• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

नागरिक मरिरहँदा ‘हात उठाउने’ के सरकार !

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १७, २०७८  २२:०७
1140x725

आफन्तले जसोतसो अस्पताल पुर्‍याएका सिकिस्त बिरामी बेड नपाएर प्रांगणमै छटपटाइरहेछन्। सक्नेले, पहुँच हुनेले ठूलै ‘सोर्स’ लगाएर भए पनि निजी अस्पतालमा भर्ना पाएपछि अधिकांश कोभिड संक्रमितले पैसा तिर्न तयार हुँदा पनि त्यो सुविधा पाइरहेका छैनन्। देशैभर अस्पताल प्रांगणसम्म पुगेर पनि ज्यान गुमाइरहेका संक्रमितको संख्या थपिँदो छ। आइसीयू वा भेन्टिलेटरसहितको उपचारको के कुरा, सामान्य बेडकै लागि अनेकौं ठाउँमा हारगुहार गरिरहेका, श्वासप्रश्वासमा कठिनाई भएर केवल अक्सिजनका लागि बिरामी र तिनका आफन्तले याचना गरिरहेका दृश्य के नेपालगञ्ज के काठमाडौं, सबैतिरको नियमित प्रक्रिया जस्तो बनिसकेको छ। 

यो दुर्दशापूर्ण अवस्था अचानक आएको भने होइन । संक्रमितहरूको संख्या बढ्दै गर्दा यस्तो अवस्था आउनसक्ने सम्भावना देखेरै बेलैमा आवश्यक तयारी गर्न ‘हटस्पट’मा खटिएका चिकित्सकहरुले लेखेर, बोलेर झक्झक्याइरहेकै थिए। महामारीका विज्ञहरूले पनि आवश्यक तयारीमा केन्द्रित हुन सरकारलाई निरन्तर खबरदारी गरिरहेका थिए। तर, पछिल्ला तीन महीनासम्म कोभिड महामारीबाट पूर्णतः मुक्त भएसरी उदासिनता देखाएको सरकारले आज आएर एकाएक संक्रमितको उपचार नै गर्न नसकिने भन्दै हात उठाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ– ‘संक्रमण फैलिने दर डरलाग्दो गरी बढिरहेको छ। स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने अवस्था छ। देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन अनुरोध छ।’ 

प्रष्ट छ, सरकारले आफ्नो न्यनूतम दायित्वबाट हात उठाएको छ। सँगै उसले संविधानप्रदत्त ‘स्वास्थ्यसम्बन्धी हक’ पनि उल्लंघन गरेको छ। संविधानतः आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्नु हरेक नागरिकको मौलिक अधिकार हो। र, त्यसमा सबै नागरिकको समान पहुँच हुनुपर्छ। तर, अस्पतालको शय्या नै छैन भनेर हात उठाएर आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न पनि राज्य उदासिन देखिन्छ। अर्कोतर्फ पहुँचयुक्तले कसैगरी स्वास्थ्य सेवा पाउने अरुले नपाउने स्थिति सिर्जना भएको सन्देश पनि सरकारले दिएको छ।

भयावह बन्दै गएको महामारीले त्राहीमाम बनेका नागरिकलाई आफ्नो बलबुताले भ्याएसम्म सबैखाले संकट अनि विपत्तिबाट जोगाउन र त्यसनिम्ति ढुक्क रहन ढाडस दिनु सरकारको न्युनतम कर्तव्य हो। आम नागरिकलाई संकटको बेलामा कोही नभए पनि सरकार छ भन्ने बोध गराउनुको साटो ‘जे सक्छौ आफै गर’ मार्काको सन्देश प्रवाह गर्नु गैरजिम्मेवारीको हद हो। सरकारको यो रवैया आपत्तिजनक छ। 

हो, मुलुक कोरोना संक्रमणको अकल्पनीय भुंग्रोमा परेको छ। विद्यमान स्वास्थ्य संरचना र जनशक्तिले त्यसलाई धान्न कठिन हुने परिस्थिति देखिइसकेको छ। नागरिक आफै सम्भावित संकटप्रति बेपरवाह बनेर नगर्नुपर्ने गतिविधि गरिदिँदा जोखिम झन् बढेको छ। तर, महामारीसँग जुध्न विकल्पविहिन नै बनिसकेको अवस्थामा भने हामी पुगिसकेका छैनौं। संक्रमणको ‘चेन–ब्रेक’ गर्न सरकारले काठमाडौं उपत्यकासहित करिब दुई दर्जन जिल्लामा निषेधाज्ञा लगाएको छ। दैनिक जीवनचर्यामा अनेक दुःख–कष्ट सहेरै पनि नागरिकले त्यसलाई सघाएका छन्– आफ्नै जीवनरक्षाका लागि हो भन्ने बोध गरेर। 

