Samsung Galaxy S25 Ultra Galaxy AI - content block Samsung Galaxy S25 Ultra Galaxy AI - content block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ १६, २०८२ Fri, May 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
ओस्करमा छनोट भएका ११ नेपाली फिल्म
64x64
नेपाल लाइभ शनिबार, वैशाख १८, २०७८  ०७:०१
1140x725

काठमाडौं- नेपाली फिल्मको संख्या ह्वात्तै बढे पनि गुणस्तरीय र मौलिक बन्‍न नसकेको गुनासो सुनिँदै आएको छ। बर्सेनि दर्जनौं संख्यामा फिल्म बनेर प्रदर्शनमा आए पनि दर्शकको मन जित्न सफल फिल्म एक/दुई वटा मात्र हुन्छन्।

यही बीचमा केही मौलिक फिल्म बनेका छन्, जुन फिल्मले नेपाली दर्शकको मन मात्र जितेका छैनन्, अन्तर्राष्ट्रियस्तरको अवार्डसमेत हात पार्न सफल भएका छन्।

ओस्कर अवार्ड विश्वकै प्रतिष्ठित अवार्डमध्येको एक हो। विश्वकै फिल्मकर्मीहरूको सपना ओस्करसम्म पुग्ने हुन्छ। तर, सीमितले मात्र त्यस्तो अवसर पाउँछन्। 

ओस्कर अवार्डमा पुग्ने नेपाली फिल्म सीमित छन्। तीमध्ये ११ फिल्मको बारेमा यहाँ चर्चा गरिएको छ।

क्याराभान
२०५६ सालमा बनेको फिल्म क्याराभान ओस्करमा पुग्ने पहिलो नेपाली फिल्म हो। ७२औं संस्करणको ओस्कर छनोटमा परेको यो फिल्मलाई फ्रेन्च निर्देशक एरिक भ्यालीले निर्देशन गरेका हुन्। हिमालको कथा भन्‍ने फिल्म, उत्कृष्ट विदेशी फिल्मको विधामा छनोट भएको थियो।

क्याराभानलाई ‘हिमालय’ नाम पनि दिइएको छ। डोल्पा जिल्लाको जनजीवन फिल्ममा देख्न सकिन्छ। फिल्ममा नून लिन जाँदाको संघर्ष देखाइएको छ।

फिल्मको छायांकन पक्ष निकै सुन्दर छ। ठाउँठाउँमा ज्यानै सिरिङ्ग बनाउने दृश्य समेटिएका छन्। फिल्मका मुख्य कलाकार थिन्ले लेण्डुपको २०७३ साल वैशाख १२ गते निधन भएको थियो।

मुखुन्डो
मुखुन्डो छिरिङ रितार शेर्पाले निर्देशन गरेका हुन्। एउटी महिलाको आध्यात्मिक र कामवासनाको द्वन्द्व फिल्ममा देख्न सकिन्छ।

Ncell 2
Ncell 2

फिल्ममा दीपक प्रम्ख पात्र छन्। सरस्वती उनको श्रीमती हुन्। सरस्वती गर्भवती हुन्छिन् र जसरी पनि छोरा जन्माउने चाहना राख्छिन्। सुरक्षागार्ड दीपक भने छोरा या छोरीमा खासै ध्यान दिँदैनन्। त्यही समयमा उनलाई त्रिपुरा माताको प्रार्थना गरे मनले सोचेको फल प्राप्त हुने सल्लाह मिल्छ। संयोगबश सरस्वतीले छोरा जन्माउँछिन् र त्यो त्रिपुरा माताको कृपा भन्‍ने उनलाई लाग्छ। व्यस्त जीवनमा उनले त्रिपुरा मातालाई दर्शन गर्न जाने भाकल पूरा गर्न सक्दिनन्। त्यही समयमा छोरा बिरामी पर्छ र मर्छ।

