• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको सदाबहार सूत्र-अप्ठ्यारोमा परेपछि राजीनामाको फन्डा

64x64
किशोर दहाल बिहीबार, कात्तिक २०, २०७७  ११:२२
1140x725
फाइल फोटो

काठमाडौं- 'तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो।'

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भनेका कुरा हो, यो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जबजब विवाद बढ्छ, प्रधानमन्त्री ओलीको आलोचना सुरु हुन्छ, उनको निर्णय र कार्यशैलीमाथि प्रश्न उठ्छ, तबतब उनीबाट यस्तै अभिव्यक्ति सार्वजनिक हुने गरेको छ। आफ्नो संकटलाई उनले पटकपटक राजीनामा मागिएको विषयसँग जोड्ने र विवादलाई विषयान्तर गर्ने गरेका छन्। त्यसका लागि उनले पार्टीका सहयात्रीदेखि छिमेकी मुलुकसम्मलाई जोड्ने गरेका छन्।

पछिल्लो अप्ठ्यारो
गत असार १० देखि भदौ २६ गतेसम्म चलेको स्थायी कमिटीको बैठकले विवादहरुको हल गरिएको भनिएको थियो। त्यसका लागि केही समझदारीका केही सूत्र तय गरिएको थियो। तर केही हप्तापछि नै दुई अध्यक्षबीच नै असझदारी सिर्जना हुन थाले। जसले गर्दा केही हप्तायता नेकपा संकटबाट गुज्रिरहेको छ।

राजदूत नियुक्ति, मन्त्रिपरिषद्मा सदस्य थप, कर्णाली विद्रोह, भारतीय गुप्तचर संस्था 'रअ' का प्रमुखसँग बालुवाटारमै प्रधानमन्त्रीद्वारा भेट, पर्साको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या लगायतका विषयले नेकपाभित्र विवादको आगोमा घ्युको काम गरिरहेको छ।

राजदूत नियुक्ति तथा मन्त्रिपरिषद्मा सदस्य थप गर्दा प्रचण्डले हिस्सा पाएनन्। पछिल्लो असमझदारीको सूत्रपात पनि त्यहीँबाट सुरु भएको हो। बिस्तारै, प्रचण्ड पक्षका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा ओली पक्षका नेता यामलाल कँडेलको नेतृत्वमा विद्रोहको प्रयास भयो। १८ जना प्रदेश सभा सदस्यले पार्टी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराए। त्यसबाट सिर्जित विवाद र अविश्वासको निरुपण अहिलेसम्म भइसकेको छैन। कर्णाली प्रदेशका मुख्यमन्त्री र पार्टी पदाधिकारीलाई काठमाडौं बोलाएर धारणा सुनियो। तर अध्यक्षद्वयबीच समान धारणा बन्न नसक्दा फरकफरक निर्देशन सहितको पत्र पठाइयो। अर्कोतिर, कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा छ।

विवाद निरुपणका लागि पार्टीको बैठक बस्न सकेको छैन। अध्यक्षद्वयको भेट र फोन संवाद पनि तिक्ततापूर्ण बनिरहेको छ। ओलीसँगको संवादबारे प्रचण्डले गत आइतबार सचिवालयका बहुमत सदस्यलाई गरेको ब्रिफिङ अनुसार, उनी पार्टीका कुनै कमिटीको बैठकबारे इच्छुक त छैनन् नै, कमिटीले गरेका निर्णय पनि मान्न तयार छैनन्। आफू (पक्ष) इतरको बैठक बसेर कुनै निर्णय गर्‍यो भने आफूले झन् ठूलो निर्णय गरिदिने धम्की उनले दिएका छन्।

