काठमाडौं– प्रभु बैंकले सेवाविस्तार गर्ने क्रममा काठमाडौ महानगरपालिका–११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। विशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरबाट शुक्रबारदेखि कारोबार सुरु भएको छ।
अदालत परिसरमा सञ्चालितद काउण्टरको विशेष अदालत काठमाडौंका न्यायाधीश प्रेमराज कार्कीले उद्घाटन गरेका हुन्।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायमा बैंकिङ कारोबार सञ्चालन गरिरहेको प्रभु बैंकले विशेष अदालत काठमाडौंमा आप्mनो सेवाविस्तार गरको हो।
एक्स्टेन्सन काउण्टरबाट विशेष अदालतमा आउने सेवाग्राहलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने विश्वास बैंकको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।