• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुपरस्टार रजनीकान्त : राजनीतिमा आउन २५ वर्ष किन लगाए?

राजनीतिक यात्रा सफल होला?
64x64
नेपाल लाइभ सोमबार, मंसिर २२, २०७७  ०८:२४
1140x725

नयाँ दिल्ली- भारतीय अभिनेता रजनीकान्तले जनवरी  २०२१मा आफ्नो राजनीतिक पार्टी सुरु गर्ने घोषणा गरेका छन्। उनको  पार्टीले तमिलनाडु विधान सभाका लागि चुनाव लड्ने घोषणासमेत गरेको छ। उनका समर्थकहरु ९० को दशकदेखि यो घोषणाको पर्खाइमा थिए। रजनीकान्तको राजनीतिक रुचिका बारेमा तमिलनाडुका मानिसहरुले पहिलो पटक सन् १९९६ मा थाहा पाएका थिए। उक्त समयमा जयललिता तमिलनाडुकी मुख्यमन्त्री थिइन्। उनका छोरा विएन सुधाकरणको वैवाहिक सम्बन्धमा गरिएको अत्यधिक खर्चले चर्चा र आलोचना दुवै खेप्नुपरेको थियो जयललितालाई।

रजनीकान्तले उक्त समयमा खुलेरै सरकारमा धेरै भष्टाचार रहेको भन्दै आलोचना गरेका थिए। यस्ता प्रकारका सरकार सत्तामा रहनुहुँदैन भन्दै उनले जनताको कर दुरुपयोग रोक्नुपर्ने बताएका थिए। यही वर्ष उनले पहिलो पटक राजनीतिक विषयमा टिप्पणी गरेका थिए। एमजीआर कडगम पार्टीका नेता आएम बीरप्पनको उपस्थितिमा एक समारोहमा रजनीकान्तले तमिलनाडुमा ‘बम कल्चर’का बारेमा कुरा गरेका थिए।

उनले सो अवसरमा तमिलनाडुमा फैलिएको ‘बम कल्चर’को जिम्मेवारी राज्य सरकारले लिनुपर्ने बताएका थिए। सन् १९९६मा मुपनारले कांग्रेस छाडेर तमिल मनीला कांग्रेस नामक पार्टी बनाए। उक्त समय केन्द्रमा कांग्रेसका पिभी नरसिंह राव नेतृत्वमा थिए। कांग्रेस पार्टीले तमिलनाडुमा एआइएडीएमकेसँग गठबन्धन बनाएको थियो। यसको विरोधमा मुपनारले आफ्नै मनीला कांग्रेस पार्टी बनाए, जसले डिएमकेसँग गठबन्धन गर्‍यो। 

चुनावमा समर्थन 
रजनीकान्तले यो गठबन्धनको खुलेर सर्मथन गरे। उनले कुनै पार्टीलाई खुलेर समर्थन गर्ने घोषणा गरेको यो नै पहिलो घटना थियो। एआइएडिएमके सरकारकाप्रति आम मानिसको आक्रोश उक्त समयमा देखिएको थियो। यसको फाइदा डिएमके गठबन्धनलाई भयो। उक्त गठबन्धन भारी मतले निर्वाचन जित्न सफल पनि भयो र सत्तामा आयो। यो जितमा रजनीकान्तको सर्मथनको ठूलो हात भएको चर्चासमेत गर्ने गरिन्छ।

उनका फ्यानहरुले डिएमके गठबन्धनको समर्थनमा र मुपनारको पार्टीका उम्मेदवारहरुलाई जिताउन सहयोग गरे। सन् १९९८मा पनि रजनीकान्तले संसदीय निर्वाचनमा डिएमके गठबन्धन र मुपनर पार्टीको उम्मेदवारलाई समर्थन गरे। तर यो निर्वाचनमा उनलाई पहिलेजस्तो समर्थन आएन। एआइएमडिएमके गठबन्धनले यो पटक भारी बहुमत ल्याउन सफल भयो।

यसपछि रजनीकान्तले विस्तारै सत्तारुढ  एआइएमडिएमके पार्टीको आलोचना गर्न कम गर्न थाले। पुनः सन् २००२ मा कावेरी जल विवाद चरम रुपमा थियो। केही राजनीतिक दलहरुले रजनीकान्त कर्नाटकबाट आएकाले यसमा कुनै पनि राय नराखेको आरोप लगाए। यो आरोपपछि रजनीकान्तले तमिलनाडु फिल्म उद्योगका तर्फबाट आयोजना गरिएको भोक हड्तालमा भाग लिए र उनको समर्थन तमिलनाडुका मानिसका लागि रहेको घोषणासमेत गरे। 

