काठमाडाैं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताएका छन्। जनताले प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकाले सरकारमा जानेबारे सोच्नै नहुने उनले बताए।
'जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन्', उनले भने, 'सिंगो पार्टीपंक्रति यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन।' डा कोइरालाले नेकपा अझै विभाजन भइनसकेकाले कांग्रेस पर्ख र हेरको रणनीतिमा रहनुपर्ने बताए।
'अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिँड्न सकिन्न', नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा कार्यक्रममा उनले भने।
कोइरालाले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दु:ख नदिन सरकारलाई चेतावनी समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।