गेट्टी ईमेज श्रवण राठौड, हिन्दी फिल्म उद्योगका एक हिस्सा हुन् । नदीम सैफसँगको सहकार्यमा बलिउडलाई सयौं चर्चित गीत दिएका श्रवणको कोरोना भाइरसका कारण बिहिबार मृत्यु भयो । उनको मृत्युसँगै नदीम सैफको मित्रताले अव साक्षत्कार पाउँदैन । बीबीसी हिन्दीको एक रिपोर्ट:
मैं कितना तन्हा था ऐ दोस्त तेरे बिना
तेरा दिल भी था ख़ाली ख़ाली देख मेरे बिना
तू जो मिला ऐसा लगा बिखरा हुआ सपना सजा
मोहब्बत की बहारों से यह दामन भर दिया तूने
मेरी वीरान राहों में उजाला कर दिया तूने
माथीका पंक्तिलाई नदीम र श्रवण ले ‘दोस्ती’ फिल्मका लागि संगीत दिएका थिए । बिडम्बना यहि ‘दोस्ती’ फिल्मपछि यी दुईले फेरि कहिल्यै सँगै काम गरेनन् । संगीतको दुनियाँमा दुबैजना अदृश्य बने ।
दुबैले सँगै काम नगरे पनि नदीमले निकै लामो समयपछि एक्लै केही फिल्ममा संगीत दिए, तर ती संगीतले लोकप्रियता कमाउन सकेनन् । अर्कोतर्फ श्रवण भने आफ्ना छोरा संजीव र दर्शनको सांगितिक जोडलाई अगाडि बढाउन बस्त बने ।
गायक गुलशन कुमारको हत्याको आरोपमा अभियुक्त बनेका नदीमले आत्मनिर्वासनमा बसेपछि यो जोडीको सांगितिक यात्रा टुट्न पुग्यो । श्रवण र नदीमको जोडी टुटेकै समयमा अनु मलिक, एआर रहमान लगायत अन्य संगीतकारले आफ्ना संगीतले पुरै माहोल परिवर्तन गरिदिए । यी संगीतकारको आगमन सँगै हिन्दी फिल्ममा नयाँ धुन, ध्वनि र लयको प्रचलन शुरु भयो ।
नदीम र श्रवणको संगीतीक जोडीलाई पहिलो लोकप्रिय फिल्म ‘आशिकी’को संगीतका कारण सम्झन्छन् । यस फिल्मको संगीतमा विभिन्न बाद्य यन्त्रको नयाँ तरिकाले उपयोग गरिएको थियो । ती संगीतको माधुर्यताले गीतलाई यति मधुर बनायो कि, बजारमा आउने बित्तिकै यी गीतका क्यासेट हात हातमै बिक्री भयो ।
‘आशिकी’ फिल्मले पुराना संगीतको रेकर्ड नै तोड्ने गरेर बिक्री हुन थाल्यो । यही फिल्मपछि नै नदीम र श्रवण हिन्दी फिल्म उद्योगमा सबैको प्यारो बने । भनिन्छ, लोकप्रियताका दिनमा दर्जनौं फिल्म निर्माता यी दुईको घर अगाडि लाइन लागिरहन्थे । ‘आशिकी’ फिल्मभन्दा पहिले निर्मातासँग काम माग्ने नदीम र श्रवण, अब भने छानी छानी फिल्मका संगीतमा काम गर्ने बनेका थिए ।
यी दुईको भेट एक स्कूलको कन्सर्टमा भएको थियो । पहिलो भेटमै श्रवण र नदीमलाई महसुस भयो, उनीहरुको धड्कनमा संगीतको उस्तै ध्वनी तरंगीत भइरहेको छ ।
समीर अनजाननयाँ धुनको मास्टर
दुबैको मन मिल्यो । त्यो भन्दा धेरै ंसंगीतको ताल र धुन मिल्यो । यी दुबैले सँगै काम गर्ने फैसला गरे । त्यसपछि नदीम-श्रवण नामले संगीतकारको जोडी बनेर काम खोज्न हिन्दी फिल्ममा उद्योग भड्कन थाले ।
सन् १९७९ मा प्रर्दशनमा आएको भोजपुरी फिल्म ‘दंगल’को एक परम्परागत गीत ‘काशी हिले छपरा, हिले’ मा नयाँ धुन बनाए, जसलाई मुन्ना डेले गाएका थिए । यो उनको आवाजमा निकै चर्चित बन्यो ।
यो चर्चाले नदीम र श्रवणलाई तत्काल केही फाइदा भएन । तर, यसले के विश्वास दिलायो भने, यी दुई साथमा रहे संगीतको दुनियालाई नयाँ उचाइमा पुर्याउनेछन् ।
उनीहरु सही समयको पर्खाइका लागि गीतको धुन रचना गर्थे र तिनलाई आफ्नो लाइब्रेरीमा थन्काउँथे । जब लोकप्रियता मिल्यो, फिल्ममा काम पाए, त्यही लाइब्रेरीले काम दियो ।
निकै कम मानिसलाई थाहा छ, नदीम र श्रवणको करिअर अगाडि बढाउन अभिनेता मिथुन चक्रवर्तीको ठूलो हात छ । नदीम र श्रवणले ‘अनवर सागर’ फिल्मका लागि गीतले भरिएको ‘स्टार टेन’ नामक एल्बम १९८५ मा सार्वजनिक गरे । यहि एल्बममा समावेश गरिएको एक गीत ‘अंगुरी पानी चढ गया’ मिथुन चक्रवर्तीले गाए ।
