• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

संगीतकार नदिम र श्रवणलाई लागेको त्यो आरोप, जसले करिअरमै लाग्यो ग्रहण

अजय ब्रह्मात्मज, बीबीसी हिन्दी आइतबार, वैशाख १२, २०७८  १९:४६
1140x725
गेट्टी ईमेज

श्रवण राठौड, हिन्दी फिल्म उद्योगका एक हिस्सा हुन् । नदीम सैफसँगको सहकार्यमा बलिउडलाई सयौं चर्चित गीत दिएका श्रवणको कोरोना भाइरसका कारण बिहिबार मृत्यु भयो । उनको मृत्युसँगै नदीम सैफको मित्रताले अव साक्षत्कार पाउँदैन । बीबीसी हिन्दीको एक रिपोर्ट:

मैं कितना तन्हा था ऐ दोस्त तेरे बिना
तेरा दिल भी था ख़ाली ख़ाली देख मेरे बिना
तू जो मिला ऐसा लगा बिखरा हुआ सपना सजा
मोहब्बत की बहारों से यह दामन भर दिया तूने
मेरी वीरान राहों में उजाला कर दिया तूने

माथीका पंक्तिलाई नदीम र श्रवण ले ‘दोस्ती’ फिल्मका लागि संगीत दिएका थिए । बिडम्बना यहि ‘दोस्ती’ फिल्मपछि यी दुईले फेरि कहिल्यै सँगै काम गरेनन् । संगीतको दुनियाँमा दुबैजना अदृश्य बने । 

दुबैले सँगै काम नगरे पनि नदीमले निकै लामो समयपछि एक्लै केही फिल्ममा संगीत दिए, तर ती संगीतले लोकप्रियता कमाउन सकेनन् ।  अर्कोतर्फ श्रवण भने आफ्ना छोरा संजीव र दर्शनको सांगितिक जोडलाई अगाडि बढाउन बस्त बने ।

गायक गुलशन कुमारको हत्याको आरोपमा अभियुक्त बनेका नदीमले आत्मनिर्वासनमा बसेपछि यो जोडीको सांगितिक यात्रा टुट्न पुग्यो । श्रवण र नदीमको जोडी टुटेकै समयमा अनु मलिक, एआर रहमान लगायत अन्य संगीतकारले आफ्ना संगीतले पुरै माहोल परिवर्तन गरिदिए । यी संगीतकारको आगमन सँगै हिन्दी फिल्ममा नयाँ धुन, ध्वनि र लयको प्रचलन शुरु भयो ।

नदीम र श्रवणको संगीतीक जोडीलाई पहिलो लोकप्रिय फिल्म ‘आशिकी’को संगीतका कारण सम्झन्छन् । यस फिल्मको संगीतमा विभिन्न बाद्य यन्त्रको नयाँ तरिकाले उपयोग गरिएको थियो । ती संगीतको माधुर्यताले गीतलाई यति मधुर बनायो कि, बजारमा आउने बित्तिकै यी गीतका क्यासेट हात हातमै बिक्री भयो ।

‘आशिकी’ फिल्मले पुराना संगीतको रेकर्ड नै तोड्ने गरेर बिक्री हुन थाल्यो । यही फिल्मपछि नै नदीम र श्रवण हिन्दी फिल्म उद्योगमा सबैको प्यारो बने । भनिन्छ, लोकप्रियताका दिनमा दर्जनौं फिल्म निर्माता यी दुईको घर अगाडि लाइन लागिरहन्थे । ‘आशिकी’ फिल्मभन्दा पहिले निर्मातासँग काम माग्ने नदीम र श्रवण, अब भने छानी छानी फिल्मका संगीतमा काम गर्ने बनेका थिए ।

यी दुईको भेट एक स्कूलको कन्सर्टमा भएको थियो । पहिलो भेटमै श्रवण र नदीमलाई महसुस भयो, उनीहरुको धड्कनमा संगीतको उस्तै ध्वनी तरंगीत भइरहेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb
समीर अनजान

