• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
फर्केर हेर्दा विघटन बहस

विघटन सिफारिसमा उल्लेख नै नभएको धारा कसरी घुसाए सरकारी वकिलले?

64x64
दुर्गा दुलाल बुधबार, फागुन ५, २०७७  १८:४१
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दाको बहस मैझारोतिर रहेको छ। मंगलबार एमिकस क्युरीको रुपमा नेपाल बारबाट आएका वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले राय दिए। बुधबार सतिषकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिए। अब बाँकी दुई जनाले पालैपालो आफ्नो राय दिनेछन्। 

उनीहरुको रायपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले फैसला सुनाउने छ। पुस ५ गते  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको विवादकै बीचमा प्रतिनिधि सभाको अधिवेशन बोलाउनु पर्ने समयमा विघटनको सिफारिस गरेका थिए।

प्रधानमन्त्रीको उक्त सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयमै अनुमोदन गरेकी थिइन। उक्त अनुमोदनविरुद्ध नेकपाकै नेताहरुसहित १३ थान निवेदन सर्वोच्चमा पुस ६ र ९ गते दायर भएका थिए। उक्त निवेदनमा सर्वोच्चले पुस २९ गतेदेखि निरन्तर सुनुवाइ गरिरहेको छ। सुरुमा बृहत् पूर्ण इजलासले सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्ने विवाद भएपछि बहस लम्वेतान भएको थियो।

संवैधानिक इजलासले सुनुवाइ गर्ने तय भएपछि माघ ४ गतेदेखि  नियमित रुपमा अन्तिम सुनुवाइ चलिरहेको छ। यो क्रममा करिब २ सय भन्दा धेरै कानुन व्यवसायीले आफ्नो धारणा राखे। महान्यायाधिवक्ता, ९४ वर्षिय वरिष्ठ अधिवक्तादेखि ल कलेजका विद्यार्थीसम्मले आफ्नो कुरा राखे। यो क्रममा संविधानको धारा ७६ र ८५ को धेरै बहस भयो।

No description available.

विघटनको पत्र जारी गर्दा राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ र ८५ लाई उल्लेख गरेको थियो। पुस ५ गते जारी भएको राष्ट्रपति कार्यालयको पत्रमा प्रधानमन्त्रीको सिफारिसमा विघटन गर्दा यी धारासहित नेपाल र अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा गरिएको उल्लेख थियो। तर, सरकारी र विपक्षीतर्फका कानून व्यवसायीले बहस गर्दा विघटनमा उल्लेख भएका भन्दै बाहिरका अन्य धारामा टेकेर प्रधानमन्त्री ओलीको कदम सही भएको दलिल पेश गरिरहे। यसरी बहस गर्दा धेरै प्रयोग भएको धारा थियो- धारा ७४। 

के छ संविधानको  धारा ७४ मा ?
संविधानको धारा ७४ मा शासकीय स्वरुपको व्यवस्था गरिएको छ। नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुनेछ भनिएको छ। यही धाराले पधानमन्त्री ओलीलाई अवशिष्ट र विशेष अधिकार हुने उनी पक्षका कानुन व्यवसायीले दाबी गरे।

 

nimb
nimb
Ncell 2
Ncell 2

 

कसरी घुस्यो धारा ७४ ? 
१३ दिनसम्म निवेदकहरुले बहस गरेपछि सरकारी पक्षको तर्फबाट १४औं दिनमा महान्यायाधिवक्ता अग्नि खरेल इजलासमा उभिएका थिए। संविधानसभाबाट संविधान जारी गर्ने समयमा सक्रिय मस्यौदाकार मध्येका एक रहेका खरेलले यही संविधानको व्याख्या गर्ने ऐतिहासिक अवसर पाएका थिए।

