• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

इन्दिरा श्रेष्ठलाई सम्झिँदा

महेश श्रेष्ठ  शनिबार, कात्तिक ८, २०७७  ०८:५५
1140x725

राणा शासनको प्रताति सूर्य लगभग अस्ताउने अवस्थामा थियो। छिमेकी राज्यमा आएको राजनैतिक परिवर्तन र देशको आन्तरिक राजनैतिक उथलपुथल भएको बेला काठमाण्डौंको नेवारी समाज पृथक रहन सकेन। परिवर्तन र समृद्धिको चाहना राख्ने यहाका नेवार समुदायले प्रजातान्त्रिक आन्दोलनकारीहरुलाई आर्थिक तथा नैतिक साथ सहयोग गर्न थालेका थिए। विषेशतः उच्च र मध्यम वर्गीय नेवारी समुदायले राणा शसनको अन्त्यको अपरिहार्यता अपेक्षा गरेका थिए।

अतः यसै परिवर्तनका हिमायती नेवार परिवारमा इन्दिरा श्रेष्ठको जन्म विस १९९७ साल मंसिर २३ गते भएको थियो, सहिद काण्ड हुनुभन्दा लगभग दुई महिना अगाडि काठमाडौंको झोछेमा। 

इन्दिरा श्रेष्ठका काका हरिकृण्ण श्रेष्ठ तत्कालीन राजनीतिक आन्दोलनमा होमिएका थिए। विस १९९७ सालको सहिद काण्डमा गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमासँगै झण्डैझण्डै फासीको तख्तामा झुण्ड्याइएका हरिकृण्ण श्रेष्ठ  व्यापारिक एवं उच्च घरानाको परिवारको सदस्य भएका कारण सहिद हुनबाट जोगिएका थिए। सारमा आर्थिक,सामाजिक,राजनैतिक र सांस्कृतिक क्षेत्रमा इन्दिरा श्रेष्ठको परिवारको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ।

पारिवारिक पृष्ठभूमि रहेका कारण इन्दिरा श्रेष्ठलाई आम नेपालीलाईझैं गास,बास र कपासको संघर्ष गर्नुपरेन। जसका कारण उनलाई औपचारिक शिक्षा प्राप्ती गर्न सहज भयो। भौतिकरुपमा अभावसँग जुध्न उनलाई नपरे तापनि आम नेपालीको त्यस पीडालाई किशोरवयदेखि नै मनन् गर्थिन्। औपचारिक शिक्षाको अध्ययन पूरा गरेपछि विशेषतः सामाजिक सेवालाई नै मूल मन्त्र बनाएर आफ्नो जीवनको लक्ष्य तय गरिन्।

तत्कालीन श्री ५ सरकारका विभिन्न प्राज्ञिक संस्थाहरुमा आबद्ध रहेर देशको यथार्थ परिस्थितिलाई बुझ्दै गएपछि राष्ट्रको समग्र समुन्नतिको लागि शिक्षा नै मूलआधार हो भन्ने बोध उनलाई भयो।

विस २०२६ देखि २०३४ बीचका करिब ८ वर्ष त्रिवि सभामा सभासद् (सिनेटर) का रुपमा मनोनित भई नेपालको उच्च शिक्षामा विशेष योगदान दिएको देखिन्छ। शैक्षिक क्षेत्रको अलवा सामाजिक र राजनैतिक क्षेत्रमा पनि उनको विशेष अभिरुची थियो। महिला उत्थानका लागि देशका ४७ जिल्लामा महिला बहुउद्देश्यीय सीप विकास केन्द्रहरु गठन गरी यस क्षेत्रको लागि तत्पर रहिन्। 

त्यसो त तत्कालीन राजा श्री ५ महेन्द्रबाट प्रतिपादित गाउँफर्क अभियानलाई सफल पार्न त्यस अभियानको वर्गीय संगठनको केन्द्रीय सल्लाहकार, नेपाल महिला संगठन केन्द्रीय तदर्थ समितिको सदस्य र नेपाल महिला संगठनको केन्द्रीय निर्वाचित सभापतिको पदमा रहेर महिलाहरुको समग्र उत्थानमा सकृय भूमिका निर्वाह गरिन्। उहाँले राष्ट्रिय पञ्चायत स्नातक तहतर्फ पचहत्तरै जिल्लाबाट पहिलो सदस्यमा निर्वाचित भई कार्य सम्पादन गरिन्।

