• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

आइटी ल्याब स्थापनामा लापरबाही गर्ने म्याक्सलाई सेक्युरिटी प्रेस स्थापनाको ठेक्का

सबैभन्दा कम कबुल गर्नेको भन्दा ७ करोड बढी
64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  १२:२७
1140x725

काठमाडौं– सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का झन्डै ४ अर्ब रुपैयाँको आइटी ल्याब स्थापनामा लापरबाही गर्ने कम्पनी म्याक्स इन्टरनेसनललाई दिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

म्याक्स इन्टरनेसनलले ओम्नी ग्रुपसँगको जोयन्ट भेन्चरमा आइटी ल्याब स्थापनको काम गरेको थियो। तर, उक्त काम अहिलेसम्म पनि सकिएको छैन। स्थापना भएका अधिकांश ल्याबको अवस्था दयनीय नै छ। तर, सुरक्षण मुद्रण केन्द्रले म्याक्स इन्टरनेसनललाई ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँ मूल्यको ‘सेक्युरिटी प्रेस मेसिन’ स्थापनाको ठेक्का दिने गरी लेटर अफ इन्टेन्ट जारी गरेको छ।

टेन्डरमा चार वटा कम्पनीले आवेदन हालेका थिए। त्यसमध्ये दोस्रो बढी रकम कबुल गर्ने कम्पनीको सबै कुरा स्पेसिफिकेसन अनुसार भएका कारण ठेक्का सम्झौता गर्न लागेको केन्द्रका कार्यकारी निर्देशक विकल पौडलले बताए। ‘सबैभन्दा कम कबुल गर्ने कम्पनी भन्दा दोस्रो बढी रकम कबुल गर्ने कम्पनीसँग सम्झौता गर्न लागिएको सत्य हो,’ पौडेलले भने, ‘इलिमिक इन्टरनेशनलले करिब साढे ६७ करोडमा सेक्युरिटी प्रेस दिन प्रस्ताव गरेको थियो। तर, हामीले तोकेको स्पेसिफिकेसन अनुसार नभएका कारण उसँग सम्झौता गर्न सकेनाैं।’

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रको  भवनमा ठूलो प्रेस राख्न नमिल्ने भएकाले डिजिटले प्रेस मागेको उनको भनाइ छ। ‘यसबाट चाँहि आइआरडीको स्टिकर, हुलाक टिकट उत्पादन गर्न भनेर मागेका हौं। दुईमध्ये सारभूत रुपमा प्रभावकारी भएका कारण म्याक्सलाई दिन लागिएको हौं,’ उनले भने, ‘हामीले दुई वटा कम्पोनेन्टलाई सर्त राखेको थियौं। एउटा डिजिटल प्रिन्टर र अर्को सर्भर हो। प्रिन्टरमा क्याक्सको नै सस्तो हो। तर, हामीले सबै आइटी स्टिममा भएको मागेका हौं। तर, अर्को इलिमिकको हुवावेको थियो। त्यो नमिल्ने भएपछि हामीले म्याक्सलाई दिने लागेका हौं।’

आइटी ल्याबको काममा लापरबाही गरेको कम्पनीलाई पुरस्कार दिन लागेको हाे भनेर प्रश्न गर्दा उनले भने, ‘अन्यत्र कहाँ के गरेको थियो। कारबाही भएको भनेर सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट जानकारी पनि आएको छैन। कारबाही भएको उसलाई ठेक्का दिने प्रक्रियामा समावेश नै हुने दिने थिएनौं। अहिले सम्झौता नै भएको हैन, दाबी विरोधको सूचना जारी गरेको छौं। दाबी विरोध नपरेको अवस्थामा म्याक्ससँग सम्झौता हुन्छ।’

टेन्डरको समय सकिनु एक साता अगाडि किन सर्त परिर्वतन गरेको भन्ने प्रश्नमा पौडडेले बढीभन्दा बढीलाई सहभागी गराउन सर्त केही खुकुलो बनाएको बताए।

केके सर्त परिर्वतन भए

गत फागुन २ मा ठेक्का आह्वान भएकोमा केन्द्रले म्याद सकिनुभन्दा एक हप्ताअघि फागुन २६मा स्पेसिफिकेसन बदलेको पौडेल स्वीकार गर्छन। केन्द्रले टेन्डर सूचना गर्दा पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक न्यूनतम ४० करोड रुपैयाँ बराबरको सेक्युरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने थियो। तर, पछि संशोधन गरेर ३८ करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्युरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने बनाइएको उनको भनाइ छ। यसैगरी वर्षमा ६० करोडको कारोबार रकमको सीमा तोकिएकोमा घटाएर ५५ करोडमा झारिएको उनले जानकारी दिए। यसमा पनि एउटै कम्पनीलाई टेन्डर दिने गरी सूचना भएको भन्दै उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय र कानुनले दिएको अधिकार क्षेत्र भित्र बसेर काम गरेको उनको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्