• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध 'मैदान'मा बार

64x64
नेपाल लाइभ आइतबार, माघ ११, २०७७  २१:३९
1140x725

काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको बहसलाई 'तमासा' र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमाजनक शब्द 'बाजे वकिल' भनेर टिप्पणी गरेपछि नेपाल बार एसोसिएसन विरोधमा उत्रिएको छ। 

कानुन व्यवसायीहरूका 'गुरु' मानिने वरिष्ठ अधिवक्ता भण्डारी र संवैधानिक इजलासमा भएको बहसप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा नै भनेका थिए, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न। के तमासा गरेको हो?’ 

ओलीको उक्त भनाइप्रति नेपाल बार एसोसिएसनले विज्ञप्ति जारी गर्दै कडा भर्त्सना गरेको छ। त्यस्तै नेपाल बारका चार पूर्व अध्यक्षहरुले पनि ओलीको कदम अपहेलनाजन्य भएको टिप्पणी गरेका छन्।

सर्वोच्च बारले पनि यो कमदप्रति कडा कदम चाल्ने तयारी गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको मात्र नभई कानुन व्यवसायीको समेत अवहेलना गरेको उनीहरुको दाबी छ। 

प्रधानमन्त्री ओलीको उक्त टिप्पणी अमर्यादित, अपमानजनक र असहिष्णु भएको ठहर गर्दै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरिएको छ।

ओलीको अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल पनि नभएको नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

No description available.

प्रधानमन्त्री ओलीले माघ ९ गतेका एक कार्यक्रमलाई सम्बोधन गर्ने भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त अभिव्यक्ति वरिष्ठ अधिवक्ता भण्डारी र समग्र कानुन व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी र अवहेलनाजन्य कार्य समेत भएको बारको ठम्याइ छ। बारको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ।’

ओलीको अभिव्यक्तिलाई सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा एक जना वरिष्ठ अधिवक्ताको मात्र नभई देशभरका समग्र कानुन व्यवसायी अधिवक्ताहरुको पेशागत मर्यादामा प्रहार भएको टिप्पणी गरे। पुनः यस्ता कार्य दोहोरिए सर्वोच्च बार कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ।

‘अदालतमा विचाराधीन मुद्दामा सन्दर्भमा आफूले चाहेजस्तो आदेश आउनुपर्छ भन्ने खालको अभिव्यक्ति सार्वजनिक गरी न्यायालयलाई दबाब दिन मिल्दैन,’ सर्वोच्च बारको विज्ञप्तिमा भनिएको छ, ‘न्यायालयलाई दबाब नदिन सबै पक्षलाई संयमता अपनाउन समेत आग्रह गर्दछौँ।’

No description available.

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरेको छ। यस्ता अभिव्यक्तिले अदालतको अवहेलना हुने कुरामा पनि मञ्चले सचेत गराएको छ। 

सर्वोच्चमा पेस भयो अवहेलना निवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ। वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गर्दै निवेदन पेस गरेका हुन्।

निवेदन सर्वाेच्च प्रशासनको अध्ययनका क्रममा रहेकाले दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ। सोमबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ।

उक्त रिट दर्ता भएमा विघटनको मुद्दासँगै प्रधानमन्त्री ओलीमाथि अवहेलना मुद्दासमेत चल्नेछ। निवेदनमा नपुगेका विवरण माग गरेर अध्ययन गरी सोमबार दर्ता हुने/नहुने निर्णय हुने सर्वाेच्च प्रशासनको भनाइ छ। 

निवेदनमा प्रधानमन्त्रीको पदमा रहेका ओलीले प्रयोग गरेका शब्द, लवज र व्यवहारले अदालत र इजलासको अपहेलना भएको जिकीर गरिएको छ। यसकारण ओलीलाई अपहेलनामा कारबाही गरी सजायसमेत गर्न निवेदनमा माग गरिएको छ। अदालतको अवहेलना ठहर भएमा १ वर्ष कैददेखि १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ।

ओलीले आफ्नो पक्षमा सर्वोच्चको फैसला आउने र प्रतिनिधि सभा विघटनलाई अदालतले पनि सदर गर्ने दाबी सार्वजनिक रूपमा नै व्यक्त गर्दै आएका छन्। पुस ५ गतेको विघटनपछिका हरेक कार्यक्रममा उनले यस्ता अभिव्यक्ति दिदै आएका छन्। उनले केही समय अघि पूर्वप्रधानन्यायाधीशहरूप्रति लक्षित गर्दै समेत 'के फैसला गरे होला' भनी टिप्पणी गरेका थिए।

लामो समय सर्वोच्चमा बिताएर अवकाश पाएका उनीहरूले गरेका फैसलामाथि पनि ओलीको प्रश्न छ। पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले ओलीको कदम असंवैधानिक भएको टिप्पणी गरेका थिए। उनीहरूले प्रतनिधि सभा विघटन गर्ने निर्णय असम्बन्धित धारामा टेकेर भएको टिप्पणी गरेका थिए।

अदालत र कानुन व्यवसायीविरुद्ध अमर्यादित र असहिष्णु अभिव्यक्ति दिएपछि दबाबमा परेका ओलीमाथि कारबाही गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
अन्नपूर्णको तेश्रो जित
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने
सम्बन्धित सामग्री
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ ।  त्यसअन्तर्गत रसुवागढी जलविद्युतआय... बुधबार, भदौ २४, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले राप्रपाको कारबाही कानुनी प्रक्रिया तथा प्राकृतिक न्यायको सिद्धान्तअनुकूल नरहेको ठहर गर्दै सां... बुधबार, भदौ २४, २०८३
भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : सभापति थापा उनले भदौ २४ गते धेरैका घर तथा सार्वजनिक सम्पत्ति जलेको र थुप्रै परिवारले कहिल्यै नमेटिने घाउ पाएको बताए। तर आन्दोलनका क्रममा सन्तान... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन बुधबार, भदौ २४, २०८३
अन्नपूर्णको तेश्रो जित बुधबार, भदौ २४, २०८३
पब्जी मोबाईलको ग्लोबल ओपन च्याम्पियनसिप नेपालमा हुने बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
जेनजी आन्दोलनका घाइतेहरूको नाटक प्रदर्शन, घाइतेहरूको संघर्ष अझै जारी छ बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्