• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध 'मैदान'मा बार

64x64
नेपाल लाइभ आइतबार, माघ ११, २०७७  २१:३९
1140x725

काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलाई 'तमासा' र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमाजनक शब्द 'बाजे वकिल' भनेर टिप्पणी गरेपछि नेपाल बार एसोसिएसन विरोधमा उत्रिएको छ। 

कानुन व्यवसायीहरूका 'गुरु' मानिने वरिष्ठ अधिवक्ता भण्डारी र संवैधानिक इजलासमा भएको बहसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा नै भनेका थिए, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न। के तमासा गरेको हो?’ 

ओलीको उक्त भनाइप्रति नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै कडा भर्त्सना गरेको छ। त्यस्तै नेपाल बारका चार पूर्व अध्यक्षहरुले पनि ओलीको कदम अपहेलनाजन्य भएको टिप्पणी गरेका छन्।

सर्वोच्च बारले पनि यो कमदप्रति कडा कदम चाल्ने तयारी गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको मात्र नभई कानुन व्यवसायीको समेत अवहेलना गरेको उनीहरुको दाबी छ। 

प्रधानमन्त्री ओलीको उक्त टिप्पणी अमर्यादित, अपमानजनक र असहिष्णु भएको ठहर गर्दै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरिएको छ।

ओलीको अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल पनि नभएको नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

No description available.

प्रधानमन्त्री ओलीले माघ ९ गतेका एक कार्यक्रमलाई सम्बोधन गर्ने भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त अभिव्यक्ति वरिष्ठ अधिवक्ता भण्डारी र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी र अवहेलनाजन्य कार्य समेत भएको बारको ठम्याइ छ। बारको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ।’

ओलीको अभिव्यक्तिलाई सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा एक जना वरिष्ठ अधिवक्ताको मात्र नभई देशभरका समग्र कानुन व्यवसायी अधिवक्ताहरुको पेशागत मर्यादामा प्रहार भएको टिप्पणी गरे। पुनः यस्ता कार्य दोहोरिए सर्वोच्च बार कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।

‘अदालतमा विचाराधीन मुद्दामा सन्दर्भमा आफूले चाहेजस्तो आदेश आउनुपर्छ भन्ने खालको अभिव्यक्ति सार्वजनिक गरी न्यायालयलाई दबाब दिन मिल्दैन,’ सर्वोच्च बारको विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयलाई दबाब नदिन सबै पक्षलाई संयमता अपनाउन समेत आग्रह गर्दछौँ।’

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेको छ। यस्ता अभिव्यक्तिले अदालतको अवहेलना हुने कुरामा पनि मञ्चले सचेत गराएको छ। 

सर्वोच्चमा पेस भयो अवहेलना निवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ। वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गर्दै निवेदन पेस गरेका हुन्।

निवेदन सर्वाेच्च प्रशासनको अध्ययनका क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ। सोमबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ।

उक्त रिट दर्ता भएमा विघटनको मुद्दासँगै प्रधानमन्त्री ओलीमाथि अवहेलना मुद्दासमेत चल्नेछ। निवेदनमा नपुगेका विवरण माग गरेर अध्ययन गरी सोमबार दर्ता हुने/नहुने निर्णय हुने सर्वाेच्च प्रशासनको भनाइ छ। 

निवेदनमा प्रधानमन्त्रीको पदमा रहेका ओलीले प्रयोग गरेका शब्द, लवज र व्यवहारले अदालत र इजलासको अपहेलना भएको जिकीर गरिएको छ। यसकारण ओलीलाई अपहेलनामा कारबाही गरी सजायसमेत गर्न निवेदनमा माग गरिएको छ। अदालतको अवहेलना ठहर भएमा १ वर्ष कैददेखि १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

ओलीले आफ्नो पक्षमा सर्वोच्चको फैसला आउने र प्रतिनिधि सभा विघटनलाई अदालतले पनि सदर गर्ने दाबी सार्वजनिक रूपमा नै व्यक्त गर्दै आएका छन्। पुस ५ गतेको विघटनपछिका हरेक कार्यक्रममा उनले यस्ता अभिव्यक्ति दिदै आएका छन्। उनले केही समय अघि पूर्वप्रधानन्यायाधीशहरूप्रति लक्षित गर्दै समेत 'के फैसला गरे होला' भनी टिप्पणी गरेका थिए।

लामो समय सर्वोच्चमा बिताएर अवकाश पाएका उनीहरूले गरेका फैसलामाथि पनि ओलीको प्रश्न छ। पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका थिए। उनीहरूले प्रतनिधि सभा विघटन गर्ने निर्णय असम्बन्धित धारामा टेकेर भएको टिप्पणी गरेका थिए।

अदालत र कानुन व्यवसायीविरुद्ध अमर्यादित र असहिष्णु अभिव्यक्ति दिएपछि दबाबमा परेका ओलीमाथि कारबाही गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्