• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

आवास सुरक्षाको नयाँ अवधारणा– साँच्चै सफल होला एकीकृत बस्ती विकास?

64x64
सविन मिश्र बुधबार, फागुन २६, २०७७  ०७:००
1140x725
मेलम्ची नगरपालिका–१२ थाक्लेमा बनेको एकीकृत बस्ती

काठमाडौं– २०७२ को भूकम्पले आफ्नो थातथलो जोखिममा परेपछि धेरै मानिस बसिरहेको बस्तीबाट अन्यत्र सर्न खोजे। भूकम्पको जोखिम बढ्दै जाँदा उनीहरूले बसिरहेको ठाउँबाट सुरक्षित आवासको खोजी थालेका थिए। 

बस्ती नै जोखिममा परेपछि स्थानान्तरण खोज्नेहरूलाई दुई हिसाबले सुरक्षित आवासको प्रबन्ध गर्न खोजियो। सुरुमा उनीहरूको बस्तीको सुधार र दोस्रो, बस्ती नै स्थानान्तरण अर्थात् अन्यत्र सार्ने। ‘हामीले कुल १३० बस्ती सुधार वा स्थानान्तरणको काम थालेका थियौँ,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, ’अहिलेसम्म ५९ बस्तीको काम सकिएको छ, बाँकीको काम अघि बढ्दै छ।’ 

भूकम्प प्रभावित परिवार, स्थानीय तह र जिल्लाको सिफारिसको आधारमा सुरुमा प्राधिकरणले २५ जिल्लामा ११०२ बस्तीको जोखिम प्रभाव मूल्यांकन गरेको थियो। त्यसको आधारमा ४६३ बस्ती केही पनि गर्नु नपर्ने भेटिएको थियो। त्यस्तै, ३४० बस्ती संरक्षणका काम गरेर सुरक्षित गर्न सकिने पाइएको थियो भने २९९ बस्ती स्थानान्तरण नै गर्नुपर्ने पाइएको थियो। 

प्राधिकरणले कम्तिमा १० वटा परिवार एकै ठाउँमा बस्ने गरी तयार गर्ने आवासलाई एकीकृत बस्तीका रूपमा अघि बढाउने तय गरेको थियो। तर, भौगोलिक रूपमा सबै स्थानमा त्यो सम्भव नभएकाले कतिपय ठाउँमा थोरै घर परिवारलाई पनि एकै ठाउँमा बस्ती विकास गरिदिनुपर्ने अवस्था आएको ज्ञवालीले बताए। ‘२-४ वटा घरलाई पनि बस्तीकै रूपमा गणना गरेर सार्नुपर्ने अवस्था आयो,’ ज्ञवालीले भने। 

पहाडमा डाँडाको छेउ-छेउमा एक-दुई वटा घर हुँदा पनि त्यसलाई बस्तीकै रूपमा गणना गरेर स्थानान्तरण एवं सुधारको काम अघि बढाइएको थियो। प्राधिकरणले ४ हजार ७२० परिवारलाई लाभग्राहीको सूचीमा राखेर उनीहरूलाई सुरक्षित तवरले राख्न विकल्प खोजेको थियो। 

भौतिक स्थानान्तरण त भयो तर सामाजिक र सांस्कृतिक स्थानान्तरण कसरी?

प्राधिकरणले जोखिमपूर्ण बस्तीको पहिचान गर्दै स्थानान्तरणको काम अघि बढायो। तर एउटा समस्या आयो, लाभग्राहीले प्रश्न उठाए- भौतिक स्थानान्तरण त होला तर सामाजिक र सांस्कृतिक स्थानान्तरण कसरी हुन्छ? ‘यो असाध्यै गम्भीर विषय थियो, मानिसहरू थातथलो छोडेर कसरी सर्ने भन्नेमा थिए,’ ज्ञवाली भन्छन्, ’हामीले उहाँहरूको संस्कृति संवर्द्धन हुने योजना बनायौँ, केही गुमाएको अनुभूति नहोस् भन्नेमा सचेत थियौँ।’

प्राधिकरणले सहज स्थानान्तरणको वातावरण बनाउन सीप विकास र रोजगारी सिर्जनाको कार्यक्रम पनि सञ्चालन गरेको थियो। ’एउटै गाउँमा एउटै किसिमका काम सिकाएर पनि नहुने अवस्था थियो, फरक खालका सीप विकास र उत्पादनसँग जोड्न सक्ने काम सिकाएर अघि बढाउन खोज्यौँ,’ उनले भने। भौतिक जीवन सर्नु र सामाजिक-सांस्कृतिक जीवन सर्नुमा फरक हुने बुझाइ प्राधिकरणको पनि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बस्ती स्थानान्तरणका लागि प्राधिकरणले सामाजिक रूपमा सहज हुने र जोखिम नभएका ठाउँको पहिचानलाई मुख्य विषय बनाएको थियो। ‘हामीले सर्नुस् भनेर मात्रै हुँदैन, जनताले अपनत्व महसुस गर्ने गरी काम गरेका छौँ,’ ज्ञवालीले भने। 

