• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सकियो ‘फाइनप्रिन्ट फिभर’, मनीषा कोइरालादेखि रवि लामिछानेसम्म सुनिए

64x64
नेपाल लाइभ शनिबार, फागुन २९, २०७७  १९:११
1140x725

काठमाडौं– नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा आयोजित फाइनप्रिन्ट फिभर समापन भएको छ। शुक्रबार सुरु भएको फिभरको दोस्रो दिन शनिबार नेता गगन थापादेखि अभिनेत्री मनीषा कोइराला र रवि लामिछानेसम्मका व्यक्तित्वले आआफ्ना धारणा एवम् अभिव्यक्ति राखे। 

फिभरको दोस्रो दिनको पहिलो सेसन रह्यो, ‘देशजगत्’। यो सेसनमा लेखक एवम् उद्यमी जीवा लामिछानेसँग नेता गगन थापाले अन्तर्संवाद गरे। यो संवादमा उनीहरुले विदेशमा बसिरहेका नेपाली एवम् उनीहरुको अवस्था र गैरआवासीय नेपालीहरुले नेपालमा गर्न खोजेका लगानी आदिका विषयमा चर्चा पनि भयो। साथै लामिछानेको पुस्तक ‘देश देशावर’मा आधारित रहेर पनि संवाद भयो। 

यसपछिको सत्र थियो, ‘इन्द्रेणी’ शीर्षकको। यो सत्रमा निरञ्जन कुँवरसँग प्रतीक्षा कट्टेलले संवाद गरिन्। यस सत्रमा नेपालमा क्वेरहरुले भोग्नुपरेका विभिन्न कठिनाइ एवम् जटिलताबारे चर्चा भयो। साथै शैक्षिक पाठ्यक्रममा यो विषयले प्राथमिकता नभएको विषयमा पनि वक्ताहरुले चर्चा गरे।  

यसैगरी अर्को सत्र थियो, ‘बाँच्ने अभिलाषा’। यो सत्रमा अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले अन्तर्संवाद गरे। यो सत्रमा अभिनेत्री कोइरालाले क्यान्सर लागेपछि आफूले भोग्नुपरेका पीडा एवम् त्यसविरुद्ध जुध्न आफूले गर्नुपरेका संघर्षका कथा सुनाइन्। क्यान्सर लागेपछिको अमेरिका बसाइ अनि त्यसको निदानपछि आफूले अपनाएको जीवनशैलीबारे पनि यो सत्रमा अन्तर्संवाद भयो। 

यसपछिको सत्र रह्यो, ‘पुँजीवाद र स्वतन्त्र समाज’। यो सत्रमा मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जनले वार्ता गरिन्। यस सत्रमा दुवै वक्ताले नेपालमा स्वतन्त्रताको अवस्था एवम् पुँजीवादको अवस्था आदि विषयमा आधारित रहेर चर्चा गरे। साथै उनीहरुले विश्वका अन्य मुलुकमा भइरहेको अभ्यासबारे पनि अन्तर्संवाद गरे। 

‘राजनीतिसँगै राजकाज’ पुस्तकका विषयमा आधारित रहेर लेखक एवम् नेता रवीन्द्र मिश्रसँग पत्रकार रवि लामिछानेले छलफल गरे। यो सत्रमा उनीहरुले नेपालमा भइरहेको राजनीतिक अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे अन्तर्संवाद गरे। उक्त अवसरमा मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ पुस्तक तीन जना युवालाई वितरण गरियो। मिश्रको पुस्तकको औपचारिक विमोचन भने भइसकेको छैन। यसपछिको सत्र थियो, ‘रहरका रङ’को। यो सत्रमा ‘रहर’ कथासंग्रहका लेखक सुरेश बडालसँग प्रकृति भट्टराई बस्नेतले संवाद गरिन्। यो सत्रमा लेखक बडालले आफ्नो लेखनयात्राका बारेमा छलफल त गरे नै, सँगै पुस्तकका अन्तर्वस्तुबारे पनि चर्चा गरियो। 

 

Ncell 2
Ncell 2
nimb
nimb

संवादको अन्तिम सत्र थियो, ‘धमिराहरू’। यो सत्रमा लेखक राजीव उपाध्यायसँग प्रकाश रिमालले संवाद चलाए। उनीहरुले नेपालमा भ्रष्टाचारको अवस्था एवम् विविध विषयमा चर्चापरिचर्चा गरे। साथै देशको समृद्धिका लागि आर्थिक विषयमा गर्नुपर्ने कामबारे पनि उनीहरुबीच अन्तर्संवाद भयो। तर जबसम्म नेपालमा भ्रष्टाचार निर्मूल हुँदैन, तबसम्म समृद्धिको कल्पना गर्न नहुने उनीहरुले बताए। 

यसैगरी समापन प्रस्तुति रह्यो, ‘रेप मेसिन’ शीर्षक नाटक। यही नाटकसँगै फाइनप्रिन्टका सबै सत्र एवम् फाइनप्रिन्ट फिभर सम्पन्न भयो। 

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम रहे। विशेष छुटमा पुस्तक प्रदर्शनी पनि भयो। र अन्य रचनात्मक कार्यक्रम पनि भए। यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याएको  आयोजकले विश्वास लिएको छ। चौधरी फाउन्डेसनसँगको सहकार्यमा भएको सबै सत्र निःशुल्क रहे। 

Xtrem

Xtrem

कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको थियो।    

नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा कार्यक्रम भएको थियो।

कला (हस्तकला र साहित्य)को प्रवर्द्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ। करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ। कला र साहित्यको प्रवर्द्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन्।    

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्