• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

खेलाडीको बेहाल, क्रिकेट लथालिंग तर क्यान छ ‘दंग’

64x64
सराेज तामाङ शनिबार, फागुन १५, २०७७  ०९:१४
1140x725

काठमाडौं- कुनै पनि काम गरे हुन्छ, नगरे हुँदैन। तर, गर्छौं र हुन्छ भन्ने तर, काम नगरी बसे वर्षौंसम्म  नतिजा शून्य नै हात लाग्ने हो। यस्तै अवस्थाबाट गुज्रिएको छ- नेपाल क्रिकेट संघ (क्यान)। केही उदाहरण हेरौंः 

  • नेपाल प्रिमियर लिग (एनपिएल) भारतीय कम्पनीलाई गर्न दिने
  • एडप्याड मिडिया मार्केटिङ कम्पनीसँग पुरुष क्रिकेट टिमको जर्सीको प्रायोजन गर्ने सम्झौता
  • झारो टार्ने प्रधानमन्त्री कप, पुरस्कार राशि आधा नै कम
  • खेलाडी वर्गीकरण अन्योल
  • तलबविहीन खेलाडी 
  • भवन लथालिंग, भाडामा कार्यालय
  • सिरिजको गफ हुन्छ, सिरिज हुँदैन
  • पदाधिकारीको फुर्सदमा क्यानको काम

यतिबेला नेपाली क्रिकेटमा एउटा प्रश्न टड्कारो उठ्ने गरेको छ- क्यान प्रतिबन्धमा पर्दा र फुकुवा हुँदा के फरक छ ? यो प्रश्नको उत्तर खोज्दै जाँदा जवाफ भने शून्य नै भेटिन्छ। २०७३ वैशाख १३ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट क्यान निलम्बनमा पर्‍यो। क्यान निलम्बन हुँदा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएकै थियो। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएकै थियो। ऐतिहासिक सफलता निकालेकै थियो।

क्यान निलम्बनमा हुँदा पनि प्रधानमन्त्री कप भयो। फ्रेन्चाइज लिगले क्रिकेट धान्यो। तर, त्यो बेला खेलाडी भोकमा थिए। क्यानको शोकमा थिए। क्यान ब्युँतिएको पनि अहिले डेढ वर्ष नाघिसक्यो। तर, त्यो बेला र अहिले के फरक छ?

अहिले पनि खेलाडी भोकमा छन्। लामो समयदेखि पारिश्रमिक पाएका छैनन्। घरेलु संरचना उतिकै अस्तव्यस्त छ। क्यान आयो, सुत्यो भने जस्तै भएको छ। फरक यति छ, अहिले क्यान जिउँदो छ। तर, समस्या भने पूरानै। 

निलम्बनमा परेको क्यान २०७६ असोज २७ गते अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट सशर्त फुकुवा भयो। फुकुवासँगै नेपाली क्रिकेटमा एउटा शुभ संकेत देखियो। क्रिकेटप्रेमि र शुभचिन्तकले सोचेका थिए–अब नेपाली क्रिकेटले फड्को मार्नेछ। खेलाडीले पनि यस्तै अपेक्षा गरेका थिए।

तर, सुरुवाती दिनबाटै क्यानले आलोचना खेप्न थाल्यो। सुरुमै सुस्त गतिमा देखिएको क्यानले दिनहरु बित्दै जाँदा असफल भएको प्रमाणित गर्दै गएको छ। ‘यसरी नै चलिहाल्छ’ भन्ने मानसिकताले पाएको उपलब्धि गुम्ने डर मात्र होइन प्रतिभावान खेलाडी अरु कतै विलीन हुने चिन्ता पनि उतिकै छ।

एनपिएल विवाद
२०७७ मंसिरमा क्यान स्वयंले आफैलाई ‘निकम्मा’ सावित गर्ने काम ग
र्‍यो। यसले क्यानप्रति धेरैको विश्वास पनि गुम्यो। मंसिर ३ गते क्यानले साधारण सभाबाट नेपाल प्रिमियर लिग (एनपिएल) भारतीय कम्पनी एस थ्री स्पोर्ट्लाई आयोजना गर्न जिम्मा दिने निर्णय गर्‍यो।

