• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

काठमाडौं महानगरको रोजगारी कार्यक्रम : न वडाध्यक्षलाई थाहा छ, न बेरोजगारलाई

64x64
निर्मला घिमिरे सोमबार, माघ ५, २०७७  १२:२८
1140x725
फाइल तस्बिर

काठमाडौं– कोभिड–१९ संक्रमणका कारण रोजगारी गुमाएका दैनिक ज्यालादारी श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउन काठमाडौं महानगरले २०७७ जेठ ४ गते ‘जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७’ स्वीकृत गर्‍यो। तर कार्यविधि स्वीकृत भएको ८ महिना बितिसक्दा पनि यो कार्यक्रमकाे जानकारी न त वडाध्यक्षलाई थाहा छ, न लक्षित वर्गलाई। रोजगारी माग गर्दै कति आवेदन आए भन्ने बारे पनि महानगरपालिका बेखबर छ। 

‘वडा कार्यालयहरुमार्फत् हामी बेरोजगारलाई रोजगारी दिइरहेका छौँ। तर कति आवेदन आए अथवा कतिले रोजगारी पाए भन्ने तथ्यांक आइपुगेको छैन। त्यो तथ्यांक हामी वडा कार्यालयमार्फत् संकलन गर्छौँ,’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नेपाल लाईभसँग भने। 

वडाध्यक्ष भन्छन्–थाहा छैन
महानगरको रोजगारीको कार्यक्रम बारे अधिकांश वडाध्यक्ष नै बेखबर छन्। नेपाल लाईभले केही वडाध्यक्षहरुसँग यो कार्यक्रमबारे जानकारी लिँदा अधिकांशले आफूहरुलाई जानकारी नै नभएको प्रतिक्रिया दिए। 

कामपा २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भन्छन्, ‘यो कार्यक्रमका बारेमा मलाई नसोध्नुस्। मेयर ज्यूलाई नै थाहा छ, उहाँलाई सोध्नुस्।’

कामपा १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठ पनि महानगरपालिकाबाट रोजगारी कार्यक्रम सञ्चालनका लागि अझै पत्र नआएको बताउँछन्। ‘यो कार्यक्रम त गर्ने भनेको खै पत्र नै आइपुगेको छैन । पत्र नआई के–कसरी गर्ने हो। जानकारी छैन,’ उनले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

वडा नम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जन भने रोजगारीको माग गर्दै बेरोजगारहरुको आवेदन नै नआएको बताउँछन् । ‘खै आवेदन नै आएको छैन। त्यही भएर त्यो कार्यक्रम त केही भएको छैन,’ उनले भने।

त्यस्तै वडा नम्बर २९ ले पनि यो कार्यक्रम सुरु नै नभएको बताएको छ। वडा नम्बर २८ ले पनि बेरोजगार युवाहरुको आवेदन नै नआएको जनाएको छ। अधिकांश वडा कार्यालयहरुले बेरोजगारको आवेदन नै नआएकाले यो कार्यक्रम सुरु हुन नसकेको बताएका छन्। 

महानगरभित्र दैनिक ज्याला मजदूरी गरेर गुजारा गर्ने श्रमिकहरुको संख्या निकै ठूलो छ। त्यसमा पनि कोभिडका कारण रोजगारी गुमाएर हजारौँ दैनिक ज्यालादारी मजदूरहरु बिचल्लीमा परेका थिए। कोरोना महामारीबीच काम ठप्प भएसँगै ठूलो संख्यामा मजदूरहरु निजी क्षेत्रले खुलामञ्चमा बाँडेको खाना खाएर छाक टार्न बाध्य भए। यही बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै महानगरपालिकाले अघि सारेको भनिएको कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको पाइएको छ।

लक्षित वर्गलाई जानकारी नै छैन 
वडा कार्यालयहरुले रोजगारीको माग गर्दै आवेदन नआएपछि बेरोजगारी समस्या नै नभएको प्रतिक्रिया दिएका छन्। तर यसो नभएर बेरोजगार युवासम्म जानकारी नै नपुग्दा उनीहरु रोजगारीको माग गर्दै वडासम्म नपुगेको पाइएको छ।

केही वर्षदेखि महानगरमा दैनिक ज्यालामजदूरी गरेर गुजारा गर्दै आएका उदयपुरका झलकबहादुर परियार कोरोना महामारीका कारण धेरै समय बेरोजगार भएर भौतारिए। तर उनले महानगरपालिकाबाट न राहत पाए, न रोजगारी। उनलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिन्छ भन्ने जानकारीसमेत छैन । कोरोना महामारीको समयमा ऋण काढेर छाक टार्न बाध्य बनेका उनले बल्ल काम पाउन थालेका छन्। 

२ वर्षदेखि काठमाडौंमा ज्यामी काम गर्दै आएका सिन्धुलीका दीपक तामाङले पनि झलकबहादुरको जस्तै दुःख भोग्नुपर्‍यो। कोरोनाका कारण रोजगारी गुमेपछि टाक टार्नै समस्या आइलाग्यो। तर कतैबाट उनले सहयोग पाएनन्। अवस्था केही सहज हुँदै गएपछि उनले पनि रोजगारी पाएका छन्। दीपक भन्छन्, ‘महानगरपालिकाले रोजगारीको कार्यक्रम ल्याएको भन्ने पनि थाहा थिएन । राहत लिन त नागरिकता र घरबेटीको सिफारिस चाहिँने भएपछि त्यो पनि पाइनँ।’

काठमाडौं महानगरपालिकाले कोभिड-१९ का कारण रोजगारी गुमाएका दैनिक ज्यालादारी मजदूरहरुलाई दिने रोजगारीका बारेमा जानकारी नहुने झलकबहादुर र दीपक तामाङ त प्रतिनिधि पात्रमात्रै हुन्। उनीहरु जस्ता कोभिड-१९ का कारण रोजगारी गुमाएका हजारौँ बेरोजगार युवाहरुलाई महानगरको यो कार्यक्रमको जानकारी नै छैन । 
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्