• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रेशम चौधरीको मुद्दा : फिर्ता लिन मिल्दैन, माफी दिँदा सांसद पद रहँदैन

64x64
दुर्गा दुलाल शनिबार, फागुन २९, २०७७  ०६:४५
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार साँझ बालुवाटार गए। अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यका लागि छलफल गर्न उनीहरु बालुवाटार पसेका थिए। 

महन्थ ठाकुरको नेतृत्वमा बालुवाटार पुगेका जसपा नेताहरुले प्रधानमन्त्रीसमक्ष तीनबुँदे प्रस्ताव अघि सारे। उनीहरुले कैलालीको टीकापुरमा साढे पाँच वर्ष पहिले भएको हत्याकाण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय तोकिएर  थुनामा रहेका आफ्नो पार्टीका सांसद रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने  विषय पहिलो नम्वर बुँदामा समेटेका थिए। संविधान संशोधन र मधेश आन्दोलनसँग जोडिएका मागहरु समेत अघि सारेर उनीहरुले सत्ता सहकार्यका लागि पहिले ती माग पूरा हुनुपर्ने आफ्नो बटमलाइन भएको बताएका थिए। 

भेटमा प्रधानमन्त्री ओलीले रेशम चौधरी लगायतका मुद्दाबारे आफू सकारात्मक रहेको बताएका थिए। कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल हुँदै चौधरीको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतमा रहेको मुद्दामा प्रधानमन्त्री ओलीले यस्तो बताएपछि सरकारले जघन्य अपराधका अभियुक्त छाड्न खोजेको भन्दै चर्को आलोचना भइरहेको छ। 

के रेशम चौधरीको मुद्दा फिर्ता हुन सक्छ? अहिले यो निकै चर्चामा रहेको विषय हो। 

के छ मुद्दा फिर्ताको कानुनी व्यवस्था?
कुनै पनि मुद्दा फिर्ताका लागि मुलुकी फौजदारी संहिताको परिच्छेद १२ को दफा ११६ मा व्यवस्था गरिएको छ। मुद्दा  फिर्ता लिने, मिलापत्र र मेलमिलापसम्बन्धी व्यवस्था त्यसमा समेटिएको छ। टिकापुर घटना सर्वोच्च अदालतमा पुनरावेदन भएको छ, यसअघि त्यसमा चौधरी लगायतमाथि भएको सजाय दुई तहका अदालतबाट सदर भइसकेको छ। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीसहितका अभियुक्तहरुलाई दोषी ठहर गरेको छ। जिल्ला र उच्च अदालतको फैसला त्रुटीपुर्ण भएकाले उल्टिनुपर्ने जिकीर गर्दै चौधरीका कानुन व्यवसायीले गत फागुन १२ गते सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका छन्। त्यसमाथि झगडिया झिकाउने आदेश नभई सर्वोच्चमा मुद्दा सुरु हुने छैन। हालसम्म कुनै पेशी समेत तोकिएको छैन। 

मुद्दा फिर्ताका लागि मुलुकी फौजदारी संहिताको दफा ११६ को कानुनी व्यवस्थामा टेक्नुपर्छ। सो दफामा कुन कुन अवस्थामा मुद्दा फिर्ता लिन मिल्दैन भन्ने व्यवस्था गरिएको छ। सो दफाको उपदफा १ मा  अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूरमा अदालतमा एकपटक दायर भइसकेको मुद्दा फिर्ता लिन सकिने छैन भनिएको छ। त्यस्तै सोही दफाको उपदफा ५ मा उपदफा ४ बमोजिम नेपाल सरकारले कुनै मुद्दा फिर्ता लिने निर्णय गरेमा महान्यायाधिवक्ता वा निजले अख्तियारी दिएको सरकारी वकिलमार्फत् सम्बन्धित अदालतमा मुद्दा फिर्ता लिनुपर्ने कारण सहितको निवेदन दिनुपर्ने उल्लेख छ। 

त्यसैगरी उपदफा ६ मा उपदफा ५ बमोजिम निवेदन पर्न आएमा अदालतले मुद्दा फिर्ता लिने आदेश दिनुअघि सुनुवाइ गराउनु पर्ने उल्लेख छ। त्यस्तै उपदफा ७ मा उपदफा ६ बमोजिम सुनुवाइ भएपछि मुद्दा फिर्ता लिने आदेश गर्न मनासिब हुने देखिएमा कारण खुलाई सम्बन्धित अदालतले मुद्दा फिर्ता लिन सक्ने आदेश गर्न सक्नेछ भनिएको छ। 

उपदफा ८ मा यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि पुनरावेदन, साधन जाँच वा पुनरावलोकनको रोहमा वा मुद्दा दोहोर्‍याउने अवस्थामा विचाराधीन रहेको मुद्दा फिर्ता लिन सकिने छैन भनिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चौधरीको हकमा यो व्यवस्था आकर्षित हुनेछ। उच्च र जिल्ला अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन भएकाले यो मुद्दा फिर्ता लिन सरकारले चाहेर पनि मिल्दैन। यदि सरकारले फिर्ता लिने निर्णय गरेपनि यो मुद्दा सर्वोच्च अदालतवाट फिर्ता हुने देखिँदैन। संहिताको यो व्यवस्थाअनुसार अन्तिम फैसलाबाहेक अन्य रुपमा चौधरीको मुद्दा फिर्ता लिन मिल्दैन। 

