• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोशीटप्पु आरक्ष आसपास जंगली जनावरको त्रास

देवेन्द्र कार्की सोमबार, माघ ५, २०७७  १६:४१
1140x725

धरान- गत मंसिर २९ गते एकाबिहानै गहुँमा पानी लगाउन घरबाट हिँडेका सुनसरीकाे कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै फर्किएनन्। हात्तीको आक्रमणले उनकाे ज्यान गयो। त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही हात्तीको आक्रमणबाट ज्यान गयो। राति नै मृत्यु भएका उनकाे शव बिहान घरनजिकै भेटियो। 

एउटै गाउँपालिकामा १५ दिनको फरकमा दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाए। कोशी टप्पु वन्यजन्त आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने कोशी गाउँपालिकाका अधिकांश गाउँ जंगली जनावरको आक्रमणको चपेटामा परेका छन्। आरक्षबाट आएका जंगली जनावरले कतिखेर ज्यान लाने हो भन्ने ठेगान छैन। 

जंगली जनावरको आक्रमणबाट आजित भएर स्थानीयवासी आन्दोलन गर्ने गरेका पनि छन्। तर राज्यले कुनै पहल नगर्दा उनीहरु त्यसै थाकेका छन्। आरक्ष प्रशासनले पनि अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन। 

मकुना नामको हात्तीको आक्रमणबाट प्रमोद यादवको मृत्यु भएपछि हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली मगाइएको थियो। उक्त टोलीले हात्तीमा बढेको हर्मोनका कारण हात्ती अराजक भएको निष्कर्ष निकालेको थियो। सोही बमोजिम नै मकुनाको हर्मोन कम गर्ने सुई दिइएको थियो। मकुनाको उत्तेजना कम भएको स्थानीयले महसुस गर्दानगर्दा त्यही हात्तीको आक्रमणबाट मोतीलालको मृत्यु भयाे। अहिले स्थानीयवासीमा पुनः त्रास फैलिएको छ।  

यस घटनापछि स्थानीय समाजसेवी पञ्चनारायण मण्डलको संयोजकत्वमा ३७ सदस्यीय जङ्गली जनावर पीडित सङ्घर्ष समिति बनाइएको छ। यहाँ आएको प्राविधिक टोलीसँग थप छलफल गरी सङ्घर्षका कार्यक्रम घोषणा गरिने संयोजक मण्डलले जानकारी दिए। अब पनि जंगली जनावरको आक्रमण रोक्न आरक्षले कुनै पहलकदमी नगरे आरक्ष र स्थानीयवासीबीच ठूलो द्वन्द्व सिर्जना हुने उनको भनाइ छ। 

कोशीटप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावर र स्थानीयबीच दशकौँदेखि द्वन्द्व हुँदै आएको छ। स्थानीयले आरक्ष प्रशासनलाई समाधानका लागि विशेष ध्यान दिन सचेत गराए पनि उनीहरुको कुरा सुनिएकाे छैन। 

चार वर्षमा ५२ जनाको मृत्यु 
आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म जंगली हात्तीको आक्रमणबाट सुनसरी र सप्तरीमा आठ जनाको मृत्यु हुनुका साथै २४ जनाभन्दा बढी व्यक्ति घाइते भएको तथ्या‌ंक छ। २०७३ यता मात्र आरक्षबाट निस्किएर आएका जंगली जनावरको आक्रमणबाट ३ जिल्लामा ५२ जनाको ज्यान गएको सङ्घर्ष समितिका संयोजक पञ्चनारायण मण्डलले बताए। 

२२ जनाको त मकुना हात्तीको आक्रमणले मात्र ज्यान गएको उनले जानकारी दिए। उनका अनुसार कोशी गाउँपालिकाको वडा नंं ३, ५, ६,७, ८ जङ्गली जनावरबाट पीडित छन् । यसैगरी उदयपुरको बेलका नगरपालिकाका, सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका केही वडाहरु मधयवर्ती क्षेत्रमा पर्छन्।

Ncell 2
Ncell 2

ती क्षेत्रका स्थानीयवासी बर्षौंदेखि हात्तीलगायतका जङ्गली जनावरबाट पीडित छन्। मण्डलका अनुनसार कोशी गाउँपालिकामा मात्र डेढ वर्ष अवधिमा एक सय ५० जना भन्दाबढी घाइते भएका छन्। करोडौँको बालीनाली क्षति भएको छ। सङ्घर्ष समितिको बैठक बसी प्रमुख जिल्ला अधिकारी र वार्डेनमार्फत् यहाँको धनजनको क्षति र समस्याबारे केन्द्र सरकारलाई ज्ञापनपत्र पठाउने काम भएको उनले जानकारी दिए। अब पनि आरक्ष स्थानीयवासीप्रति जिम्मेवार नभए सङ्घर्षका कडा कार्यक्रम सुरु गर्ने मण्डलले चेतावनी दिए। 