योसँगै क्यानको चौतर्फी आलोचना भयो। क्रिकेटकै हस्तीहरुबाट यो निर्णयको कडा विरोध भयो। अहिले क्यानले यो निर्णयबारे के गरिरहेकोछ त? क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन्, ‘क्रिकेटको र खेलाडीको हितमा हुनेगरी गर्ने भनेर हामीले प्रक्रियालाई अगाडि बढाइरहेका छौं। छलफल भइरहेको छ।’  

Ncell 2
Ncell 2
nimb
nimb
क्यान पदाधिकारी।

एनपिएल विदेशी कम्पनीलाई गर्न दिने क्यानको निर्णय नेपाली क्रिकेटको लागि घातक भएको दाबी गर्छन्, प्रशिक्षक राजु बस्न्यात। ‘अरुलाई प्रतियोगिता आयोजना गर्न दिएर आफूले त्यसको रोयल्टी मात्रै लिएर त यो घात हुन्छ। एनपिएल भनेको क्यानको सम्पत्ति हो। क्यानले नै गर्नुपर्छ’, प्रशिक्षक बस्न्यात भन्छन्।

क्यानले आयोजना गर्ने प्रतियोगिताको सबै जिम्मा भारतीय कम्पनीलाई १० वर्षको ४२ करोड रुपैयाँमा दिने तयारी गरेको हो। क्यानले एस थ्री स्पोर्ट्स कम्पनीलाई एनपिएलको सम्पूर्ण स्वामित्व रहने गरी जिम्मा दिने तयारी गरेको हो। जबकि करोडौंको प्रतियोगितामा जिम्मा पाउन लागेको कम्पनीको अहिलेको पूँजी नै एक करोड नरहेको भन्दै क्यानभित्रै आवाज उठेको थियो।

एस थ्री स्पोर्ट्ससँग गर्न लागिएको सहमति अनुसार प्रतियोगिता आयोजना, टेलिभिजन प्रत्यक्ष प्रसारण अधिकारको व्यवस्थापन, खेलाडीको किनबेच, प्रायोजन अधिकार लगायतका सबै जिम्मेवारी एस थ्रीले पाउनेछ। जसबाट त्यसको सम्पूर्ण आम्दानी एस थ्री स्पोर्ट्सको नै हुनेछ। जसले सबै विषयलाई हेर्दा १० वर्षको ४२ करोड रुपैयाँ पाउनु क्यानका लागि समेत घाटाको व्यापार हुनेछ।

‘१० वर्षको लागि ४२ करोडमा हामीले एस थ्री स्पोर्ट्ससँग समझदारी गरेका थियौं। नेपाली क्रिकेट र संघको हितमा हुनेगरी हामी अगाडि बढिरहेका छौं’, अध्यक्ष चन्द थप्छन्, ‘छलफल भइरहेको छ। हामीले उहाँहरुलाई हुन्न भनेका छैनौं।’ 

प्रायोजक खोज्ने जिम्मा एजेन्सीलाई दिन सकिन्छ। इभेन्ट म्यानेजमेन्ट गर्नेलाई निश्चित पारिश्रमिक दिएर प्रतियोगिताको सबै स्वामित्व क्यानकै हुने गरी एनपिएल आयोजना कुनै कठिनाई छैन। क्यानले ल्याएको प्रस्तावमा एनपिएलको सर्वाधिकार एस थ्री स्पोर्ट्ससँग हुने भएपछि कम्पनीले परेवालाई चारो हालेको जसरी केही रकम दिँदा नेपाली क्रिकेटलाई लाभ होला त? 