यसैबीच नेकपा विभाजनको चर्चा भने चुलिएको छ। विभाजन नै हुने सम्भावना त न्यून देखिन्छ। तर, शीर्ष नेताहरुले नै त्यसलाई उछालिरहेका छन्। केही दिनयता उनीहरु पार्टीभित्रको विवादलाई आन्तरिक छलफलमा होइन, सामाजिक सञ्जालमा पोखिरहेका छन्। र, पार्टी विभाजन संकटमा परेको, फलानो पक्ष जिम्मेवार रहेको, फलानो नेताले जिम्मेवारी पूरा नगरेको, फलानो नेताले विवादमा फेसो ठोकेको जस्ता अभिव्यक्ति दिइरहेका छन्। यसमा पार्टीका प्रवक्ता र महासचिवदेखि केन्द्रीय सदस्यसम्म व्यक्त देखिन्छन्।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

आन्तरिक संकटका विषयमा सामाजिक सञ्जालमा मुखर बन्दै नेकपा शीर्ष नेताहरुसोमबार, कात्तिक १७, २०७७

पार्टीको पछिल्लो अवस्था र आगामी रणनीतिबारे प्रचण्ड र माधव नेपाल पक्ष संवादमै छ। त्यसपछि नेकपाको आगामी दिन अझ प्रष्ट हुने छ।

जस्तै अवस्थामा पनि ढिलोचाँडो बैठक त बस्ने नै छ भन्ने ओलीलाई थाहा नभएको होइन। त्यहाँ आफ्नो आलोचना हुने र राजीनामा मागिने कुरा पनि उनलाई थाहा छ। त्यसैले उनले बुधबारै भनिदिए- केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन्। बेकारको कुरा हो भन्ने सोच्छु।

सदाबहारको सूत्र
आफ्नो राजीनामाको विषयलाई लिएर ओलीले अभिव्यक्ति दिएको यो पहिलो पटक होइन। पार्टीभित्र आफूमाथि जबजब संकट बढ्छ, तबतब उनले राजीनामाको विषय उठाउने गरेका छन्। त्यसका लागि उनले असम्बन्धित मञ्च र तथ्यलाई समेत जोड्ने गरेका छन्। र, आफूप्रति सदासयता बढाउने प्रयास गरेका छन्। 

गत असार १० गते सुरु नेकपाको स्थायी कमिटी बैठक ओलीका लागि प्रतिकूल हुने आकलन थियो। अध्यादेशदेखि भ्रष्टाचारसम्मका अनेक विषयले नेकपा नेताहरु कतिबेला बैठक बस्ला र बोलौंला भनेर बसिरहेका थिए। आफ्नो आलोचना हुने राजीनामा मागिने बुझेपछि ओलीले सदस्यहरुको बोल्ने पालो सुरु नुहँदै राजीनामाको विषयलाई चर्चामा ल्याए।

बैठकको पहिलो दिन अध्यक्षद्वयको सम्बोधनको कार्यतालिका थियो। आफ्नो सम्बोधनमा बेसारको विषयमा समेत आलोचना गरिएको सडकबाट राजीनामा मागिएको बताए। 'के अब बेसारकै नाममा राजीनामा दिने?', उनको प्रश्न थियो।

उनी त्यतिमै रोकिएनन्। असार १४ गते मदन भण्डारी फाउण्डेसनद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा उनले नयाँ नक्सा जारी गरेबापत भारतले आफूलाई हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले सघाएको अभिव्यक्ति दिए। तर आफूले पद नछाड्ने स्पष्ट पारे। 'मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन तर यही बेलामा हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन। किनभने भोलिपल्ट बर्खास्त हुन्छ', उनले भनेका थिए, 'त्यसैले मैले आजका लागि होइन, भोलिका लागि र आफ्ना लागि होइन देशका लागि काम गरेको हो।'

यो पनि पढ्नुहोस्

अहिले हटें भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन, भोलिपल्ट बर्खास्त हुन्छ: प्रधानमन्त्रीआइतबार, असार १४, २०७७

