• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
एमालेमा समानान्तर संगठन–१

‘केही साथीहरू अनेरास्ववियु प्रचण्डको शरणमा बुझाउने योजनामा हुनुहुन्छ’ : ऐन महर [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  १०:०५
1140x725

काठमाडौं- नेकपा (एमाले)मा रहेको अन्तरसंघर्ष बढ्दो क्रममा छ। पछिल्ला गतिविधि हेर्दा एमाले प्राविधिक रुपमा एक छ तर, शीर्ष नेताहरू एउटै पार्टीमा रहेर काम गर्ने वातावरण बन्ने सम्भावना निकै कमजोर छ। अन्तरसंघर्षको सिधा असर उसका जनवर्गीय संगठनहरूमा देखिन थालेको छ। भातृ संगठनहरूमा समानान्तर कमिटी  घोषणा भइरहेका छन्। जिल्ला कमिटीहरूमा पनि त्यसको असर देखिन थालेको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा हुँदा अनेरास्ववियूका संयोजक बनेका ऐन महर एमालेनिकट अनेरास्ववियुका पनि संयोजक नै छन्। तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले सुदेश पराजुलीको अध्यक्षतामा केन्द्रीय कमिटी घोषणा गरेको छ। यी समानान्तर गतिविधि नेकपा एमाले फुटको पूर्वाभ्यासका रुपमा बुझिएका छन्। ‘नेकपा एमालेमा समानान्तर संगठन’का विषयमा केन्द्रित रहेर ओली पक्षीय विद्यार्थी संठनका संयोजक ऐन महरसँग नेपाल लाइभका डिबी खड्काले गरेको संवाद :

पार्टीमा अन्तरसंघर्ष जारी छ। तर, तपाईंहरू भने फुटी नै सक्नुभयो है !
पार्टीमा अन्तरसंघर्ष छ। यही बीचमा केही निर्णय भएका छन्। ती निर्णय गर्न बाध्य वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले बनाउनुभयो। सर्वाेच्च अदालतको फागुन २३ गतेको निर्णयले हामीलाई एमाले बनाइदियो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गरिरहनुभएको उहाँहरूलाई एमालेमै फर्किने निर्णय स्वागतयोग्य हो। तर, उहाँहरू एमालेमा जुन उद्देश्यका साथ आउनुभयो, समस्या त्यहीँबाट सुरु भयो। उहाँहरू अर्कै पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्ने, त्यहीअनुसार एमाले टुक्राउने र पार्टीमा समस्या सिर्जना गर्ने गतिविधी गर्न थाल्नुभयो।

अरु आफूविरुद्ध लागिरहने तर आफू चुप लागेर बस्ने भन्ने हुँदैन। कुनै पनि नेताले ‘आ बयल मुझे मार’ भन्छ त? यता एमाले टुक्राउने र प्रचण्डलाई लिएर बुझाउने उहाँहरूको जुन रणनीति थियो, त्यो थाहा पाएपछि पार्टी नेतृत्वले त्यसलाई स्वीकार्छ त? पछिल्ला निर्णयहरू यसैका परिणाम हुन्।

जहाँसम्म फागुन २८ गतेको निर्णय प्रक्रियाका बारेमा उहाँहरू प्रश्न गर्नुहुन्छ, फागुन २३ सम्म आफूसँग लडिरहेको व्यक्ति समर्थनमा वा एउटै पार्टीमा बस्न आउला भनेर अध्यक्ष ओलीले कसरी अनुमान लगाउन सक्नुहुन्छ? उहाँहरू त हामी आयौं, एकअर्काका कमजोरी सच्याउँ। उहाँहरूले पार्टी नेताको सम्पर्कमा आएर हामीलाई समेटेर जानुपर्‍यो भन्नुपर्दैन? समानान्तर भेला गर्ने,  अर्याल होटेलमा गुटबन्दी गर्ने अनि पार्टीको निर्णयमाथि औंला उठाउने? 