सर्वोच्चले नेकपा नामको विवाद टुंग्याउने क्रममा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका थिए। ओली सरकार जोगाउन वा नयाँ सरकार बनाउन जसपा सत्ताको निर्णायक शक्ति बनेको छ। यो अवस्थामा उसले आफ्ना केही मुद्दामा नगदमै सहमति गर्ने अडान देखाइरहेको छ। चौधरीसहितका नेता कार्यकर्ताको रिहाइ, संविधान संशोधन, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक र मधेश आन्दोलनका कतिपय मुद्दालाई उसले यही समयमा राजनीतिक सहमति र कार्यान्वयनको ग्यारेन्टी खोजेको छ। 

सत्ता गठवन्धनका लागि पछिल्लो राजनीतिक अवस्थाले निर्णायक भएको जसपासँग ३४ सांसद रहेका छन्। नेपाली काग्रेस, माओवादी र जसपा मिल्दा ओलीको विकल्पमा नयाँ सरकार बन्न सक्छ। जसपाकै समर्थमा ओली सरकार पनि जोगिन सक्छ। यहीकारण अहिले जसपा सत्ताको निर्णायक कार्ड भएको छ। यही मौकामा नेताहरुले मुद्दालाई प्रभावी बनाएका छन्। 

यसरी हेर्दा अन्य मुद्दामा सहमति भएपछि चौधरीको मुद्दा फिर्ता चाहिँ अलि पेचिलो बन्ने देखिन्छ। सरकारले सहमति गरेपछि यो गैरकानुनी हुने निश्चित छ। यदि फिर्ता लिएमा त्यसलाई सर्वोच्चले स्वीकार्ने अवस्था समेत देखिँदैन।  

सजाय माफी पाउँदा चौधरीको सांसद पद रहदैन 
चौधरीको मुद्दा फिर्ता लिन नसकिएमा अर्को विकल्प भनेको सजाय माफी हो। अहिले यो कुरा पनि चर्चामा छ। संहिताको परिच्छेद ११ को दफा १५९ ले यस सम्बन्धी व्यवस्था गरेको छ। सजाय माफी दिने अवस्था आएर माफी पाएमा चौधरी थुनामुक्त त हुन सक्लान्, तर त्यसपछि उनको सांसद पद भने कायम रहने छैन। 

फौजदारी कसुरमा दुई तहका अदालतबाट अभियोग ठहर भएकाले उनको मुद्दा अन्तिम मानेर माफी दिनुपर्ने हुन्छ। उच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेकाले त्यसलाई अन्तिम फैसला मान्दा उनी सांसदका लागि अयोग्य हुनेछन्। यसरी माफी पाएमा उनले जितेको क्षेत्र कैलाली क्षेत्र नम्वर १ रिक्त हुने छ। उक्त क्षेत्रमा नयाँ निर्वाचन गर्नुपर्ने छ र चौधरी त्यसमा पनि उम्मेदवार बन्न पाउने छैनन्। उनी आगामी दिनमा सरकारी पदका लागि पनि अयोग्य हुने छन्। 

के अयोग्य भएरै पनि चौधरी रिहा हुन सक्छन् त। यहाँ अर्को अप्ठेरो देखिन्छ।

चौधरीलाई दुई तहका अदालतले सर्वस्वसहित जन्मकैदको सजाय गरेकाले उनलाई माफी नै दिन पनि न्युनतम सजाय काटेको हुनुपर्ने छ। चौधरी २०७४ साल फागुन १५ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। ३ वर्षदेखि उनी थुनामा रहेका छन्।

उनलाई रिहा गर्न कम्तीमा ४० प्रतिशत वा आधा सजाय काटेको हुनुपर्ने कानुनी व्यवस्था छ। यसरी हेर्दा न्युनतम १० देखि १२ वर्षसम्म उनले थुनामा बिताउनुपर्ने छ। अनि मात्र दफा १५९ को प्रक्रिया सुरु गर्न सकिने देखिन्छ। उक्त दफामा अदालतको फैसला बमोजिम सजाय भएको व्यक्तिले माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिर्वतन गर्न वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिसमक्ष निवेदन दिने सक्ने उल्लेख छ। तर, चौधरीको हकमा उपदफा ४ ले बाधा पुर्‍याउने देखिन्छ। 

