• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

फैसलापछिको राजनीति : स्थिरता कि अस्थिरतातर्फ?

नेकपा राजनीति  ः घुमिफिरी २०७५ मंसिरमा  
64x64
दुर्गा दुलाल सोमबार, फागुन २४, २०७७  १२:४१
1140x725

काठमाडाैं–नेकपा नाम विवादमा सर्वोच्च अदालतले दुई वर्षपछि फैसला सुनाउँदै फेरि एक पटक राजनीतिक परिदृश्य २ वर्ष अघि फर्काएको छ। सर्वोच्चले ऋषिराम कट्टेलको नेकपा विवादमा फैसला सुनाउँदा प्रतिनिधि सभाको निर्वाचनमा अलग–अलग भाग लिएर एकतामा आएका दुई पार्टीको अवस्थामा पुर्‍याएको हो। यससँगै पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली पुनः अलग अलग दलको अध्यक्ष र संसदीय दलको नेता बन्ने भएका छन्।

नेकपाले एकताको खुशीयाली मनाइरहेको अवस्थामा २०७५ मंसिर २१ गते कट्टेल आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च पुगेका थिए। सुरुमा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्चले निर्वाचन आयोग र नेकपा (ओली र प्रचण्ड नेतृत्वको) सँग लिखित जवाफ माग गरेको थियो।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ को निर्णय र त्यसलाई सदर गर्ने २०७५ कात्तिक ९ को निर्णय बदर गर्दै सर्वोच्चले साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा कायम रहने फैसला सुनाएको छ।

‘अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परामादेशसमेत जारी गरिएको छ,’ फैसलामा भनिएको छ।

कट्टेलले आफ्नो पार्टी निर्वाचन आयोगमा सुरुमा २०७० साउन २२ गते दर्ता भएको र नेपालको संविधान २०७२ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ अनुसार २०७४ भदौ २२ गते विधिवत दर्ता भएको दावी गरेपछि यसैमा टेकेर सर्वोच्चले उनलाई वैधानिकता दिएको देखिन्छ।

एउटा पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको दललाई २०७५ जेठ २३ गते सोही नाम दिई दर्ता गरेको भनी कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले भने आफूहरूको दलको नाम नेपाल कम्युनिस्ट पार्टी र कोष्ठभित्र (ने क पा) रहेकाले अलग रहेको दावी लिखित जवाफमार्फत गरेका थिए

तर, सर्वोच्चले नाममा प्रयोग भएको अक्षरको उच्चारण र त्यसबाट बुझिने अर्थमा कुनै भिन्नता नदेखिई मिल्दोजुल्दो देखिने भन्दै यसले अलग दल भन्ने नजनाउने तर्क गरेको छ। त्यस्तै, सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को अन्तरिम विधानको बाहिरी मुखपृष्ठ र भित्र पार्टीको नाम लेखिएको ठाउँमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उल्लेख गरेको भन्दै ऋषि कट्टेलको पार्टीसँग नाम मिलेको भनेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ (१) (ङ) मा दलको नाम वा चिह्न आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिह्नसँग मिल्ने भएमा दल दर्ता नहुने उल्लेख छ। ‘कानुनले स्पष्ट रुपमा कुनै काम गर्न मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारबाहीलाई अनुमति प्रदान गर्न मिल्दैन। जुन काम कुरा कानुनले प्रत्यक्ष रुपमा गर्न पाइँदैन भनेको छ, सो कुरा अप्रत्यक्ष रुपमा समेत गर्न पाइँदैन,’ फैसलामा उल्लेख छ।

१५ इजलास पार गर्दै आएको फैसला
यो विवादमा पहिलो सुनुवाइ २०७५ मंसिर २४ गते भएको थियो। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै सवै पक्षसँग लिखित जवाफ माग गरेको थियो।

उक्त मुद्दा हालसम्म १५ पटक पेशीमा परेको छ। त्यसमध्ये २४ न्यायाधीशको इजलासमा पेशी परेको थियो। २०७७ फागुन १३ गते यसको अन्तिम वहस भएको थियो। सरकारी पक्ष, कट्टेलका कानुन व्यवसायी र निर्वाचन आयोगका तर्फबाट वहस सकिएपछि निसुका लागि राखिएको थियो। फागुन २० गते यो विवादको फैसलाका लागि निसु तोकिएको थियो। उक्त दिन सर्वोच्चका पूर्व प्रधान न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएपछि आइतबारका लागि सरेको थियो।

