• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

लुम्बिनी गुरुयोजना : २० प्रतिशत काम सक्न राजनीतिक हस्तक्षेपले अवरोध

64x64
नेपाल लाइभ आइतबार, वैशाख १६, २०७५  ००:३४
1140x725

भैरहवा– विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको योजनाबद्ध विकासका लागि भन्दै सुरु भएको ४० वर्ष बितिसक्दा पनि लुम्बिनी गुरुयोजना पूरा हुन सकेको छैन। ४० वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजनाको काम ८० प्रतिशत सकिएको लुम्बिनी विकास कोषले जनाएको छ। 

संयुक्त राष्ट्र संघका तेस्रो महासचिव उथान्तले सन् १९६७ अप्रिल १३ मा गरेको लुम्बिनी भ्रमणलाई लुम्बिनीको योजनाबद्ध विकासको कोसेढुंगा मानिन्छ। भ्रमणका क्रममा लुम्बिनीलाई अस्तव्यस्त अवस्थामा देखेपछि उनले तत्कालै नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए। 

उनले गरेको प्रस्तावलाई सरकारले स्वीकार गर्दै सन् १९७२ मा जापानी वास्तुविद् प्रा केन्जो टांगेले लुम्बिनी गुरुयोजना बनाउने जिम्मा लिए। टांगेले सन् १९७८ मा सरकारलाई हस्तान्तरण गरेको गुरुयोजना स्वीकृत भएपछि योजनाबद्ध लुम्बिनी विकास सुरु भएको हो। तर, यसरी सुरु भएको योजनाबद्ध विकासले ४० वर्ष बितिसके पनि गुरुयोजनाको कामले अझै पूर्णता पाइसकेको छैन।

लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईले चार दशकमा ८० प्रतिशत काम सकिएको बताए। कोषमार्फत खर्च भएको तीन अर्ब ७३ करोड ५७ लाखमध्ये आधा रकम अन्तर्राष्ट्रिय दातृ निकाय र मित्र राष्ट्रहरूले लगानी गरेका छन्। 

गुरुयोजनाका प्रगति र बाँकी काम

लुम्बिनी गुरूयोजनाभित्र बिहार क्षेत्रमा सबैभन्दा बढी एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ। १२ वटा बिहार नेपालले निर्माण गरेको छ। सबैभन्दा बढी आकर्षक मानिने चाइना र जर्मनी बिहार निर्माणका लागि ती मुलुकले ५२ करोड ८० लाख लगानी गरेका छन्। बिहार क्षेत्रमा अझै २२ करोड लगानी हुने अनुमान छ।

यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी संग्रहालय भारत सरकारको ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयुकाईले ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो क्षेत्रमा अझै दुई अर्ब ३५ करोड ५२ लाखको लागतमा विभिन्न भौतिक संरचनाहरू निर्माण हुनेछन्। लुम्बिनीको सबैभन्दा आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा ३८ करोड ८१ लाख लगानी भएको छ। पवित्र उद्यानको सुन्दरता थप्न र केही उत्खननका काम गर्न ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ। 

यो क्षेत्रमा परिक्रमा पोखरी निर्माणका लागि १३ करोड ३७ लाख लगानी भएको छ। मायादेवी मन्दिर निर्माणका लागि सात करोड लगानी भएको छ।

Xtrem

Xtrem

लुम्बिनीको मेरूदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा २९ करोड ७३ लाख लगानी गरिएको छ। यो क्षेत्रमा नहर निर्माणमा मात्रै २४ करोड खर्च भएको थियो। 

यहाँ गुरूयोजना अनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, सांकेतिक पेभेलियन, विद्युतीय व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि दुई अर्ब ५२ करोड ८६ लाख थप रकम लाग्ने अनुमान छ।

८० प्रतिशत काम सम्पन्न हुँदासम्म लुम्बिनी गुरूयोजनाले केही आकार लिएको छ। जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गरेको गुरूयोजनाले दसकौं बित्दासम्म पनि साकार रूप लिन नसकेकोमा धेरैले चिन्ता व्यक्त गरेका छन्। पछिल्लो समय लुम्बिनीको विकास केही सन्तोषजनक रहे पनि यो पर्याप्त छैन। अहिले गुरूयोजनाका महत्वपूर्ण केही संरचनाको निर्माण कार्य सुरू भएको योजना प्रमुख इञ्जिनियर भट्टराईले जानकारी दिए। 