नयाँ धुनको मास्टर

दुबैको मन मिल्यो । त्यो भन्दा धेरै ंसंगीतको ताल र धुन मिल्यो । यी दुबैले सँगै काम गर्ने फैसला गरे । त्यसपछि नदीम-श्रवण नामले संगीतकारको जोडी बनेर काम खोज्न हिन्दी फिल्ममा उद्योग भड्कन थाले । 

सन् १९७९ मा प्रर्दशनमा आएको भोजपुरी फिल्म ‘दंगल’को एक परम्परागत गीत ‘काशी हिले छपरा, हिले’ मा नयाँ धुन बनाए, जसलाई मुन्ना डेले गाएका थिए । यो उनको आवाजमा निकै चर्चित बन्यो ।

यो चर्चाले नदीम र श्रवणलाई तत्काल केही फाइदा भएन । तर, यसले के विश्वास दिलायो भने, यी दुई साथमा रहे संगीतको दुनियालाई नयाँ उचाइमा पुर्‍याउनेछन् । 

Xtrem

Xtrem

उनीहरु सही समयको पर्खाइका लागि गीतको धुन रचना गर्थे र तिनलाई आफ्नो लाइब्रेरीमा थन्काउँथे । जब लोकप्रियता मिल्यो, फिल्ममा काम पाए, त्यही लाइब्रेरीले काम दियो । 

निकै कम मानिसलाई थाहा छ, नदीम र श्रवणको करिअर अगाडि बढाउन अभिनेता मिथुन चक्रवर्तीको ठूलो हात छ । नदीम र श्रवणले ‘अनवर सागर’ फिल्मका लागि गीतले भरिएको ‘स्टार टेन’ नामक एल्बम १९८५ मा सार्वजनिक गरे । यहि एल्बममा समावेश गरिएको एक गीत ‘अंगुरी पानी चढ गया’  मिथुन चक्रवर्तीले गाए । 

यस एल्बमका गीतमा अनिल कपुर, ज्याकी श्रफ, सचिन र डेनी लगायतका कलाकारले पनि आवाज दिएका छन् । उनको उत्साह र लगनशीलताबाट प्रभावित भएर मिथुन चक्रवर्ती निर्मातालाई उनीहरुमा लगानी गर्न सिफारिस गर्न थाले । सन् १९८१ मा आएको ‘मैं जिना सिख लिया’ मा यी दुईले संगीत भरेको गीतलाई अमित कुमारले पनि गाए । 

यी दुईको करिअरको शुरुवाती दिनमा ‘इलाका’ र ‘बाप नम्बरी बेटा दश नम्बरी’ को चर्चा गर्न जरुरी छ । ‘बाप एक नम्बरी बेटे दश नम्बरी’ मा समावेश गरिएको एक गीत अनुराधा पौडवालले गाएकी थिइन् । त्यो समयमा उनी यी दुईबाट निकै प्रभावित भइन् र नदीम र श्रवणको परिचय टी सिरीजका मालिक गुलशन कुमारसँग गराइन् । त्यस्तै फिल्म ‘आशिकी’ को संगीत भर्ने काम यी दुईलाई दिन सिफारिस पनि गरिन् ।

गुलशन कुमार त्यो समयमा निकै प्रसिद्ध क्यासेट व्यवसायी थिए । उनले ‘आशिकी’ फिल्म बनाउनुभन्दा अघि नै सबै गीतहरु रेकर्ड गर्न लगाए ।

तयारी अवस्थामा रहेको क्यासेट महेश भट्टलाई सुम्पिएर र भने, ‘यो संगीतलाई सुनेर फिल्म तयार पार्नू ।’ हिन्दी फिल्मको इतिहासमा यस्तो पहिलो पटक भएको थियो । जसले संगीतलाई ध्यानमा राखेर फिल्मको स्क्रिप्ट लेखेका थिए ।