२०७५ मंसिरमा लिखित जवाफ मगाएको सर्वोच्चले २०७६ असार १६ गते फाइल मगाउने आदेश गरेको थियो। असारपछि उक्त मुद्दा पटकपटक पेशी चढ्दै सुनुवाइ नहुँदै आएको थियो। चैतदेखि देशभर कोरोनाका कारण लकडाउन भएपछि यसको सुनुवाइ झन् धकेलिएको थियो।

पछिल्लो पटक २०७७ पुसपछि लगातार पाँचौं पेशी परेपछि यसले अन्तिम सुनुवाइको मौका पाएको थियो। नेकपाको विवाद पनि केपी ओली र प्रचण्ड–माधव पक्ष हुँदै सुरु भएपछि यो मुद्दालाई चासोका साथ हेरिँदै आएको थियो। यो फैसला लगत्तै ओली पक्षले स्वागत गरेका छन् भने प्रचण्ड–माधव पक्षले विरोध गरेका छन्। उक्त पक्षका नेता भीम रावलले त प्रतिनिधि सभाको वैठकमा यो राजनीतिक फैसला हो कि कानुनी भनी टिप्पणी नै गरे।

त्यस्तै, प्रचण्ड र माधव नेपाल लगायतले यो फैसला अनपेक्षित भएको टिप्पणी गरे। उनीहरू नेकपाको नाम विवादमा अदालत पार्टी विभाजनतिर गएकोमा असन्तुष्ट देखिन्छन्। दिनभर संसदीय दलमा आफू पक्षको जित दर्ता गर्न कस्सिएर खटिएका उनीहरूलाई सर्वोच्चको फैसलाले झट्का दिएको थियो। फैसलाले उनीहरूको नेकपा आधिकारिकता पाउने मिहिनत समाप्त पारेको छ।

कसरी रह्यो नेकपा नाम?
नेकपाको एकता घोषणापत्रमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिएको भनिए पनि त्यस दिन निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन सहितको) दर्ता गरिएको थियो। तत्कालीन एमाले र माओवादीका अध्यक्षहरू केपी ओली र प्रचण्ड सहितका केही शीर्ष नेताहरू २०७५ जेठ ३ गते बेलुका ५ बजे निर्वाचन आयोग पुगेर पार्टी एकीकरण भएको पत्र बुझाएका थिए।

उनीहरूले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राख्न खोजे पनि आयोगमा उक्त नामको पार्टी पहिल्यै दर्ता रहेको पत्ता लागेको थियो। विकल्पमा सोही नामको मुनि अन्डरलाइन पनि थपेर पार्टी दर्ताका लागि निवेदन दिइएको थियो। तर, उस्तै नामको अर्को पार्टी पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको सार्वजनिक भएपछि विवाद चर्कियो। जेठ ६ गते कम्युनिस्ट नेता ऋषि कट्टेलले एक विज्ञप्ति जारी गर्दै ‘नेपाल कम्युनिस्ट पार्टी’लाई कानुनविपरीत निर्वाचन आयोगले दर्ता गरिएको भन्दै आपत्ति जनाए।

विवाद बढ्दै गएपछि जेठ १७ मा पार्टीको नामबाट अन्डरलाइन हटाएर कोष्ठक थपियो। नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी (ने क पा)’ को जानकारी दिँदै निर्वाचन आयोगसमक्ष प्रस्ताव राखियो।

जेठ २३ गते निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई दर्ता गर्ने निर्णय गरेसँगै पार्टीको नामले वैधानिकता पायो। जेठ २४ गते निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दियो। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नेकपा महासचिव विष्णु पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्री ओलीलाई पनि सहज छैन 
सर्वोच्च अदालतले आइतबार नेकपाको नाम विवादमाथि फैसला सुनाउँदै पूर्वएमाले र माओवादी केन्द्र अलग–अलग गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तालाई पनि यसको असर पर्ने देखिन्छ। यसको संकेत स्वरुप उनले बालुवाटारमा भेला भएका आफ्ना सांसदहरूलाई भनेका छन्। त्यहाँ उनले अब प्रचण्डले आफूलाई दिएको सर्मथन फिर्ता लिए पनि विश्वासको मत लिने बताए। विश्वासको मत लिन नसकेमा प्रतिपक्षमा पनि बस्नुपर्ने अवस्था आउनेतर्फ संकेत पनि गरे।