समग्रमा नेपाल र नेपालीको लागि ३५ वर्ष सम्म निरन्तर रुपमा सामाजिक तथा प्रत्यक्ष राजनीतिमा योगदान गरेको देखिन्छ। नेपालमा महिला आन्दोलनको इतिहासमा उनको विशेष भूमिका रहेको यस आधारबाट पनि स्पष्ट हुन्छ।

Ncell 2
Ncell 2

साहित्य, संगीत र कलाप्रति प्रगाढ रुची राख्ने श्रेष्ठले एमएस्सीसँगै शास्त्रीय संगीतमा एमम्यूज संगीत प्रविणसम्मको शिक्षा प्राप्त गरेकी थिइन्। रेडियो नेपालको विशिष्ट श्रेणीको गायिका श्रेष्ठको स्वरमा विभिन्न शास्त्रीय गीत, भजन र  आधुनिक सुगम संगीतहरु स्वरबद्ध छन्।

साहित्यकारका रुपमा समेत आफ्नो विशेष योगदान दिएकी इन्दिराले नेपाली संगीत क्षेत्रको विकास र विस्तारको लागि ललितपुर महानगरपालिका पुल्चोकस्थित आफ्नै निजी घर संगीत महाविद्यालयलाई दान दिएर आफ्नो त्याग दानशीलताको उदाहरण दिइन्।

उनका साहित्य, संगीत र आफ्नो जीवनी सम्बन्ध विभिन्न पुस्तकहरु प्रकाशित छन्। जीवनको पछिल्लो काल कलानिधि इन्दिरा संगीत महाविद्यालयको अध्यक्ष एवम् संरक्षकको जिम्मेवारीमा क्रियाशील थिइन्।

नेपाली समाज, धर्म, संस्कृति, संगीत र कला क्षेत्रमा इन्दिरा श्रेष्ठले बगाउनु भएको पसिना, गर्नु भएको सत्कर्मको अमिट छापहरु सर्वविदितै छ। उनको योगदानको उच्च सम्मान स्वरुप त्रि–शक्तिपट्ट गोरखादक्षिणबाहु, समाजसेवा पदक, ऐश्वर्य विद्या पदक, दैविप्रकोप सेवा पदक, कलानिधि लाइफ टाइम अवार्ड लगायत राष्ट्रिय एवं विभिन्न दर्जनौं संघ संस्थाबाट सम्मानित एवम् पुरस्कृत भइन्। सरल, सहज र स्पष्टवत्ताकी धनी उनी आध्यात्मिक एवम् धार्मिक प्रकृतिकी थिइन्। शास्त्रीय गायनलाई आध्यात्मिक साधनाको महत्त्वपूर्ण आधार हो भन्ने उनको संगीतप्रतिको दृष्टिकोण थियो।

सदैव चिन्तन मनन् गरिरहने, समाजिक सेवामा तल्लिन रहने, आर्थिक रुपमा पछि परेका तर प्रतिभाका संवाहक संगीतप्रेमीहरुको लागि विविध छात्रावृत्ति तथा पुरस्कार कोषको स्थापना गरी प्रतिभावान तथा श्रष्टा साधकहरुलाइ पुरस्कृत एवम् सम्मान प्रदान गर्दै आएकी हृदयकी खानी इन्दिरा श्रेष्ठले सदा सदाको लागि यो संसारबाट बिदा लिएकी छिन्। उहाँको आत्माले शान्ति पाओस हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाली रुपैयाँ निरन्तर कमजोर
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
नेपाली रुपैयाँ निरन्तर कमजोर मंगलबार, माघ १३, २०८२
टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम मंगलबार, माघ १३, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ १३, २०८२
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ १२, २०८२
सचिव पौडेलले पाइन् बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्