• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

मनकुमारीको मन [कथा]

आनन्द वंश न्यौपाने शनिबार, असोज १०, २०७७  १४:५१
1140x725

भित्तेघडीको टिकटिक आवाजले कोठाभित्रको सन्नाटालाई चिरिरहेको छ। फागुनको महिना। मौसम हल्का गर्मी हुँदै गइरहेको छ। गर्मीलाई बाहिर धकेल्दै झ्यालबाट हावा भित्रबाहिर गरिरहेको छ। बाहिर प्यासेजमा बेलाबेलामा मानिसहरू ओहोरदोहोर गरेको नबुझिँदो गाँइगुइँ भने प्रष्टै सुनिन्छ। नेपालमा पनि कोरोना पुष्टि भएको एकाध घटनाहरू आइरहेका छन्। यसले मानिसहरूमा केही त्रास उत्पन्न गराएको छ।  

इमर्जेन्सी वार्ड नेर 'एल्लो जोन'मा तीन ओटा बेड छन्। यौटा खाली छ। दुई ओटामा बिरामी राखिएका छन्। दुईमध्ये एकमा भर्खरै बिरामी ल्याएर राखिएको। भित्तामा पेटको भित्री भागहरू देखाइएको एनाटोमिकल पोस्टरहरू टाँगिएका छन्। मनकुमारीको आँखा घरीघरी तिनै पोस्टरहरूतिरै घुमिरहन्छन्। अनि फेरि श्रीमान्‌तिरै। 

'पानी पिउने?' मनकुमारीले मायालु स्वरमा बेडमा पल्टीरहेका श्रीमान्‌तिर फर्किदै सोधिन्।

धनबहादुरले देब्रे गोडा थोरै खुम्च्याए अनि आफ्नो ख्याउटो अनुहार मनकुमारीतिर फर्काए। अनि सानो स्वरमा 'भो पिउँदिनँ' भन्ने संकेत गरे। मनकुमारीले बोत्तलको बिर्को खोलिन् अनि ठाडो घाँटी लाएर दुई घुट्की पिइन्। 

'के भ'र ल्याउनुभाहो र?', पछाडिबाट अर्को बेडछेउको टुलमा बसेकी कुरुवा महिलाले सोधिन्। 

बोत्तलको बिर्को लगाउँदै मनकुमारी ती महिलातिर फर्किएर बोलिन्, 'पेट कटक्क दुख्यो भनिर'नुन्थ्यो, हिजो बिहान त अलि बढी नै गारो भो।' 

'खै! उता जिल्ला अस्पतालले पोखरा लैजानु भन्यो। अनि ह्याँ ल्या'र देखा'सी के-के जाती पनि चेक गर्‍यो। अपरेसन नै गर्नुपर्छ भन्या'छ। खर्चमाथि खर्च।पच्चीस हजार त उतै अस्पतालमा यो चेक र ऊ चेक गर्दा गर्दै सक्किसक्यो। बीसको उन्नाइस हुने होइन। यहाँ अझै कति लाग्ने हो,' मनकुमारीले हातमा भएको बोत्तल कहिले दायाँ कहिले बायाँ गर्दै श्रीमान्‌को बारेमा विस्तारमा सुनाइन्। 

'ए!.. यौटे योटै र'छ क्या हो रोग त! हाम्रो बुढो नि पेटैमात्र दुख्यो भन्नि के। यो ख्वा'र सञ्चो होला कि भन्यो, त्यो ख्वा'र होला कि भन्यो! हुँदै भ'न र ल्या'को। ह्वाँको नि अपरेसन गर्नुपर्छ होला,' अर्की महिलाले अनुहारतिर दायाँबायाँ सल घुमाउँदै भनिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मनकुमारीले बोत्तल औषधिको र्‍याकमाथि राखिन्। हात बाँधेर भुँईतिर हेर्दै मनकुमारी बोलिन्, 'तेल फ्याक्ट्रीमा बीस ओटा हजार तलब दिन्छ। खानै पर्‍यो। बच्चा पढाउनै पर्‍यो। यताउता गर्दा के नै बचत हुन्छ र!'

