• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन- ४ वटा यो वर्ष सकिने, दुईवटाको मिति नै यकिन छैन

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७  १०:४९
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवका २४ आयोजना सम्पन्न हुने संशोधित मिति तय गर्दै त्यसअनुसार काम गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ। विगत वर्षहरूमा नै सम्पन्न हुनुपर्ने ती आयोजनाको काम अहिलेसम्म पनि पूरा भएको छैन। राष्ट्रिय गौरवका घोषणा गरेको १ दशक हुँदा पनि एउटा आयोजनाको काम सम्पन्न हुन नसकेको हो।

राष्ट्रिय गौरवका आयोजनामध्ये ४ वटा आयोजनाको काम यसै वर्ष सकिने लक्ष्य निर्धारण गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम यसै वर्ष सकिने लक्ष्य तय गरिएको छ।

चालु आर्थिक वर्षको बजेटबाट प्रस्तावित महाकाली सिँचाइ आयोजना र रेल तथा मेट्रोरेल आयोजनाको सम्पन्न हुने मिति यकिन छैन। महाकालीका लागि चालु वर्षमा नै बजेट विनियोजन गरिएको छ भने रेलवे आयोजनाको काम अघि बढ्न सकेको छैन। पूर्व-पश्चिम र उत्तर दक्षिण रेल निर्माणको काम अघि बढाउने घोषणा बजेटमा आएको भए पनि काम अघि बढेको छैन। 

प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय गौरवका रानी जमरा कुलरिया सिँचाइ आयोजना आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी बबई सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना (४८ मेगावाटको विद्युत आयोजनासमेत) आर्थिक वर्ष २०७९/०८० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुनकोशी मरिन सिँचाइ आयोजना आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

जलविद्युततर्फ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसीको सहयोगमा बन्ने विद्युत प्रसारण आयोजनाको काम २०८१/०८२ भित्र सम्पन्न हुने जनाइएको छ। यसअन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नुवाकोट हुँदै बुटवलसम्म एउटा प्रसारण लाइन र हेटौंडासम्म दोस्रो प्रसारण लाइन तथा केही सबस्टेसन बन्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

१२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न गर्ने गरी मिति तय गरिएको छ। तर यो आयोजना निर्माणको मोडालिटी नै टुंगो लागेको छैन। पश्चिम सेती यसअघि नै अनिश्चित बनेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार १८७९ किलोमिटर लम्बाइको पुष्पलाल मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हुलाकी मार्ग पनि आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य राखिएको छ। यो आयोजनाको कुल लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर छ।

नेपाली सेनाले अघि बढाइरहेको काठमाडौं-तराई-मधेस द्रुतमार्ग आर्थिक वर्ष २०८०/०८१ भित्र सक्ने लक्ष्य राखिएको छ। साढे ७२ किलोमिटर लामो यो आयोजनाभित्र पर्ने पुलको काम सुरु भएको छैन। जसका कारण तोकिएको मितिमा सम्पन्न हुनेमा शंका छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उत्तर-दक्षिण नदी करिडोरमा तीनवटा आयोजना अघि बढेका छन्। १६२ किलोमिटर लामो कोशी करिडोरको काम आर्थिक वर्ष २०८०/०८१ भित्र सक्ने लक्ष्य राखिएको छ। त्यस्तै २८४ किलोमिटर लामो कर्णाली करिडोरको काम आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य तोकिएको छ। नदी करिडोरका तीन आयोजनामध्ये यो आयोजनाको काम सुस्त छ।

उत्तर-दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी करिडोरको काम तीव्र गतिमा अघि बढेको छ। यो आयोजनाअन्तर्गत गैंडाकोट-राम्दी-मालढुंगा खण्डको काम आर्थिक वर्ष २०८०/०८१ भित्र सक्ने लक्ष्य तोकिएको छ। यसैगरी बेनी-जोमसोम-कोरोला खण्डको काम आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य राखिएको छ। 
बारामा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक वर्ष २०८५/०८६ भित्र सक्ने लक्ष्य राखिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य राखिएको छ।

त्यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आयोजनाको काम आर्थिक वर्ष २०९३/०९४ मा सक्ने लक्ष्य राखिएको छ। पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषको काम आर्थिक वर्ष २०७८/०७९ भित्र सक्ने लक्ष्य राखिएको छ।

सरकारले पूर्वाधार विकासका लागि उच्च प्राथमिकता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक वर्ष २०६८/६७ मा राष्ट्रिय गोरवका आयोजना छनोट गरि निर्माणलाई प्राथमिता दिन सुरु गरेका थिए। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १०:४९
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ?
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना आइतबार, कात्तिक ८, २०८३
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्