पूर्वकप्तान पवन अग्रवाल पनि एनपिएल कुनै पनि कम्पनीलाई दिन नहुने तर्क गर्छन्। ‘त्यो प्रस्ताव अनुसार दिने हो भने क्यानलाई फाइदा हुँदै हुँदैन। एनपिएल गरेको सबै फाइदा अरु कम्पनीले लिन्छ भने यसको के अर्थ?’, उनी भन्छन्।  

अहिलेसम्म सबै देशले आधिकारिक प्रतियोगिता आफैंले आयोजना गर्दै आएका छन्। नेपालमा पनि तीन वटा फ्रेन्चाइज लिग सफलतापूर्वक आयोजना हुँदै आएका छन्। तर, क्यानले भने केही नगरी १० वर्षमा ४२ करोड आउने बाटो मात्रै हेरेको छ। तर, यो १० वर्षे अवधिमा एनपिएल आयोजना गरेर कति कमाउन सकिन्छ भन्ने हेक्का क्यान पदाधिकारीमा देखिन्न। सुरुका संस्करणमा केही कठिनाइ भएपनि २–३ संस्करणबाट एनपिएल आयोजना गरेरै क्यानले एकै वर्षमा ४२ करोड नाफा कमाउन सक्छ। यसतर्फ भने क्यानको ध्यान गएको छैन।

विवादित सम्झौता
क्यानको अर्को विवादित सम्झौता हो, एडप्याड मिडिया मार्केटिङ कम्पनीसँग पुरुष क्रिकेट टिमको जर्सी प्रायोजनको। २०७७ पुष १४ गते पुरुष क्रिकेट टिमको जर्सी प्रायोजनको लागि क्यान र एडप्याड मिडिया मार्केटिङ कम्पनीबीच सम्झौता भयो। जुन सम्झौता नियम विपरीत भएको आवाज उठिरहेको छ।

एडप्याड मिडिया मार्केटिङ कम्पनीसँग सम्झाैता गर्दै क्यान अध्यक्ष चन्द।

त्यो बेला अध्यक्ष चन्दले क्रिकेट जगतमा सकारात्मक सन्देश गएको भन्दै क्यान सही गतिमा फर्किएको बताएका थिए। तर, प्रतिस्पर्धाबिना कुनै एउटा कम्पनीलाई जर्सीको प्रायोजन गर्न दिनु र प्रायोजित रकमसमेत नखुलाउनुमा गलत नियत देखिन्छ।

अपारदर्शी तरिकाले गरेको सम्झौतामा प्रश्न उठाउने प्रशस्तै ठाउँ छन्। क्यानकै पदाधिकारी नियमविपरीत सम्झौता गरेको भनिरहेका छन्। ‘बिना टेन्डर, त्यो पनि १५ महिनाको लागि के आधारमा सम्झौता गर्‍यो? सार्वजनिक संस्थाले एउटा व्यक्तिलाई सुटुक्क ठेक्का दिन मिल्दैन। यसको पनि प्रक्रिया हुन्छ। नियम हुन्छ’, क्यान बोर्डकै एक सदस्य भन्छन्।

त्यसो त, एडप्याड मिडिया मार्केटिङ कम्पनीबाट पुरुष क्रिकेट टिमको जर्सी प्रायोजनको लागि आएको रकम प्रधानमन्त्री कप प्रतियोगिता सञ्चालन गर्दा खर्च गरेको स्रोत बताउँछ।

त्रिविमा काकाकुल क्रिकेटर
मुख्य प्रशिक्षक डेभ वाटमोरको प्रशिक्षणमा नेपाली क्रिकेटरले दोस्रो चरणमा १० दिन त्रिवि क्रिकेट मैदानमा अभ्यास गरे। यो भन्दा अगाडि पहिलो चरणमा खेलाडीहरुले अभ्यास गरेका थिए। तर, अहिले बन्द प्रशिक्षण स्थगित भएको छ। 

त्रिवि मैदानमा ख्यातिप्राप्त प्रशिक्षकसँग नेपाली क्रिकेटरले अभ्यास गर्दा पनि खेलाडीमा  उत्साह भने देखिएन। लामो समय भइसक्दा पनि क्यान ब्युँतिएको आभाष खेलाडीमा भएको छैन। क्यानले सन् २०२० नोभेम्बर १० मा सन् २०१९ को तलब खेलाडीको खातामा पठाएको थियो। त्योबेला क्यानले एक वर्षको एकमुस्ट तलब दिएको थियो।