त्यसका अतिरिक्त पार्टी कमिटीका बैठकमा पनी उनले राजीनामा नदिने प्रष्ट पार्दै आएका छन्। गत बैशाखदेखि सुरु नेकपाको पछिल्लो विवाद शृंखलामा उनले पार्टीको असन्तुष्ट पक्षलाई आफूले राजीनामा नदिने पटकपटक स्पष्ट पारिसकेका छन्। बेलाबखत उनले चुनौती नै दिने गरेका छन्- सकेको गर्नुस्।

सार्वजनिक सम्बोधनमा पनि उनले राजीनामाको प्रसंग जोड्ने गरेका छन्। गत वर्ष फागुन ४ गते उनले गृह जिल्ला झापाको दमक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा 'सरकार ढाल्ने षडयन्त्र' भएको तर 'सरकारलाई कसैले हल्लाउन नसक्ने' तथा 'हामी अगाडि बढ्यौं, बढ्यौं' भनेका थिए।

'तपाईंहरूलाई लाग्ला, सरकारसँग बलियो बहुमत छ। बहुमत भए पनि फर्की–फर्कीकन उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन्', उनको अभिव्यक्ति थियो।

उनले कसले सरकार ढाल्न आँटेको भन्नेचाहिँ स्पष्ट संकेत गरेका थिएनन्।

त्यतिबेला पार्टीमा ओली विरुद्धको गठबन्धन बलियो भएको थियो। सो गठबन्धनकै गोप्य बैठकले तय गरेका रणनीतिहरु पार्टीमा प्रभावी बन्न थालेका थिए। गठबन्धनलाई तोड्न उनलाई सफलता मिलिरहेको थिएन। केही समयअघि मात्रै ओलीको चाहना विपरीत सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए। २०७६ माघ १५ देखि १९ सम्म सम्पन्न केन्द्रीय कमिटीको बैठकमा उनले प्रशस्त आलोचना खेपेका थिए। एमसिसीका विषयमा ओलीको चाहना विपरीत कार्यदल गठन भएको थियो।

यो पनि पढ्नुहोस्

बाजीगर प्रचण्ड : जसले हारेको खेल जितमा बदलेआइतबार, माघ १२, २०७६

त्यतिबेला पार्टी बाहिर पनि सरकारले दुई वर्ष पूरा गरेको सन्दर्भमा पनि उनले सार्वजनिक आलोचना सुन्नुपरेको थियो। बालुवाटारमा बजाइएको बाँसुरीको समेत आलोचना भइरहेको थियो। कतिपयले सरकारको सान्दर्भिकमाथि प्रश्न उठाएका थिए।

कारण के?
पार्टीभित्रको विवादमा कतिपय नेताले सन्दर्भवश राजीनामाको विषय उठाउने गरेको भए पनि नेकपाको कुनै पनि कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय एजेन्डाको रुपमा प्रवेश भएको छैन। त्यसैले बेलाबखत उठ्ने यस्ता विषयलाई नेताहरु बीचको असन्तुष्टि र आक्रोशको स्वभाविक उपक्रमका रुपमा लिन सकिन्छ।

सामान्यतया प्रधानमन्त्रीको राजीनामा माग्ने भनिएको प्रमुख प्रतिपक्षी दलले पनि यस विषयलाई खासै रुची दिएको छैन। नेपाली कांग्रेसले सरकारका कैयौं निर्णयको आलोचना गर्ने गरेको भए पनि राजीनामाकै विषय उठाएको पाइँदैन। त्यसैले प्रधानमन्त्रीले बेलाबखत चर्चामा ल्याउने गरेको राजीनामाको विषय उनीभित्रैबाट सिर्जित विषय भएको देखिन्छ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री ओली झुक्याउन सिपालु रहेको बताउँछिन्। 'उहाँको अधिक समय कसरी झुक्याउने, तर्साउने, छक्याउने, भ्रम दिने होला भनेर सोचेरै बित्ने गरेको छ। त्यसैले फ्याट्टफ्याट्ट यस्ता (राजीनामा) कुरा ल्याउने गर्नुहुन्छ। अनि त्यसैलाई विवाद र छलफलको विषय बनाइदिनुहुन्छ', उनले भनिन्।