आरक्ष प्रशासनको लापरवाही 
हात्ती आक्रमण रोक्न आरक्ष प्रशासनले कुनै ठोस कदम नचाल्दा मध्यवर्ती क्षेत्रवासी समस्यामा परेको कोशी गाउँपालिकाकाले जनाएको छ। त्यही भएर स्थानीय आन्दोलित भएका छन्। स्थानीयवासीको सुरक्षाका लागि आरक्ष प्रशासन पनि जिम्मेवार हुनुपर्ने उनीहरुकाे भनाइ छ। 

मानव बस्तीमा पसेर दिनहुँजसो सर्वसाधारणलाई आतंकित बनाउने हात्ती कहाँ छ भनेर लोकेसन ट्रयाक गर्न २०७४ मंसिर १५ गते आरक्षले रेडियोकलर जडान गरेको छ। त्यसकाे सहायतामा रिसिभरले हात्ती कहाँ छ भन्ने जानकारी दिने गरेको छ। तर मानवबस्तीमा पसेको जानकारी आरक्षलाई थाहा हुँदासमेत बेवास्ता गर्दा मानिसको ज्यान जाने गरेको गाउँपालिका अध्यक्ष बताउछन्। 

मकुना हात्तीले उपद्रो गरेको र मानव बस्ती जानबाट रोक्न हात्तीको खुट्टामा चेन लगाइने उपायबारे विभागमा मंसिर ६ गते नै पत्र पठाएको आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए। 

सानो क्षेत्र हुनु पनि समस्या 
सुनसरी, सप्तरी र उदयपुर तीन जिल्ला गरी आरक्षण १७५ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। यहाँ रहेका जंगली जनावरको संख्याअनुसार यो भूगोल अत्यन्तै न्यून हो। सानो  क्षेत्रफलमा हात्ती, बँदेल, अर्नालगायतका जङ्गली जनावरको संख्या ठूलो हुँदा ती जनावर मानवबस्ती प्रवेश गरेर उपद्रो गर्ने गरेको आरक्षणका वार्डेन चौधरी बताउँछन्। उनका अनुसार मकुना हात्ती १० वर्षदेखि आरक्षमा बस्दै आएको छ र बाहिर निस्किएर उपद्रो गर्ने गरेको छ। केही दिनदेखि मकुना ‘मतुवा’ भएर मानिसलाई आक्रमण गर्न थालेको उनको भनाइ छ। 

विज्ञ टोली आरक्षमा 
मंसिर २९ को घटनापछि मकुनालाई मत्थर पार्ने सुई लगाइएको थियो। केही मत्थर भएको भनिए पनि १५ दिनपछि पुन मानवबस्तीमा पसी आक्रमण गरेपछि त्यसलाई कसरी नियन्त्रणगर्ने भन्ने विषयमा अध्ययन गर्न राष्ट्रिय निकुञ्ज विभागका हात्ती विज्ञ अशोक रामको नेतृत्वको टोली आरक्षण पुगेको थियो । उनीहरुसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका पशु प्राविधिक टोलीले पनि मकुना हात्तीको अध्ययन सुरु गरेको वार्डेन चौधरीले जानकारी दिए। 

दश वर्षदेखि हैरानी दिएकाे मकुनालाई मकुनालाई मार्नु पर्ने निष्कर्ष यसअघि स्थानीय प्रशासनसहितले निकालेका थिए। तर त्यसकाे विरोध भएपछि उत्तेजित बनाउने हर्मोन कम गर्न सुई लगाएर राखिएको थियो। फेरि गाउँ पसेर उपद्रो गरेपछि मकुनाबारे थप अध्ययन गर्न विज्ञ टोली आरक्षण मगाइएको हो। 'विज्ञ टोलीले जे सल्लाहा दिन्छ। त्यहीअनुसार आरक्षणले निर्णय गर्छ। हामी पनि स्थानीयको समस्याप्रति चिन्तित छौँ,' वार्डेन चौधरीले भने। -रासस

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
यी हुन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय सोमबार, पुस २८, २०८२
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्