मनकुमारी दाहिने गोडाको बुढी औँलाले चप्पललाई कोट्याएजस्तो गर्दै आफ्ना कुरा सुनाइरहिन्, 'उहाँ काममा नगा'नी महिनादिन हुन लाग्यो। धेरै दिन काममा नग'सी पैसा आउँदैन। याँ अझै कति दिन बस्नुपर्ने हो। गाह्रो छ हजुर!'

कानतिरै आएको लामखुट्टेलाई हत्केलाले प्याट्ट मार्दै अर्की महिला बोलिन्, 'हाम्रा बुढाको नि तलब त बीसै हजार हो। चाउचाउ फ्याक्ट्रीमा...।' 

त्यतिकैमा प्यासेजमा ख्वार्रर...स्ट्रेचर दौडाएको आवाज आयो। दुवैको ध्यान त्यतै खिचियो। ४/५ जना मान्छेहरू पछि-पछि हस्याङ्गफस्याङ्ग गर्दै दौडिरहेका। 

Xtrem

Xtrem

केहीबेरमा अस्पतालकी स्टाफ जस्तै देखिने महिला मनकुमारीहरूको रुममा आइन्, 'ह्याँ यौटा बेड खाली छ है?' 

मनकुमारी र अर्की महिलाले एकै स्वरमा भने, 'हजूर हो...।'

ती महिला बाहिर निस्किन्। 

करिब बीस मिनेटपछि एकजना घाइतेजस्तो देखिने पुरुषलाई स्ट्रेचरमा राखेर भित्र ल्याइयो। इमर्जेन्सीमा बेड खाली नभा'कोले यतै केही घण्टा राख्नपर्‍यो भन्दै थिए। बिरामीको देब्रे हातको अघिल्तिर ब्यान्डेज बाँधिएको थियो। कपडामा कतै कतै रगत पनि लत्पतिएको। सँगै अरु २/३ जना मान्छे पनि पछिपछि भित्र छिर्दै थिए। 

पछि कुरा गर्दै थाहा भयो। ती घाइते व्यक्ति यहीँ पोखरामा नै ग्रिल फ्याक्ट्रीमा काम गर्ने रहेछन्। काम गर्ने क्रममा सानो गल्तीले हातको अघिल्लो भाग नै काटिन पुगेछ। अकस्मात् यौटी महिला हतास मुद्रामा सुँक्क-सुँक्क गर्दै भित्र छिरिन्। घाइतेकै श्रीमती रहेछिन्। 

त्यत्तिकैमा सेतो एप्रोन लाएका वरिष्ठ जस्तो देखिने तीनजना डाक्टरहरू भित्र छिरे। महिला रोएको देखेर नआत्तिन सल्लाह दिए। मेरो त बिजोगै हुनेभो भन्दै ती महिला झन् रुन थालिन्। मनकुमारी र अर्की महिला यो दृश्यलाई भावुक बनेर नजिकबाट नियाँलिरहेका थिए। 

घाइतेलाई जाँचबुझ गरेर डाक्टरहरूले आपसमा छलफल गरे। फाइलमा घाइतेको बारे केही कुराहरू टिपेर दुईजना डाक्टर बाहिर निस्के भने कालो-कालो वर्णको चिटिक्क देखिने डाक्टरले रोइरहेकी महिलालाई सम्झाउन थाले। 

'हेर्नुस् बहिनी ..। तपाइको मनमा के चलिरा'छ म बुझ्छु, दु:ख मलाई पनि लाग्या'छ। तरपनि जे हुनु भैहाल्यो, अब रोएर हुने केही छैन।' 

ती महिला सुँक्क-सुँक्क गर्दै डाक्टरतिर हेर्न थालिन्। 

डाक्टर बोल्न थाले, 'हातमा पुगेको चोट जटिल भाकोले पहिले जस्तो त बनाउन नसकिएला। तर अलिकति भएपनि मनको चोटमा राहत मिल्ने कुरा भन्न चाहन्छु। तपाईंको श्रीमान् सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुँदो र'छ भन्ने कुरा थाहा पाएँ। हाम्रो अस्पतालका सम्पूर्ण स्टाफहरू पनि कोषमा आबद्ध छौँ। हाम्रो अस्पतालले कोषका योगदानकर्तालाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा कोषसँग सम्झौता पनि गरेको छ। त्यसैले यसले दिने सुविधाको बारेमा मलाई राम्रोसँग थाहा पनि छ।' 