अहिले खेलाडीले २०२० को तलब पाएका छैनन्। करिब १५ महिना नाघिसक्दा पनि क्यानले खेलाडीलाई तलब दिन सकेको छैन। तर, क्यान भने आफ्नो कारण नभई आइसिसीको कारण तलब ढिलो भएको बताउँछ।

अध्यक्ष चन्दले भने, ‘खेलाडीको तलब हाम्रो कारणले गर्दा रोकिएको होइन। आइसिसीकै कारणले गर्दा हो। आइसिसीले पठाएपछि हामी दिइहाल्छौं। खेलाडीको मात्रै हैन स्टाफहरुको पनि दिनुपर्ने छ।’

क्यानले खेलाडीसँगै ग्राउण्ड स्टाफको पनि तलब दिन सकेको छैन। त्यसका लागि पनि आइसिसीकै मुख ताकेर बसेको छ, क्यान। लामो समय बितिसक्दा पनि क्यानले आफ्नो आयश्रोत बनाउन सकेको छैन। आइसिसीकै मुख ताकेर बस्दा घरेलु संरचना, खेलाडीलाई तलब र प्रतियोगिता सञ्चालन गर्न क्यानले सकिरहेको छैन।

त्यसो त, नेपाली खेलाडीले आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको भत्ता र म्याच फिको रकम पनि पाएका छैनन्। आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज २०२० को फेब्रुअरी ५ देखि १२ तारिखसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।

प्रत्येक खेलाडीले दैनिक ५० डलरको दरले रकम पाउनु पर्ने थियो। नेपाल आयोजक राष्ट्र भएको कारण आइसिसीको नियममा आयोजक राष्ट्रले खेलाडीलाई दिनुपर्ने व्यवस्था छ। तर, क्यानसँग पैसा नै नभएको हुँदा खेलाडीलाई दिनुपर्ने भत्ता २०२० को बजेटमा उल्लेख गरि आइसिसीलाई पठाएको छ।

‘एउटा खेलाडीको ५०० डलर जति होला। यो हामी आयोजक भएको कारण क्यानले खेलाडीलाई दिने हो। २०२० को बजेटमा हामीले सबै समेटेर पठाएका छौं। बजेट आएपछि दिन्छौं’, अध्यक्ष चन्दले भने।

अहिले पनि लामो समय बिनातलब जीविकोपार्जन गर्नु परेको तितो यथार्थसँग जुधिरहेका छन् खेलाडीहरू। विभागमा भएका खेलाडीहरुका लागि तलब आइरहेको हुँदा दैनिकी सहज नै छ। तर, विभाग बाहिर रहेका खेलाडी मार खेपिरहेका छन्। 

८ महिनादेखि खेलाडी वर्गीकरणविहीन
गत कात्तिक २२ गते क्यानले पुरानो निर्णय सच्याउँदै खेलाडी वर्गीकरण ग
र्‍यो तर, २०२० को जनवरीदेखि जुनसम्म ६ महिनाका लागि मात्र। यसको मतलब अहिले खेलाडी आठ महिनादेखि ‘सेन्ट्रल कन्ट्रयाक्ट’ वर्गीकरणविहीन छन्। खेलाडीलाई गरिएको वर्गीकरण २०२० को जुनमै सकिएको छ। त्यो बेला क्यानले पुरुषतर्फ २० र महिलातर्फ २२ जना क्रिकेट खेलाडीलाई ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राखेको थियो। खेलाडी वर्गीकरणमा विवाद भएपछि कोरोना महामारीलाई मुख्य कारण देखाउँदै क्यानले ६ महिनाको लागि छोट्याएको थियो।

श्रेणी ‘ए’ मा पर्ने खेलाडीलाई ५० हजार, श्रेणी ‘बी’ मा पर्ने खेलाडीलाई ४० र श्रेणी ‘सी’ का खेलाडीलाई ३० हजार रूपैयाँ मासिक पारिश्रमिक दिने क्यानको निर्णय थियो। त्यस्तै, पहिलो पटक महिला खेलाडीलाई वर्गीकरण गर्दै क्यानले मासिक पारिश्रमिक दिने निर्णय गरेको थियो। श्रेणी ‘ए’ मा पर्ने महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीकाले १२ र ‘सी’ मा पर्नेले १० हजार रूपैयाँ तलब पाउने क्यानको निर्णय थियो।