फरक-फरक मोडलमा काम

बस्ती स्थानान्तरण र एकीकृत बस्ती निर्माणका लागि प्राधिकरणले फरक-फरक मोडालिटी तयार गरेर अघि बढ्ने निर्णय गर्‍यो। भूगोलको अवस्था, स्थानीय जनताको माग र उनीहरूको सहजताका लागि यसरी फरक मोडालिटीमा काम गरिएको थियो। 

प्राधिकरण सरकारी जग्गामा एकीकृत बस्ती निर्माण गर्ने, जनताले आफैं जग्गा खोज्ने र त्यसलाई खरिद गर्न प्रति परिवार २ लाख रूपैयाँका दरले अनुदान दिने र एकीकृत बस्तीका लागि आवश्यक पूर्वाधार निर्माणमा प्राधिकरणले सहयोग गर्ने गरी फरक तरिकाबाट अघि बढ्यो। यसमा गैरसरकारी संस्थाहरूलाई पनि भूमिका दिने गरी काम गरिएको थियो। 

गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघसँगको सहकार्यमा प्राधिकरणले एकीकृत बस्ती बनाएको छ। यसमा सरकारी जग्गा प्रयोग भएको छ। एकै खालको घर बनाएर भूकम्प प्रभावितलाई हस्तान्तरण गर्ने मोडालिटी बनाएर काम गरिएको थियो। रसुवामा पनि एउटा बस्ती यसरी नै बनाइएको छ। प्राधिकरणका अनुसार ६२९ परिवार यो मोडालिटीमा स्थानान्तरण भएका छन्। 

यसैगरी १ हजार ५२० परिवारले आफ्नै हिसाबले जग्गाको जोहो गरेर स्थानान्तरण भएका छन्। अन्य ४६३ परिवारलाई जग्गा खोजेर स्थानान्तरण गरिएको छ। अधिग्रहण गरिएको जग्गाको लालपुर्जा अब प्रभावितले पाउँदैछन्। ’स्थानीय आवश्यकताअनुसार फरक मोडालिटीमा काम गरिएको छ,’ ज्ञवाली भन्छन्। 

आफ्नो जग्गा नभए सामूहिक रूपमा बस्ती बसाउन चाहने परिवारले सुरक्षित स्थान खोजेमा २ लाख रूपैयाँ दिने प्राधिकरणको योजना थियो। तर, यो योजना भने प्रभावकारी भएन। घर बनाउन ३ लाख रुपैयाँ दिनुका अतिरिक्त जग्गा किन्न २ लाख दिने योजनामा जनताले धेरै चासो नदेखाएको प्राधिकरणको बुझाइ छ। 

प्राधिकरणले एकीकृत बस्ती बनाउने ठाउँमा हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख रूपैयाँ र समथर क्षेत्रमा ३ लाख रूपैयाँ अनुदान दिएर पूर्वाधार विकासमा सहयोग गर्ने गरी काम गरिरहेको पनि छ। ’उपभोक्ता समितिलाई हामीले प्रतिपरिवारका दरले रकम दियौं, उनीहरूकै सहभागितामा पूर्वाधार निर्माणका काम अघि बढे,’ सिइओ ज्ञवाली भन्छन्, ‘सबैले आफ्नो आवश्यकताअनुसार पूर्वाधार विकासका काम अघि बढाएका छन्।’ उनका अनुसार रसुवामा एउटा सिंगो बस्ती विकास गर्न बाँकी छ। त्यसको काम सुरु भएको छ। 

माझी बस्ती के हुन्छ?

एकीकृत बस्ती विकासको अवधारणा अघि बढ्दै जाँदा गैरसरकारी संस्थाले बनाउने केही बस्ती समयमै बने, केही अझै विवादित अवस्थामा छन्। कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस–सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत बस्ती बनायो, जसको चर्चा धेरै भयो। 

कलाकार स्वेता खड्काले अघि बढाएको माझी बस्ती अहिले विवादको शिखरमा छ। माझी बस्तीमा स्वेताले प्रतिबद्धताअनुसार काम गर्न नसकेको, माझीहरूलाई ऋणमा डुबाएको जस्ता आरोप लागेका छन्। स्वेताले पनि आफूलाई प्रतिबद्धता जनाउनेले रकम नदिएको बताएकी छन्। 

माझी बस्तीबारे पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले पनि चासो दिएका छन्। उनले आफ्नो टोली नै त्यहाँ पठाएर विवरण संकलन गर्दै छन्। ‘उहाँहरूले प्रतिबद्धताअनुसार काम गर्नुपर्छ, प्राधिकरणले उहाँहरूसँग भएको सम्झौताअनुसार काम भएको छ वा छैन हेर्छ,’ उनले भने, ‘सम्झौताअनुसार काम नगर्नेलाई कारबाहीका लागि समाज कल्याण परिषदमा लेखेर पठाउछौँ, जनता अलपत्र पर्न दिदैनौँ, सरकारले हेर्छ।’

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्