• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन- ४ वटा यो वर्ष सकिने, दुईवटाको मिति नै यकिन छैन

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १०, २०७७  १०:४९
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवका २४ आयोजना सम्पन्न हुने संशोधित मिति तय गर्दै त्यसअनुसार काम गर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ। विगत वर्षहरूमा नै सम्पन्न हुनुपर्ने ती आयोजनाको काम अहिलेसम्म पनि पूरा भएको छैन। राष्ट्रिय गौरवका घोषणा गरेको १ दशक हुँदा पनि एउटा आयोजनाको काम सम्पन्न हुन नसकेको हो।

राष्ट्रिय गौरवका आयोजनामध्ये ४ वटा आयोजनाको काम यसै वर्ष सकिने लक्ष्य निर्धारण गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम यसै वर्ष सकिने लक्ष्य तय गरिएको छ।

चालु आर्थिक वर्षको बजेटबाट प्रस्तावित महाकाली सिँचाइ आयोजना र रेल तथा मेट्रोरेल आयोजनाको सम्पन्न हुने मिति यकिन छैन। महाकालीका लागि चालु वर्षमा नै बजेट विनियोजन गरिएको छ भने रेलवे आयोजनाको काम अघि बढ्न सकेको छैन। पूर्व-पश्चिम र उत्तर दक्षिण रेल निर्माणको काम अघि बढाउने घोषणा बजेटमा आएको भए पनि काम अघि बढेको छैन। 

प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय गौरवका रानी जमरा कुलरिया सिँचाइ आयोजना आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी बबई सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना (४८ मेगावाटको विद्युत आयोजनासमेत) आर्थिक वर्ष २०७९/०८० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सुनकोशी मरिन सिँचाइ आयोजना आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

जलविद्युततर्फ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसीको सहयोगमा बन्ने विद्युत प्रसारण आयोजनाको काम २०८१/०८२ भित्र सम्पन्न हुने जनाइएको छ। यसअन्तर्गत काठमाडौंको लप्सीफेदीदेखि नुवाकोट हुँदै बुटवलसम्म एउटा प्रसारण लाइन र हेटौंडासम्म दोस्रो प्रसारण लाइन तथा केही सबस्टेसन बन्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

१२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न गर्ने गरी मिति तय गरिएको छ। तर यो आयोजना निर्माणको मोडालिटी नै टुंगो लागेको छैन। पश्चिम सेती यसअघि नै अनिश्चित बनेको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार १८७९ किलोमिटर लम्बाइको पुष्पलाल मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हुलाकी मार्ग पनि आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य राखिएको छ। यो आयोजनाको कुल लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर छ।

नेपाली सेनाले अघि बढाइरहेको काठमाडौं-तराई-मधेस द्रुतमार्ग आर्थिक वर्ष २०८०/०८१ भित्र सक्ने लक्ष्य राखिएको छ। साढे ७२ किलोमिटर लामो यो आयोजनाभित्र पर्ने पुलको काम सुरु भएको छैन। जसका कारण तोकिएको मितिमा सम्पन्न हुनेमा शंका छ।

उत्तर-दक्षिण नदी करिडोरमा तीनवटा आयोजना अघि बढेका छन्। १६२ किलोमिटर लामो कोशी करिडोरको काम आर्थिक वर्ष २०८०/०८१ भित्र सक्ने लक्ष्य राखिएको छ। त्यस्तै २८४ किलोमिटर लामो कर्णाली करिडोरको काम आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य तोकिएको छ। नदी करिडोरका तीन आयोजनामध्ये यो आयोजनाको काम सुस्त छ।

उत्तर-दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी करिडोरको काम तीव्र गतिमा अघि बढेको छ। यो आयोजनाअन्तर्गत गैंडाकोट-राम्दी-मालढुंगा खण्डको काम आर्थिक वर्ष २०८०/०८१ भित्र सक्ने लक्ष्य तोकिएको छ। यसैगरी बेनी-जोमसोम-कोरोला खण्डको काम आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य राखिएको छ। 
बारामा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक वर्ष २०८५/०८६ भित्र सक्ने लक्ष्य राखिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम आर्थिक वर्ष २०७९/०८० भित्र सक्ने लक्ष्य राखिएको छ।

त्यसैगरी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम आयोजनाको काम आर्थिक वर्ष २०९३/०९४ मा सक्ने लक्ष्य राखिएको छ। पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषको काम आर्थिक वर्ष २०७८/०७९ भित्र सक्ने लक्ष्य राखिएको छ।

सरकारले पूर्वाधार विकासका लागि उच्च प्राथमिकता दिन राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक वर्ष २०६८/६७ मा राष्ट्रिय गोरवका आयोजना छनोट गरि निर्माणलाई प्राथमिता दिन सुरु गरेका थिए। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  १०:४९
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्