सन्तान गुमाएकी आमाको सहारा त्रिपुरा माता अर्थात् झाँक्रिनी मिथिला बन्‍न पुग्छिन्। मिथिलाको शरीरमा त्रिपुरा माताले बास गरेको भन्‍ने भक्तजनको मान्यता हुन्छ। मिथिलाको आध्यात्मिक जीवन र कामवासनाको जीवनले कस्तो परिणाम ल्याउला भन्‍ने कथामा फिल्म केन्द्रित छ।

२१ वर्षअघि फिल्म बने पनि युट्युबमा केही समयअघि मात्रै फिल्म सार्वजनिक गरिएको छ। नायिकाद्वय मिथिला शर्मा र गौरी मल्ल तथा रतन सुवेदीको अभिनय फिल्ममा देख्न सकिन्छ। यो फिल्म २०५७ सालमा बनेको हो।

मुनामदन
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको काव्यात्मक कृति मुनामदनको कथामा बनेको फिल्म हो- मुनामदन।

यो फिल्ममा गरिबी र त्यसले जन्माएको दुई प्रेमीको बिछोडको कथा देखाउन खोजिएको छ। मदन धन कमाउन ल्हासा जान्छन्। बाटोमा निकै दुःख पाउँछन्। साथमा गएका साथीले समेत साथ छोड्दा भोटेले सहयोग गर्छ।

यता मदनको बाटो कुर्दाकुर्दै मुनाले अन्तिम श्वास फेर्छिन्। मदन फर्केर आउँदा मुना नेदेखेर निकै छटपटाउँछ र उसले पनि मृत्युको बाटो रोज्छ। फिल्मको मुख्य कथा यी नै हुन्।

२०६० सालमा प्रदर्शनमा आएको यो फिल्मले पनि ओस्करमा छनोट हुने मौका पाएको थियो। 

बसाइँ
मुनामदनजस्तै बसाइँ पनि एक उपन्यासमा आधारित फिल्म हो। २०६२ सालमा प्रदर्शनमा आएको यो फिल्म लिलबहादुर क्षेत्रीले लेखेको बसाइँ उपन्यासमा आधारित फिल्म हो।

फिल्ममा गाउँकी सोझी केटी, परदेशबाट आएको लाहुरे रिकुटेसँग कसरी प्रेममा पर्छे, रिकुटेले कसरी विभिन्‍न लालच देखाएर फसाउँछ, गर्भवती बनेकी युवतीले गाउँले समाजमा कसरी मुख देखाउँछिन् र यसले कसरी उनका दाजुभाउजुलाई बसाइँ सर्न बाध्य बनाउँछ भन्‍ने कथा समेटिएको छ।

सन् २००५ मा बनेको फिल्म बसाइँले पनि ओस्करमा छनोट हुने मौका पाएको थियो। ओस्करको ७९औं संस्करणमा छनोट भएको यो फिल्म सुवास गजुरेलले निर्देशन गरेका हुन्। फिल्ममा मिथिला शर्मा, दिनेश डीसी, मुकुन्द बस्ताकोटीलगायतको अभिनय छ।

सुनगाभा- डान्स अफ दि अर्किड
‘सुनगाभा- डान्स अफ दि अर्किड’ समलैंगिक प्रेम कथामा बनेको पहिलो नेपाली फिल्म हो।

फिल्ममा दुईजना मिल्ने युवती साथी प्रेममा पर्छन्। परिवारले उनीहरूको प्रेम स्वीकार गर्दैनन् र छुटाएर अर्कै युवकसँग विवाह गरिदिन्छन्। यही विषयवस्तु फिल्ममा समेटिएका छन्।

नेपालका लागि नयाँ विषयवस्तु भएको सुनगाभाले पनि ओस्करमा छनोट हुने मौका पाएको थियो। सुवर्ण थापाले निर्देशन गरेको फिल्ममा निशा अधिकारी र दिया मास्केको मुख्य भूमिका छ।

झोला
कृष्ण धराबासीले लेखेको उपन्यास ‘झोला’बाट कथावस्तु उठाइएको फिल्म झोलाले पनि ओस्करमा टेक्ने मौका पायो।