आशिकी फिल्मको कमाल

महेश भट्टले पहिलो पटकको प्रस्तावलाई अस्विकार गरे । तर, महेशका कान्छा भाइ रबिन भट्टले यो काम गर्नका लागि मनाए र उनी मनले  नमान्दा नमान्दै पनि फिल्म बनाउन तयार भए । 

उनले यो फिल्म लेख्ने जिम्मेवारी रविनलाई नै सुम्पे । महेशले त्यो समयमा भनेका थिए, ‘तिमीले नै यो फिल्मका लागि हुन्छ भन्ने बनाएका हौ, अव तिमी नै लेख ।’ ‘आशिकी’ फिल्म र यसमा समावेश गरिएका संगीतले हिन्दी फिल्ममा छुट्टै इतिहास बनायो । 

श्रवण राठौडका बाबु चर्तुभुज राठौड पनि संगीतिज्ञ थिए । अझै भन्दा उनका परिवार नै संगीतमा झुकाव राख्थे । श्रवणका भाइ रुप कुमार राठौडका लागि भने संगीत बिरासतमा मिल्यो । श्रवण संगीतकारको रुपमा चर्चित भए र रुप कुमार राठौडले गायकीमा खास स्थान बनाए । 

श्रवण राठौड र नदीम सैफीको जोडी एक अचम्मको जोडी बन्यो । संगीतले यी दुईलाई बलियोसँग जोडिदिएको थियो । यो जोडीमा नदीम धुन रच्न सिपालु थिए । धुनका धनी नदीम नै गायक गायिकालाई गाउन सिकाउँथे । श्रवणको जिम्मेवारी आर्केस्टाइजेसनको थियो । 

यी दुई हिन्दी फिल्ममा छिरेपछि मात्रै एक्शन फिल्ममा पनि संगीत हुन थाल्यो । नत्र त्यो भन्दा पहिले निकै कम मात्रै एक्शन फिल्ममा संगीत राख्ने  चलन थियो । 

आरोपले तोडियो जोडी

हरेक लोकप्रियताको अन्त्य हुन्छ । नदीम र श्रवणको संगीतीक मित्रतामा पनि अचानक एउटा घटना घट्यो । सन् १९९७ मा गुलशन कुमारको हत्याको आरोपमा योजना बनाएको आरोप नदीनलाई लाग्यो । नदीन त्यो समयमा आफ्नी श्रीमतीको उपचारका लागि लण्डन पुगेका थिए ।

गिरफ्तारीको डरका कारण उनी भारत फर्किएनन् । यता, श्रवणसँग भेट्न फिल्म उद्योगमा मानिसहरु हच्कन थाले । नदीमको अनुपस्थितिमा श्रवणले हात मिलाएका केही फिल्मको संगीत पुरा गरे । तर ती गीतमा दुईजनाको जादु हराएको थियो ।

आरोप मुक्त भइसकेपछि यी दुईले २१ औं शताबदीको शुरुवातमा फेरि सँगै काम गर्ने कोसिस गरे  । ‘धड्कन’ जस्तो फिल्ममा उनीहरुकै संगीत छायो । तर, भौगोलिक दूरी र संगीतको बासीपनका कारण यी दुई बिस्तारै-बिस्तारै किनारामा पुगे । 

पछि यी दुई यतिधेरै एक्लो बने कि, सधैं झगडा परिरहेको देख्न थालियो । उनीहरुको उत्साह निभ्यो । उनीहरुको आवाज र चालमा पहिलेजस्तो चञ्चलता हरायो । 

त्यसो त व्यक्तिगत जीवनमा उनीहरुको मित्रता श्रवणको अन्त्यसम्म नै सुमधुर रह्यो । निजी कुराकानीमा उनीहरु प्राय दुःख बाँड्थे र आफ्नो ख्याति देखेर अरुले ग्रहण लगाइदिएको भन्थे । 

अनुवादः पुष्पा थपलिया

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्