उनले यो अवसरलाई इजलासमा स्मरण पनि गरेका थिए। उनले संविधान निर्माणको समयमा एउटा भूमिका भएको र अहिले प्रधानमन्त्रीको कदमको बचाउ गर्ने संवैधानिक दायित्व बाेकेर आएको दाबी गरे। माघ १९ गते बहसका लागि उपस्थित भएका उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्न नमिल्ने जिकीर गरे। हरेक पटक न्यायाधीशको प्रश्नसँगै नाजवाफ हुने गरेका उनले दुई दिनसम्म आलाटाल गर्दै र लिखित जवाफ पढदै बहस गरे।

महान्यायाधिवक्ता खरेलले ओलीको नेतृत्वमा रहेको सरकार संविधानको धारा ७६ को उपधारा १ को भएको दाबी गरे। बहुमत प्राप्त दलको नेतृत्वमा बनेको सरकारलाई ओलीले नेतृत्व गरेको उनको दाबी थियो। उनले यी तर्क पुष्टि गर्न सरकार कसरी गठन भएको भन्ने तर्क अघि सारे। 

सरकार बन्नुअघि नै दुवै पार्टी एक 
उनले २०७४ फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको र यो गठनबन्धनको सरकार भएकाले धारा ७६ को उपधारा २ अनुसारको भएको तर्क गरे। २०७५ जेठ २ एमाले र माओवादी एकीकृत पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा देव गुरुङ र सचेतकमा शान्ता चौधरीलाई चयन गरेकाले स्वतः ओली एकीकृत पार्टीको संसदीय दलको नेता भएको दाबी गरेका थिए।

पार्टी एकीकृत भएको कुरा संसद् सचिवालयलाई जानकारी दिइएको र संसदीय दलको संयुक्त बैठकले ओलीलाई अनुमोदन गरेको खरेलको दाबी थियो। यो जवालगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न सोधे, ‘चुनावमा अलग-अलग दल भएर भाग लिनु भयो। मत पनि आयो। ओली प्रधानमन्त्री हुनु भयो। तर, विघटन गर्दा सिफारिस भएको पत्रमा र लिखित जवाफमा त प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएको मिति २०७४ फागुन ३ लेख्नु भएको छ, अलि बुझिएन नि?’

प्रधानमन्त्रीको दाबी र खरेलको जिकीर नमिलेपछि सिन्हाले प्रश्न उठाएका थिए। ‘२०७५ जेठ ५ गतेको संसदीय दलको कुरा पनि गर्नुभयो। तर, मन्त्रिपरिषद्को निर्णयमा जुन मितिमा पार्टी एकीकरण भएको थिएन, उहाँले प्रम भएको भन्नुभएको छ। अनि अहिले एउटै दलको प्रम भन्न मिल्छ?’, सिन्हाले फेरि प्रश्न सोधे।

न्यायाधीशको उक्त प्रश्नपछि खरेलले जवाफ सिधा दिएनन्। आलटाल गरे। उनले एकै पार्टी भएको स्वीकार गरेकाले थप निर्णय नचाहिने भन्दै टारे। न्यायाधीश सपना प्रधान मल्ल खरेलको दाबीप्रति सन्तुष्ट देखिइनन्। ‘राजनीतिक दलबीचमा १६ बुँदे सहमति कहाँ भयो, संसदभित्र भित्र कि बाहिर? यसलाई मान्ने कि नमान्ने?,’ मल्लले प्रश्न गरिन्,  ‘गणतान्त्रिक संसद र विगतका संसदका बीचमा के अन्तर छ?’

प्रधानपछि न्यायाधीश सिन्हाले थप प्रश्न राखे- ‘प्रधानमन्त्रीले शपथ कसरी लिनु भयो। कुन कानुन अनुसार शपथ लिनु भयो? सरकार कुन धाराअनुसार भनेर सरकारी पक्षले भनेको छ?’

