• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

औपचारिक सचिवालय बैठक बोलाउने प्रचण्डको तयारी

64x64
वीरेन्द्र ओली सोमबार, कात्तिक २४, २०७७  २१:१२
1140x725

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक सचिवालय कमिटी बैठक बोलाउने तयारी गरेका छन्। अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझसम्म पनि बैठक नबोलाएपछि प्रचण्डले सचिवालयको औपचारिक बैठक बोलाउने तयारी गरेका हुन्। 

गत शुक्रबार पनि प्रचण्डले सचिवालय बैठक बोलाएपनि त्यसलाई अनौपचारिक भनिएको थियो। त्यसपछि बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेर बैठक बोलाउन लिखित आग्रह गरेका थिए। तर उनले तत्काल बैठक बोलाउन चासो नदिएपछि प्रचण्डले औपचारिक बैठक बोलाउने गृहकार्य थालेका हुन्। 

‘अबको केही दिनमा पार्टी सचिवालयको बैठक बस्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तत्काल बैठक बस्ने वातावरण नबने बहुमत सचिवालय सदस्यको मात्रै भएपनि औपचारिक बैठक बस्छ।’ प्रचण्डसहित बहुमत सचिवालय सदस्य तत्काल सचिवालय बैठक बोलाउनुपर्ने अडानमा यथावत छन्। 

पछिल्लो विवादमा प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू पार्टी कमिटीबाटै निर्णय गराएर जाने रणनीतिमा छन्। पार्टीमा ओलीको स्वेच्छाचारिता बढेकाले एक ढिक्का भई मुकाबिला गर्ने बहुमत सचिवालय सदस्यहरूको तयारी छ। तर, ओली पार्टी सचिवालय र स्थायी कमिटीमा अल्पमत भएकाले बैठक पर धकेल्न विभिन्न रणनीति बनाइरहेका छन्। 

बहुमत सचिवालय सदस्यले बैठक बस्न दिएको समयावधिभित्र सोमबार बिहान महासचिव विष्णु पौडेल अध्यक्ष ओलीको सन्देश लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए। विधान बमोजिम बैठक बोलाउन आह्वान गरेको अमूर्त पत्र लिएर पौडेलले प्रचण्डलाई भेटेका थिए।

Ncell 2
Ncell 2

ओलीले विधान बमोजिम भन्दै तत्काल बैठक नबोलाई १५ दिन धकेल्ने योजना बनाएका छन्। नेकपा अन्तरिम विधान–२०७५ को धारा ५९ (४) मा कमिटीका २५ प्रतिशत सदस्यले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहतका कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्ने उल्लेख छ। विधानको सोही व्यवस्थामा टेकेर ओलीले सचिवालय बैठक १५ दिन धकेल्ने र आफ्नो पक्षमा माहोल बनाउन खोजेको नेताहरूको विश्लेषण छ। केही समय लिँदा पार्टी विवाद मत्थर हुन सक्ने विश्वासमा मंसिर पहिलो सातासम्ममा बैठक धकेल्ने तयारी ओलीको छ। यसो हुँदा पार्टीमा बहुमत सचिवालय सदस्यको माग पनि सम्बोधन हुने र आफ्नो पक्षमा माहोल सिर्जना पनि गर्न सहज हुने उनको बुझाइ छ। यस रस्साकस्सीमा दुवै पक्षले सचिवालय बैठकललाई प्रतिष्ठाको विषय बनाइसकेकाले थप विवाद चर्किने देखिएको छ।

प्रचण्डसँग टाढिएका पूर्वमाओवादी नेता के गर्लान्? 
पार्टी विवादमा प्रचण्डबाट टाढिएका भनिएका पूर्वमाओवादी नेताहरु गत भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन्। पार्टी विभाजनको पक्षमा नभई स्थायी कमिटी बैठकको निर्णय दुवै अध्यक्षले पालना गर्नुपर्ने उनीहरूको भनाइ छ। 

पार्टीमा ओली नजिक भनिएका पूर्वमाओवादीतर्फका सचिवालय सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेललगायत नेताहरू स्थायी कमिटी बैठकको निर्णयलाई दुवै अध्यक्षले अक्षरसः पालना गर्नुपर्ने पक्षमा उभिएका छन्। ‘हामी पार्टी विभाजनको पक्षमा छैनौँ। पार्टीलाई एक बनाएर लैजानु पर्छ,’ स्थायी कमिटी सदस्य मणि थापाले भने, ‘भदौ २६ गतेको स्थायी कमिटी बैठकले ओली कमरेडलाई सरकार र प्रचण्ड कमरेडलाई पार्टीका काममा केन्द्रित हुने निर्णय गरेको छ। त्यो निर्णय दुवै अध्यक्षले पालना गर्नुपर्छ।’ बैठकको निर्णयअनुसार दुवै अध्यक्षले जिम्मेवारी पूरा गरे पार्टीमा थप विवाद गर्नुपर्ने कारण नभएको थापाको भनाइ छ।

पार्टी विवादमा पूर्वमाओवादी समूहका केही नेता ओली खेमामा देखिएपनि फाइनल डिसिजन गर्नुपर्ने अवस्था आए यसै भन्न नसकिने प्रचण्ड समूहका अर्का एक नेताले बताए। ‘यदि पार्टी विभाजन नै हुने अवस्था आए प्रचण्ड कमरेडबाट टाढिएका भनिएका नेताहरू ओली कमरेडसँगै हुनुहोला भन्न सकिन्न,’ ती नेताले भने, ‘त्यसो हुँदा अनेक हिसाबकिताब चल्छ। जसमा पार्टी फुटको आरोप कसलाई लाग्छ? पार्टी संस्थापन कुन समूह हुन्छ? पार्टीमा कसको पकड हुन्छ? यस्ता फ्याक्टरले महत्व राख्छ।’ 

एकपछि अर्को गर्दै ओलीले पूर्वमाओवादीका नेतालाई आफ्ना पक्षमा पारेको भन्दै प्रचण्ड चिढिएका छन्। यसअघि मन्त्रिपरिषद् पुनर्गठनमा प्रचण्डले गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योगमन्त्री लेखराज भट्टलाई हटाउन प्रस्ताव गरेका थिए। आफ्नो पक्षमा आएका पूर्वमाओवादीसहित आफू निकटका मन्त्रीलाई प्रचण्डले छानीछानी हटाउन खोजेको भन्दै ओली सशंकित भएका थिए। यदि यी मन्त्रीलाई हटाउने भए त्यसको बदलामा माओवादी समूहबाट टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभु साह ल्याउने ओलीले बताएपछि प्रचण्ड नराम्रोसँग झस्किएको ती नेताको भनाइ छ। प्रचण्डले आफ्ना समूहमा नखेल्न चेतावनी दिएपछि दुई अध्यक्षको सम्बन्ध टाढिँदै गएको विश्लेषण हुन थालेको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २१:१२
  • ##नेकपा-विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्