फिल्ममा सती प्रथाको विषयलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। एक भर्खरकी युवतीको वृद्ध पुरुषसँग विवाह हुन्छ। उनी जवान हुँदा श्रीमान् बित्छन्। त्यो समयको परम्पराअनुसार उनी सती जान तयार हुन्छिन्।

जिउँदो शरीरलाई मृत शरीरसँगै चितामा जलाइन्छ। भाग्यबस उनी चिताबाट निस्केर नदीमा हाम फाल्न सफल हुन्छिन्। गाउँलेले मरिसकेको भनेकी ती महिला जंगलको ओडारमा लुकेर बस्छिन्। वनमा घाँस काट्न जाँदा उमेरले उनीभन्दा ठूली र देउरानी पर्नेसँग जम्काभेट हुन्छ। यो फिल्म युट्युबमा उपलब्ध छ। 

फिल्मलाई यादवकुमार भट्टराईले निर्देशन गरेका थिए। यसको मुख्य भूमिका गरिमा पन्तले निर्वाह गरेकी छन्। फिल्ममा नेपालमा चलिआएको सती प्रथा र त्यसको उत्थानका विषय देखाइएको छ। ओस्करको ८७ औं संस्करणमा यो फिल्म छनोटमा परेको हो।

टलकजंग भर्सेस टुल्के
निश्चल बस्नेतले निर्देशन गरेको फिल्म टलकजंग भर्सेस टुल्के पनि ओस्करमा छनोट भएको थियो।

फिल्ममा एक जना पात्र छन् जसलाई गाउँले सबैले टुल्के भनेर बोलाउँछन्। तर, उनको वास्तविक नाम भने टलकजंग हो। उनी आफूलाई सबैले टलकजंग भनेर बोलाओस् भन्‍ने चाहन्छन्। त्यसैले त्यो समयको डरलाग्दो शक्ति माओवादी मेरै मान्छे हो भनेर गाउँमा गफ लगाउँछन्।

फिल्ममा टुल्केले टलकजंग बन्‍न गरेको कोशिसलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ। यो फिल्म यदि हेर्नुभएको छैन भने युट्युबमा सहजै हेर्न पाइन्छ।

फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन्। 

कालो पोथी
प्रकाश र किरण मिल्ने साथी हुन्। प्रकाश ‘पानी नचल्ने’ जातका हुन् भने किरण ‘उच्चजाति’का। यी दुईको मित्रता निकै घनिष्ठ छ।

प्रकाशकी आमा हुँदिनन्, दिदी माओवादीमा हिँडिन्। बाबु छन् जो कुखुरा देख्नेबित्तिकै बेच्दिइहाल्छन्। त्यही सिलसिलामा प्रकाशको करिश्मा (उनले कुखुराको नाम करिश्मा राखेका हुन्छन्) लाई पनि बाबुले बेचिदिन्छन्। बेचिएको करिश्मा फिर्ता ल्याउन दुई साथीले गरेको संघर्ष, यही संघर्षको बीचमा आएका सशस्त्र द्वन्द्व लगायतका विषयलाई रोचक ढंगले फिल्ममा उतारिएको छ।

यो फिल्मले पनि ओस्कर छनोटको यात्रा पार गरिसकेको छ। यो फिल्म अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्म पनि हो। मिन भामले निर्देशन गरेको फिल्ममा खड्ग नेपाली र सुरज रोकायको मुख्य अभिनय देख्न सकिन्छ।

सेतो सूर्य
माओवादीको सशस्त्र द्वन्द्वले निम्त्याएको कथा भन्‍ने फिल्म सेतो सूर्य पनि ओस्करमा पुग्यो।