उनको प्रश्नपछि महान्यायाधिवक्ता खरेलले सुरुमा शपथ लिएको कुरा मुख्य प्रश्न नभएको भन्दै टालटुले जवाफ दिए। निर्वाचनको परिणाम आएको लामो समयसम्म शपथ नभएको भन्दै बहसलाई अर्कैतिर लगे।  संविधानको धारा ७६ को उपधाराहरू ३,४,५,६ अनुसार सरकार नबन्ने भएपछि प्रधानमन्त्रीले सोही धाराको उपधारा ७ प्रयोग गरेर विघटन गरेको उनको दाबी थियो। 

उनीपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्तले ओपनिङ बहस गरे। सरकारी वकिलहरु बाँकी हुँदै उनले बहसका लागि समय पाएका थिए। उनले सरकारको बचाउमा विघटनमा प्रयोग भएका भन्दा नयाँ धाराहरुको प्रवेश गराए।

उनले अन्तराष्ट्रिय सिद्धान्तदेखि संसदीय व्यवस्था र बेलायतको ‘वेस्ट मिन्स्टर’ व्यवस्थासम्मको बहस गरे। यही क्रममा उनले धारा ७४ लाई बचाउमा पेश गरे। नेपालले पनि संसदीय अभ्यास अपनाएको दाबी गर्दै उनले विघटनमा प्रयोग नभएको यो धारा बहस र बचाउका लागि प्रयोगमा ल्याए। २२ र २३ गते यही सेरोफेरोमा बहस गरेका उनीपछि आएका सबैले यसैमा अडिएर  बहस गरे।

सरकारी वकिलदेखि प्रधानमन्त्री ओलीका तीन दर्जन कानुन व्यवसायी यसको व्याख्या र अन्तर्राष्ट्रिय अभ्यासमा केन्द्रित भए। उनीहरुले संविधानको यही धारा देखाउँदै संविधानमा नलेखिएपनि पधानमन्त्रीलाई विघटनको अधिकार हुने दाबी गरे। प्रधानमन्त्रीलाई अवशिष्ट र विशेष अधिकार हुने जिकीर उनीहरुले इजलासमा पेश गरे।

प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा विपक्षी कानुन व्यवसायी भएर वरिष्ठ अधिवक्ता एवम् पूर्वमहान्यायाधिवक्ता पन्तदेखि अधिवक्ता शान्ति खनालसम्मले सरकारको प्रतिरक्षामा बहस गरे। संवैधानिक इजलासमा बहस गर्न पुगेका सरकारी पक्षका वकिलले संविधानमा नलेखिएपनि प्रधानमन्त्रीमा विघटनको अधिकार निहित हुने जिकिर गरे। 

संविधानको धारा ७४ मा संसदीय व्यवस्था स्वीकार गरेकाले नलेखिएपनि प्रधानमन्त्रीलाई विघटन गर्न सक्ने अधिकार हुने उनीहरुको साझा जिकीर बन्यो। शासकीय स्वरूप निर्धारण गर्दा संसदीय अभ्यास भनेर लेखिएकाले संविधानको धारा ७६ को उपधारा (७) र धारा ८५ लाई टेकेर प्रतिनिधि सभा विघटन गर्न सक्ने उनीहरुको जिकीर छ।

बहसका लागि आएका अधिवक्ता रमेश बडालले पनि उही तर्क दोहोर्‍याए। पहिलो संविधानसभा र दोस्रो संविधानसभाको शासकीय स्वरूपको छलफलका क्रममा भएका दस्तावेजसहित बहस गरेका उनले संविधानमा प्रधानमन्त्रीले विघटन गर्न नसक्ने भनी नलेखिएकाले विघटन गर्नु संविधानसम्मत भएको भनाइ राखे।  इजलासमा उनले २०५२ सालमा बहुमत पार्टी विघटनविरुद्ध अदालत पुगेको दाबी गरेका थिए। तर, अहिले विघटनविरुद्ध नेकपाका केही नेताहरू मात्र आएको उनको दाबी छ।

