• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

गिरिराजमणि पोखरेललाई प्रश्न- देश निर्वाचनतर्फ जान्छ भनेर डराउनुभएको हो?

64x64
नेपाल लाइभ बुधबार, वैशाख १५, २०७८  १९:५७
1140x725
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन? सर्वोच्च अदालतले गत फागुन ११ गते ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधिसभा पुन:स्थापना गरेदेखि उठ्दै आएको प्रश्न हो यो।

धेरैले प्रधानमन्त्री ओलीले त्यसपछि नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरेका थिए। तर, त्यस्तो केही नहुँदै फागुन २३ गते सर्वोच्चले नै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता नदिने फैसला गर्दै पूर्ववत् एमाले र माओवादी केन्द्र ब्युँतिने निर्णय सुनायो। नेकपाबाट एमाले र माओवादी अलग-अलग भएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेको प्रस्ट तस्बिर देखियो। किनभने अब माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्‍ने आम आकलन थियो।

तर, दुई महिना बितिसक्दा पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। समर्थन फिर्ता लिनेबारे नै उसले आनाकानी गरिरहेको छ। किन त? धेरैको आंशका छ- माओवादीले समर्थन फिर्ता लिएलगतै प्रधानमन्त्री ओलीले मुलुकलाई निर्वाचनतर्फ डोर्‍याउँछन् भन्‍ने भयमा माओवादी छ। प्रधानमन्त्री ओलीको विकल्पमा नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीसहितको सयुक्त सरकार बनाउने विषयसमेत यत्तिकै अल्झिएको छ।

प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा नदिने, संयुक्त सरकार निर्माणको प्रक्रिया पनि अघि नबढ्ने भएपछि त्यसैलाई अघि सारेर माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा मुलुक थप अन्योलमा फसेको छ। माओवादी निर्वाचनदेखि डराएरै यस्तो अवस्था आएको हो त? किन भइरहेको छैन सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय? किन बन्‍न सकिरहेको छैन नयाँ गठबन्धन? यिनै विषयमा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलसँग नेपाल लाइभले गरेको कुराकानीको सारसंक्षेपः

अब देश निर्वाचनतर्फ जान्छ भन्‍ने डरले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको टिप्पणी भइरहेको छ, किन डराउनुभयो? 
हैन, त्यस्तो कुरा होइन। पहिलो बुझाइ त हाम्रो के थियो भने फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि, त्यसमा हाम्रो विमति भए पनि, पुनरावलोकनमा गए पनि, सर्वोच्चको निर्णय कार्यान्वयनमा लैजानुपर्ने हाम्रो बाध्यता हामीले जनतामाझ राखिसकेका छौं। सर्वोच्चको फैसलापछि नेकपा पूर्वसमूहमा फर्कियो। त्यो स्थितिमा अगाडि जुन सरकार बनेको थियो, त्यो सरकारले आफैं विश्वासको मत लिनुपर्ने थियो। हामीले सदनमा पनि यो कुरा उठाइसकेका थियौं। हामीले प्रधानमन्त्रीको राजीनामा माग गर्‍यौं। प्रक्रियागत ढंगले उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) आफैंले विश्वासको मत लिनुपर्ने थियो। एउटा त यो कारण हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को, सरकारलाई हाम्रो समर्थन छैन। हामी विकल्पकै खोजीमा छौं। अन्य दलहरुसँग छलफल चलिरहेको छ। सबैका आ-आफ्ना बाध्यता र प्रक्रिया छन्। ती सबै कुरा परिपक्व होऊन् भनेर हामी पर्खिरहेका छौं।

माओवादीले पनि समर्थन फिर्ता नलिने, भावी संयुक्त सरकारको विषय पनि स्पष्ट नहुने, यसबाट त राजनीति अनिश्चयतर्फ गइरहेको छ नि?
अहिले हेर्दाखेरि अनिश्चयमा गएको जस्तो देखिन्छ। हिजो संसद् विघटन हुँदाखेरि पनि आ-आफ्नो ठाउँबाट संसद् विघटनको विरोध भयो, संयुक्त आन्दोलन भएन। संसद् विघटनको विरोध गर्ने शक्ति मिलेर साझा सरकार बनाऔं, साझा कार्यक्रम तयार गरौं, साझा आचारसंहिता बनाऔं, बाँकी रहेको अवधिमा मिलेर सरकार सञ्‍चालन गरी जनतालाई कोरोनाको यस्तो महामारीका बेला जबरजस्ती चुनावमा लैजाने काम नगरौं, आवधिक निर्वाचनकै प्रक्रियाका हिसावले अगाडि बढौं भनेर गृहकार्य भइरहेको हो। दलहरुका बीचमा अन्तरविरोधहरु छन्, दलहरु संस्थागत हुने प्रक्रियामै यो समस्या हल हुन्छ। ढिलोचाँडो वैकल्पिक सरकार बन्छ भनेर म आश्वस्त छु।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए देश झन् अनिश्चयमा जान्छ भन्दै आएका थिए। अहिले त्यही कुरा पुष्टि हुन लागेको हो? 
अहिले राजनीतिक दलहरु परिस्थितिको एकदमै सटिक मूल्यांकन गरेर हाम्रो संविधान निर्माण र आन्दोलनका बेला हामीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा छौं। निर्णय गर्ने सन्दर्भमा केही ढिला भएको वा विभिन्‍न खालका दबाबहरु परेको कारण त्यो हुन गएको छ। तर, यो अवस्था सधैं रहँदैन। यो स्थिति पनि बदलिन्छ। केपी ओलीजीले गरेको विश्लेषण सही हुन्छ भन्‍ने लाग्दैन। परिवर्तनको दिशामा राजनीतिक शक्तिहरु एक ढिक्का हुन्छन् भन्‍ने लाग्छ।

Xtrem
Xtrem

माओवादीले कहिलेसम्म समर्थन फिर्ता लिन्छ त?
हाम्रो पार्टीको स्थायी कमिटीको अघिल्लो बैठकले समर्थन फिर्ता लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ। अध्यक्ष प्रचण्डले अन्य दलहरुसँग छलफल गरिरहनुभएको छ। त्यो पार्टीको निर्णयबमोजिम गर्नु हुनेछ। अन्य दलहरुको सहमति जुटाउनका लागि निरन्तर छलफल गर्दै गएमा त्यसबाट टुंगो लाग्ला। त्यसो भएमा सहमतिबाट राजनीतिक कोर्ष अघि बढ्छ। सहमति नहुने स्थितिमा हामी चाँडै प्रक्रिया अघि बढाउँछौ।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्