डाक्टरले के भन्न लागे भनेर सबैले उत्सुकतापूर्वक उनको कुरालाई चाख दिएर सुनिरहेका थिए। 

डाक्टरले देब्रे हातले फाइल समातेर दाहिने हात हल्लाउँदै बोले, 'तपाईंको श्रीमान् सुरक्षा कोषमा योगदान गरिर'नुभ'कोले दुर्घटनाबापत् गर्नुपर्ने सम्पूर्ण उपचार खर्च कोषले नै व्यहोर्छ। तपाईको एक रूप्पेँ पनि लाग्दैन। अनि अर्को कुरा। अंगभंग भएर अशक्त हुनभा'कोले तपाईको श्रीमान्‌लाई कोषले बेसिक तलबको आधारमा मासिक रुपमा आजीवन पेन्सन् दिन्छ।'

ती रुने महिला आँखाको डिल पुछ्दै केही शान्त बन्ने कोसिस गरिन्। तैपनि हल्का सुँक्क-सुँक्कको आवाज बेलाबेलामा सुनिन्थ्यो। 

डाक्टरको कुरा सुनेपछि मनकुमारीको भने उत्सुकताको स्तर बढ्यो। अनि आँखिभौँ खुम्च्याएर सोधिहालिन्, 'हामीलाई चैँ त्यस्तो सुविधा मिल्दैन डाक्टर सा'ब।' 

'किन नमिल्ने? तपाईंको श्रीमान्‌ले कोषमा योगदान गरिरहनुभा'को छ भने पाउनुहुन्छ नि उपचार खर्च! हरेक आर्थिक वर्षमा एक लाखसम्मको स्वास्थ्य उपचार खर्च कोषले उपलब्ध गराउँछ,' डाक्टरले उत्तर दिए। 

'हामीले तीस हजार खर्च गरिसकेम् उता जिल्लातिर उपचार गर्दा, अस्पतालमा भर्ना नभईकनै। हामीले त्यो विलको पैसा पाम्छम् त?', मनकुमारीले उत्सुक मुद्रामा डाक्टरलाई सोधिन्। 

'मज्जाले पाउनुहुन्छ! त्यो विल र कागजातहरू सुरक्षित राख्नुहोला! बीस हजार रुपैयाँसम्म दाबी गर्न पाउनुहुन्छ। अस्पतालमा भर्ना नभै उपचार गराएको अवस्थामा पच्चीस हजारसम्मको उपचार खर्च सुविधा पाइने र जसमा योगदानकर्ताले बीस प्रतिशत आफैले तिनुपर्ने भनेको छ। यसको मतलब अधिकतम बीसहजार सम्म उपचार खर्च पाउने भन्ने हो', डाक्टरले मिठासपूर्ण बोलीमा भने। 

मनकुमारीले अनुहार केही उज्यालो बनाइन्। मानौँ डाक्टरले उनको अनुहारको बत्तिको स्विच अन गरिदिए।  

'कति भो कोषमा योगदान गर्न सुरु गर्नु भा'को?', मनकुमारीको श्रीमान्‌तिर हेर्दै डाक्टरले सोधे। 

'अहिलेसम्म त छैन', मुन्टो हल्लाउँदै मनकुमारीका श्रीमान् मलिन स्वरमा बोले। 

'लौ! उसोभए त पाउनुभएन यो सुविधा!', डाक्टरले मनकुमारीको अनुहारतिर हेर्दै भने। मनकुमारीको अनुहारमा अचानक अध्याँरो छायो। 

डाक्टरले मनकुमारी र अर्की महिलाको श्रीमान्‌सँग पालैपालो केही कुराहरू सोधे। उनीहरूले रुचिपूर्वक जवाफ दिए।

अनि अगाडि बोले, 'ल हेर्नुस् त! तलब पनि बराबरी जस्तै नै रै'छ। तपाईंहरूको रोगको प्रकार पनि उस्तै उस्तै प्रकृतिको देखिन्छ। लगभग पचास हजार जति उपचार खर्च लाग्यो भने हेर्नुस त! एकजनाले छुट पाउने तर एकजनाले चाहिँ पुरै तिर्नुपर्ने भो नि!' 