सरकारी पक्षको बहस सुनेको इजलासले उनीहरूसमक्ष पटक-पटक लिखित संविधान भएका देशमा प्रधानमन्त्रीले विघटन गरेको उदाहरण ल्याउन आग्रह गरिरहे। तर, अधिवक्ताहरू बेलायतको अभ्यास भन्दै उदाहरण दिइरहे। उनीहरूले बहसका क्रममा नेपालको संविधानको धारा ७४ को संसदीय अभ्यास भन्दै धारा ७६ को उपधारा (७)ले विघटन गर्न पाउने जिकीर गरे।

सरकारी पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीको एउटै जिकीर दोहोरिएको दोहोरियै भएपछि न्यायाधीश सपना प्रधान मल्लले अघिल्लो पटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोधेको प्रश्न फेरि दोहोर्‍याएकी थिइन्। ‘यसअघि प्रधानन्यायाधीशले सोधिसक्नु भएको छ। मैले फेरि प्रश्न दोहोर्‍याएँ। बहसका क्रममा तपाईंहरूले विभिन्न देशको उदाहरण त दिनु भयो। तर, लिखित संविधान भएका कुन-कुन देशमा यसरी संविधानमा नलेखिएपनि प्रधानमन्त्रीले विघटन गरेका छन?’ मल्लले प्रश्न गरिन्, ‘बहसका क्रममा यसको उत्तर दिएर हामीलाई सहयोग गरिदिनुस्।’

'राजावादी' कानुन व्यवसायीको दाबी पनि उस्तै 
ओलीको पक्षमा राजाको सर्मथनमा सक्रिय भएका केही कानुन व्यवसायीले पनि बहस गरेका थिए। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, विष्णु भट्टराई र सुरेन्द्र भण्डारी राजाको पक्षमा सडकमा आवाज उठाएर सक्रिय भएपनि इजलासमा ओलीको विघटनको सर्मथनमा बहस गरे। वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले संविधानको धारा ७६ को उपधारा (१) अनुसार गठन भएको सरकारले प्रतिनिधि सभा विघटन गर्न नसक्ने कल्पना गर्ने हो भने कसले गर्ने त? भन्ने प्रश्न उठ्ने तर्क अघि सारे।

बहुमतको प्रधानमन्त्रीले आफूलाई काम गर्न नदिइएको, चुच्चे नक्सा निकालेको तर, प्रतिनिधि सभा अनुसार किताब छाप्न नदिएको र एमसिसी पास गर्न नसकेकोले विघटन गरेको दाबी गरे। सरकारको अति प्रशंसा गर्न थालेपछि न्यायाधीश सिन्हाले प्रश्न गरे- ‘सरकारले यो यो काम गरेको छ भनी बिहान एक जना अधिवक्ताले लामो सूची नै पेश गर्नुभयो। अनि, अहिले काम गर्नै नदिएकाले विघटन गर्नुपरेको भनी बहस गर्नुभएको छ। यो कुरा परस्परमा बाझिएन र?’

जवाफमा उनले सोचे जति  काम गर्न सरकारले नपाएको तर्क गरे। ‘घरमा हात्ती पालेको छ। बोकालाई पालेझैँ घाँस हालेर हुँदैन’ भन्दै उनले विघटन सदर हुनुपर्ने तर्क गरे। न्यौपानेले त विघटन बदर गरेमा ओलीले मन्त्रिपरिषद् नबोलाइ संसद समेत बस्न नसक्ने भएकाले त्यो झन अस्थिर हुने दाबी समेत गर्न भ्याए। भण्डारीले पनि अन्तर्राष्ट्रिय अभ्यास हेर्दा विघटन सदर हुनुपर्ने जिकीर गरे। ओलीका नीजि कानुन व्यवसायी बाहेक सरकारी वकिल कार्यालयका कानुन व्यवसायीहरुले पनि यही दाबी गरेका थिए। 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्