• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महँगो सुनको पर्यावरणमा 'झन् महँगो' असर

64x64
नेपाल लाइभ शनिबार, मंसिर २७, २०७७  १२:५२
1140x725
अस्ट्रेलियाको सुपरपिट सुनखानी

काठमाडाैं-महँगो सुनको जोहो गर्न विश्वमै तछाडमछाड हुने गरेको छ। तर, लगानीको सबैभन्दा सुरक्षित माध्यमको रूपमा मानिने सुनखानीबाट निस्कने विषाक्त पदार्थका कारण वातावरणमा सबैभन्दा धेरै असर गर्ने गरेको पाइन्छ। सुनखानीबाट निस्कने साइनाइड र मर्करीलगायतका विषाक्त पदार्थले वातावरणलाई असर पारिरहेको छ।

एक तोला सुन प्रशोधन गर्दा २० टनसम्म विषाक्त पदार्थ उत्पादन हुन्छ। सुनखानीबाट निस्कने फोहोरले समुद्रमा ठूलो असर पार्दै आएको छ। यसले समुद्रमा रहेका जीवहरुको अस्तित्वलाई नै बिस्तारै मेटाउँदै लगेको विज्ञहरु बताउछन्। 

पपुवा न्यूगिनीको 'लिहिर गोल्ड माइन'बाट मात्र प्रशान्त महासागरमा ५० लाख टनसम्मको विषाक्त पदार्थ मिसिने गरेको छ। यस्ता विषाक्त पदार्थ समुद्रमा जान नदिने गरी बाँध बनाइएको भए पनि हरेक वर्ष यस्ता बाँधहरु फुट्ने गरेका छन्। साथै यसले बाँध वरपरको मानवीय बस्तीमा ठूलो असर पुर्‍याउँदै आएकाे छ। यस्ता बाँधको संख्या ३५ सयभन्दा बढी छ। बाँध फुट्नेबित्तिकै समुद्री सतहमा फोहोरमैला पुगिहाल्छ। रोमानिया, चीन, घाना, रुस, पेरू, दक्षिण अफ्रिका र अन्य देशहरुबाट समुद्रमा फोहोर पुग्ने गरेको छ। 

सुनखानीका यस्ता फोहोरले अम्लीय वर्षा बढाउन पनि सहयोग पुग्ने गरेको छ। अम्लीय वर्षाका कारण वरिपरिको पर्यावरणमा सबैभन्दा धेरै असर गर्ने भएकाले कतिपय जीवजन्तुको अस्तित्व नै समाप्त पारिरहेको छ। आइरन सल्फाइडले सल्प्यूरिक एसिड बनाउन अक्सिजनसँगै प्रतिक्रिया गर्दछ र अम्लीय वर्षा हुन्छ। ठूलाठूला चट्टानमा अम्लीय वर्षा हुँदा भविष्यमा यसले खतरा बढ्दै जाने विज्ञहरु बताउछन्। 

एक ग्राम सुन प्रसोधन गरेर आकर्षक गहना निर्माण गर्दा कम्तीमा पनि दुई ग्राम मर्करी उत्पादन हुन्छ। सुनखानीमा आवश्यक पर्ने ऊर्जा कोइलाबाट उत्पादन गरिन्छ। यसले थप प्रदुषण बढाउँछ। सुनखानीबाट प्रत्येक वर्ष एक हजार टनभन्दा बढी मर्करी उत्पादन हुन्छ। यसले मानवीय स्वास्थ्यमा ठूलो असर गर्ने वैज्ञानिकहरु बताउछन्। मर्करी वातावरणमा सजिलै घुल्न सक्ने भएकाले विभिन्न माध्यमबाट मानव शरीरमा प्रवेश गर्छ। 

मर्करीले मिर्गौला, कलेजो, मस्तिष्क, मुटु, फोक्सो, कोलोन, र प्रतिरक्षा प्रणालीमै ठूलो असर गर्छ। यसका साथै थकान, वजन घटाउने र मानवीय व्यवहारलाई नै परिवर्तन गर्छ। बच्चाहरू र विकासशील भ्रुणहरूमा, न्यूरोलजिकल विकासलाई बिगार्न सक्छ। 

