• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोशीटप्पु आरक्ष आसपास जंगली जनावरको त्रास

देवेन्द्र कार्की सोमबार, माघ ५, २०७७  १६:४१
1140x725

धरान- गत मंसिर २९ गते एकाबिहानै गहुँमा पानी लगाउन घरबाट हिँडेका सुनसरीकाे कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै फर्किएनन्। हात्तीको आक्रमणले उनकाे ज्यान गयो। त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही हात्तीको आक्रमणबाट ज्यान गयो। राति नै मृत्यु भएका उनकाे शव बिहान घरनजिकै भेटियो। 

एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए। कोशी टप्पु वन्यजन्त आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जंगली जनावरको आक्रमणको चपेटामा परेका छन्। आरक्षबाट आएका जंगली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान छैन। 

जंगली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्ने गरेका पनि छन्। तर राज्यले कुनै पहल नगर्दा उनीहरु त्यसै थाकेका छन्। आरक्ष प्रशासनले पनि अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन। 

मकुना नामको हात्तीको आक्रमणबाट प्रमोद यादवको मृत्यु भएपछि हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाइएको थियो। उक्त टोलीले हात्तीमा बढेको हर्मोनका कारण हात्ती अराजक भएको निष्कर्ष निकालेको थियो। सोही बमोजिम नै मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो। मकुनाको उत्तेजना कम भएको स्थानीयले महसुस गर्दानगर्दा त्यही हात्तीको आक्रमणबाट मोतीलालको मृत्यु भयाे। अहिले स्थानीयवासीमा पुनः त्रास फैलिएको छ।  

यस घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जङ्गली जनावर पीडित सङ्घर्ष समिति बनाइएको छ। यहाँ आएको प्राविधिक टोलीसँग थप छलफल गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिए। अब पनि जंगली जनावरको आक्रमण रोक्न आरक्षले कुनै पहलकदमी नगरे आरक्ष र स्थानीयवासीबीच ठूलो द्वन्द्व सिर्जना हुने उनको भनाइ छ। 

कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ। स्थानीयले आरक्ष प्रशासनलाई समाधानका लागि विशेष ध्यान दिन सचेत गराए पनि उनीहरुको कुरा सुनिएकाे छैन। 

चार वर्षमा ५२ जनाको मृत्यु 
आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जंगली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरीमा आठ जनाको मृत्यु हुनुका साथै २४ जनाभन्दा बढी व्यक्ति घाइते भएको तथ्या‌ंक छ। २०७३ यता मात्र आरक्षबाट निस्किएर आएका जंगली जनावरको आक्रमणबाट ३ जिल्लामा ५२ जनाको ज्यान गएको सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए। 

२२ जनाको त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उनले जानकारी दिए। उनका अनुसार कोशी गाउँपालिकाको वडा नंं ३, ५, ६,७, ८ जङ्गली जनावरबाट पीडित छन् । यसैगरी उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरु मधयवर्ती क्षेत्रमा पर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

ती क्षेत्रका स्थानीयवासी बर्षौंदेखि हात्तीलगायतका जङ्गली जनावरबाट पीडित छन्। मण्डलका अनुनसार कोशी गाउँपालिकामा मात्र डेढ वर्ष अवधिमा एक सय ५० जना भन्दाबढी घाइते भएका छन्। करोडौँको बालीनाली क्षति भएको छ। सङ्घर्ष समितिको बैठक बसी प्रमुख जिल्ला अधिकारी र वार्डेनमार्फत् यहाँको धनजनको क्षति र समस्याबारे केन्द्र सरकारलाई ज्ञापनपत्र पठाउने काम भएको उनले जानकारी दिए। अब पनि आरक्ष स्थानीयवासीप्रति जिम्मेवार नभए सङ्घर्षका कडा कार्यक्रम सुरु गर्ने मण्डलले चेतावनी दिए। 

आरक्ष प्रशासनको लापरवाही 
हात्ती आक्रमण रोक्न आरक्ष प्रशासनले कुनै ठोस कदम नचाल्दा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको कोशी गाउँपालिकाकाले जनाएको छ। त्यही भएर स्थानीय आन्दोलित भएका छन्। स्थानीयवासीको सुरक्षाका लागि आरक्ष प्रशासन पनि जिम्मेवार हुनुपर्ने उनीहरुकाे भनाइ छ। 

मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतंकित बनाउने हात्ती कहाँ छ भनेर लोकेसन ट्रयाक गर्न २०७४ मंसिर १५ गते आरक्षले रेडियोकलर जडान गरेको छ। त्यसकाे सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ। तर मानवबस्तीमा पसेको जानकारी आरक्षलाई थाहा हुँदासमेत बेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको गाउँपालिका अध्यक्ष बताउछन्। 

मकुना हात्तीले उपद्रो गरेको र मानव बस्ती जानबाट रोक्न हात्तीको खुट्टामा चेन लगाइने उपायबारे विभागमा मंसिर ६ गते नै पत्र पठाएको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए। 

सानो क्षेत्र हुनु पनि समस्या 
सुनसरी, सप्तरी र उदयपुर तीन जिल्ला गरी आरक्षण १७५ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। यहाँ रहेका जंगली जनावरको संख्याअनुसार यो भूगोल अत्यन्तै न्यून हो। सानो  क्षेत्रफलमा हात्ती, बँदेल, अर्नालगायतका जङ्गली जनावरको संख्या ठूलो हुँदा ती जनावर मानवबस्ती प्रवेश गरेर उपद्रो गर्ने गरेको आरक्षणका वार्डेन चौधरी बताउँछन्। उनका अनुसार मकुना हात्ती १० वर्षदेखि आरक्षमा बस्दै आएको छ र बाहिर निस्किएर उपद्रो गर्ने गरेको छ। केही दिनदेखि मकुना ‘मतुवा’ भएर मानिसलाई आक्रमण गर्न थालेको उनको भनाइ छ। 

विज्ञ टोली आरक्षमा 
मंसिर २९ को घटनापछि मकुनालाई मत्थर पार्ने सुई लगाइएको थियो। केही मत्थर भएको भनिए पनि १५ दिनपछि पुन मानवबस्तीमा पसी आक्रमण गरेपछि त्यसलाई कसरी नियन्त्रणगर्ने भन्ने विषयमा अध्ययन गर्न राष्ट्रिय निकुञ्ज विभागका हात्ती विज्ञ अशोक रामको नेतृत्वको टोली आरक्षण पुगेको थियो । उनीहरुसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका पशु प्राविधिक टोलीले पनि मकुना हात्तीको अध्ययन सुरु गरेको वार्डेन चौधरीले जानकारी दिए। 

दश वर्षदेखि हैरानी दिएकाे मकुनालाई मकुनालाई मार्नु पर्ने निष्कर्ष यसअघि स्थानीय प्रशासनसहितले निकालेका थिए। तर त्यसकाे विरोध भएपछि उत्तेजित बनाउने हर्मोन कम गर्न सुई लगाएर राखिएको थियो। फेरि गाउँ पसेर उपद्रो गरेपछि मकुनाबारे थप अध्ययन गर्न विज्ञ टोली आरक्षण मगाइएको हो। 'विज्ञ टोलीले जे सल्लाहा दिन्छ। त्यहीअनुसार आरक्षणले निर्णय गर्छ। हामी पनि स्थानीयको समस्याप्रति चिन्तित छौँ,' वार्डेन चौधरीले भने। -रासस

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्