• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आयल निगमको थानकोट डिपो १९ वर्षपछि स्तरोन्नति हुँदै

पेट्रोलियम पदार्थको माग वार्षिक १० प्रतिशतले बढ्दो, भण्डारण क्षमता भने जहाँको त्यहीँ
64x64
नेपाल लाइभ शनिबार, फागुन २२, २०७७  १३:३१
1140x725

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शनिबार नेपाल आयल निगमको थानकोट डिपो सुधार परियोजनाको उद्घाटन गरेका छन्।काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ मा २०५८ सालदेखि संचालनमा आएको उक्त डिपोको १९ वर्षपछि पुनर्संरचना (रि–इन्जिनियरिङ) गर्न लागिएको हो।

यो परियोजनाले डिपो कार्यालयको स्तरोन्नति, ट्यांक भर्ने सेड (टिएलएफ सेड) निर्माण, २ सय ट्यांकर पार्किङ क्षमतालगायत संरचना समेटेको छ। त्यस्तै सम्भावित आगलागीको जोखिम, सुरक्षित सडक पहुँच, पर्खाल निर्माण लगायतका कामहरु पनि यही परियोजनाबाट गरिने थानकोट डिपो प्रमुख प्रदिप यादवले बताए। 

करिब १ सय ६ रोपनी क्षेत्रफलमा फैलिएको थानकोट डिपोको पेट्रोलियम पदार्थ भण्डारण क्षमता १५ हजार २ सय ३० किलोटिर बराबर छ। जसमध्ये डिजेलको ८ हजार ४ सय किलोलिटर, पेट्रोलको ६ हजार ७० किलोलिटर र मट्टितेलको ७ सय ६० किलोलिटर बराबर छ। 

Ncell 2
Ncell 2
nimb
nimb

थानकोट डिपोबाट वितरण हुने पेट्रोलियम पदार्थको माग अहिले औसत दैनिक रुपमा पेट्रोल ७ सय किलोलिटर, ९ सय किलोलिटर डिजेल र ८ किलोलिटर मट्टितेल रहेको छ। अहिलेकै अवस्थामा थानकोट डिपोको भण्डारण क्षमताले पेट्रोलको माग औसत ६ दिन र डिजेलको माग १० दिनसम्म धान्न सक्छ।  

थानकोट डिपोले काठमाडौं उपत्यकाका तीन जिल्लासहित १० जिल्लाका लागि पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आइरहेको छ। डिपोको भण्डारण क्षमता नबढेपछि पेट्रोलिय पदार्थको माग भने वार्षिक १० प्रतिशतका दरले बढिरहेको डिपो प्रमुख यादवले बताए। निगमले काठमाडौं उपत्यकाको पेट्रोलियम पदार्थको माग सम्बोधन गर्न भन्दै पेट्रोलका लागि करिब ५५ देखि ६० करोडको लागतमा समान ४ हजार किलोलिटर क्षमताका २ वटा भण्डारण ट्याङ्क बनाउने योजना बनाएपनि यसको निर्माणको काम भने शुरु भएको छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पछिल्लो समय आयल निगमले भण्डारण क्षमता विस्तार अभियान चलाइरहेको छ। जसअन्तर्गत यो दोस्रो आयोजना हो। पहिलो आयोजनाका रुपमा आयल निगमले गत कात्तिकबाट गण्डकी प्रादेशिक कार्यालयस्थित् डिपोको क्षमता विस्तारको काम शुरु गरेको थियो। 

आयल निगमले अहिले ९० दिनका लागि पेट्रोलियम पदार्थको माग धान्ने गरी क्षमता विस्तारको काम अगाडि बढाइरहेको छ। २०५८ सालपछि निगमले भण्डारण क्षमता विस्तारका लागि कुनै काम गरेको छैन।

२०७३ सालमै आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता ३ महिनासम्म धान्नसक्ने संरचना बनाउनका लागि १ खर्ब १७ अर्ब रुपैयाँ लाग्ने अनुमानसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। तर, उक्त प्रतिवेदनले सुझाव दिए बमोजिम भण्डारण संरचनाहरु निर्माण तथा स्तरोन्नतिका लागि पहल भएको भने देखिँदैन।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १३:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्