• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
किन चल्यो राप्रपाका दुई अध्यक्षबीच सामाजिक सञ्जालमा जुहारी र घोचपेच ?
64x64
नेपाल लाइभ शुक्रबार, असोज २, २०७७  ०७:३०
1140x725
फाइल तस्बिर

काठमाडौं- मंगलबार बिहान पौने १ बजे राप्रपा अध्यक्ष कमल थापाले ट्विट गरे- 'धर्म/संस्कृतिविरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ। यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो। मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको बिषय नबनाऔॅ।'

थापाले राप्रपाकै अन्य दुई अध्यक्षहरु (पूर्व राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी) लाई मेन्सन गर्दै उक्त कुरा लेखेका थिए। त्यसको केही बेरअघि पनि उनले लेखेका थिए- 'डा प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकताबारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ, त्यो पार्टी एकताको भावनाविपरीत छ‌। एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।'

सोही दिन बेलुका साढे ४ बजे प्रकाशचन्द्र लोहनीले ट्विटबाटै कमल थापालाई जवाफ फर्काए-'चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउने काम गरौं भन्ने कमल थापाजीको ट्विट पढें। मेरो पनि यही भावना हो। समर्थन छ।'

राप्रपाका नेताहरुले केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउने दाबी गरेको लामो समय भइसक्यो। तर निकट समयमै त्यसले निष्कर्ष पाउने संकेत देखिँदैन। बरु, पार्टीका दुई अध्यक्षबीच सामाजिक सञ्जालमा खुबै घोचपेच हुने र 'बतासे' चल्ने गरेको छ। उल्लेखित ट्विटहरु त्यसकै संकेत हो।

राप्रपाका तीन अध्यक्षहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापामध्ये लोहनी र थापा सामाजिक सञ्जालमा अलि बढी सक्रिय छन्। अन्य विषयका अतिरिक्त उनीहरु आफ्नो पार्टीका विषयमा पनि लेखिरहेका हुन्छन्। उनीहरुको स्टाटस/ट्विटले पार्टीभित्रको आन्तरिक विवादलाई संकेत गर्छन्। जसले पार्टी एकताप्रति कार्यकर्तामा आशंका बढाइदिने गरेको छ।

राप्रपा एकताले पूर्णता नपाउनुमा मुख्यगरी दुई कारण छन्। पहिलो, एकीकृत पार्टी दर्ता गर्नुपर्छ कि पर्दैन? दोस्रो, चुनाव चिह्न गाई कि हलो?

पार्टी एकताको घोषणापछि कमल थापा पक्षधरले नयाँ पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नु नपर्ने तर्क राख्ने गरेका छन्। अहिले पनि उनीहरुमा त्यो मान्यता पाइन्छ। किनकि, एकीकृत पार्टीको नाम पनि कमल थापा नेतृत्वको पुरानै पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै छ। अघिल्लो हप्ता नेपाल लाइभसँग थापा पक्षका नेता मोहन श्रेष्ठले भनेका थिए- ‘राप्रपा भन्ने पार्टी पहिले नै निर्वाचन आयोगमा दर्ता छँदैछ। नयाँ राप्रपा फेरि दर्ता गर्नुपर्दैन भन्ने हाम्रो मान्यता हो।‘

थापा पक्षधरको यस्तो तर्कलाई लोहनीले सामाजिक सञ्जालबाटै प्रतिवाद गर्दै आएका छन्। सार्वजनिक रुपमा पनि बोलिरहेका छन्।

Ncell 2
Ncell 2

गत अगस्ट ३१ मा कमल थापाले फेसबुकमा लेखे- '२०७६ फागुन २४ गते राप्रपा र राप्रपा(संयुक्त)का बीच एकीकरण आधारपत्रमा त्रय अध्यक्षद्वारा हस्ताक्षर भई फागुन २९ गते औपचारिकरूपमा एकता घोषणा भइसकेको छ। त्यसको जानकारी निर्वाचन आयोगलाई दिईसकिएको छ। चुनावचिह्न सहमतिबाट टुंग्याइने छ। पार्टी एकताबारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण छैन।'  

थापाले स्टाटस लेखेको केही बेरपछि नै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले लेखे- 'राप्रपा (संयुक्त) र राप्रपाबीच एकता आजको आवश्यकता हो। यसलाई मूर्तरुप दिन निर्वाचन आयोगमा विधिपूर्वक दर्ता गर्नुपर्दछ। यो काममा ढिलाई नगरौं।'

पार्टीभित्र विवादको रहेको विषयमा रहेको चुनाव चिह्नलाई पनि दुई नेताले प्रतिष्ठाको विषय बनाएको पाइन्छ।

अगस्ट १८ मा कमल थापाले ‘म दबाबमा काम गर्दिनँ सबैलाई थाहा छ’ भन्दै लामो फेसबुक स्टाटस लेखे। उनले भनेका छन्- ‘गाई’ चुनाव चिह्नमा राप्रपाकै इतिहासमै अहिलेसम्मको सर्वाधिक (समानुपातिकमा करिब करिव ७ लाख) मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानिय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिह्नबाट निर्वाचित छन्। ‘गाई’ तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिह्न हो। २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटकमध्ये एकको चुनाव चिह्न ‘गाई’ थियो। फेरि, राप्रपाको मुख्य एजेण्डा हिन्दू राष्ट्र हो। हिन्दूत्वको प्रतीक ‘गाई’ हो। यस्तो वास्ततिकता थाहा हुँदाहुँदै राप्रपाकै केही साथीहरू चुनाव चिह्न जे भए पनि हुन्छ भन्दै हिँडेको देख्दा दु:ख लाग्छ, चित्त दुख्छ।

थापाको स्टाटसले चुनाव चिह्नलाई लिएर पार्टीभित्र विवाद रहेको स्पष्ट बुझिन्छ। जसको संकेत अगस्ट २ मै लोहनीले गरिसकेका थिए। लोहनीले लेखेका थिए- ‘कुनै पनि राजनीतिक दलहरुबीच एकता गर्दा दुवैको पहिचानलाई बिर्सेर एकले अर्कोलाई लतारेर लैजाने प्रवृत्तिले राम्रो नतिजा दिँदैन।'

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एक हुने भन्दै २०७६ फागुन २४ गते एकीकरणको आधार पत्रमा हस्ताक्षर भएको थियो। र, फागुन २८ गते औपचारिकरूपमा एकता घोषणा भएको थियो।

'पार्टीको चुनाव चिह्न ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ', आधारपत्रको बुँदा ९ मा भनिएको छ। तर, ६ महिना बितिसक्दा पनि यो विषय टुंगो लागेको छैन।

सामाजिक सञ्जालमा आउने गरेका शीर्ष नेताको धारणा र पार्टीभित्रको विवादलाई राप्रपा नेता राजाराम बर्तौला सहज रुपमा लिन्छन्। 'सामाजिक सञ्जालमा लेख्नु सामान्य विचार अभिव्यक्तिको विषय हो। पार्टीभित्र कुरा मिलिसक्यो। एक हप्ताभित्र निष्कर्ष निस्किन्छ', उनी भन्छन्।

यो पनि पढ्नुहोस्

गाई कि हलो : किन अल्झियो राप्रपा एकता?सोमबार, भदौ २२, २०७७

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
सम्बन्धित सामग्री
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको... शनिबार, जेठ २४, २०८२
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै... शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्