• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एक वर्षअघि नै ऋणपत्र जारी गर्न अनुमति पाएको बैंक अहिले किन हल्ला गर्दैछ?

64x64
हेमन्त जोशी बुधबार, चैत ४, २०७७  २०:४०
1140x725

काठमाडौं- नेपाल इन्फ्रास्टक्चर बैंकले पर्याप्त तयारीबिना नै लन्डन स्टक एक्सचेन्जमा विकास ऋणपत्र (डेभलपमेन्ट बन्ड) जारी गर्ने घोषणा गरेसँगै वित्तीय बजारमा त्यसले निकै चर्चा पाएको छ। गत वर्ष नै सरकारले अनुमति दिएको भए पनि बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आफ्नो सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन थालेपछि यसलाई थप चर्चामा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृतमा पुस २९ गते नियुक्त भएका रामकृष्ण खतिवडाले यो अजेण्डालाई प्राथमिकताका साथ प्रचार गरिरहेका छन्। यसले पुँजीबजार प्रभावित हुनसक्ने भन्दै नेपाल स्टक एक्सचेन्जले बुधबार स्पष्टीकरण सोधेको छ। जसको जवाफ बैंकले पठाउन बाँकी छ। नेप्सेले बैंकको ऋणपत्र सूचीकरण हुने समाचारबारे आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ। नेप्सेले दोस्रो बजार प्रभावित हुने गरी हल्ला चलाएको आशङ्‍का बैंकमाथि गरेको छ। यद्यपि, बजारमा भने ठूलो उतारचढाव देखिएको छैन।

बैंकले ८.५ प्रतिशत स्थिर ब्याजदर हुनेगरी ऋणपत्र जारी गर्ने जानकारी दिएको छ। 'स्थिर प्रिमियमसहित जारी गर्ने गरी छलफल भएअनुसार नै राष्ट्र बैंकमा निवेदन दिइएको थियो,' बैंक सञ्‍चालक समिति स्रोतले भन्यो, 'यो असाध्यै प्रारम्भिक चरणमा छ। धेरै हल्ला गर्नु उचित छैन।' 

एक वर्षअघि नै पाएको थियो स्वीकृति
विदेशमा ऋणपत्र जारी गर्न बैंकले नेपाल राष्ट्र बैंकबाट गत वर्ष नै स्वीकृति पाएको थियो। राष्ट्र बैंकका अनुसार बैंकलाई २०७६ माघ १४ गने नै यस्तो प्रकृतिको ऋणपत्र जारी गर्न स्वीकृति दिइएको थियो। स्वीकृती लिए पनि यो अवधिमा थप प्रक्रिया अगाडि बढेको थिएन। तर, बैंकले पाएको उक्त स्वीकृति गत पुस १ गते संशोधन गरिएको थियो।

बैंकलाई ऋणपत्र जारी गर्न राष्ट्र बैंकले दिएको स्वीकृतिपत्रमा ऋणपत्रको भुक्तानी अवधि कम्तीमा तीन वर्षको हुनुपर्ने शर्त राखिएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार बैंकले 'ग्वारेन्टको ग्यारेन्टेड यूएसडी ५० मिलियन बन्ड इन सिन्थेटिक इन्डियन करेन्सी' नामको ऋणपत्र जारी गर्न स्वीकृति पाएको छ।

बैंकलाई ऋणपत्र जारी गर्न राष्ट्र बैंकले दिएको स्वीकृतिपत्रमा ऋणपत्रको भुक्तानी अवधि कम्तीमा तीन वर्षको हुनुपर्ने शर्त राखिएको छ। त्यस्तै सबै शुल्कहरु र ग्यारेन्टीसमेत जोडेर कुपन रेट ८.५ प्रतिशतभन्दा बढी हुन नपाउने गरी राष्ट्र बैंकले स्वीकृति दिएको छ।

के छ राष्ट्र बैंकको स्वीकृतिमा?
ऋणपत्र जारी गरेर ल्याइएको रकम पूर्वाधारमा लगानी गर्न नसकेमा त्यसको जरिवानासमेत तिर्नुपर्नेछ। 'यसरी जारी गरिएको ऋणपत्रबाट सङ्‍कलित रकम प्राप्त भएको मितिले एक वर्षभित्र तोकिएका पूर्वाधार विकास क्षेत्रका परियोजनाहरुमा मात्र प्रवाह गर्नुपर्नेछ। उक्त रकम लगानी नगरेको पाइएमा लगानी हुन नसकेको रकममा प्रचलित बैंकदरमा जरिवाना लगाइनेछ,' स्वीकृतिपत्रमा भनिएको छ।

Ncell 2
Ncell 2

राष्ट्र बैंककाअनुसार बैंकले ऋणपत्र जारी गरेर ल्याएको लगानी परिवर्त्य विदेशी मुद्राको अन्तरबैंक कारोबार गर्न पाउने छैन।अथवा अर्को कुनै बैंक/वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न पाउने छैन। वैदेशिक लगानीबाट आउने रकमलाई नेपाल राष्ट्र बैंकले लेखाङ्‍कन गर्ने कानुनी प्रावधान रहेकोमा बैंकले ऋणपत्रबापतको रकम भित्रिसकेपछि सो रकमलाई अनिवार्यरूपमा राष्ट्र बैंकमा लेखाङ्‍कनसमेत गर्नुपर्नेछ। त्यस्तै ऋणपत्रको साँवा ब्याज भुक्तानी गरेपछि सो विवरण पनि राष्ट्र बैंकमा अभिलेख गराउनुपर्नेछ। ऋणपत्रको ब्याज भुक्तानी गर्दा प्रचलित नियमअनुसार लाग्‍ने कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्नेछ।

ऋणपत्रबापतको रकम भित्र्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा नीति नियमको पूर्णपालना गर्नुपर्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

ऋणपत्र जारी गर्दा विदेशी विनिमय दरमा हुने परिवर्तनका कारण उत्पन्‍न हुने जोखिम (फरेन करेन्सी रिस्क) ऋणपत्र जारी गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्नेछ भने बैंकले ऋणपत्र जारी गरेर ल्याउने रकम अमेरिकी डलर वा भारतीय मुद्रामा ल्याउन पाउनेछ।

राष्ट्र बैंकका अनुसार बैंकले जुन प्रकृतिको कारोबारका लागि स्वीकृति पाएको छ त्यसमा बढीमा दुई वर्षसम्म एक अर्ब रुपैयाँबराबर कुनै बैंकमा निक्षेपका रुपमा राख्‍न पाउनेछ। यसरी राखिने निक्षेप रकम ऋणपत्र जारी भएको दुई वर्ष होइन इन्सपेक्सन भएको मितिले बढीमा दुई वर्षसम्म हो।

के छ कानुनमा?
ऋणपत्रबापतको रकम भित्र्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा नीति नियमको पूर्णपालना गर्नुपर्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ५ को खण्ड 'घ'मा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्‍न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्न सकिने भन्‍ने व्यवस्था रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
कारोबारसँगै बढ्यो सेयर बजार काठमाडौँ - बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्