• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

किन भइरहेछ अक्सिजन अभाव ?

64x64
कल्पना पौडेल मंगलबार, जेठ ४, २०७८  ०९:४७
1140x725

काठमाडौं– वैशाख महिनामा कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिव्र रुपमा फैलियो। वैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन्। तीमध्ये  एक हजार ६०८ जना संक्रमितको अस्पताल, आइसोलेसन, होम आइसोलेसन र उपचारका लागि अस्पताल आउने क्रममा निधन भएको छ। तीमध्ये कति संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएका छन्।

दोस्रो लहरले धेरै संक्रमितलाई गम्भीर बनायो। अधिकांश संक्रमितलाई अक्सिजन चाहिने देखिएको चिकित्सकले बताउँदै  आएका छन्।

यसैबीच, गएको एक हप्ता नेपालमा अक्सिजनको चरम अभाव भयो। अक्सिजन अभावमा कति संक्रमितको मृत्यु भयो? यसको तथ्यांक भने स्वास्थ्य मन्त्रालयले खोजी गर्न सकेको छैन। केही अस्पतालहरुले अक्सिजन अभावकै कारण मृत्यु भएकाको संख्या भने पनि हालसम्म अक्सिजन अभावकै कारण कतिको मृत्यु भएको हो भन्ने तथ्यांक भने खोज्न मन्त्रालयले चासो दिएको छैन। यस्तै अक्सिजन चाहिने संक्रमित अस्पतालमा बेड नपाउने अवस्थामा अन्य अस्पतालको खोजी गर्ने क्रममा नै मृत्यु भएका घटना पनि छन्।

राष्ट्रिय मानवअधिकार आयोगले समेत ट्रमा सेन्टर लगायत अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको थियो।

तर, नेपालमा एक्कासी अक्सिजनको अभाव भयो। यो अभाव साँच्चिकै अभाव हो वा कृत्रिम रुपमा गराइएको थियो? केही अभावको खबर बाहिर आउँदा आउँदै कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अस्पतालहरुका लागि कोटा सिस्टम लागू गरिदियो।

सीसीएमसीको कोटा सिस्टम लागू हुने बित्तिकै कोभिड अस्पतालहरुमा अक्सिजनको चरम अभाव भयो। जसका कारण कतिपय अस्पतालमा संक्रमितले अक्सिजनको अभावमा ज्यान  गुमाए। अस्पतालहरुले भेन्टिलेटरमा रहेका संक्रमित समेत अन्यत्र सार्नुपर्ने बाध्यता भए। एक सय जना संक्रमितको उपचार गरिरहेको अस्पतालमा जम्मा ५० जना संक्रमितलाई मात्र पुग्ने अक्सिजन दिइएको थियो। यस्तो अवस्थामा केही संक्रमितका आफन्तले आफैं अक्सिजनको व्यवस्था गरे भने केही संक्रमितको मृत्यु हुन पुग्यो। यसको जिम्मा कसले लिने? 

राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले वैशाख ३० गते सामाजिक सञ्जालमा स्टाटस लेखे, पीडा छ हजुर जीवनमा डाक्टर भएँ! मानव जीवनलाई माया गरेँ। आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु, मजस्तै जीवनहरु तिमीहरुलाई बचाउन सकिन, माफ गर हार्दिक श्रद्धान्जली प्रिय जीवनहरु!’ 

उनले ट्रमा सेन्टरमा लागि ल्याउन ठिक्क पारेको अक्सिजन सिलिण्डर पुलिसले बिचबाट लगिदिएपछि अक्सिजनको अभावमा संक्रमितको मृत्यु भएपछि यो स्टाटस लेखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य मन्त्रालयले केही दिनको अन्तरमा बजारमा भएका हजारौँ सिलिण्डर गायब भएको जानकारी पाएको छ।

मन्त्रालयका कर्मचारीका अनुसार ती सिलिण्डर गायब भएको भन्दा पनि गायब बनाइएको हो। ‘अक्सिजन अभाव हुन थालेपछि अस्पतालमा कोटा सिस्टम लगाएर बजार भएका सिलिण्डर सुरक्षाकर्मी, ठूला नेता र हुनेखानेका घरमा सिलिण्डर थुपारिएको छ। अनि अस्पतालका बिरामीले कहाँ पाउनु सिलिण्डर?,’ स्वास्थ्य मन्त्रालय स्रोत भन्छ।