यो पार्टीको कुरा भयो। जहाँसम्म अनेरास्ववियुको कुरा छ, यहाँ त हामीलाई उहाँहरूलाई बाहिर राखेर कुनै भेला, बैठक र निर्णय गरेका छैनौं। उहाँहरूलाई के त्यस्तो आइलाग्यो र अनेरास्ववियुको छुट्टै गुटगत भेला बोलाउनु पर्‍यो। उहाँहरू अनेरास्ववियु बनाउने होइन कि यसलाई प्रचण्डको शरणमा बुझाउने योजनामा हुनुहुन्छ। यो प्रष्ट छ।

त्यो भेलाले अनेरास्ववियुमा केही फरक पारेको छैन। उहाँहरूले गरेको भेलामा अनेरास्ववियुका १० प्रतिशत पनि उपस्थिति छैन। त्यसमध्ये तीन प्रतिशत हाम्रै साथीहरूलाई त्यहाँको गतिविधि हेर्न पठाएका हौं। के गर्छन् र के भन्छन् बुझ्न भनेका हौं। समग्र अनेरास्ववियुमा उहाँहरू जम्मा १२ प्रतिशत हुनुहुन्छ।

कहिलेकाहिँ संख्या कति भन्ने महत्वपूर्ण नहुन सक्छ, मुद्दा के हो भन्ने कुराको अर्थ खोजिन्छ। तपाईंहरूबीचको फुटचाहिँ एमाले अध्यक्ष ओलीलाई ‘बा’ भन्ने र ‘अध्यक्ष’ नै बनाउन खोज्नहरूको भन्ने गरिन्छ नि? 
जब मान्छे विचार शून्य हुन्छ। नीतिविहीन हुन्छ र अजेन्डा शून्य हुन्छ। तब यस्ता अराजनीतिक कुरा गर्छन्।  कम्युनिष्ट आन्दोलनमा लागिसकेपछि नाताहरू तोडिन्छन् त? हामीले चाहेको कम्युनिष्ट आन्दोलन त्यही हो? हाम्रा सामाजिक सम्बन्ध सिध्याउने हो? कमरेडेली भावना ठीक छ। तर, नाता, सम्बन्ध र साइनो सकिएको होइन  नि। मान्यताहरू सकिए त ? जसरी बा भनेर इस्यु बनाउनुहुन्छ भने उहाँहरू दाइ, दिदी, भाइ, बहिनी किन भन्नुहुन्छ? यी पनि सामाजिक नाता हुन् नि।

Ncell 2
Ncell 2
nimb
nimb

बा भन्ने कुरा सामान्य होइन। यो यहाँ मात्रै भनिएको होइन। भेनेजुएलामा हो ची मिन्हलाई बा भनिन्थ्यो। नेल्सन मन्डेलालाई पनि बा भन्थे । फादर अफ द नेसन नै भनेर सम्बोधन गरियो । माधव र प्रचण्डले ईर्ष्या र डाह गरेर हुन्छ? सुरुमा अध्यक्ष ओलीले जन्मदिन मनाएकोमा विरोध गरे। अहिले आफैं मनाइरहेका छन्। बा त्यसै भनिएको होइन, उहाँ बा भन्न लायकको भएर भनिएको हो । मर्यादित, प्रतिष्ठित व्यक्तित्व, त्यो खालको दृढता, विचार र कामका कारण उहाँलाई बा भनिएको हो।

‘बा’ सम्बोधनमा उहाँहरूको ईर्ष्या होला, तपाईंहरूको श्रद्धा होला। तर, बा भन्नु र कमरेड भनेर सम्बोधन गर्दा गर्न सकिने व्यवहारमा अन्तर हुन्छ नि हैन? जस्तो बा भन्दा प्रश्न गर्न खुम्चिनुपर्छ, कमरेड भन्दा निर्धक्क प्रश्न गर्न सक्नुहुन्छ। चिन्ता बा भन्नुभयो भन्ने होइन, तपाईं प्रश्नविहीन बन्नुभयो भन्ने होला नि? 
लोकतान्त्रिक मूल्यमान्यता बोकेको अवस्थामा बासँग प्रश्न गर्न डराउनु पर्दैन। सामन्ती युगमा, अर्धसामान्ती चिन्तन बोकेका युगमा बासँग डराउनुपर्थ्यो। अहिले बासँग डराउनुपर्छ र? छोराछोरीको निकटस्थ साथी कोही हुन्छ भने बा हुन्छ। बा भन्ने पदवी हो। बा जस्तै रेस्पेक्ट गरेको हो। प्रश्न सुन्ने धैर्यता, साहस, आँट र प्रत्युतर दिने साहस उहाँमा छ। जुनसुकै बेला जसले पनि उहाँलाई प्रश्न गर्न सक्छ र गर्न पाउँछ। हामीले प्रश्न गर्छाैं। उहाँले सुन्नुहुन्छ। प्रचण्ड र माधवले सुन्छन्? जसले धेरै निरंकुशता लाद्छ, उसले अरुलाई पनि त्यस्तै देख्छ। 

