 फोटो- सूर्य थापा
                                        
                                            फोटो- सूर्य थापा
                                        
                                    
                                                             
                            
                            काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन्।
उनले शीतल निवास पुगेर टीका लगाएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दशैकाे टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराकाे माला लगाइदिनु भएको छ', थापाले ट्विटरमा लेखेका छन्।
प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट टीका र जमराको माला ग्रहण गरेकी छिन्।
ओलीका पिता माेहनप्रसाद ओली गृहजिल्ला झापामा भएका कारण ओलीले बालुवाटारमा भने श्रीमती शाक्यलाई मात्रै टीका लगाएका थिए।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।