मनकुमारी खिन्न बनिन्। श्रीमान्‌ले सुरक्षा कोषमा योगदान नगरेर छुट सुविधाबाट वञ्चित हुनुपर्दा मनकुमारीले साह्रै नमज्जा मानिन्। 

त्यहाँ भएका सबैले सामाजिक सुरक्षा कोषको सुविधाका बारेमा जानकारी पाएकोमा डाक्टरलाई धन्यवाद दिए। 

000

असोजको महिना। बिहानीपख राम्रै वर्षा भएकोले मौषम शीतल नै थियो। निषेधाज्ञा खुलेपछि अफिसमा मनिसहरूको ओहोरदोहोरको क्रम चलिरहेको थियो। कोहि सुविधा दाबी गर्न आएका थिए। कोही सामाजिक सुरक्षा कोषको बारेमा बुझ्न आएका थिए। सामाजिक दुरी कायम गराउने प्रयासमा काम भइरहेको थियो।

म काम विशेषले अफिसको ढोकाबाट बाहिर निस्कन खोज्दै थिएँ।

'सर नमस्कार!', चुच्चे टोपी, मुखमा सर्जिकल मास्क अनि पछाडि कालो ब्याग भिरेको पुरुषले मलाई हेर्दै भने।

'हजुर नमस्कार!', के कामले आउनुभो होला हजुर?', मैले हार्दिकताका साथ सोधेँ।

'सुविधा दाबी गर्नका लागि हो सर! कहाँ सम्पर्क गर्नुपर्ने होला?', उनले ब्यागबाट कागजपत्र झिकेर मलाई देखाउँदै भने।

उनीलाई हातमा स्यानिटाईजर लगाउन आग्रह गरेँ। सोफामा लगेर राखेँ अनि कागजपत्र हेरेँ। दाबी फारम राम्रोसँग भरेका रहेछन्। शिशु उपचारको बिलहरू पनि सँगै राखेका। मातृत्व सुविधा दाबी गर्न आएका रहेछन। म कागजातका एकएक पाना पल्टाउदै उनीसँग कुरा गर्दै थिएँ अचानक एकजना महिला भित्र प्रवेश गरिन्। थोरै अलमलिए जस्तो गरी चारैतिर नजर डुलाउँदै थिइन्। 

'ओहो! हजुर!', म छेऊ बस्ने पुरुष महिलातिर हेर्दै केही उत्साहित हुँदै बोले। 

ती महिला अनुहार बिगार्दै अफ्ठेरो मानेर म छेउका पुरुषलाई हेरिन्। मानौँ प्रश्न गर्ने पुरुष राम्रोसँग झुक्किरहेको छ।

'चिन्नुभएन? हस्पिटलमा भेट भाथ्यो नि!', पुरुषले मुखको मास्क थोरै तल झारेर क्लु दिए।

'ए.. ए.. हामी कतै हस्पिटलमा भेट भा'थेम् कि जस्तो लाग्यो!', ती महिला केहीबेर सोचेजस्तो गरेर मलिन स्वरमा  बोलिन्।

'हो नि! ठ्याक्कै याद गर्नुभो!.... पोखरामा हो नि!', मास्क माथि सार्दै म छेउको पुरुष हाँस्दै बोले। 

'अब त हजुरको पेट ठिक भो नि?', ती महिलाले मास्क लगाउँदै चिनेजस्तै गरेर भनिन्।

'क्लियर छ अब त!', ती पुरुषले गर्वका साथ भने। मानौ उनले ठूलै संघर्षपछि विजय हात पारेका हुन्।  

ती पुरुषले महिलातिर हेर्दै मुस्कुराएर बोले, 'बाबु भा'छ नि हाम्रो अहिले! काठमान्डु आउने काम'नि थियो। कोषमा सुविधा दाबी फाराम'नि बुझाएर जाम भनेर आज यता आ'को। संजोगले हजुरसँग भेट पनि भो।'

म उनीहरूको कुरा सुन्दै काम पनि गर्दै थिएँ। उक्त व्यक्तिले दिएको कागजातमा श्रीमतीको नागरिकताको फोटोकपी छुटेको रहेछ। मैले छुटेको बताएपछि उनी पल्लो रुममा फोटोकपी गर्न गए। 

यसैबीचमा म ती महिलाको कुरा बुझ्नपट्टि लागेँ। ती महिलाले आफ्ना कुरा विस्तारमा सुनाइन्। 