प्रधानमन्त्री ओली त्यहीँबाट बिग्रन थाल्नुभयो, जहाँबाट तपाईं जस्ता युवा नेताहरूले प्रश्न गर्न छाड्नुभयो। बा भनेर सम्मान मात्रै गर्नुभयो। उहाँले आफ्ना कुरा लागू गर्ने अरुका कुरा नसुन्ने गर्नुभयो। पछिल्ला परिघटना त्यसैका उपज हुन् भन्ने आरोप पनि छ? 
मैले चिनेको, जानेको र बुझेको ओली तपाईंले भनेजस्तो होइन। म १५ वर्षदेखि चिन्दछु, उहाँ अरुका कुरा सुन्नेमै पर्नुहुन्छ। सबैका सुन्नुहुन्छ। निर्णय आफ्नो गर्नुहुन्छ। उहाँको ज्ञान र ब्रह्मले जे भन्छ, त्यही निर्णय गर्नुहुन्छ। बाहिर मान्छेहरूले फलानोले बिगार्‍यो भन्छन् तर मलाई विश्वास लाग्दैन। उहाँ अरुका कुरा सुनेर बहकिनुहुन्न। गम्भीर निर्णय गर्ने सवालमा त झन् कसैको सुन्नुहुन्न।

Xtrem

Xtrem

एउटा पार्टी एकजनाको स्वविवेकले मात्रै सही ढंगले चल्छ त? 
सबैका कुरा सुनेर आफ्नो तरिकाले निर्णय दिने मान्छे नै खास नेता हो। नेतामा हुनुपर्ने गुण नै त्यही हो। जसको कुरा सुन्यो, त्यहीअनुसार बहकिने पनि नेता हुन्छ त? हिजो नेकपा एमालेले ‘पिँध नभएको लोटा जस्तो’, ‘न भाले, न पोथी जस्तो’ उपमा किन प्राप्त गर्‍यो? अरुका कुरामा बहकिने नेतृत्वको स्वभावले होइन? आज किन त्यस्तो भनिँदैन भने नेतृत्व बहकिदैन। ओलीसँग दृढतापूर्वक उभिने क्षमता छ । संसद विघटन गलत भनिन्छ। अहिलेका प्रत्यक गतिविधि र क्रियाक्लापले उहाँको निर्णय ठीक थियो भन्ने अवस्था आएको छ।

प्रश्न ओलीमाथि मात्रै छैन। उहाँ समग्र एमाले र देशको अभिभावक र नेता भए जस्तै अनेरास्ववियुको तपाईं हो। एमाले र माओवादी केन्द्र मिसिँदा पनि संयोजक स्वीकारिएको तपाईंलाई एमालेकै विद्यार्थीले नस्वीकार्ने अवस्था किन आयो? 
सुतेको मान्छेलाई ब्युँझाउन सकिन्छ, नाटक गरेको मान्छेलाई गाह्रो हुन्छ। हामीले अनेरास्ववियुबाट केही निर्णय गर्‍याैं, उहाँहरूलाई बाइपास गरियो वा केही भयो भने ठीकै थियो। विस्तारै साथीहरूलाई समेट्दै लैजानुपर्ला भन्ने थियो। तर, उहाँहरूले राष्ट्रिय भेलाका नाममा गुट भेला गरेर समानान्तर कमिटी नै गठन गरिदिनुभयो। अब कुरा गर्नुको अर्थ रहन्छ?