उनले यो मुद्दा अघि बढाउनका लागि आफ्नो तर्फबाट एक करोड रुपैयाँ दान दिने घोषणा समेत गरे। सन् २००४ मा जब बाबा फिल्म बन्यो यसमा रजनीकान्तलाई धार्मिक नेतृत्व र राजनीतिमा प्रवेश गरेको नायकको रुपमा देखाइयो। तर डा रामदास नेतृत्वको पिएमके पार्टीले यसको स्क्रीनिङ्गमा अवरोध गरे। कयौं स्थानमा यो पार्टीका कार्यकर्ता र  रजनीकान्तका समर्थकका विचमा झडपसमेत भयो। रजनीकान्त चेन्नइको राघबेन्द्र म्यारिज हलमा आफ्ना फ्यानहरुसँग बसेर पिएमकेलाई भोट नदिन खुलेआम लविङमा समेत उत्रिए। तर यसको असर भने पिएमकेका उम्मेदवारला परेन। 

त्यसपछि रजनीकान्त राजनीतिक दख्खल र राजनीतिक राय दिनबाट पछि हट्न थाले। तर सन् २००४,२००६ र २००८ को प्रत्येक पत्रकार सम्मेलनमा राजनीतिक अवस्थाका बारेमा उनलाई प्रश्न सोधियो। उनले सधैँ सिधा जवाफ दिएनन्। समय आओस्, समयले  नै हामीलाई जवाफ दिनेछ। म पनि जवाफ दिनेछु भन्दै टार्दैै हिँडे। यस्तै टिप्पणीका बीच उनका शुभचिन्तकहरूले रजनीकान्त राजनीतिमा आउने पर्खाइमा ६ वर्ष बिताए। फेरि सन् २०१४ मा नेसनल डेमोक्रेटिक एलाइन्सले संसदीय निर्वाचनमा नरेन्द्र मोदीको नाम प्रधानमन्त्रीमा अघि बढायो।

Ncell 2
Ncell 2
nimb
nimb

मोदीले चेन्नईमा रजनीकान्तको निवासमा पुगेर भेट गरे। यो भेटपछि उनले मोदी एक महान नेता भएको प्रतिक्रिया दिए।  उनले कुनै पनि समयमा भारतीय जनता पार्टीको नाम भने लिएनन्। सन् २०१४ मा तत्कालीन मुख्यमन्त्री जयललितालाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा १४ वर्षको जेल सजाय भयो, त्यो समयमा उनलाई सोधिएको प्रश्नमा उनको एकमात्र प्रतिक्रिया थियो ‘ह्याप्पी’। 

करुणानिधि र जयललिताको निधन 
पाँच डिसेम्बर २०१७ मा जयललिताको निधन भयो। तमिलनाडुका अर्का चर्चित नेता करुणनिधिको स्वास्थ्यमा समस्या देखियो। उनी सक्रिय राजनीतिबाट बाहिर बसे। ७ अगस्ट २०१८मा उनको निधन भयो। निधनअघि ३१ डिसेम्बर २०१७ मा रजनीकान्तले करुणानिधिसँग राजनीतिमा आउनेबारे छलफल गरेका थिए।

करुणानिधिसँगको भेटपछि उनले राजनीतिका बारेमा छलफल भएको पत्रकारलाई बताएका थिए। करुणानिधिले उनलाई राजनीतिका लागि शुभकामना दिएको पनि बताएका थिए। उक्त समयमै अब सक्रिय राजनीतिमा आउने संकेत गरेका थिए। तर समय बित्दै गयो। उनी मौन नै बसे। सन् २०१९ मा उनीमाथि फेरि कुन राजनीतिक दलमाथि उनको समर्थन छ भनी सोधियो। उनले कुनै पनि दल र पार्टीको समर्थन नगर्ने र उनको फ्यान क्लब निर्वाचनमा भाग नलिने बताए।

उनले २०२१ मा तमिलनाडुको आगामी विधान सभा निर्वाचनमा भाग लिई सबै क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरेका छन्। उनको यो घोषणापछि उनी वरिपरी पार्टीका केही गतिविधि देखिएन र राजनीतिक दलहरुले उनको आलोचना गरे। तमिलनाडुका मुख्यमन्त्री इके पलानीसामी, राज्यमन्त्री, बिजेपी नेता र डिएमके नेताले रजनीकान्तले पार्टी बनाउन दिउँ अनि कुरा गरौँला भन्नेजस्ता अभिव्यक्ति दिइरहे। पार्टी बनाउने अधिकार सबैलाई भएकाले रजनीकान्तले पनि आफ्नो छुट्टै पार्टी बनाउन सक्ने टिप्पणी उनीहरूले गरे। 

तमिलनाडुका केही मन्त्रीहरुले त बच्चा जन्मनुअघि नै रजनीकान्तले न्वारन गरेको टिप्पणीसमेत गर्न भ्याए। सन् १९९१मा राजनीतिक रुचीमा रजनीकान्तको जुन यात्रा सुरु भयो‚ त्यो परिपक्व र आधिकारीक घोषणा हुन २०२० सम्मको समय लाग्यो। अब उनले तय गर्ने राजनीतिक यात्राले उनको भविष्य बताउनेछ। 

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ०८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्