• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १२, २०८२ Mon, May 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
दुई महिनासम्म किन रोकियो जिल्ला न्यायाधीशहरुको नियुक्ति?
64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  ०८:५५
1140x725

काठमाडौं- नयाँ संविधान निर्माण भएसँगै न्यायिक इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशहरुको नियुक्ति परीक्षा प्रणाली अन्तर्गत खुल्ला रुपमा गर्ने भन्दै सूचना जारी भयो।

न्याय सेवा आयोगले लिएको परीक्षाको नतिजा फागुन १० गते सार्वजनिक भयो। ३० जना जिल्ला न्यायाधीशको पदका लागि १६ जना मात्र उत्तीर्ण भए। तर नतिजा आएको दुई महिना बितिसक्दा पनि उनीहरुले पद सम्हाल्न पाएका छैनन्। नियुक्ति गर्ने निकाय न्याय परिषद्ले उक्त कार्य अघि नबढाउँदा परीक्षामा उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरु जिम्मेवारीबाट वञ्चित भएका हुन्। 

देशभर ४० जना जिल्ला न्यायाधीशको पद रिक्त हुँदा कतिपय जिल्लामा एक न्यायाधीशले दुई जिल्लाका मुद्दा छिन्नुपरेको छ। तर पनि खुला परीक्षाबाट जिल्ला न्यायाधीश उत्तीर्ण भएका १६ जनालाई अझैसम्म नियुक्ति दिइएको छैन।

न्यायाधीश कम हुँदा ६ जिल्लामा ३ जना न्यायाधीशले मुद्दा हेर्ने गरेका छन्। जुम्लामा दरबन्दी रहेका न्यायाधीश प्रकाश ढुंगानाले कालिकोटमा पनि मुद्दा छिन्ने गरेका छन्। बैतडीका जिल्ला न्यायाधीश विष्णु गौतमले डडेल्धुराको पनि मुद्दा हेर्दै आएका छन्।  

दोहोरो जिम्मेवारीमा रहेका न्यायाधीशहरुले १५ दिन तोकिएको अदालत र १५ दिन काजको अदालतमा पुगेर मुद्दाको सुनुवाइ गर्दै आएका छन्। 

Ncell 2
Ncell 2

न्याय सेवा आयोगले परीक्षाको नतिजा निकाली उत्तीर्णहरुको नाम न्याय परिषद्‌मा सिफारिस गरिसकेको छ। तर पनि नियुक्ति नपाउँदा उत्तीर्ण भएकाहरु नियुक्ति पाउने कि नपाउने बारेमा अन्योलमा छन्। 

‘परीक्षा पास गरेर सिफारिस भएको दुई महिना भइसक्यो अहिलेसम्म नियुक्तिपत्र पाइएको छैन,’ जिल्ला न्यायाधीशमा सिफारिस भएका एक कर्मचारीले भने, ‘न्याय सेवा आयोगले रिजल्ट निकालेर सिफारिस गरिसकेको अवस्थामा किन रोकियो?' 

उनका अनुसार चैत महिनामा नियुक्ति दिइएको भए २०७४ सालको सेवा अवधि गणना हुन्थ्यो। ‘एक दिनले पनि फरक पार्छ,’ उनले थपे, ‘नियुक्ति दिन ढिलाइ गर्दा पछि सेवा अवधि गणनाको क्रममा उच्च अदालत जान योग्यता नपुग्न सक्छ।’ खुल्ला परीक्षामार्फत उत्तीर्ण भएका जिल्ला न्यायाधीशको सिफारिस न्याय परिषद्ले स्विकृत नगर्दा जिल्ला पठाउन ढिलाइ भइरहेको हो।

आयोगले ३० जना जिल्ला न्यायाधीश नियुक्तिका लागि समावेशीसहित खुला प्रतिस्पर्धाबाट छान्नेगरी विज्ञापन आह्वान गरेको थियो। आयोगले माग गरेको भन्दा १४ जना कमले लिखित र अन्तर्वार्ता उत्तीर्ण गरेका छन्। जिल्ला न्यायाधीशका लागि माघ १३ देखि १६ सम्म भएको लिखित परीक्षामा ३ सय ७३ जना सहभागी थिए।

आयोगले मागिएभन्दा ५० प्रतिशत कमले लिखित परीक्षा उत्तीर्ण गरेका छन्। समावेशीतर्फ महिला, मधेसी र दलितको कोटा अपूरै रहेको छ। समावेशीका लागि माग गरिएका एक महिला, दुई मधेशी र एक दलित कोटा गरी पाँचजना समावेशी न्यायाधीश पद पनि अपूरो रहेको हो। 

२४० जना जिल्ला न्यायाधीश पदमध्ये दुई सय जना कार्यरत छन्। बाँकी ४० को पद खाली रहेको न्याय परिषद्ले जनाएको छ। आयोगको सिफारिस प्राप्त भएपछि न्याय परिषद्को वैठक बसेको छैन ।  

अब न्याय परिषद्ले प्रधानन्यायाधीशलाई सिफारिस गर्नुपर्ने प्रावधान छ। परिषद्को बैठकले गरेको सिफारिसमा प्रधानन्यायाधीशबाट नियुक्ति हुने व्यवस्था छ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ
सेयर धितो कर्जाको जोखिम भार घट्यो
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ आइतबार, जेठ ११, २०८२
सेयर धितो कर्जाको जोखिम भार घट्यो आइतबार, जेठ ११, २०८२
अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय आइतबार, जेठ ११, २०८२
१५ औं राष्ट्रपति रनिङ सिल्ड जेठ अन्तिममा आइतबार, जेठ ११, २०८२
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्