यो वर्ष गुरुयोजनालाई पुग्नेगरी १२ लाख लिटर क्षमताको वाटर टावर निर्माण गर्ने र लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण कार्यको शिलान्यास गरिने उनको भनाइ छ। भट्टराईका अनुसार गुरुयोजनाभित्र रहेका ८ वटा मध्ये २ वटा भवन निर्माण भइसकेका छन्। त्यसमा बाँकी रहेका ६ वटा भवन निर्माणमा प्रोफेसर टाङ्गेले तयार गरेको गुरुयोजनाभन्दा केही फरक तरिकाले निर्माण गरिने उनले बताए। 

आगामी तीन वर्षभित्र गुरूयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले ससर्त दाबी गर्दै आएको छ। गुरूयोजना अनुसार अब बाँकी रहेको २० प्रतिशत काम पूरा गर्न करिब ६ अर्ब रूपैयाँ लाग्ने योजना प्रमुख भट्टराईले बताए। 

समयमै लुम्बिनी गुरुयोजना पूरा नहुनुको मुख्य कारण राजनीतिक हस्तक्षेप नै मुख्य रहेको लुम्बिनीबारे अनुसन्धानकर्ता एवं संस्कृतिविद् प्रा डा गितु गिरीको भनाइ छ। उनले पछिल्लो एक वर्षयता राजनीतिक नियुक्ति भएर आएका पदाधिकारीहरुबीचको टकरावका कारण गुरुयोजना झन् प्रभावित भएको बताए। 

‘विगतका दिनहरुमा राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्ति भए पनि अहिलेको जस्तो टकराव थिएन', गिरीले भने, ‘तर अहिले त पदाधिकारी र कर्मचारीबीच र पदाधिकारी–पदाधिकारीबीच पनि तालमेल छैन। जसले गर्दा लुम्बिनीको विकासमा समस्या देखिएको छ।’

राजनीतिक भागबन्डामा पदाधिकारी नियुक्त हुने र त्यसरी नियुक्त पदाधिकारी विषयगत विज्ञभन्दा राजनीतिक दलका नेता–कार्यकर्ता भएकाले लुम्बिनी विकासमा समस्या देखिएको हो। 
लुम्बिनी विकास कोष ऐन २०४२ अनुसार उपाध्यक्ष, सदस्य–सचिव र कोषाध्यक्ष तीन जना कार्यकारी रहने व्यवस्था छ। २०४६ को राजनीतिक परिवर्तनपछिको अस्थिरताले लुम्बिनी विकासमा बाधा पारेको छ। 

अर्कातिर, कोष र स्थानीयबीच पनि समन्वय छैन। कोषले आफूहरुलाई सहभागी नगराएको स्थानीयको गुनासो छ। 

अहिले स्थानीय सरकार आइसकेको अवस्थामा स्थानीय सरकार र कोषको सहकार्यले अब चाँडै गुरुयोजना पूरा हुने लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर मनमोहनसिंह चौधरीको भनाइ छ।

शक्तिसंघर्षले धकेलिएको विकास

लुम्बिनी विकास कोष ऐन, २०४२ ले कोषका पदाधिकारी मात्रै नभएर योजनाप्रमुख पनि राजनीतिक नियुक्त हुने व्यवस्था गरेको छ। कोषका पदाधिकारीको पदावधि पाँच वर्ष तोकिएको छ। योजनाप्रमुखको पदावधि दुई वर्ष रहँदै आएकोमा अहिले पाँच वर्ष बनाइएको छ। कोषको विकासमा योजनाप्रमुखदेखि उपाध्यक्षसम्मको एउटै सोच हुनुपर्ने बाध्यात्मक व्यवस्था कोष ऐन र विनियमावलीमा छ। 

कोषको विनियमावलीमा योजना स्वीकृतिका लागि राखिएको व्यवस्था भने निकै झन्झटिलो छ। एउटा इञ्जिनियरले तयार गरेको इस्टिमेट ६ ठाउँमा स्वीकृत गरेपछि मात्र अगाडि बढ्छ। योजनाप्रमुख, लेखाप्रमुख, सदस्य–सचिव, कोषाध्यक्ष र उपाध्यक्षको अनिवार्य निर्णय प्रक्रियामा सहभागिता हुनुपर्छ। एक जनाको असहमति भए फाइल रोकिन्छ। पदाधिकारीबीच सहमति हुन सकेन भने कार्यसमिति बैठकबाट स्वीकृत गर्नुपर्ने विनियमावलीमा उल्लेख छ।

पदाधिकारी एकैपल्ट कार्यालयमा भेट हुन जति समस्या छ, त्यसैगरी कार्यसमिति बैठक पनि तत्कालै बस्न सम्भव छैन। यस्तो झन्झट बेहोर्नुपरेपछि कोषका लागि आएको बजेट खर्च हुन नसकेर ‘फ्रिज’ हुने गरेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  ००:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्