काठमाडौं–गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले यस अगाडि घोषणा गरेको लाभांस दर घटाएको छ। कम्पनीले यस अगाडि १०.५० प्रतिशत लाभांस दिने प्रस्ताव गरेकोमा बोनस शेयर पछि कायम पुँजीलाई पनि लाभांस दिनु पर्ने भए पछि लाभांस दर दोब्बरले घटेको हो। कम्पनीले ५.२५ प्रतिशत मात्रै दिने प्रस्तावसहित साधारणसभा बोलाएको छ।
कम्पनीले मंसिर ४ गते १० औ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट १०.५० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको थियो। गुराँसले तत्कालीन आर्थिक वर्षमा कायम चुक्ता पुँजी ९३ करोड ८५ लाख रूपैयाँको १०.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव अगाडि सारेको थियो। सोही वर्षको पुँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद शेयरपछि कायम पुँजीमै बोनस शेयर दिनु परेकाले कम्पनीले लाभांस दर दोब्बरले घटाएको हो।
हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। शेयरधनीले यही पुँजीको ५.२५ प्रतिशत बोनस शेयर दिने भएको हो। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ। बिमा समितिले निर्देशन गरेको चुक्ता पुँजी पु¥याउन अझै तीन करोड रुपैयाँ अपुग देखिएको हो।
कम्पनीले आगामी साभारणसभाबाट संस्थापक शेयरधनी समूहबाट ५ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट एक जनासहित ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ। साधारणसभा प्रयोजनका लागि कात्तिक २० गतेदेखि असोज ४ गतेसम्म बुक क्लोज गर्ने बैंकले जनाएको छ। कात्तिक १९ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउनुका साथै साधारणसभामा भाग दिन पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।