमा प्रर्याप्त ठाउँ छन्। पुरानो फैसलामा सर्वोच्च अडिग हुुनुपर्दछ। आफ्नो फैसला भन्दा बाहिर सर्वोच्च जान हुँदैन। ७६ (५) को प्रक्रिया नै नपुगि सदन विघटन भएको छ। पुनःस्थापनाका लागि संवैधानिक आधारहरु छन्। सदन पुनःस्थापना भयो भने त्यसपछि सभामुखले गम्भीरतापूर्वक लिनुपर्दछ। उनीहरुका (राष्ट्रपति र प्रधानमन्त्रीका) प्रत्येक असंवैधानिक कदम सदनमा रेकर्ड हुनुपर्दछ। सदनमा बोलिनुपर्दछ।

दलहरुलाई विशेष अधिवेशन बोलाउने विकल्प पनि थियो। यसलाई कमनसेन्स भएको व्यक्तिले पनि बुझ्नसक्छ। महाअभियोग दर्ता गर्न सकिने थियो। २१ घन्टा मात्रै अवधि दिएपछि यहाँ केही खेल छ भनी बुझ्नुपर्ने होइन? सबै विकल्प हुदाँसम्म पहल नगरी अहिले हारगुहार गर्नुको अर्थ छैन। संसद् पुनःस्थापना भयो भने प्रतिनिधि सभाको ठूलो भूमिका हुनेछ। पुनःस्थापना नभएसम्म कानुनी रुपमा सभामुखले गर्न सक्ने केही छैन। सभामुखले संसद् अधिवेशन बोलाउन सक्ने आधार मैले देख्दिनँ।

(संविधान, न्याय र कानुनका विज्ञसँग सभामुख अग्निप्रसाद सापकोटाले गरेको परामर्शमा कानुनविद् आचार्यले व्यक्त गरेको विचारमा आधारित)

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्