• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बाबुराम-उपेन्द्रलाई शरतसिंहको कटाक्ष : दुलाहा तयार छैन, मित्रहरू जन्ती खोज्दै हुनुहुन्छ

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २३, २०७८  १९:०१
1140x725
फाइल तस्वीर।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा जसपामा विवाद छ। जनता समाजावादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीविरुद्ध उभिने बताइरहेका छन्। तर, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो विश्वासको मत दिने पक्षमा छन्। जसपाका नेता शरतसिंह भण्डारी कुनै पक्षमा उभिन हतार गर्न नहुने बताउँछन्। कोरोना परीक्षणका लागि संसद् भवन पुगेका उनीसँग गरिएको संक्षिप्त कुराकानीः 

अहिलेकै अवस्थामा जसपा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग हुनुपर्छ कि प्रधानमन्त्री ओलीसँग?
हाम्रो हिसाबले हेर्दा सबै मतियार हुन्। यो मुलुकलाई अहिलेको उपलब्धि रक्षा गर्दै निकास दिने कुरामा हामी आफैं अघि बढ्नुपर्छ। सबै पार्टी फेल भइसके। त्यसैले अहिलेको अवस्थामा जसपाले नेतृत्व लिएर अघि बढ्नुपर्छ। हामीले वैकल्पिक पार्टी भन्दै थियौं, वैकल्पिक शक्ति स्थापित हुन समय लाग्छ सोचेका थियौं। आवश्यकताको समय आइसकेको छ। अब हामी त्यसतर्फ जानुपर्छ। 

जसपाकै नेतृत्वमा अघि बढ्ने त भन्नुभयो। तर, जसपा आफैं कता लाग्ने भनेर अलमलिरहेको देखिन्छ नि?
नेपालमा राजनीति छिनछिन र पलपलमा फेरिरहेको छ। यहाँको मौसम र राजनीति उसैगरी परिवर्तन भइरहेको छ। बिहान चिसो थियो, कोट लगाएर आइयो अहिले गर्मी भयो। त्यस्तै राजनीतिमा २७ गते नै के हुन्छ थाहा छैन। हामीलाई त कांग्रेस र माओवादी नै २७ गते एकै ठाउँ हुन्छन् कि हुँदैनन् भन्ने शंका छ।

तपाईंको पार्टीको एक समूह नै कांग्रेस र माओवादीसँग गठबन्धन बनाउन जुटिरहेको छ त? 
प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेसले असंवैधानिक प्रधानमन्त्रीलाई राजीनामा माग गर्नुपर्थ्यो। जबसम्म राजीनामा आउँदैन, तबसम्म संसद् चल्न दिनुहुँदैनथ्यो। तर, त्यो पार्टीले अरुले जे भन्छन् त्यही  गरुँला भनेर बसेको छ।

अचम्म लाग्छ हाम्रा मित्रहरू जन्ती खोजिरहेका छन् तर, दुलाहा (कांग्रेस) तयार छैन। यस्तो अवस्थामा दुलाहाले बिहे गर्ने हो कि हैन? ऊ तयार छ कि छैन? यो सबै परिस्थिति भएकाले २७ गते को दुलाहा हुन्छ, त्यसमा भर पर्छ।

यही अवस्था रह्यो भने २७ गतेपछि जसपा फुट्नेचाहिँ निश्चित भयो, हैन?
जसपा फुट्दैन। यति चाहिँ ढुक्क भएर बस्नुहोस्।

कसरी एक रहन्छ, एक रहन गर्छ चाहिँ के? 
हाम्रो पार्टीले व्यापक रूपमा छलपल गर्छ। पार्टीको हितमा, मुलुकको हितमा जे हुन्छ, त्यही निर्णइ गर्छ।

कांग्रेसले त भनिसक्यो नि सरकारलाई विश्वासको मत दिन्नौं। दुलाहाले बिहे गर्न खोजेको प्रमाण होइन यो?
मतदान २७ गते गर्नुछ, पहिल्यै मत दिन्नौं भनेको छ। तपाईं विश्वासको मत दिन्न भने गर्नुहुन्छ के? त्यसको परिणाम के हुन्छ? त्यो स्पष्ट गर्नुपर्दैन? राजनीति हामीले बुझेका छैनौं? कोही प्रष्ट छैनन्। मुलुकको राजनीति प्रष्ट छैन। हेर्दै जानुस्, धेरै निर्णय परिवर्तन हुँदै जान्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अरु त निर्णय गर्दै गर्लान्। स्पष्ट हुँदै जालान्। तपाईंहरूले स्पष्ट निर्णय गर्ने बेला भयो नि?
हामी मत दिने बेलासम्म हेर्छौं। राष्ट्रिय राजनीतिमा के हुन्छ, त्यही अनुसार निर्णय गर्छौं। 

तपाईंहरू फरक धार र विचारमा हुनुहुन्छ। त्यसैले निर्णय आउन मुस्किल छ भनिन्छ!
धार र विचार त लोकतान्त्रिक पार्टीमा हुन्छ र हुनुपनि पर्छ। यसलाई स्वभाविक रुपमा लिनुपर्छ।

तपाईंहरूले हस्ताक्षर संकलन नै थालिसक्नुभयो रे?
साइन गरेको कुरा सुनेको हो। तर, हामीलाई कसैले साइन गर्न भनेको छैन। साइन गर्ने कुरामा सहमति पनि छैन। कुनैपनि पार्टीको निर्णय विधिसम्मत गर्नुपर्छ। एकै ठाउँ बसेर गर्ने निर्णय हो। हामीलाई विश्वास के छ भने जे गर्ने हो, यो पार्टीले एक ढिक्का भएर निर्णय गर्छ।

 

यो पनि पढ्नुहोस् :

प्रतिगमन पक्षधर र विरोधीको ध्रुवीकरण हुनसक्छ, तर पार्टी फुट्दैन : उपेन्द्र यादव

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
विश्वकप लिग टु : नेपाल र ओमानको खेल आज बुधबार, वैशाख १६, २०८३
सुदूरपश्चिमदेखि कोशीका जिल्लामा आज तीव्र हावाहुरी चल्ने बुधबार, वैशाख १६, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्