फिल्म यात्रामा निस्केको छोरो बाबुको मृत्युपछि घाट जान गरेको संघर्षमा केन्द्रित छ। फिल्म केही विवादित पनि बनेको थियो। चन्द्रका बाबु घरभित्रै मर्छन्। उनको लास ढोकाबाट निकाल्न हुँदैन भन्‍ने मान्यताअनुसार धुरीनेर रहेको झ्यालबाट निकालिन्छ। त्यही समयमा गाउँलेहरू तासको मज्जा लिइरहेका हुन्छन्। यस्ता दृश्यले अन्तराष्ट्रिय जगतमा नेपाली संस्कारको धज्जी उडेको भन्दै फिल्म हेर्नेहरूले विरोध गरेका थिए।

दीपक रौनियारले निर्देशन गरेको फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ। यो फिल्म ७३औं भेनिस फिल्म फेस्टिभल, टोरेन्टो इन्टरनेसनल फिल्म फेस्टिभललगायतमा समेत प्रदर्शन गरिएको थियो। यो फिल्म २०१६ मा प्रदर्शनमा आएको हो।

पञ्चायत
सामाजिक कथामा बनेको फिल्म पञ्चायत पनि ओस्करमा पुग्यो। राजा वीरेन्द्रको पालामा घटेको घटनामा आधारित रहेर फिल्म निर्माण गरिएको हो।

पञ्चायतकालमा महिलामाथि गरिने व्यवहारका बारेमा फिल्म बनाइएको छ। शिवम अधिकारीले निर्देशन गरेको फिल्ममा नीता ढुंगाना, सरोज खनाललगायतका कलाकारको अभिनय छ। फिल्म युट्युबमा हेर्न पाइन्छ।

बुलबुल
सन् २०१९ मा बनेको फिल्म ‘बुलबुल’ पनि ओस्कारको छनोटमा परेको फिल्म हो। नेपालमा धेरै अवार्ड जितिसकेको यो फिल्ममा स्वस्तीमा खड्काको अभिनय देख्न सकिन्छ। यसले एक महिला टेम्पो चालकको कथा भन्छ।

नायिकालाई मुख्य भूमिकामा प्रस्तुत गरिएको कमै फिल्ममध्ये बुलबुल पनि एक हो। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै
भोलिदेखि दरबारमार्गका यी ठाउँमा निषेधित क्षेत्र घोषणा
बारामा कारमा ठूलो परिमाणको लागुपदार्थ बरामदः भारतीय कारोबारीसहित दुई जना पक्राउ
सम्बन्धित सामग्री
क्यूएफएक्सले ‘ऊनको स्वीटर’लाई गर्‍यो ‘सुपरहिट’ घोषणा कुनै फिल्मले यो चेनमा तीन दिनमा १ करोड ५० लाख कमाए ‘ब्लकबस्टर’ र पहिलो साता सोही बराबर कमाए ‘सुपरहिट’को ट्याग पाउँछ। पछिल्लोपटक क्यू... मंगलबार, जेठ १३, २०८२
‘कार्साङ’ निर्देशकको नयाँ फिल्म ‘मिरमिरे’ मा दयाहाङ राई अनुबन्ध निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन्। सोमबार, जेठ १२, २०८२
‘हेल्लो काँशीराम’को अर्को गीत ‘खैजेडीको घेरो’सार्वजनिक (भिडियोसहित) दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ। चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीराम... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै शुक्रबार, जेठ १६, २०८२
भोलिदेखि दरबारमार्गका यी ठाउँमा निषेधित क्षेत्र घोषणा शुक्रबार, जेठ १६, २०८२
बारामा कारमा ठूलो परिमाणको लागुपदार्थ बरामदः भारतीय कारोबारीसहित दुई जना पक्राउ शुक्रबार, जेठ १६, २०८२
उदयपुरको चौदण्डीगढीमा सर्पदंशको उपचार केन्द्र सञ्चालनमा शुक्रबार, जेठ १६, २०८२
सवारी दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य खड्काको निधन बिहीबार, जेठ १५, २०८२
आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै राजतन्त्र पक्षधर बिहीबार, जेठ १५, २०८२
विद्युतीय सवारीमा कर यथावत राखेको सुनाउँदा सदनमा गुञ्जियो हाँसो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्