सुनकै कारण विश्वकै ठूलाठूला जंगल फडानी भएका छन्। मानवीय बस्तीमा असर पुगिरहेको छ। बहुमूल्य धातु मानिने सुनको वातावरणीय असर ज्यादै महँगो बन्दै गइरहेको छ। सुन उत्पादन गर्ने खानीले वातावरणमा असर पुर्‍याएको भन्दै वातावरणविदहरुले विरोध गर्दै आइरहे पनि खानी वरिपरिका बस्तीहरुले आर्थिक प्रलोभनमा परेर यस्तो कार्यलाई प्रश्रय दिँदै आएका छन्। 

विश्वका सबैभन्दा १० ठूला सुन खानी 
विश्वकै सबैभन्दा ठूलो सुन खानी अमेरिकाको नेभाडा गोल्ड माइन हो। यसले वार्षिक ११५ टन सुन उत्पादन गर्दै आएको छ। खानीको हिसाबले दोस्रोमा उज्वेकिस्तानको मुरुन्टाउ रहेको छ। तेस्रोमा रुसकाे ओलिम्पिडा छ। यस खानीबाट वार्षिक ४३ टन सुन उत्पादन हुने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चौथो ठूलो सुन खानी डोमिनिकन रिपब्लिकमा रहेको पिउब्लो भिजो मानिन्छ। यस खानीबाट वार्षिक ३० टन सुनको उत्पादन हुने बताइन्छ। पाचौँ ठूलो सुन खानी पपुवा न्यूगिनीको लिहिरमा छ। यसले वार्षिक २७ टन सुन उत्पादन गर्दछ।

छैटाैं ठूलो सुन खानी अस्ट्रेलियाको काडिया भ्यालीले वार्षिक २७ टन उत्पादन गर्दछ। सातौँ ठूलो भनिने इन्डोनेसियाको ग्रासवर्गले वार्षिक २६ टन उत्पादन गर्छ। आठौँ स्थानकाे कङ्गोको किवालीले २५ टन उत्पादन गर्दछ। नवौँ ठूलो मालीको लोउलो गोउनकोटोले २२ टन उत्पादन क्षमता राख्दछ भने दशौँ ठूलो अस्ट्रेलियाको बोडिङटनले २१ टन उत्पादन गर्दछ। अफ्रिका सुनको प्रमुख स्रोत रहँदै आएकोमा पछिल्लो समय चीन अगाडि रहेको वर्ल्ड गोल्ड काउन्सिले जनाएको छ।

सुनको माग तथा आपूर्ति 
विरोधका कारण विश्वमै सुनको उत्पादन घट्दै गएको छ। विश्व गोल्ड काउन्सिलका अनुसार सन् २०१९ मा सुनको उत्पादन एक प्रतिशतले घटेको छ। सन् २०२० मा पनि सुनको उत्पादन घट्ने अनुमान गरिएको छ। मागभन्दा कम उत्पादन हुँदा बजारमा यसको मूल्य बढिरहेको छ। यसले गर्दा ६ महिना अगाडि सुनको भाउले विश्व रेकर्ड बनाउदै प्रति औन्स २०४२ डलर पुग्यो।  

Xtrem

Xtrem

सन् २०१९ को तथ्याङ्क अनुसार हाल विश्वमा सुनको सञ्चिति एक लाख ९७ हजार ५७६ टन रहेको छ। उक्त सुनमध्ये सबैभन्दा धेरै गरगहनाका लागि ४७ प्रतिशत प्रयोग भएको छ। सुनका गरगहना बनाउनका लागि ९२ हजार ९४७ टन प्रयोग भएको विश्व गोल्ड काउन्सिलले जनाएको छ।

त्यस्तै व्यक्तिगत लगानीका रुपमा २१ दशमलव ६ प्रतिशत होल्ड भएर रहेको छ। त्यस्तै संस्थागत होल्डिङ १७ दशमलब २ प्रतिशत रहेको छ। उनीहरुले ३३ हजार ९१९ टन सञ्चित गरेर राखेका छन्। हाल विश्वकै केन्द्रीय बैंकहरुले ३४ हजार ८९१ टन सुन सञ्चित गरेर राखेका छन्।  

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्