• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

दसैंमा गाउँ आउनेलाई क्वारेन्टाइनमा राख्छाैं : डम्बरबहादुर अर्याल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, असोज २४, २०७७  १२:२५
1140x725

कोरोना संक्रमण बढ्दो छ। दसैं–तिहारजस्ता चाडबाड आउनै लागेका छन्। मानिसहरु काठमाडौंबाट गाउँ जाने क्रम सुरु भएको छ। यस्तो बेला मानिसहरुसँगै कोरोना संक्रमण पनि गाउँ भित्रने सम्भावना धेरै छ। यसले गर्दा संक्रमण कम रहेका ग्रामीण भेगमा संक्रमण दर बढ्ने खतरा धेरै छ। यसका लागि स्थानीय तहले आ-आफ्नै तरिकाले काम गरिरहेका छन्। काठमाडौंबाट नजिक रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले संक्रमण भित्रन नदिन कस्तो तयारी गरिरहेको छ। नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालसँग नेपाललाइभले गरेको कुराकानीको सम्पादित अंश:

सिन्धुपाल्चोकको मेलम्ची काठमाडौंबाट नजिक छ। दसैंमा मानिससँगै संक्रमण पनि गाउँ आउने भएकाले नगरको तयारी के छ? 
सबैभन्दा पहिलो कुरा हामीले नगरबासीलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छौं। अहिलेसम्म गाउँ र बस्तीहरुमा संक्रमण छैन। बाहिरबाट आउनेहरु नै क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन्। कि खाडीबाट कि त भारतबाट आएका मानिसहरु आइसोलेसन र क्वारेन्टाइनमा बसेका छन्। उनीहरुको नतिजा पोजेटिभ आएको छ। अब दसैं आएपछि मानिसहरु विभिन्न ढंगले घर फर्कने निश्चित छ। उनीहरुलाई सुरक्षित राख्नेबारेमा हामीले केही निर्णय गरेका छौं।

नगरको विपत व्यवस्थापन समितिले लक्षण देखिएकाहरुलाई पिसीआर परीक्षण गराउने अनि पोजेटिभ देखिएमा आइसोलेसनमा राख्ने निर्णय गरेको छ। नेगेटिभ आयो भने लक्षण नघटेसम्म आइसोलेसनमा राख्ने अनि घर फर्काउने गर्दै आएका छौं। दसैंलक्षित गरेर हामीले वडा-वडामा क्वारेन्टाइन र आइसोलेसन बनाउने तयारी गरेका छौं। यो समयमा घरबाट पर राख्न नसकिने भएकाले उनीहरुलाई वडामै राख्ने हाम्रो तयारी हो। पोजेटिभ आएकाहरु र नआएकाहरुलाई अलग्गै राख्ने  व्यवस्था गर्छाैं। यही रुपमा योजना बनाएर हामीले काम गरिहेका छौं। 

अब वडाले यसको व्यवस्थापन गर्छ?
हो, गाउँमा आउने मानिसका बारेमा धेरै जानकारी हुने ठाउँ वडा पनि हो। हाम्रोमा १३ वटा वडा छन्। अलग–अलग बजेट छुट्याइएको छ। अलग–अलग बाटोबाट मानिस गाउँ जाने र नगरभन्दा वडामै जानकारी हुने भएकाले वडालाई जिम्मेवारी दिइएको हो। वडाले छिटै यस्ता क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गर्ने छन् । 

वडाले नगरभित्र प्रवेश गर्ने मानिसहरुको तथ्यांक राखेको छ कि छैन?
मेलम्ची नगरपालिका यस्तो क्षेत्रमा छ, जहाँ धेरै बाटो हुँदै प्रवेश गर्न सकिन्छ। हामीले मुख्य नाकामा यो काम सुरु गरिसकेका छौं। मेलम्ची साँखु, सुन्दरीजल, जिरोकिलो हुँदै जान सकिने भएकाले पूर्ण व्यवस्थित त हुन सकिँदैन। तर जति सकिन्छ व्यवस्थापन गरेका छौं। 

नगरमा कति आइसोलेसन र क्वारेन्टाइन छन्? 
नगरमा अहिले संक्रमितहरु बसिरहेका २ एउटा आइसोलेनसन सेन्टर छन्। मेलम्चीमा रहेको एउटा आइसोलेसन बेडको छ भने बाहुनेपाटीमा १० बेडको छ। आवश्यक परे यहाँ १० बेड थप गर्न सकिन्छ।  

अहिले नगरमा कति संक्रमित छन्?
अहिले ६ जना छन्। अहिलेसम्म क्वारेन्टाइनमा बसेका कसैलाई पनि लक्षण देखिएको छैन। त्यसैले कसैलाई पनि कतै पठाउनु परेको छैन। त्यहीबाट उपचार गरेर फर्केका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

मेलम्ची नगरपालिका पर्यटकीय र चर्चित क्षेत्र पनि हो, यसका लागि नगरको के योजना छ? 
हामीले पर्यटकका लागि पदमार्ग निर्माण गरेका छौं। जरसिंहपौवा हुँदै मेलम्चीको १, २, ३, ४, ११, ९ लगायतका वडा समेटेर पदमार्ग बनाएका छौं। मेलम्चीदेखि गुफाडाँडामा पदमार्ग बनाएका छौं। यी क्षेत्रमा जिपीएस राखिएको छ। पर्यटक बस्न ५ वटा होम स्टे बनाएका छौंं, जहाँ पर्यटकले स्थानीय स्वाद लिन पाउछन्। पार्क निर्माणदेखि बसमा जाने यात्रु्को व्यवस्थाका लागि होटल व्यवस्थित गरिरहेका छौं।