‘हटस्पट’मा कार्यरत चिकित्सकहरुले भन्दै आएका छन्– विद्यमान स्वास्थ्य पूर्वाधार र जनशक्तिलाई अधिकतम उपयोग गर्न केही हदसम्म तन्काउन सकिन्छ। तर, गएगुज्रेको स्वास्थ्य क्षेत्रको व्यवस्थापन त्यसको प्रमुख बाधक हो। स्वास्थ्य पूर्वाधार र जनशक्तिको सीमितताबारे भलिभाँती जानकार रहेको सरकार चुस्त व्यवस्थापनमार्फत् त्यसको पूर्ण क्षमता उपयोग गर्न पनि अग्रसर देखिएको छैन। नयाँ अस्पताल शिलान्यासमा देखिएको सरकारको रुचि भएकै अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ नदेखिनु बिडम्बना हो। 

महामारीसँग जुध्ने सरकारको तयारीशून्य अवस्था देखेरै विज्ञ र सरोकारवालाले झक्झक्याउन थालेको झण्डै डेढ वर्ष पहिलेदेखि हो। स्थानीय, प्रादेशिक र संघीय, तीनै तहका सरकार तत्पर हुँदा केही दिनमै अस्पताल र उपचार केन्द्र तयार हुनसक्छन् भन्ने प्रमाणित कतिपय स्थानीय सरकारले गरे पनि। तर, यसलाई उदाहरण मानेर अगाडि बढ्ने प्रयास नै गरिएन। गत वर्ष देशैभरका स्थानीय तहमा निर्मित क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि छन् जसलाई स्वास्थ्यस्थिति गम्भीर नरहेका कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न सकिन्छ। अक्सिजन सपोर्टसहित तिनलाई संक्रमितको प्रारम्भिक उपचार गर्ने आइसोलेसन केन्द्र बनाउने हो भने धेरैजना सिकिस्त बन्ने र अस्पतालहरुमा थेगिनसक्नु भीड भरिने अवस्था नआउन सक्थ्यो। यही भनिरहेका छन् ‘हटस्पट’मा खटिएका चिकित्सकहरु। तर, यतापट्टि पहल नै भएन। 

Ncell 2
Ncell 2
nimb
nimb

देशैभर निजी अस्पतालहरु छन्, पूर्वाधार राम्रो भएका ठूलो क्षमताका निजी मेडिकल कलेजहरु छन्। सरकारले तिनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न सक्छ। शुक्रबार बसेको सीसीएमसीको बैठकले त्यसका लागि सरकारलाई सिफारिस पनि गरिसकेको छ। त्यतिले नपुगे आइसोलेसन सेन्टरका रुपमा होटलदेखि अरु कैयौं संरचना प्रयोग गर्न सक्छ। त्यहाँ संक्रमितहरुको उपचारको प्रबन्ध गर्न स्रोतको अभाव भएमा सरकारसँग कैयौं विकल्प छन्। शुरु हुँदै गरेका कतिपय विकास आयोजनाको बजेट रकमान्तर गरेर यसमा प्रयोग गर्न सकिन्छ। मुलुकको संवेदनशीलतालाई ख्याल गर्दै स्वास्थ्य संकटकाल घोषणा गरेर अझ बढी स्रोतको जोहो गर्न सकिन्छ। त्यतिले नपुगे दातृराष्ट्र–दातृसंस्थादेखि आफ्नै निजी क्षेत्रलाई यो महाविपत्तिमा सहयोगका लागि गुहार्न सक्छ। त्यो केही पनि नगरी सरकारले नागरिकलाई ‘मरे मर, सरकारले केही गर्न सक्दैन’ भन्ने सन्देश जानेगरी पन्छिने हदैसम्म गैरजिम्मेवार बाटो अवलम्बन गरेको छ। सरकारबाट प्रदर्शित यो व्यवहार राष्ट्रकै लज्जा हो। 

