हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनुपर्ने बताएका छन् ।मुलुकको स्वाधिनता र स्वाभिमान उचो राख्नको निमित्त राप्रपा बलियो हुनुपर्ने समेत बर्तौलाले बताए।
शुक्रबार बागमती गाउँपालिका अधिबेशनको फापरबारिमा उद्घाटन गर्दै बर्तौलाले कांग्रेस र कम्युनिष्टकाे असफल नीति र मार्गचित्रका कारण मुलुक समस्याको चक्रव्यूहमा फसेको बताए।
परिबर्तनका नाममा युवाहरुलाई बिदेशी भूमिमा दाउरे र गोठाले बनाएको भन्दै बर्तौलाले मुलुकलाई स्थिरता र समृद्धिको बाटोमा लैजान राप्रपासँग त्यो अनुसारको मार्गचित्र र योजनासमेत रहेको बताए।
कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले राप्रपालाई बलियो शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानलाई शसक्त रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।
अधिबेशनले दिल बहादुर बलको अध्यक्षतामा ३१ सदस्यीय राप्रपा बागमती गाउँ कार्य समिति निर्बाचित गरेको छ। समितिको उपाध्यक्षमा मदन राना, शरणकाजी श्रेष्ठ र जोसेफ राई, सचिब शेर बहादुर थोकर , कोषाध्यक्ष धनबहादुर पुलामी मगर, सहसचिव राजु सारु मगर रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।