छोराछोरीसहित चार जनाको सानो परिवार। उनी गृहिणी, श्रीमान् काम गर्ने। श्रीमान् पहिलेबाट पेटको सामान्य रोगी। पछि दुखाई बढ्दै गएपछि अस्पतालमा लगिएछ। अपरेसन नै गर्नुपर्ने अवस्था आएछ। उनको रक्सीको सामान्य लतपनि रहेछ।

उपचारका क्रममा डाक्टरले अब उप्रान्त रक्सी नखानु भनी सुझाए। त्यो कुरालाई उनले केही महिनासम्म पालन गरेपनि पूर्णपालन भने गर्न सकेनन्।

एकदिन अचानक गारो भयो भनेर उनलाई अस्पताल पुर्‍याइएछ। उनको स्वास्थ्य निकै खराब भैसकेको डाक्टरले बताए। चवालीस वर्ष उमेरका उनको उपचारका क्रममा अस्पतालमै दुखद निधन भएछ। अहिले छोरा नौ वर्षको र छोरी चौध वर्षकी रहेछन्। 

यी कुराहरू उनले बहुतै भावुक भएर सुनाइन्। त्यसपछि उनले ब्यागबाट कागजातहरू झिकेर मलाई दिईन्।

उनको कुरा सुनेपछि कागजात हेर्दै मैले भनेँ, 'हजुरको कुरा सुनेर दु:ख लाग्यो। हजुरको श्रीमानले बीस हजार बेसिक तलबको आधारमा कोषमा योगदान गरेको देखिन्छ। यस हिसाबले बीस हजारको साठी प्रतिशत भन्नाले बाह्र हजारको दरले आजीवन मासिक रुपमा आश्रित पेन्सन पाउनुहुन्छ।' 

म बोलिरहँदा ती महिला निकै ध्यानपुर्वक मेरो कुरा सुन्दै थिइन्। अघि फोटोकपी गर्न गएका व्यक्तिपनि टुप्लुक्क आइपुगे।

मैले ती महिलालाई भन्दै गएँ, 'दुईजना छोराछोरी। एक जना भएको खण्डमा मृतकको आधारभूत तलवको चालीस प्रतिशत हो। दुई वा दुईभन्दा बढी छन् भने साठी प्रतिशतलाई दामासाहीले प्रदान गरिने हो। यस हिसाबले हजुरको छोराछोरीले शैक्षिकवृत्ति रुपमा दुबैले मासिक ६/६ हजार रुपियाँ अठार वर्षको उमेरसम्म पाउनुहुन्छ। तर छोराछोरीले पढाईलाई निरन्तरता दिईर'नुभो भने एक्काइस बर्षको उमेरसम्म यो सुविधा कोषले प्रदान गर्दछ।'

अघिसम्म मलिन देखिएको महिलाको अनुहारमा थोरै भनेपनि उज्यालो छायो। केही शान्त देखिइन्। हामीबिचको कुरा सुनेर म छेऊ उभिएका पुरुष भने अलि भावुक र एकाएक अध्याँरो देखिए। केहीबेर अलमलिए झैँ गरी बोले।

अचम्मित हुँदै उनले अस्पतालमा उपचारका क्रममा भएको घटना, ती महिलासँगको भेटघाट अनि डाक्टरले भनेका कुराबारे सुनाउँन थाले। फिल्मी कथाजस्तो लाग्ने उनीहरूको रोचक घटनालाई लेख्नैपर्‍यो भनेर मैलेपनि उनीहरूसँग धेरै कुरा गरेँ।

कुराकानी सकिएपछि उनीहरू मसँग नमस्ते गरेर बिदा माग्न लागे। 

'श्रीमतीको नागरिकताको फोटोकपी चाहिँ दिनुपर्दैन?', मैले हाँस्दै ती पुरुषलाई भनेँ। 

'ओहो! झन्डै बिर्सेको सर्!', हाँस्दै उनले हातमा लिइरहेको फोटोकपी मेरो हातमा दिए। मैले कागज हेरेँ अनि हाँस्दै उनलाई भनेँ, 'कस्तो राम्रो नाम! ...मनकुमारी!'

(लेखक न्यौपाने सामाजिक सुरक्षा कोषका सहायक निर्देशक हुन्।) 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्