उक्त उपदफामा सजाय माफी गर्ने, मु्ल्तवीमा राख्ने वा परिर्वतन गर्न सकिने छैन भनी राखिएको सूचीमा घ नम्वरमा ‘क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको’ अभियोगमा मुद्दा फिर्ता नहुने भनिएको छ। टीकापुर हत्याकाण्डमा  सुरक्षाकर्मीहरुलाई घेरा हालेर, एम्बुलेन्सवाट झिकेर र नावालकको समेत हत्या भएकाले यो व्यवस्था पनि आर्कषित हुने देखिन्छ। यो व्यवस्थाले गर्दा माफी नै दिन चाहेमा पनि दिन सक्ने देखिँदैन। 

फौजदारी कानुनका जानकारहरु चौधरीको मुद्दा फिर्ता वा माफी कुनै पनि हुन नसक्ने बताउँछन्। जसपाले सरकार बनाउन प्रमुख मुद्दाको रुपमा यसलाई अघि सारेपनि यो असम्भव भएको उनीहरुको तर्क छ। ‘चौधरीसहित कसैको पनि मुद्दा फिर्ता सम्भव छैन किनकी यो पुनरावेदनको रोहमा छ’, नेपाल बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले भने। 

फौजदारी सहिंतामा स्पष्ट रुपमा फिर्ता नहुने भनेकाले सरकारले सहमति गरेर मात्र नहुने उनको बुझाइ छ। ‘रेशम चौधरीको मुद्दा फिर्ता गर्ने हो कि सजाय माफी?’, अधिवक्ता पोखरेलले भने, ‘कानुनतः फिर्ता हुने देखिँदैन, माफी गरे चौधरीको सांसद पद जानुका साथै आगामी दिनमा अरु पदका लागि पनि अयोग्य हुन्छन्।’ 

संहिताको दफा ११६ को उपदफा २ (क) ले त्यसो गर्न पनि नदिने कानुनविदहरुको तर्क छ।  उक्त व्यवस्थामा क्रुर, अमानवीय तवरले वा नियन्त्रणमा लिई हत्या गरेमा मुद्दा फिर्ता लिन नसकिने भनिएकाले यो फिर्ता नहुने अधिवक्ता सुवास आचार्यले बताए। टिकापुर हत्याकाण्डमा अमानविय रुपमा घेरा हालेको, बालकको हत्या गरेको, समूहमा हत्या गरेको र पेट्रोल छर्केर मारेको देखिएकाले यो फिर्ता नहुने उनको दावी छ।  

‘यसमा मुद्दा फिर्ता लिन सकिँदैन। विगतमा कानुनमा प्रष्ट थिएन अहिले राख्नुपर्छ भनेर राखिएको हो’, आचार्यले भने, ‘सरकारले चाहेमा सक्छ भनेर सरकारले कानुन दुरुपयोग गर्न मिल्दैन।’    

टीकापुर हत्याकाण्डमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले पुस ३ गते जन्मकैदको फैसला सुनाएको थियो। न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले उक्त फैसला गरेको थियो। २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो। सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको थियो। 

यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी थिए। सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालतले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको थियो। 

त्यसैगरी, संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ। कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो। उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा दिएका थिए। 

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो।

चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको थियो। विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको थियो। रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन्। उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो। करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको थियो।

एकमात्र विकल्प सर्वोच्चबाट सफाइ पाउनु पर्ने 
चौधरीले सर्वोच्च अदालतबाट सफाइ भने पाउन सक्छन्। सर्वोच्चले तल्लो अदालतको फैसला वा प्रक्रियामा त्रुटि देखाएर त्यस्तो निर्णय गर्नसक्छ। उनले उन्मुक्ति पाउने एक मात्र उपाय भनेको सर्वोच्चको फैसला पर्खने हो। सर्वोच्च अदालतमा मुद्दा पुगेकाले अबको केही वर्षमा पेशी चढेर अन्तिम सुनुवाइ भई सफाइ पाएमा वा हालसम्म जेल बसेको सजाय मात्र ठहर भएमा उनी रिहा हुने छन्। 

यो प्रक्रिया पूरा हुन भने केही वर्ष नै लाग्न सक्छ। उनको पुनरावेदनमा सर्वोच्चले सुरुमा झगडिया झिकाउने आदेश गर्नेछ। यो आदेशसँगै सर्वोच्चमा मुद्दाको प्रक्रिया सुरु हुनेछ। अनि सरकारी वकिलले पुनरावेदन गरेमा झन ढिलो हुनेछ। उच्च अदालतवाट केही अभियुक्तहरुले सफाइ पाएकाले सरकारी पक्षले पुनरावेदन गर्ने तयारी गरिरहेको छ। दुवै मुद्दालाई सँगै राखेर फैसला सुनाउनुपर्ने भएकाले यो प्रक्रिया झन् ढिलो हुनेछ। 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मन्त्रालयले नीति, कार्यक्रम तथा निर्धारित लक्ष्यलाई नतिजामुखी ढंगले कार्यान्वयन गर्न र जिम्मेवार पदाधिकारीलाई कामको परिणामप्रति जवाफ... मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेनजी आन्दोलनमा आफ्नो छोरासहितका युवाको बलिदान खेर जान नदिन र सरकारलाई खबरदारी गर्न आफ... मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्