• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

सडक लथालिंग पारेका शारदा अधिकारीको विरोधमा 'पोस्टर' अभियान

64x64
शिव बोहरा आइतबार, चैत १, २०७७  १९:०२
1140x725
तस्बिर: कपिलदेव खनाल

काठमाडौं- विभिन्‍न आयोजना निर्माण गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीहरूले समयमै काम नगरेपछि स्थानीयले स्वतस्फूर्त रूपमा विरोध गर्ने क्रम बढेको छ। केही वर्षयता स्थानीयले नयाँ-नयाँ शैलीमा विरोध जनाउँदै ठेकेदारलाई दबाब दिँदै आएका छन्। 

यही क्रममा बालाजु-त्रिशूली सडकखण्ड निर्माणको जिम्मा पाएको ठेकेदारविरुद्ध विरोधमा स्थानीय जुटेका छन्। ठेकेदार कम्पनीले समयमा काम नगरेपछि दबाब दिन स्थानीयले पोस्टर टाँस्न थालेका छन्। उनीहरुले ठेकेदारको फोटोसहित दबाबमूलक सन्देश लेखिएको पोस्टर बिजुलीको पोल तथा सार्वजनिक सवारीमा टाँस्न थालेका हुन्।

सडक आयोजनाहरू समयमा नै सम्पन्‍न नहुने समस्याले सरकार तथा सडक उपभोक्ता आममानिस आक्रान्त बनेका छन्। ठेकेदार कम्पनीहरुले सडकको ठेक्का लिने र विभिन्‍न बहानामा समयमा काम नगर्ने प्रवृत्ति मुलुकको लागि ठूलो समस्या बन्दै आएको छ। यस्तो प्रवृत्तिबाट आजित बनेका स्थानीय स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएका हुन्। 

बालाजुदेखि त्रिशूलीसम्मको सडक स्तरोन्‍नतिका लागि सरकारले भारतको एक्जिम बैंकसँग ऋण लिएर काम सुरु गरेको थियो। बालाजुदेखि नुवाकोटको पिपलटारसम्मको सडकलाई दुई खण्डमा विभाजन गरेर विस्तारको काम सुरु गरिएको हो।

बालाजु-रानीपौवा सडकखण्डअन्तर्गतको १७ किलोमिटर सडक निर्माणका लागि एआइपिएल-सैलुङ जेभीले ठेक्का पाएको थियो। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कम्पनी सैलुङले उक्त खण्ड निर्माणको ठेक्का पाएको हो। यो सडक निर्माणको सम्झौता २०१४ को जुनमा भएको थियो। सम्झाैताअनुसार २०१६ को जुनमै सडक निर्माण सम्पन्‍न हुनुपर्थ्यो।

तर, दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले सामान्य काम मात्र गरेको आयोजनाको भनाइ छ। उक्त खण्डको निर्माणका लागि आयोजनाले हालसम्म पाँच पटक समय थप गरिसकेको छ। सन् २०१९ मेमा सकिएको म्याद पाँचौ पटक थपिएको हो।


मुड्खुबाट सुरु हुने यो सडकखण्डको ठेक्का ३१ करोड रुपैयाँमा लागेको हो। हालसम्मको भौतिक प्रगति करिब ५५ प्रतिशत मात्र रहेको छ। भारतीय कम्पनी एआइपिएल साझेदार भएपनि यो सडकको निर्माण कार्य सैलुङ कस्ट्रक्सनले गरिरहेको छ। प्रचण्डनिकट ठेकेदार अधिकारीको कम्पनी सैलुङले ठेक्का पाएका अधिकांश काम अलपत्र अवस्थामा रहेका छन्। जसको स्थानीयबाट सर्वत्र विरोध भइरहेको छ।