मेलम्चीमा एउटा सरोबर बनाउने महत्वाकांक्षी योजना अघि सारेका छौं। यसको डिपीआर तयार भइरहेको छ। त्यसपछि यो टेन्डरमा जानेछ । काठमाडौ विश्वविद्यालयसँग यसबारेमा छलफल भइरहेको छ। १० अर्बसम्मको योजना छ। मध्यपहाडी लोकमार्गसमेत जोडिएकाले यसलाई पनि केन्द्रमा राखेर काम गर्दैछौं। मेलम्चीको पानी काठमाडौं आउन लागेकाले त्यसलाई पूरा गर्न र वातावरण  संरक्षण गर्न सरोबरको सोच हामीले अघि बढाएका हौं।

हामीले उपभोग गर्न सक्ने अर्को क्षेत्र भनेको त्यहाँका खोलाहरुको ढुङ्गा-गिटी हो। यहाँको अमूल्य वस्तु बग्दै भारतसम्म पुग्ने भएकाले त्यसलाई रोक्ने योजना नगरले बनाइरहेको छ। नगरले नै ढुङ्गा, गिटी, बालु्वा भण्डारण गरेर आफैंले बिक्री गर्ने योजना बनाइरहेको छ। उक्त कार्यक्रमबाट नगरले झन्डै एक अर्ब रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य लिएर काम अघि बढाएको छ। 

Xtrem

Xtrem

गिटी, बालुवाको चोरी निकासी धेरै हुने गरेको छ। नगरले यसलाई रोक्न के गरिरहेको छ?
अहिलेसम्म नगर यो मामलामा विवादमा आएको छैन। कहिलेकाही अनुमतिभन्दा अलि बढी निकालेको पाएका छौं। यस्तो गर्नेलाई कारबाही गर्ने गरेका छौं। चोरी निकासी भएको छैन। पहिलाभन्दा अहिले राम्रो हुँदै गएको छ। मेलम्ची स्वप्न सरोवरको काम अघि बढिरहेको छ। त्यो सुरु भएपछि योभन्दा मुनि कुनै पनि क्रसर राख्न पाइदैन। नगरपालिकाले नै निकालेर उनीहरुलाई बिक्री गर्ने छ।  जति आउँछ नगरले नै संकलन गरेर बिक्री गर्छ। मापदण्ड नपुगेकाहरु बन्द हुन्छन्। उनीहरु खोलामा स्काभेटर लिएर जान पाउँदैनन्। हामीले अन्यत्रको विवाद देखेर यो योजना बनाएका छौं। 

नगरभित्रका दूरगामी महत्वका कस्ता योजना अघि बढेका छन्? 
नगरले लामो समयका योजनामा गुरुयोजना बनाएर काम थालेको छ। प्रत्येक वडामा जोड्ने सडक ग्राभेल गरेका छौं। ग्रीन सिटी र पार्कहरु बनाएका छौं। वडा कार्यालयहरु बनाउने काम तीव्र गतिमा भइरहेको छ। नगरको आफ्नैं भवन बनाएका छौं। वडा पनि अब आफ्नै भवनमा बस्नेछन्। खानेपानी पनि ‘एक घर एक धारा’ को योजना ६० प्रतिशत समाप्त भएका छन्। हामीले सिन्धुपाल्चोककै ठूलो बसपार्क निर्माण गरेका छौं।

मेलम्ची बढ्दो आधुनिक सहर हो। त्यो कुरा ख्याल गरेर विकासका योजना अघि बढाएका छौं। स्वास्थ्य, कृषि र शिक्षाको क्षेत्रमा काम गरिहेका छौं। स्थानीय सरकार भएपछि सबै काम गर्नुपर्ने रहेछ। यसपालि सिन्धुपाल्चोकमा प्रकृतिले धेरै दुःख दिएको छ। सबै क्षेत्रका सडक क्षतविक्षत भएका छन्। तिनीहरुको मर्मत गर्नुपर्ने पहिलो दायित्व आइपरेको छ। 

मेलम्ची कृषि क्षेत्र हो कि पर्यटकीय? 
यो अहिले अन्तर्राष्ट्रिय रुपमा चर्चित क्षेत्र हो। पाँचपोखरी, हेलम्बु, गोसाईकुण्डसम्म जान सक्ने महत्वको क्षेत्रमा हामी छौं। यहाँ एक रात बिताएर जाने बाटो बनाउन सक्यौं भने मेलम्ची नगरको विकास र आम्दानीको मुख्यस्रोत बन्छ। यसले जनताको जीवनस्तरमा आमूल परिर्वतन ल्याउने छ। नगर यही सोचका साथ अघि बढिरहेको  छ। यहाँको कृषि उत्पादन पनि उत्तमस्तरको भएकाले यसलाई पनि नगरले महत्व दिएको छ। अर्गानिक उत्पादनसमेत वृद्धि गर्न नगरले योजना बनाइरहेको छ।  

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्