खेलाडी वर्गीकरणमै क्यानको भयंकर आलोचना भयो। खेलाडीहरुले खुलेर विरोध गरे। राम्रो खेलिरहेका खेलाडीलाई वर्गीकरणमा नसमेटिएको र मनपरी वर्गीकरण भएको भन्दै खेलाडीले आवाज उठाएका थिए। सोमपाल कामीलाई ग्रेड ‘बी’मा, अविनाश बोहरालाई ‘सी’मा राखेको तथा राष्ट्रिय टिमका नियमित सदस्य ललितनारायण राजवंशी र सन्दीप जोरालाई वर्गीकरणमै नपारेपछि क्यानको आलोचना भएको थियो। त्यस्तै, महिला खेलाडीको वर्गीकरण पनि असमान भएपछि क्यानको आलोचना भएको थियो।

लयविहीन क्यान
करिब तीन वर्षे अवधिमा अभिभावकविहीन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहे। ऐतिहासिक सफलताहरु  पाउँदै गए। २०७६ असोज ११ गते क्यानको चुनावबाट नयाँ कार्यसमिति आयो। पूर्वअध्यक्ष विनयराज पाण्डेलाई २९ मतान्तरले पराजित गर्दै अध्यक्षमा चतुरबहादुर चन्दसहित उनको प्यानल विजयी भयो।

त्यसलगतै आइसिसीबाट पनि क्यान फुकुवा भयो। फुकुवा भएपछि क्यानले धेरै राम्रा कदम चाल्न सक्थ्यो। तर, विवादको चक्रब्युहबाट अझै क्यानले उन्मुक्ति पाउन सकेको छैन।

गएको माघ २ देखि १७ गतेसम्म प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता भयो। योभन्दा अघि पुसमा दाङको लमहीमा प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न भयो। क्यानका लागि यो नै मुख्य दुई उपलब्धि हुन्। दुईवटा प्रतियोगिता गरेर क्यानका पदाधिकारीहरु मख्ख छन्। तर, यसको भित्रि पक्षलाई केलाउँदा स्थिति दयनीय देखिन्छ। प्रदेशका टिमहरुले राम्रोसँग एक दिन पनि अभ्यास गर्न नपाइ प्रतियोगितामा भाग लिनु पर्‍यो। टिम तयारीको लागि क्यानले उपलब्ध गराएको बजेट भन्दा प्रतियोगिताको लागि क्यानको तयारीले सबैलाई आश्चर्यमा पार्यो।

दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटमा खेलाडीलाई खेल्न नै गाह्रो भयो। खेल्नका लागि उचित मैदान नहुँदा खेलाडीले त्यसैमा खेलेर चित्त बुझाए। त्यसमाथि पनि फाइनलसम्म पुग्ने टिमका खेलाडीले ५ वटा खेल खेले। वर्षभरीमा पाँच वटा खेलले खेलाडीमा के हुन्छ? त्यो बाहेक क्यानले अहिलेसम्म महिला खेलाडीको अरु कुनै प्रतियोगिताको कार्यक्रम सार्वजनिक गर्न सकेको छैन।

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट पनि १५ दिनमा सकियो। ५० ओभरको एक मात्र प्रतियोगिता वर्षभरिमा १५ दिन मात्रै हुँदा खेलाडीको खोजी कुन आधारमा गर्ने? त्रिवि क्रिकेट मैदान ठिकै भएपनि प्रतियोगिता गर्न मुलपानी क्रिकेट मैदान खेल्न योग्य थिएन। तर, त्यही मैदानमा खेलाडीले खेल्नुपर्ने बाध्यता बन्यो। तयारीकै क्रममा एक खेलाडीले गरेको व्यंग्य निकै अर्थपूर्ण छ। त्यस्तो मैदानमा कसरी खेल्नु हुन्छ? भन्ने प्रश्नमा उनले भनेका थिए, ‘उताबाट बल हान्छ, यताबाट ब्याटिङ गर्ने। फिल्डिङ त यस्तै हो।’

