काठमाडाैं– नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडाैं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा मंगलबार आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उनले स्व अधिकारीले सुरुवात गरेकाे सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
फाउण्डेशनका संरक्षक रहेका अध्यक्ष नेपालले अधिकारीले पार्टीको सङ्गठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गरेकाे उनले स्मरण उनले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।