यस एल्बमका गीतमा अनिल कपुर, ज्याकी श्रफ, सचिन र डेनी लगायतका कलाकारले पनि आवाज दिएका छन् । उनको उत्साह र लगनशीलताबाट प्रभावित भएर मिथुन चक्रवर्ती निर्मातालाई उनीहरुमा लगानी गर्न सिफारिस गर्न थाले । सन् १९८१ मा आएको ‘मैं जिना सिख लिया’ मा यी दुईले संगीत भरेको गीतलाई अमित कुमारले पनि गाए ।
यी दुईको करिअरको शुरुवाती दिनमा ‘इलाका’ र ‘बाप नम्बरी बेटा दश नम्बरी’ को चर्चा गर्न जरुरी छ । ‘बाप एक नम्बरी बेटे दश नम्बरी’ मा समावेश गरिएको एक गीत अनुराधा पौडवालले गाएकी थिइन् । त्यो समयमा उनी यी दुईबाट निकै प्रभावित भइन् र नदीम र श्रवणको परिचय टी सिरीजका मालिक गुलशन कुमारसँग गराइन् । त्यस्तै फिल्म ‘आशिकी’ को संगीत भर्ने काम यी दुईलाई दिन सिफारिस पनि गरिन् ।
गुलशन कुमार त्यो समयमा निकै प्रसिद्ध क्यासेट व्यवसायी थिए । उनले ‘आशिकी’ फिल्म बनाउनुभन्दा अघि नै सबै गीतहरु रेकर्ड गर्न लगाए ।
तयारी अवस्थामा रहेको क्यासेट महेश भट्टलाई सुम्पिएर र भने, ‘यो संगीतलाई सुनेर फिल्म तयार पार्नू ।’ हिन्दी फिल्मको इतिहासमा यस्तो पहिलो पटक भएको थियो । जसले संगीतलाई ध्यानमा राखेर फिल्मको स्क्रिप्ट लेखेका थिए ।
आशिकी फिल्मको कमाल
महेश भट्टले पहिलो पटकको प्रस्तावलाई अस्विकार गरे । तर, महेशका कान्छा भाइ रबिन भट्टले यो काम गर्नका लागि मनाए र उनी मनले नमान्दा नमान्दै पनि फिल्म बनाउन तयार भए ।
उनले यो फिल्म लेख्ने जिम्मेवारी रविनलाई नै सुम्पे । महेशले त्यो समयमा भनेका थिए, ‘तिमीले नै यो फिल्मका लागि हुन्छ भन्ने बनाएका हौ, अव तिमी नै लेख ।’ ‘आशिकी’ फिल्म र यसमा समावेश गरिएका संगीतले हिन्दी फिल्ममा छुट्टै इतिहास बनायो ।
श्रवण राठौडका बाबु चर्तुभुज राठौड पनि संगीतिज्ञ थिए । अझै भन्दा उनका परिवार नै संगीतमा झुकाव राख्थे । श्रवणका भाइ रुप कुमार राठौडका लागि भने संगीत बिरासतमा मिल्यो । श्रवण संगीतकारको रुपमा चर्चित भए र रुप कुमार राठौडले गायकीमा खास स्थान बनाए ।
श्रवण राठौड र नदीम सैफीको जोडी एक अचम्मको जोडी बन्यो । संगीतले यी दुईलाई बलियोसँग जोडिदिएको थियो । यो जोडीमा नदीम धुन रच्न सिपालु थिए । धुनका धनी नदीम नै गायक गायिकालाई गाउन सिकाउँथे । श्रवणको जिम्मेवारी आर्केस्टाइजेसनको थियो ।
यी दुई हिन्दी फिल्ममा छिरेपछि मात्रै एक्शन फिल्ममा पनि संगीत हुन थाल्यो । नत्र त्यो भन्दा पहिले निकै कम मात्रै एक्शन फिल्ममा संगीत राख्ने चलन थियो ।
आरोपले तोडियो जोडी
हरेक लोकप्रियताको अन्त्य हुन्छ । नदीम र श्रवणको संगीतीक मित्रतामा पनि अचानक एउटा घटना घट्यो । सन् १९९७ मा गुलशन कुमारको हत्याको आरोपमा योजना बनाएको आरोप नदीनलाई लाग्यो । नदीन त्यो समयमा आफ्नी श्रीमतीको उपचारका लागि लण्डन पुगेका थिए ।
गिरफ्तारीको डरका कारण उनी भारत फर्किएनन् । यता, श्रवणसँग भेट्न फिल्म उद्योगमा मानिसहरु हच्कन थाले । नदीमको अनुपस्थितिमा श्रवणले हात मिलाएका केही फिल्मको संगीत पुरा गरे । तर ती गीतमा दुईजनाको जादु हराएको थियो ।
आरोप मुक्त भइसकेपछि यी दुईले २१ औं शताबदीको शुरुवातमा फेरि सँगै काम गर्ने कोसिस गरे । ‘धड्कन’ जस्तो फिल्ममा उनीहरुकै संगीत छायो । तर, भौगोलिक दूरी र संगीतको बासीपनका कारण यी दुई बिस्तारै-बिस्तारै किनारामा पुगे ।
पछि यी दुई यतिधेरै एक्लो बने कि, सधैं झगडा परिरहेको देख्न थालियो । उनीहरुको उत्साह निभ्यो । उनीहरुको आवाज र चालमा पहिलेजस्तो चञ्चलता हरायो ।
त्यसो त व्यक्तिगत जीवनमा उनीहरुको मित्रता श्रवणको अन्त्यसम्म नै सुमधुर रह्यो । निजी कुराकानीमा उनीहरु प्राय दुःख बाँड्थे र आफ्नो ख्याति देखेर अरुले ग्रहण लगाइदिएको भन्थे ।
अनुवादः पुष्पा थपलिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।