• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

एकातिर चुनावी खर्चको दबाब, अर्कोतिर सांसदको 'खल्तीका सडक'को दायित्व ११ अर्ब

चैतभित्रै भुक्तानी दिनुपर्ने अवस्थामा अर्थ मन्त्रालय, विनियोजित पुँजीगत खर्च जम्मा १२ प्रतिशत खर्च
64x64
सविन मिश्र बुधबार, पुस २२, २०७७  ०९:२०
1140x725

काठमाडौं- संघीयताको कार्यान्वयनपछि पनि संघीय सरकारले खुद्रे सडक आयोजना नछोड्दा कोभिड-१९ का कारण अर्थतन्त्र कमजोर भएका बेला ११ अर्ब रूपैयाँभन्दा धेरै भुक्तानी दिनुपर्ने भएको छ। एक निर्वाचन क्षेत्रमा १० करोड रूपैयाँभन्दा नबढ्ने गरी ठेक्का लगाउन अर्थ मन्त्रालयले गतवर्ष दिएको सहमतिअनुसार सिर्जित ११ अर्ब रूपैयाँको दायित्व यो वर्षका लागि सरेको हो। 

गत आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने गरी ठेक्का लगाउन अर्थ मन्त्रालयले यी आयोजना अघि बढाउन भनेको थियो। त्यसैअनुसार बजेट विनियोजन गरिएको भए पनि कोभिड-१९ को कारण देखाउँदै कुनै पनि आयोजना सम्पन्न गरिएन। गत वर्ष काम नगरेका कारण त्यसको दायित्व स्वतः यो वर्षका लागि सारेको छ। 

'अब संघले यस्ता खुद्रे आयोजनामा लगानी गर्न हुँदैन भनेर हामीले चालु वर्षभित्र सम्पन्न गर्नु भनेका छौँ,' अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनिराम शर्माले भने, 'अहिलेसम्म कुनै पनि आयोजना सम्पन्न भएको जानकारी आएको छैन, कुनै निर्वाचन क्षेत्रमा पनि कार्यक्रम सकिएको छैन।' 

सांसदहरूले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रूपैयाँ बजेट लगेका थिए। त्यतिले पनि नपुगेपछि उनीहरूलाई सडक आयोजना अघि बढाउन बढीमा १० करोड रूपैयाँसम्मका आयोजना अघि बढाउने अधिकारसहित यो रकम दिइएको थियो। 

चालु आर्थिक वर्षमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको आकार घटाउँदै ४ करोड रूपैयाँमा ल्याइएको छ। तर सांसदहरूलाई १० करोडको यो कार्यक्रम खर्च गर्ने अधिकार दिइएकाले उनीहरूले १४ करोड रूपैयाँ एक निर्वाचन क्षेत्रमा चालु वर्षमा खर्च गर्न पाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कसरी आयो यो विषय?
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत् दिइने बजेट कम भएको भन्दै गत आर्थिक वर्षमा सांसदहरूले सरकारको चर्को आलोचना गरे। बजेट नै पास गर्न नदिने धम्कीपछि अर्थ मन्त्रालयले बजेटमा उल्लेख गरी करिब ११ अर्ब रूपैयाँको स्रोत निकाल्दै निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण कार्यक्रम अघि बढाउन दिने व्यवस्था मिलायो। 

गत आर्थिक वर्षभित्रै सम्पन्न हुनेगरी अर्थ मन्त्रालयले कार्यक्रम अघि बढाउन सहमति दियो, सांसदहरू खुशी भए। गत वर्ष कोभिड-१९ का कारण आयोजना समयमै सम्पन्न हुन नसकेको भन्दै सांसदहरूले फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत दबाब बढाउन थाले। सुरुमा एकै वर्षमा सम्पन्न गर्ने भनिएको आयोजना अर्को एक वर्ष थप गरेर कार्यान्वयन गराउनुपर्ने उनीहरूको प्रस्ताव थियो। 

सांसदहरूको निरन्तरको दबाबपछि अर्थ मन्त्रालयले चालु वर्षको चैत मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरिदियो। गत वर्ष सिर्जित यो दायित्व स्वत: यो वर्षका लागि सर्‍यो। चालु आर्थिक वर्षमा राजनीतिक परिस्थिति उथलपुथल भयो। चुनाव घोषणा भएसँगै निर्वाचनका लागि खर्चको जोहो गर्नुपर्ने सरकारमाथि यो रकम भुक्तानीको दबाब पनि बढेको छ। 

Xtrem
Xtrem

जम्मा पुँजीगत खर्च १२ प्रतिशत
महालेखा नियन्त्रक कार्यालयले अहिलेसम्म १२ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै खर्च बढाउने गरी काम गर्न निर्देशन दिएको हो। कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै अहिलेसम्म खर्चको अवस्था कमजोर रहेको भन्दै लक्ष्यअनुसार काम गर्न निर्देशन दिएको छ। चालु आर्थिक वर्षको बाँकी अवधिमा खर्च बढ्ने गरी काम गराउन पनि निर्देशन दिइएको छ। 

'चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्ममा विनियोजित पुँजीगत खर्चको करिब १२ प्रतिशत मात्रै खर्च भई न्यून वित्तीय प्रगति भएकाले पुँजीगत खर्च गर्ने सम्पूर्ण निकायलाई साधन, स्रोत र जनशक्ति परिचालन गरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्चतम उपलब्धी हासिल गर्नेगरी काम गर्न अनुरोध छ,' पत्रमा भनिएको छ। 

कार्यालयले सरकारी निकायको आन्तरिक लेखापरीक्षण गर्दा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्डअनुसार काम गर्न पनि निर्देशन दिएको छ। कोभिड – १९ का कारण सरकारी स्रोतको व्यवस्थापनमा कठिनाइ भएकाले खर्चको मितव्ययितासम्बन्धी मापदण्डको कार्यान्वयन गर्न कार्यालयले निर्देशन दिएको हो। 

महालेखा नियन्त्रक कार्यालयका अनुसार सोमबारसम्ममा १२ प्रतिशत पुँजीगत खर्च भएको छ। चालु आर्थिक वर्षका लागि ३ खर्ब ५३ अर्ब रूपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमा ४३ अर्ब रूपैयाँ मात्रै भुक्तानी भएको छ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्