Ncell 2
Ncell 2

ठेकेदार कम्पनीले समयमा काम नगर्दा स्थानीयले धेरै दुःख पाएकाले छिटो काम सक्न दबाब दिन विरोधका कार्यक्रम गरिएको ककनीका स्थानीय कृष्ण लामाले बताए। ‘लामो समयदेखि निर्माण सम्पन्‍न हुन नसकेको यो खण्डमा निर्माण छिटो सक्न दबाब दिने उद्देश्यका साथ हामीले स्वःस्फूर्त रुपमा विरोध गरेका हौं,’ उनले भने, ‘चार/पाँच वर्षअघि नै निर्माण सकिनुपर्नेमा हालसम्म आधा पनि काम भएको छैन। त्यसैले पोस्टर/पर्चामार्फत विरोध जनाएर काम सक्न दबाब दिएका हौं।’


गत वर्ष पनि विभिन्‍न सडक आयोजनाहरुमा स्थानीयले निर्माण कम्पनीका प्रमुखको फोटोसहित विरोधका नारा लेखेर पोल तथा गाडीमा टाँसेर विरोध जनाएका थिए। त्यसरी विरोध गरेपछि केही आयोजनाको काममा प्रगतिसमेत देखिएको थियो।

गत वर्ष भक्तपुर-नगरकोट-सिपाघाट क्षेत्रमा पनि यस्तै विरोध भएको थियो। पोल तथा सार्वजनिक सवारीमा काम नगर्ने ठेकेदारको फोटो टाँसेर सर्वसाधारणले विरोध जनाएपछि भक्तपुर-नगरकोट-सिपाघाट सडकको कामले तीव्रता पाएको थियो। २०१४ को जुन ५ मा ठेक्का सम्झौता भएको उक्त सडकको पाँच पटक म्याद थपिसकिएको छ। सुरुको सम्झौताअनुसार भक्तपुर-नगरकोट-सिपाघाट सडक २०१६ को जुनमा सकिनुपर्थ्यो।

१५ किलोमिटर लम्बाइको उक्त बाटो निर्माणका लागि एआइपिएल-सैलुङ जेभीले ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का लिएको थियो। अहिले यो आयोजनाको लागत बढिसकेको छ।
 
गत वर्ष कात्तिक २३ गतेदेखि साइटमा काम सुरु भएको केही दिनमै स्थानीयले ठेकेदार अधिकारीको फोटो पोल तथा सार्वजनिक सवारीमा टाँसेर भद्र विरोध जनाएका थिए। भारतीय कम्पनी एआइपिएलसँग संयुक्त रुपमा ठेक्का हात पारेको सैलुङ कन्स्ट्रक्सनले अहिले काम गरिरहेको छ।

पासाङ ल्हामु राजमार्गअन्तर्गतको बालाजु-त्रिशूली खण्डको रानिपौवा-पिपलटार सडक निर्माणको ठेक्का दिनेशचन्द्रलाल अग्रवाल, नागर्जुन र कोशी एन्ड न्यौपाने जेभीले पाएका हो। आयोजनाले ठेकेदार कम्पनीसँग जुन २०१५ मा सम्झौता गरेको थियो। सम्झौताअनुसार ३४ किलोमिटरको उक्त सडकखण्ड २०१८ को मार्चमा सकिनुपर्थ्यो। उक्त ठेक्का ४४ करोड ३४ लाख रुपैयाँमा स्वीकृत भएको थियो।

बालाजुदेखि त्रिशूलीसम्मको सडक ७० किलोमिटर रहेको छ। यो सडकको ट्रयाक ३५ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा २०१८ सालमा खुलेको थियो। हाल एक लेन रहेको यो सडक दुई लेनमा विस्तार गर्ने काम भइरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्तो छ उद्घाटन तयारी शनिबार, मंसिर २७, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान शुक्रबार, मंसिर २६, २०८२
राष्ट्रिय सहमतिबाटै राजसंस्था पुनर्स्थापित हुनुपर्छ : राप्रपा शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त (सूचनासहित) शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्