मुलपानीमा रहेको क्यानको भवन।

क्यानका पदाधिकारी भने आफ्नै तालमा छन्। लामो समयदेखि विश्वकप क्रिकेट लिग–टु का त्रिकोणात्मक सिरिज गर्न पहल भइरहेको र त्यसको तयारीमा जुटिरहेको क्यानले बताएको थियो। तर, आइसिसीले लिग–टु का सबै सिरिजहरु कोरोनाको कारण सार्दै आइरहेको छ। जसमध्ये आउँदो मार्चमा घरेलु टिम ओमानसहित नेपाल र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज पनि स्थगित भइसकेको छ।

अहिले क्यानसँग आफ्नो धुमिल छबि उज्यालो पार्ने र छलाङ मार्ने अवसर थियो। विभिन्न देशहरुमा कोरोनाको महामारी बढिरहँदा त्रिकोणात्मक सिरिज आयोजना गर्न नेपाल सही ठाउँ हुन सक्छ। किनभने इंग्ल्यान्ड टिम भारत जस्तो कोरोनाको भुंग्रोमा रहेको देशमा आएर टेस्ट क्रिकेट सिरिज खेलिरहेको छ। त्यस्तै, पाकिस्तान पुगेर दक्षिण अफ्रिकाले टेस्ट र टि–२० क्रिकेट सिरिज खेल्यो।

यही बेला क्यानले पनि सिरिजको लागि आइसिसीलाई विश्वास दिलाएर नेपालमा त्रिकोणात्मक सिरिज गराउन सक्छ। तर, क्यानको ध्यान यतातिर छैन। अध्यक्ष चन्द भन्छन्, ‘अहिले सबै सिरिजहरु एकपछि अर्को गर्दै आइसिसीले सारिरहेको छ। हामी गर्न सक्ने अवस्थामा छैनौं। हामीले सिरिज गर्ने भनेर तयारी त थालेको हो। अहिले पनि पहल भइरहेको छ।’

त्यसो त, अहिले क्यानको भवन मुलपानीमा पुग्दा कोही पदाधिकारी भेटिदैनन्। करोडौं लगानीमा निर्माण भएको भवन अहिले क्यान पदाधिकारीको लागि टाढा भएको छ। त्यसैले क्यानले नक्सालमा भाडामा कार्यालय सञ्चालन गरेको छ। मुलपानीमा रहेको भवनको ‘डेकुरेसन’ भइरहेका कारणले दैनिक कार्यहरु भाडामा बसेर गर्नु परेको क्यानको दाबी छ। तर, यतिका दिनसम्म पनि निर्माण भइनसक्नु चाहिँ विडम्बना नै मान्नुपर्छ। यसको कारण पदाधिकारी फुर्सद हुँदा मात्रै क्यानको काममा लाग्नु पनि हो। 

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमान्डु गोर्खाजले जनाएको छ । मंगलबार, भदौ ३०, २०८३
नेपालसँग २०२७ भित्र द्विपक्षीय सिरिज खेल्ने बंगलादेशको तयारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सन् २०२७ भित्र नेपालसँग द्विपक्षीय सिरिज खेल्ने तयारी अघि बढाएको जनाएको छ। मंगलबार, भदौ ३०, २०८३
महिला एसिया कप: च्याम्पियन भारतले यसपटक पनि पाकिस्तानी गृहमन्त्रीको हातबाट लिएन ट्रफी नकवी पाकिस्तान सरकारका गृहमन्त्रीसमेत हुन्। भारत–पाकिस्तानबीचको पछिल्लो राजनीतिक तनावका कारण भारतीय टोलीले नकवीबाट ट्रफी नलिने निर्ण... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
महावीर पुन : नेपालमै ड्रोन उत्पादन गर्ने तयारीमा छौँ बुधबार, भदौ ३१, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन बुधबार, भदौ ३१, २०८३
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, भदौ ३१, २०८३
संसद् डिजिटल युगमा प्रवेश गर्दै, सभामुख अर्यालले भने– ‘ढिला गर्नु हुँदैन’ बुधबार, भदौ ३१, २०८३
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’, बसन्तपुरदेखि पाटनसम्म पदयात्रा बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्