काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्तविरुद्ध अदालत जाने भएकी छन्।
प्रचण्ड–माधव पक्षका नेता पन्तले उनी लक्षित दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै वली न्यायका लागि अदालत जाने भएकी हुन्।
गृह जिल्ला दाङमा रहेकी वलीले काठमाडौं फर्केपछि अदालतमा मुद्दा दायर गर्ने बताएकी छन्। नेपाल लाइभसँग उनले भनिन्, ‘सोमबार काठमाडौं फर्कन्छु।’
जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको उनले दाबी गरिन्। प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको उनले सुनाइन्।
उनले भन्निन्,‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनुभएको होइन। अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ। त्यसमध्येको म पनि एउटा पर्छु।’
नेता पन्तले पिडौंला देखाएको आधारमा वलीले राष्ट्रिय सभाको सदस्य भएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।