सरकारमाथि आन्तरिक संकट आइलागे पार्टीको बैठकबाट विवाद समाधान गर्ने प्रचलन छ। त्यहाँ आफ्नो औचित्य पुष्टि गर्ने, विश्वास लिने वा अल्पमत-बहुमतबाट अवस्था निश्चित गर्ने गरिन्छ। तर, प्रधानमन्त्री ओलीले बैठकप्रति रुची नराख्ने मात्रै होइन, बैठकले गरेका निर्णय मान्दिनँ भनिरहेका छन्।

यो पनि पढ्नुहोस्

ओलीले सँगै अगाडि बढ्न नसक्ने भनी दिएको अभिव्यक्ति साँचो : प्रवक्ता श्रेष्ठसोमबार, कात्तिक १७, २०७७

बाह्य संकट आइपरेको भए, आफ्नो पार्टीभित्रको बलियो साथ लिने, सम्भव भए अन्य पार्टीको पनि साथ लिने र आम जनताबाट ऐक्यबद्धता लिने हो। तर अहिले उनले त्यस्तो समस्या भोगेका पनि छैनन्। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयललाई मध्यरातमै प्रधानमन्त्री निवासमै भेट्न उद्यत प्रधानमन्त्रीलाई त्यस्ता समस्या भएको कुनै संकेत छैन।

'आफू कमजोर भएपछि छायाले पनि लखेट्छ भन्छन्। अरुलाई दोष दिएर आफ्नो कमजोरी लुकाउन मिल्दैन। पाइँदैन। आफूभित्र सम्पूर्ण दोष छ। अनि त्यसलाई लुकाउने र अरुलाई दोष दिएर आफू चोखिने गर्न मिल्दैन', शाक्यको भनाइ छ।

बरु प्रधानमन्त्रीको आलोचना उनको कार्यशैलीलाई लिएर बढिरहेको छ। उनी आफ्नै कारण आलोचनामा छन्। वाचा अनुसार काम गर्न सकेका छैनन्। सुशासनको विश्वास दिलाउन सकेका छैनन्। संवैधानिक प्रावधान अनुसार नागरिकको हक सुरक्षित गर्न सकेका छैनन्। संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सकेका छैनन्। यस्तो अवस्थामा उनी आफैंसँग डराएजस्तो देखिन्छन्। शाक्यका अनुसार, प्रधानमन्त्रीलाई डर लागेको र सेन्टिमेन्ट लिन राजीनामाको विषय उठाएका हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  ११:२२
  • #केपी_ओली
  • #राजीनामा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले ढकालसहित झन्डै १०० नेता कार्यकर्तालाई एकै पटक काँग्रेस प्रवेश गराएका हुन... बिहीबार, फागुन ७, २०८२
यस्तो छ कांग्रेसको २०० पेज लामो प्रतिज्ञापत्र (पूर्णपाठ) बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले घोषणापत्रलाई प्रतिज्... बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हा... बिहीबार, फागुन ७, २०८२
ताजा समाचारसबै
एमाले रसुवाका पूर्वअध्यक्षसहित झन्डै १०० कार्यकर्ता काँग्रेसमा प्रवेश बिहीबार, फागुन ७, २०८२
यस्तो छ कांग्रेसको २०० पेज लामो प्रतिज्ञापत्र (पूर्णपाठ) बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
गठबन्धनको दूषित राजनीति नगर्ने गगन थापाको दाबी बिहीबार, फागुन ७, २०८२
रास्वपाको प्रतिबद्धतापत्र: सरकार सम्हालेको तीन महिनाभित्र संविधान संसोधनका लागि बहसपत्र तयार गर्ने बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्