नेपालको संविधानले स्वास्थ्य उपचार पाउने नागरिकको अधिकारलाई मौलिक हक मानेको छ। संविधानअनुसार बनेका ऐनले सरुवा रोग र संक्रामक रोगहरुको उपचार निःशुल्क गर्ने प्रबन्ध गरेका छन्। संविधान र कानूनमा गरिएका यस्ता व्यवस्था कार्यान्वयनमा सरकारको रुचि पहिलेदेखि नै नदेखिएको हो। कोरोनाको पहिलो लहरका बेला पनि यसैगरी आफ्नो उपचार खर्च आफै व्यहोर्न सूचना जारी गर्दै महामारीबाट ‘हात उठाएको’ सरकार नागरिकस्तरबाट तीब्र बिरोध भएपछि पछि हटेको थियो। त्यसयता यो जिम्मेवारी ‘ग्रहण’ गरे पनि त्यसअनुसारको काम भएन। बरु यसबीचमा ‘सरकारले हाम्रा लागि केही गर्दैन’ भन्ने बुझाई बाक्लिँदै जाँदा महामारीसँग जुध्ने नेपालीको मनोबल पनि कमजोर बन्दै गयो। र, यहीबेला सरकारले नै सबै नागरिकलाई ‘भगवान भरोसामा बाँच’ भन्ने सन्देश प्रवाह गरेको छ। 
आफूसँग उपलब्ध तमाम विकल्प प्रयोग गर्न छाडेर सरकार किन योविघ्न गैरजिम्मेवार बाटोमा अग्रसर भयो? 

सत्ताका निम्ति जुनसुकै हदमा जान सक्ने राजनीतिक नेतृत्वको हदैसम्म विकृत मनोविज्ञान यसको प्रमुख कारण हो। जगजाहेर छ, यसबीचमा नागरिकले व्यहोरेको सास्ती होइन, प्रधानमन्त्रीको हल्लिएको कुर्सीले मात्र हाम्रो नेतृत्वलाई चिन्तित बनाइराख्यो। सत्ता टिकाउन भइरहेका अनेकन् घृणित क्रियाकलाप र तिकडमले नै यसलाई छर्लंग पारिरहेका छन्। काठमाडौंदेखि प्रदेशहरुमा देखिएको सत्ताको संघर्षले राजनीति कतिसम्म निर्दयी बनिसकेको छ भन्ने प्रष्ट्याउँछ जहाँ महामारीमा मरिरहेका र बाँच्नलाई छटपटाइरहेका नागरिकको पीडा कतै बोध हुँदैन।  

हो, हाम्रो राज्य–संयन्त्रको क्षमताका आफ्नै सीमितता छन्। यसले कति पो धान्ला र भन्ने प्रश्न स्वाभाविक छ। तर, आफ्नो यही सीमितता आमनागरिकलाई बुझाउँदै महामारीसँग जुध्न आ–आफ्नो ठाउँबाट सघाउन अपिल गर्ने र नागरिकको जीउज्यान रक्षार्थ आफ्नो अधिकतम पहल हुने ढाडस दिलाउनु सरकारको न्यूनतम दायित्व हो। संकटपूर्ण क्षणमा सघाउन सबैजसो दातृ मुलुक र संस्था छन् । फेरी महामारीको अघिल्लो लहरमा भन्दा यसपटक मानव जातीले यसबारे प्रशस्त ज्ञान निर्माण गरिसकेको छ। भ्याक्सिन मात्र होइन उपचार र नियन्त्रणका लागि विभिन्न उपाय मानिसले सिकिसकेको छ। अभाव छ भने केवल, ईच्छा र दृढसंकल्पको। 

Xtrem

Xtrem

सरकारको क्षमता र सीमा भलिभाँती बुझेका नागरिकले खोजेको पनि धेरै केही होइन, ‘संकटमा हामीसँग सरकार छ’ भन्ने अनुभूतिमात्र हो। सरकार, त्यसमै चुकेको छ। अझै पनि एउटा झिनो आशा छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको सूचनालाई प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा ‘करेक्सन’ गर्दै नागरिकको जीउज्यान रक्षाका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्ने। तर, स्थिति साम्यजस्तो देखिएका बेला ‘अम्बाको पात खाने’ जस्तो अवैज्ञानिक सल्लाह दिए पनि कोरोना संक्रमणको दोस्रो लहरले भयावह रुप लिएपछि ‘गुप्तवास’मा रहेका र नागरिकलाई नआत्तिनका निम्ति आह्वान गर्नसमेत जाँगर नदेखाएका प्रधानमन्त्रीले त्यसो गर्ने सम्भावना तत्काललाई देखिएको छैन। 

सरकारको यो उदासिनता, गैर–जिम्मेवारीपन र अकर्मण्यता इतिहासले अक्षम्य ‘अपराध’को रुपमा दर्ज गर्नेछ। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  २२:०७
  • #सम्पादकीय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्