डा पौडेलको उक्त स्टाटस पछि धेरैतिरबाट आलोचना भयो। त्यसको असर गृह मन्त्रालयसम्म पुग्यो। एक बैठकमा गृह सचिवले डाक्टरले यस्तो लेख्न नहुने भन्दै गुनासो गरेको बैठकमा उपस्थित एक सहभागीले बताए।

उनले स्रोत नखुलाउन अनुरोध गर्दै भने,‘अहिले त केही बोल्नै हुँदैन। चार तिरबाट ताकेर बस्छन्। गृहसचिवले स्वास्थ्यमन्त्रीलाई उक्त गुनासो गरेपछि मन्त्रीले डाक्टरको पक्ष लिँदै गृहसचिवलाई के गल्ती ग¥यो उसले? तपाईहरुले अक्सिजन लगेको होइन? त्यसो गर्न पाइन्छ भनेर हप्काए।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा बजारमा एक लाख अक्सिजन सिलिण्डर रहेको बताएको थियो।  

स्रोत भन्छ, ‘तीमध्ये ६ हजार ४८४ सिलिण्डर अघिल्लो दिन बाँडेको भोलि पल्ट ती सिलिण्डर कहाँ गयो पत्तो भएन। अनि अभाव हुँदैन। घरमा अक्सिजन भरिएका सिलिण्डर थुपारे के हुन्छ। त्यो अस्पतालमा भए बिरामी बाँच्छन् तर  ठूला मान्छेका घरमा थुपारिएका छन्। त्यो पड्कियो भने के होला?

स्वास्थ्य मन्त्रालयसँग अझै पनि कहाँ कति सिलिण्डर छ वा कति गायब छ भन्ने एकीन तथ्यांक भने नभएको बताएको छ।

मन्त्रालयले पहुँचवालाकै घरमा सिलिण्डर लुकाइएको जानकारी पाएपछि सार्वजनिक रुपमा घरमा सिलिण्डर नराख्न सूचना पनि निकालेकाे छ। 

‘ठूला व्यक्ति मात्र होइन। हुनेखाने व्यक्तिले समेत ४, ५ वटाका दरले अक्सिजन राखेका छन्। हामी अब मान्छेका घरका अक्सिजन खोज्न जाने कि उपचार गर्ने? अस्पतालकै सिलिण्डर त बिचबाटै गायब बनाइदिएका छ। यस्तो बिडम्बना छ हाम्रो देशको,’ एक सरकारी अस्पतालका चिकित्सकले भने।

अर्को समस्या, सिसिएमसीले कोटा सिस्टम लागूगरिदिएपछि अस्पतालले साविकमा आफूहरुले ल्याउँदै आएको उद्योगबाट अक्सिजन ल्याउन पाएनन्। बिरामीको चाप धेरै तर अक्सिजन आधालाई पनि नपुग्ने दिँदा समस्या भएको हो।

कोटा प्रणालीकै कारण अक्सिजन अभाव भएको निष्कर्ष निकालेपछि सीसीएमसीले कोटा प्रणाली खारेज गर्दै अस्पतालहरुले  साविककै नियमित प्रक्रियाबाट आफूले ल्याउँदै आएको उद्योगबाट अक्सिजन ल्याउन पाउने निर्णय भएको छ। कोटा प्रणाली खारेज भएपछि अस्पतालमा पहिलेजस्तो अक्सिजन अभाव भने भएको छैन।

उक्त निर्णय आउने बित्तिकै अहिले अस्पतालहरुमा अक्सिजन आपूर्ति केही सहज भएको अस्पतालहरुले बताएका छन्।

अक्सिजन उद्योगले अक्सिजन उत्पादनभन्दा पनि सिलिण्डरको समस्या भनेपछि सरकारलाई चीन ओमान लगायतका देशबाट सिलिण्डर सहयोग आएको छ। सम्भवत अब अब अक्सिजनको अभाव नहुने आशा गरिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्