• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

आवास सुरक्षाको नयाँ अवधारणा– साँच्चै सफल होला एकीकृत बस्ती विकास?

64x64
सविन मिश्र बुधबार, फागुन २६, २०७७  ०७:००
1140x725
मेलम्ची नगरपालिका–१२ थाक्लेमा बनेको एकीकृत बस्ती

काठमाडौं– २०७२ को भूकम्पले आफ्नो थातथलो जोखिममा परेपछि धेरै मानिस बसिरहेको बस्तीबाट अन्यत्र सर्न खोजे। भूकम्पको जोखिम बढ्दै जाँदा उनीहरूले बसिरहेको ठाउँबाट सुरक्षित आवासको खोजी थालेका थिए। 

बस्ती नै जोखिममा परेपछि स्थानान्तरण खोज्नेहरूलाई दुई हिसाबले सुरक्षित आवासको प्रबन्ध गर्न खोजियो। सुरुमा उनीहरूको बस्तीको सुधार र दोस्रो, बस्ती नै स्थानान्तरण अर्थात् अन्यत्र सार्ने। ‘हामीले कुल १३० बस्ती सुधार वा स्थानान्तरणको काम थालेका थियौँ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, ’अहिलेसम्म ५९ बस्तीको काम सकिएको छ, बाँकीको काम अघि बढ्दै छ।’ 

भूकम्प प्रभावित परिवार, स्थानीय तह र जिल्लाको सिफारिसको आधारमा सुरुमा प्राधिकरणले २५ जिल्लामा ११०२ बस्तीको जोखिम प्रभाव मूल्यांकन गरेको थियो। त्यसको आधारमा ४६३ बस्ती केही पनि गर्नु नपर्ने भेटिएको थियो। त्यस्तै, ३४० बस्ती संरक्षणका काम गरेर सुरक्षित गर्न सकिने पाइएको थियो भने २९९ बस्ती स्थानान्तरण नै गर्नुपर्ने पाइएको थियो। 

प्राधिकरणले कम्तिमा १० वटा परिवार एकै ठाउँमा बस्ने गरी तयार गर्ने आवासलाई एकीकृत बस्तीका रूपमा अघि बढाउने तय गरेको थियो। तर, भौगोलिक रूपमा सबै स्थानमा त्यो सम्भव नभएकाले कतिपय ठाउँमा थोरै घर परिवारलाई पनि एकै ठाउँमा बस्ती विकास गरिदिनुपर्ने अवस्था आएको ज्ञवालीले बताए। ‘२-४ वटा घरलाई पनि बस्तीकै रूपमा गणना गरेर सार्नुपर्ने अवस्था आयो,’ ज्ञवालीले भने। 

पहाडमा डाँडाको छेउ-छेउमा एक-दुई वटा घर हुँदा पनि त्यसलाई बस्तीकै रूपमा गणना गरेर स्थानान्तरण एवं सुधारको काम अघि बढाइएको थियो। प्राधिकरणले ४ हजार ७२० परिवारलाई लाभग्राहीको सूचीमा राखेर उनीहरूलाई सुरक्षित तवरले राख्न विकल्प खोजेको थियो। 

भौतिक स्थानान्तरण त भयो तर सामाजिक र सांस्कृतिक स्थानान्तरण कसरी?

प्राधिकरणले जोखिमपूर्ण बस्तीको पहिचान गर्दै स्थानान्तरणको काम अघि बढायो। तर एउटा समस्या आयो, लाभग्राहीले प्रश्न उठाए- भौतिक स्थानान्तरण त होला तर सामाजिक र सांस्कृतिक स्थानान्तरण कसरी हुन्छ? ‘यो असाध्यै गम्भीर विषय थियो, मानिसहरू थातथलो छोडेर कसरी सर्ने भन्नेमा थिए,’ ज्ञवाली भन्छन्, ’हामीले उहाँहरूको संस्कृति संवर्द्धन हुने योजना बनायौँ, केही गुमाएको अनुभूति नहोस् भन्नेमा सचेत थियौँ।’

प्राधिकरणले सहज स्थानान्तरणको वातावरण बनाउन सीप विकास र रोजगारी सिर्जनाको कार्यक्रम पनि सञ्चालन गरेको थियो। ’एउटै गाउँमा एउटै किसिमका काम सिकाएर पनि नहुने अवस्था थियो, फरक खालका सीप विकास र उत्पादनसँग जोड्न सक्ने काम सिकाएर अघि बढाउन खोज्यौँ,’ उनले भने। भौतिक जीवन सर्नु र सामाजिक-सांस्कृतिक जीवन सर्नुमा फरक हुने बुझाइ प्राधिकरणको पनि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बस्ती स्थानान्तरणका लागि प्राधिकरणले सामाजिक रूपमा सहज हुने र जोखिम नभएका ठाउँको पहिचानलाई मुख्य विषय बनाएको थियो। ‘हामीले सर्नुस् भनेर मात्रै हुँदैन, जनताले अपनत्व महसुस गर्ने गरी काम गरेका छौँ,’ ज्ञवालीले भने। 