सकेसम्म सत्तामै रहने नत्र प्रतिपक्षमा जान पनि तयार हुनुपर्ने कार्यकर्तालाई उनले सुनाएको देखिन्छ। सर्वोच्चको यस्तो फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्षे सत्ता यात्रा पनि संकटमा परेको आभास उनलाई भएको देखिन्छ।

अब प्रतिनिधि सभामा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र छुट्टाछुट्टै दलको रुपमा रहनेछन्। प्रतिनिधि सभामा पूर्वएमालेका तर्फबाट १२१ सदस्य छन्। त्यसमध्ये एक जना सानु शिवाको निधन भएको छ। त्यस्तै, पूर्व माओवादीबाट प्रतिनिधि सभामा ५३ जना सदस्य छन्। सभामुख पूर्वमाओवादीका तर्फबाट अग्नि सापकोटा छन्।

नेकपा गठन गरी एकीकृत भएका एमाले र माओवादी ब्युँतिने अवस्थामा सरकार गठनका लागि एमाले एक्लैको बहुमत पुग्दैन। सरकार गठनका लागि १३८ सिट चाहिन्छ। त्यतिबेला एमाले एक्लैको बहुमत नपुग्ने भएकाले एमाले र माओवादी केन्द्र मिलेर संविधानको धारा ७६ (२) बमोजिम तत्कालीन एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव थिए। सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। र, ओलीले पछि प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए।

अब ओलीलाई प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। वा त्यसअघि नै उनीमाथि अविश्वास प्रस्ताव दर्ता हुनसक्छ। बहुमत सिद्ध गर्नका लागि ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६३ सदस्य छन्। तीमध्ये दुई जना सदस्य निलम्बित छन्। जसपासँग भने प्रतिनिधि सभामा ३४ सदस्य छन्। सो पार्टीका दुई सांसद् निलम्बित छन्।

संविधानको धारा ७६ (१) मा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै दल रहेको अवस्थामा प्रतिनिधि सभामा कसैको बहुमत पुग्दैन। विकसित पछिल्लो परिस्थिति हेर्दा एमाले र माओवादी तत्काल एउटै पार्टी भइहाल्ने सम्भावना कम देखिन्छ।

खेल निर्वाचन आयोगको हातमा  
सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा पुगेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फैसलापछि अब पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली फरक दलमा आउनुपर्ने प्रतिक्रिया दिएका छन्। यसअघि नै नेकपा एमाले र माओवादी केन्द्र अर्कै व्यक्तिलाइ दिएकाले उक्त नाम दिन नसक्ने उनको भनाइ थियो।

उनको भनाइ अनुसार अब ओली र दाहालले एक हुन चाहेमा फरक दलको नाममा दर्ता प्रक्रियाको थालनी गर्नुपर्नेछ। अहिलेको चरम अविश्वास र आलोचना हेर्दा यस्तो होला भन्ने देखिँदैन।

सर्वोच्चले नाम विवाद टुङ्ग्याउनुपर्ने भएकाले त्यसमा फैसला सुनाएको र पार्टी एकीकरणलाई कसरी मान्यता दिने भन्ने कुरा निर्वाचन आयोगको हातमा पुगेको देखिन्छ। आयोगले यो फैसलाको व्याख्या गर्दै आगामी दिन संयमतापूर्वक चाल्ने कदमले नै राजनीतिक स्थायित्व र अहिलको नेकपा विवाद अन्त्य हुने देखिन्छ। यदि आयोगले संयतापूर्वक एकताको समयमा पेश भएका विवरण अनुसार यो विवाद मिलाउन नसकेमा राजनीतिक अस्थिरता थप जटिल हुने देखिन्छ।

प्रतिनिधि सभा विघटनको फैसलामा प्रशंसा पाएको अदालत अहिले आलोचनाको घेरोमा परेको छ। कतिपयले अदालतले राजनीतिक र माग भएभन्दा अघि बढेर फैसला दिएको भनी टिप्पणीसमेत गर्न थालेका छन्।
 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको थियो। प्रदर्शनकारीलाई अघि बढ्न नदिन प्रहरीले रोक्ने प्रयास गरेपछि... शुक्रबार, असार २६, २०८३
संसद्‌मा भावुक हुँदै गृहमन्त्रीको प्रष्टीकरण– गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन् । शुक्रबार, असार २६, २०८३
ऊर्जा क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता सिंहदरबारमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तार... शुक्रबार, असार २६, २०८३
ताजा समाचारसबै
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे आइतबार, असार २८, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? आइतबार, असार २८, २०८३
अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
अमेरिकाले फेरि गर्‍याे इरानमाथि हवाई हमला आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्