• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

एक वर्षअघि नै ऋणपत्र जारी गर्न अनुमति पाएको बैंक अहिले किन हल्ला गर्दैछ?

64x64
हेमन्त जोशी बुधबार, चैत ४, २०७७  २०:४०
1140x725

काठमाडौं- नेपाल इन्फ्रास्टक्चर बैंकले पर्याप्त तयारीबिना नै लन्डन स्टक एक्सचेन्जमा विकास ऋणपत्र (डेभलपमेन्ट बन्ड) जारी गर्ने घोषणा गरेसँगै वित्तीय बजारमा त्यसले निकै चर्चा पाएको छ। गत वर्ष नै सरकारले अनुमति दिएको भए पनि बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आफ्नो सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार हुन थालेपछि यसलाई थप चर्चामा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृतमा पुस २९ गते नियुक्त भएका रामकृष्ण खतिवडाले यो अजेण्डालाई प्राथमिकताका साथ प्रचार गरिरहेका छन्। यसले पुँजीबजार प्रभावित हुनसक्ने भन्दै नेपाल स्टक एक्सचेन्जले बुधबार स्पष्टीकरण सोधेको छ। जसको जवाफ बैंकले पठाउन बाँकी छ। नेप्सेले बैंकको ऋणपत्र सूचीकरण हुने समाचारबारे आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ। नेप्सेले दोस्रो बजार प्रभावित हुने गरी हल्ला चलाएको आशङ्‍का बैंकमाथि गरेको छ। यद्यपि, बजारमा भने ठूलो उतारचढाव देखिएको छैन।

बैंकले ८.५ प्रतिशत स्थिर ब्याजदर हुनेगरी ऋणपत्र जारी गर्ने जानकारी दिएको छ। 'स्थिर प्रिमियमसहित जारी गर्ने गरी छलफल भएअनुसार नै राष्ट्र बैंकमा निवेदन दिइएको थियो,' बैंक सञ्‍चालक समिति स्रोतले भन्यो, 'यो असाध्यै प्रारम्भिक चरणमा छ। धेरै हल्ला गर्नु उचित छैन।' 

एक वर्षअघि नै पाएको थियो स्वीकृति
विदेशमा ऋणपत्र जारी गर्न बैंकले नेपाल राष्ट्र बैंकबाट गत वर्ष नै स्वीकृति पाएको थियो। राष्ट्र बैंकका अनुसार बैंकलाई २०७६ माघ १४ गने नै यस्तो प्रकृतिको ऋणपत्र जारी गर्न स्वीकृति दिइएको थियो। स्वीकृती लिए पनि यो अवधिमा थप प्रक्रिया अगाडि बढेको थिएन। तर, बैंकले पाएको उक्त स्वीकृति गत पुस १ गते संशोधन गरिएको थियो।

बैंकलाई ऋणपत्र जारी गर्न राष्ट्र बैंकले दिएको स्वीकृतिपत्रमा ऋणपत्रको भुक्तानी अवधि कम्तीमा तीन वर्षको हुनुपर्ने शर्त राखिएको छ।

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार बैंकले 'ग्वारेन्टको ग्यारेन्टेड यूएसडी ५० मिलियन बन्ड इन सिन्थेटिक इन्डियन करेन्सी' नामको ऋणपत्र जारी गर्न स्वीकृति पाएको छ।

बैंकलाई ऋणपत्र जारी गर्न राष्ट्र बैंकले दिएको स्वीकृतिपत्रमा ऋणपत्रको भुक्तानी अवधि कम्तीमा तीन वर्षको हुनुपर्ने शर्त राखिएको छ। त्यस्तै सबै शुल्कहरु र ग्यारेन्टीसमेत जोडेर कुपन रेट ८.५ प्रतिशतभन्दा बढी हुन नपाउने गरी राष्ट्र बैंकले स्वीकृति दिएको छ।

के छ राष्ट्र बैंकको स्वीकृतिमा?
ऋणपत्र जारी गरेर ल्याइएको रकम पूर्वाधारमा लगानी गर्न नसकेमा त्यसको जरिवानासमेत तिर्नुपर्नेछ। 'यसरी जारी गरिएको ऋणपत्रबाट सङ्‍कलित रकम प्राप्त भएको मितिले एक वर्षभित्र तोकिएका पूर्वाधार विकास क्षेत्रका परियोजनाहरुमा मात्र प्रवाह गर्नुपर्नेछ। उक्त रकम लगानी नगरेको पाइएमा लगानी हुन नसकेको रकममा प्रचलित बैंकदरमा जरिवाना लगाइनेछ,' स्वीकृतिपत्रमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंककाअनुसार बैंकले ऋणपत्र जारी गरेर ल्याएको लगानी परिवर्त्य विदेशी मुद्राको अन्तरबैंक कारोबार गर्न पाउने छैन।अथवा अर्को कुनै बैंक/वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न पाउने छैन। वैदेशिक लगानीबाट आउने रकमलाई नेपाल राष्ट्र बैंकले लेखाङ्‍कन गर्ने कानुनी प्रावधान रहेकोमा बैंकले ऋणपत्रबापतको रकम भित्रिसकेपछि सो रकमलाई अनिवार्यरूपमा राष्ट्र बैंकमा लेखाङ्‍कनसमेत गर्नुपर्नेछ। त्यस्तै ऋणपत्रको साँवा ब्याज भुक्तानी गरेपछि सो विवरण पनि राष्ट्र बैंकमा अभिलेख गराउनुपर्नेछ। ऋणपत्रको ब्याज भुक्तानी गर्दा प्रचलित नियमअनुसार लाग्‍ने कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्नेछ।

ऋणपत्रबापतको रकम भित्र्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा नीति नियमको पूर्णपालना गर्नुपर्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

ऋणपत्र जारी गर्दा विदेशी विनिमय दरमा हुने परिवर्तनका कारण उत्पन्‍न हुने जोखिम (फरेन करेन्सी रिस्क) ऋणपत्र जारी गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्नेछ भने बैंकले ऋणपत्र जारी गरेर ल्याउने रकम अमेरिकी डलर वा भारतीय मुद्रामा ल्याउन पाउनेछ।

राष्ट्र बैंकका अनुसार बैंकले जुन प्रकृतिको कारोबारका लागि स्वीकृति पाएको छ त्यसमा बढीमा दुई वर्षसम्म एक अर्ब रुपैयाँबराबर कुनै बैंकमा निक्षेपका रुपमा राख्‍न पाउनेछ। यसरी राखिने निक्षेप रकम ऋणपत्र जारी भएको दुई वर्ष होइन इन्सपेक्सन भएको मितिले बढीमा दुई वर्षसम्म हो।

Xtrem

Xtrem

के छ कानुनमा?
ऋणपत्रबापतको रकम भित्र्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा नीति नियमको पूर्णपालना गर्नुपर्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४९ को उपदफा ५ को खण्ड 'घ'मा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्‍न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्न सकिने भन्‍ने व्यवस्था रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्