तपाईं एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको संयोजक होइन नि। पार्टी नै २०७५ जेठ २ को अवस्था आएपछि त अनेरास्ववियुको नेतृत्व नविना लामाले गर्नुपर्थ्यो! तपाईंले आफूले आफैंलाई संयोजक दाबी गर्नु र उहाँहरूले अध्यक्ष बनाउनुमा केही अन्तर छ? 
सर्वोच्च अदातलको उक्त निर्णयले एमालेको केन्द्रीय कमिटीलाई सोही अवस्थामा पुर्‍याएको हो। यसअन्तर्गतका संगठन र भएका कामलाई होइन नि? पार्टीको सबै कुरा कानुनले फैसला गर्दैन। कानुन भन्दा माथि राजनीति हुन्छ। केन्द्रीय कमिटी मात्रै निर्वाचन आयोगमा दर्ता हुन्छ। कुन जिल्ला कमिटीको अध्यक्ष को हो? मातहतको कमिटीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीसँग हुन्छ। पार्टी भनेको निरन्तर प्रक्रिया हो। सबैतिर पुरानै ठाउँमा पुग्ने कुराले आन्दोलन अघि बढ्छ त? नविनाजी माननीय भएर कहाँ पुगिसक्नुभयो, अनेरास्ववियुको आन्दोलन कहाँ पुगिसक्यो। त्यो तर्कमा कुनै तुक छैन। संयोजक मै हुँ। मेरो नेतृत्वमा अघि बढ्छ। फरक मत भए आउनुपर्‍यो।

अनेरास्ववियुको नेता स्वीकारेकै हो। यसैलाई वैधानिक रुपमा निर्णय गराउनुपर्थ्यो नि त! अर्को पक्षको आरोप नै के छ भने तपाईंले चोकचौतारमा आफूलाई संयोजक दाबी गर्नुभयो!
मेरो संयोजक हुने र नहुने कुरै होइन। उहाँहरू त अनेरास्ववियुमा समस्या सिर्जना गर्नेमा लागिरहनुभएको छ। कसैले चाहनेबित्तिकै कोही हुने वा नहुने हुँदैन। अखिल क्रान्तिकारीले समेत स्वीकारेको संयोजक हो म, उहाँले स्वीकार्न किन गाह्रो भयो? उहाँहरू त झन् एमालेकै मान्छे हो। अनेरास्ववियुकै हो। झन् सर्वस्वीकार्य हुनुपर्ने हो म। उहाँको चिन्तनमा कुन्ठा, आग्रह र ईर्ष्या छ। षड्यन्त्र छ। त्यसैले अब उहाँहरूसँग संवाद हुँदैन। कारबाही हुन्छ। संगठनले निलम्बन गरेर स्पष्टीकरण सोधेको छ, त्यसको चित्तबुझ्दो जवाफ आएन भने थप कारबाही हुन्छ।

तपाईंको चश्माले हेर्दा त एमाले यो घनचक्करमा फस्नुमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपालकै दोष देख्नुहुन्छ होला। चश्मा उल्टाएर पनि हेर्नुभएको छ कहिल्यै? प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको पनि दोष देख्नुहुन्छ कि हुन्न?
पार्टी भनेको समान उद्देश्य, विचार, भावना, गन्तव्य र लक्ष्य बोकेकाहरूको समूह हो। त्यहाँ एकअर्काप्रति विश्वास हुन्छ। समर्पण हुन्छ। त्याग हुन्छ। मित्रता हुन्छ। यद्यपि, कार्यशैलीमा कहिलेकाहीँ अन्तरविरोध हुन्छ। त्यो छलफलका माध्यमबाट टुंगिन्छ। आज उद्देश्य पनि फरक परेको छ। लक्ष्य पनि फरक परेको छ। गन्तव्य फरक छ। भावनामा झन् दूरी छ। कानुनले मात्रै बनाइदिएको पार्टी अब पार्टी हुन सक्दैन। त्यस्तो पार्टी कहीँ पुग्दैन। हिजो नेकपामा जे थियो, त्यही आज एमालेमा भइरहेको छ। ट्युमर अप्रेसन गरेर फाल्दा पीडा हुन्छ तर त्यसले सन्चो तुल्याउँछ। त्यसैले ट्युमरका रुपमा रहेकाहरू पार्टीमा रहनुभन्दा नरहनु नै बेश हुन्छ। केही समय पार्टीलाई समस्या सिर्जना गर्छ तर कालान्तरमा पार्टीलाई लाभ नै हुन्छ। मेरो दृष्टिकोण जुन चश्माबाट जसरी हेरे पनि यही रहन्छ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्