• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

६० वर्ष पुग्यो नेपाल-जर्मनी सम्बन्ध

64x64
नेपाल लाइभ सोमबार, जेठ ७, २०७५  ०२:१८
1140x725

–शरच्चन्द्र भण्डारी

काठमाडौं- नेपाल र संघीय गणतन्त्र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ। 

पारस्परिक सम्बन्ध स्थापनाको ६०औँ वर्ष प्रवेशका अवसरमा दुई देशबीचका उच्च अधिकारीले विगत केही दिनदेखि नेपालको आर्थिक–सामाजिक विकासका निम्ति परामर्शसमेत गरेका छन्। 

भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधार निर्माण, ऊर्जा, शिक्षा, स्वास्थ्य र मानवाधिकार संरक्षणमा नेपालले निर्वाह गरेको भूमिकाको सराहना गर्दै जर्मनीको प्रतिनिधिमण्डलले संघीय गणतन्त्र नेपालको चौतर्फी विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। 

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालको नेतृत्वमा शनिबार र आइतबार दुई दिन द्विपक्षीय छलफल र परामर्श भएको थियो। 

Ncell 2
Ncell 2

द्विपक्षीय पारस्परिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवका अवसरमा आइतबार साँझ जर्मनीका राजदूतको निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशबीच राजनीतिकस्तरमा हुने उच्चस्तरीय भ्रमणबाट आपसी सम्बन्ध अझ प्रगाढ हुने बताए। यस्ता भ्रमण आदानप्रदान गर्नु अहिले ज्यादै सामयिक भएको मन्त्री ज्ञवालीको भनाइ थियो। लामो समयदेखि दुई मुलुकबीच उच्चस्तरीय संवाद्‌ एवं भेटघाट नभएकोतर्फ मन्त्री ज्ञवालीले जर्मनीका राजदूत रोलान्ड सेफेरको ध्यानाकर्षण गराएका थिए।

सांस्कृतिक सहयोग, जनता–जनताबीचको सम्पर्क र सम्बन्ध, तल्लो तहका जनतासँगको सम्पर्क र सम्बन्ध विस्तारमा जोड दिँदै मन्त्री ज्ञवालीले दुई राष्ट्रबीचको भावी सम्बन्धलाई अझ प्रगाढ तुल्याउनुपर्ने बताए।

नेपालको आर्थिक उन्नयनको प्रयासमा जर्मनीबाट प्रत्यक्ष वैदेशिक लगानीको मात्रामा वृद्धि, व्यापारिक एवं व्यावसायिक सम्बन्ध विस्तार, प्रविधि र ज्ञान हस्तान्तरण तथा सन् २०२२ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति तथा सन् २०३० मा मध्यम आययुक्त मुलुकका रुपमा नेपाललाई स्थापित गर्न जर्मनीको सहयोग महत्वपूर्ण हुने मन्त्री ज्ञवालीले बताए।

राजदूत सेफेरले एकीकृत पार्टीका रुपमा सरकारले जनताका आकांक्षा तथा निर्वाचनका बेला गरेका वाचा पूरा गर्ने तथा विगतका तिक्तता बिर्सेर उज्ज्वल भविष्य र मेलमिलापलाई उच्च प्राथमिकता प्रदान गर्ने विश्वास व्यक्त गरे। 

स्वास्थ्य तथा ऊर्जाका क्षेत्रमा जर्मनीले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत सेफेरले प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्री हुने साना तथा मझौला उद्योगका उत्पादन प्रवर्धनमा सघाइरहने दृढता व्यक्त गरे।

सरकार–सरकारबीचको सहकार्यबाट मात्र नेपालको आर्थिक उन्नयनका आकांक्षा पूरा नहुने विचार व्यक्त गर्दै उनले जर्मनी र युरोपका अन्य देशका उद्यमी व्यवसायीले नेपालमा लगानी गरुन् भन्ने आफ्नो चाहना रहेको बताए। उनले भने, 'निजी क्षेत्रसँगको साझेदारीमा स्थापना हुने उद्योगमा विश्वसनीय र दिगो रोजगारीका अवसर सिर्जना हुनेछन्।'

संयुक्त राष्ट्रसंघको अस्थायी सदस्यका लागि आगामी निर्वाचनमा जर्मनीले गर्न लागेको प्रतिस्पर्धा र त्यसमा नेपालबाट समर्थन प्राप्त भएकामा नेपाल सरकारप्रति राजदूत सेफेरले आभार प्रकट गरेका थिए। नेपालको साथ र सहयोगबाटै शान्ति स्थापनाको बहुपक्षीय कार्यमा नेपाली सेनाको योगदान स्मरणीय हुने पनि उनले बताए। रासस

प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ?
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
परराष्ट्र मन्त्री शर्मासँग चिनियाँ राजदूत माओमिङको भेट बुधबार, फागुन १३, २०८२
थुनामुक्त भएपछि दुर्गा प्रसाईंले भने– अब राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ ? बुधबार, फागुन १३, २०८२
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी बुधबार, फागुन १३, २०८२
एमाले पूर्वसांसद जानकी देवी नेकपामा प्रवेश बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्