फरक-फरक मोडलमा काम

बस्ती स्थानान्तरण र एकीकृत बस्ती निर्माणका लागि प्राधिकरणले फरक-फरक मोडालिटी तयार गरेर अघि बढ्ने निर्णय गर्‍यो। भूगोलको अवस्था, स्थानीय जनताको माग र उनीहरूको सहजताका लागि यसरी फरक मोडालिटीमा काम गरिएको थियो। 

प्राधिकरण सरकारी जग्गामा एकीकृत बस्ती निर्माण गर्ने, जनताले आफैं जग्गा खोज्ने र त्यसलाई खरिद गर्न प्रति परिवार २ लाख रूपैयाँका दरले अनुदान दिने र एकीकृत बस्तीका लागि आवश्यक पूर्वाधार निर्माणमा प्राधिकरणले सहयोग गर्ने गरी फरक तरिकाबाट अघि बढ्यो। यसमा गैरसरकारी संस्थाहरूलाई पनि भूमिका दिने गरी काम गरिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा प्राधिकरणले एकीकृत बस्ती बनाएको छ। यसमा सरकारी जग्गा प्रयोग भएको छ। एकै खालको घर बनाएर भूकम्प प्रभावितलाई हस्तान्तरण गर्ने मोडालिटी बनाएर काम गरिएको थियो। रसुवामा पनि एउटा बस्ती यसरी नै बनाइएको छ। प्राधिकरणका अनुसार ६२९ परिवार यो मोडालिटीमा स्थानान्तरण भएका छन्। 

यसैगरी १ हजार ५२० परिवारले आफ्नै हिसाबले जग्गाको जोहो गरेर स्थानान्तरण भएका छन्। अन्य ४६३ परिवारलाई जग्गा खोजेर स्थानान्तरण गरिएको छ। अधिग्रहण गरिएको जग्गाको लालपुर्जा अब प्रभावितले पाउँदैछन्। ’स्थानीय आवश्यकताअनुसार फरक मोडालिटीमा काम गरिएको छ,’ ज्ञवाली भन्छन्। 

आफ्नो जग्गा नभए सामूहिक रूपमा बस्ती बसाउन चाहने परिवारले सुरक्षित स्थान खोजेमा २ लाख रूपैयाँ दिने प्राधिकरणको योजना थियो। तर, यो योजना भने प्रभावकारी भएन। घर बनाउन ३ लाख रुपैयाँ दिनुका अतिरिक्त जग्गा किन्न २ लाख दिने योजनामा जनताले धेरै चासो नदेखाएको प्राधिकरणको बुझाइ छ। 

प्राधिकरणले एकीकृत बस्ती बनाउने ठाउँमा हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख रूपैयाँ र समथर क्षेत्रमा ३ लाख रूपैयाँ अनुदान दिएर पूर्वाधार विकासमा सहयोग गर्ने गरी काम गरिरहेको पनि छ। ’उपभोक्ता समितिलाई हामीले प्रतिपरिवारका दरले रकम दियौं, उनीहरूकै सहभागितामा पूर्वाधार निर्माणका काम अघि बढे,’ सिइओ ज्ञवाली भन्छन्, ‘सबैले आफ्नो आवश्यकताअनुसार पूर्वाधार विकासका काम अघि बढाएका छन्।’ उनका अनुसार रसुवामा एउटा सिंगो बस्ती विकास गर्न बाँकी छ। त्यसको काम सुरु भएको छ। 

माझी बस्ती के हुन्छ?

एकीकृत बस्ती विकासको अवधारणा अघि बढ्दै जाँदा गैरसरकारी संस्थाले बनाउने केही बस्ती समयमै बने, केही अझै विवादित अवस्थामा छन्। कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनायो, जसको चर्चा धेरै भयो। 

कलाकार स्वेता खड्काले अघि बढाएको माझी बस्ती अहिले विवादको शिखरमा छ। माझी बस्तीमा स्वेताले प्रतिबद्धताअनुसार काम गर्न नसकेको, माझीहरूलाई ऋणमा डुबाएको जस्ता आरोप लागेका छन्। स्वेताले पनि आफूलाई प्रतिबद्धता जनाउनेले रकम नदिएको बताएकी छन्। 

माझी बस्तीबारे पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले पनि चासो दिएका छन्। उनले आफ्नो टोली नै त्यहाँ पठाएर विवरण संकलन गर्दै छन्। ‘उहाँहरूले प्रतिबद्धताअनुसार काम गर्नुपर्छ, प्राधिकरणले उहाँहरूसँग भएको सम्झौताअनुसार काम भएको छ वा छैन हेर्छ,’ उनले भने, ‘सम्झौताअनुसार काम नगर्नेलाई कारबाहीका लागि समाज कल्याण परिषदमा लेखेर पठाउछौँ, जनता अलपत्र पर्न दिदैनौँ, सरकारले हेर्छ।’

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्