• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सकियो ‘फाइनप्रिन्ट फिभर’, मनीषा कोइरालादेखि रवि लामिछानेसम्म सुनिए

64x64
नेपाल लाइभ शनिबार, फागुन २९, २०७७  १९:११
1140x725

काठमाडौं– नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आयोजित फाइनप्रिन्ट फिभर समापन भएको छ। शुक्रबार सुरु भएको फिभरको दोस्रो दिन शनिबार नेता गगन थापादेखि अभिनेत्री मनीषा कोइराला र रवि लामिछानेसम्मका व्यक्तित्वले आआफ्ना धारणा एवम् अभिव्यक्ति राखे। 

फिभरको दोस्रो दिनको पहिलो सेसन रह्यो, ‘देशजगत्’। यो सेसनमा लेखक एवम् उद्यमी जीवा लामिछानेसँग नेता गगन थापाले अन्तर्संवाद गरे। यो संवादमा उनीहरुले विदेशमा बसिरहेका नेपाली एवम् उनीहरुको अवस्था र गैरआवासीय नेपालीहरुले नेपालमा गर्न खोजेका लगानी आदिका विषयमा चर्चा पनि भयो। साथै लामिछानेको पुस्तक ‘देश देशावर’मा आधारित रहेर पनि संवाद भयो। 

यसपछिको सत्र थियो, ‘इन्द्रेणी’ शीर्षकको। यो सत्रमा निरञ्जन कुँवरसँग प्रतीक्षा कट्टेलले संवाद गरिन्। यस सत्रमा नेपालमा क्वेरहरुले भोग्नुपरेका विभिन्न कठिनाइ एवम् जटिलताबारे चर्चा भयो। साथै शैक्षिक पाठ्यक्रममा यो विषयले प्राथमिकता नभएको विषयमा पनि वक्ताहरुले चर्चा गरे।  

यसैगरी अर्को सत्र थियो, ‘बाँच्ने अभिलाषा’। यो सत्रमा अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले अन्तर्संवाद गरे। यो सत्रमा अभिनेत्री कोइरालाले क्यान्सर लागेपछि आफूले भोग्नुपरेका पीडा एवम् त्यसविरुद्ध जुध्न आफूले गर्नुपरेका संघर्षका कथा सुनाइन्। क्यान्सर लागेपछिको अमेरिका बसाइ अनि त्यसको निदानपछि आफूले अपनाएको जीवनशैलीबारे पनि यो सत्रमा अन्तर्संवाद भयो। 

यसपछिको सत्र रह्यो, ‘पुँजीवाद र स्वतन्त्र समाज’। यो सत्रमा मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गरिन्। यस सत्रमा दुवै वक्ताले नेपालमा स्वतन्त्रताको अवस्था एवम् पुँजीवादको अवस्था आदि विषयमा आधारित रहेर चर्चा गरे। साथै उनीहरुले विश्वका अन्य मुलुकमा भइरहेको अभ्यासबारे पनि अन्तर्संवाद गरे। 

‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गरे। यो सत्रमा उनीहरुले नेपालमा भइरहेको राजनीतिक अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे अन्तर्संवाद गरे। उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ पुस्तक तीन जना युवालाई वितरण गरियो। मिश्रको पुस्तकको औपचारिक विमोचन भने भइसकेको छैन। यसपछिको सत्र थियो, ‘रहरका रङ’को। यो सत्रमा ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग प्रकृति भट्टराई बस्नेतले संवाद गरिन्। यो सत्रमा लेखक बडालले आफ्नो लेखनयात्राका बारेमा छलफल त गरे नै, सँगै पुस्तकका अन्तर्वस्तुबारे पनि चर्चा गरियो। 

 

Ncell 2
Ncell 2

संवादको अन्तिम सत्र थियो, ‘धमिराहरू’। यो सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाए। उनीहरुले नेपालमा भ्रष्टाचारको अवस्था एवम् विविध विषयमा चर्चापरिचर्चा गरे। साथै देशको समृद्धिका लागि आर्थिक विषयमा गर्नुपर्ने कामबारे पनि उनीहरुबीच अन्तर्संवाद भयो। तर जबसम्म नेपालमा भ्रष्टाचार निर्मूल हुँदैन, तबसम्म समृद्धिको कल्पना गर्न नहुने उनीहरुले बताए। 

यसैगरी समापन प्रस्तुति रह्यो, ‘रेप मेसिन’ शीर्षक नाटक। यही नाटकसँगै फाइनप्रिन्टका सबै सत्र एवम् फाइनप्रिन्ट फिभर सम्पन्न भयो। 

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम रहे। विशेष छुटमा पुस्तक प्रदर्शनी पनि भयो। र अन्य रचनात्मक कार्यक्रम पनि भए। यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याएको  आयोजकले विश्वास लिएको छ। चौधरी फाउन्डेसनसँगको सहकार्यमा भएको सबै सत्र निःशुल्क रहे। 

कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको थियो।    

नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा कार्यक्रम भएको थियो।

कला (हस्तकला र साहित्य)को प्रवर्द्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ। करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ। कला र साहित्यको प्रवर्द्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन्।    

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु !
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सरकारको आदेश : इराननमा भएका नेपलाी छिटो फर्किनु ! आइतबार, माघ १८, २०८२
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने आइतबार, माघ १८, २०८२
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्